देउतासँग फोटो खिचाउँदै मुस्ताङी

villers-taking-photo-with-le-floche

 

गएको एक दशकमा सायद त्यो दिनजति म कहिल्यै हाँसेको थिईन । लगातार कम्तिमा ६ घण्टा त उनकि पत्नी र म हाँसेको हाँस्यै । हाँस्ने रोग लागे जस्तो । तर उनी चाहिँ पटक्कै हाँस्दैनन् । हसाउँछन् मात्रै । अहँ हत्त पत्त मुख पनि नखोल्ने । झण्डै एक वर्ष धुइँ पत्ताल लगाएर खोजेपछि बल्ल बल्ल उनको ठेगाना फेला पारेको थिएँ मैले । अहँ नत कुनै नेपाली सित न नेपाली दुतावाससित । कसैसितपनि थिएन उनको ठेगाना । उनी थिए नेपालको राजदरबारका पाईलट । फ्रान्सेली सेनाका कर्णेल ल फ्लक

 

नेपालका राजा वीरेन्द्रलाई उच्च हिमाली भागमा कसरि हेलिकोप्टर उडाउने भनेर त सिकाए नै । उनका पाइलट आर पी प्रधान समेतलाई हेलिकोप्टर तालिम दिने यिनै रहेछन् । पूर्व सैनिक कर्णेल स्व नारयणसिं पुन लगायतकाको हेलिकोप्टर उडान परिक्षा लिने पनि यिनै ल फ्लक रहेछन् ।

 

सन् १९७३ मा राजदरबारको आग्रहमा उनलाई नेपाल लगिएको रहेछ । अनि उनले कहिले मन्त्रीमण्डलका पुरै सदस्य लिएर कता पुर्‍याए । कहिले राजपरिवारका सदस्य लिएर लाङटाङ राष्ट्रिय निकुञ्जमा । कहिले कर्णाली नदीका किनारमा राजपरिवारका सदस्यसित वनभोज खाए । कहिले जाँडले दिउँसै झल्लु भएका नेपाली सेनाका  जर्नेल, कर्णेल, सेनापती र अन्य सैनिकको नाचगानको चर्तीकला हेरेर दंगदास परे । कहिले उनी चितवन रष्ट्रिय निकुञ्जभित्र राजाको जनावर शिकार गर्ने सवारीमा हात्तीमा चढेर बाघ खोज्दै हिँडे । राजपरिवार संबन्धि मात्रै होइन त्यो बेला राजपरिवार भित्रको कलह र ज्ञानेन्द्र अनि वीरेन्द्रबिचको मन मुनावका कथा ब्यथापनि यिनले राम्ररि देखेका, सुनेका रहेछन् ।

 

नेपालमा बसेर हरेक डाँडा काँडा छिचोल्दै बिताएका ६ वर्षको अनुभव यिनले म र यिनैकि पत्नी (जो त्यतिबेला नेपालमा यिनिसँगै थिईन) लाई सुनाउँदा हामी ६ घण्टा भन्दा बढि मुर्छित परेर हाँस्यौं । कहिलेकाहिँ पेट अति colonel-pierre-le-floche-9दुखेर लौन केहिबेर रोक्नुस् भनियो । हाँस्दा हाँस्दा कागजले आँशु त निकै पटक पुछ्यौं । हामीले सुन्दै नसुनेका, नदेखेका, नजानेका, नपढेका, कहि कतै फेला नपर्ने त्यस्ता मार्मिक र हाँसो लाग्दा क्षणहरु रहेछन् यिनिसित ।

 

मैले यिनलाई भेट्नुको कारण पनि त्यहि पुस्तक लेख्ने सिलसिलकालागि थियो । त्यस्तै एक पटकको उनको घटना के थियो भने उनले राजालाई लिएर मुस्ताङ जानु पर्ने रहेछ । राजाको सवारी रहेछ एक महिनाकालागि । मुस्ताङ जस्तो बिकट ठाउँका जनताले कहिले देख्ने हेलिकोप्टर ? कसरि देख्ने गाडी ? कहाँ भेट्न पाउने राजालाई ? त्यो पहिलो हेलिकोप्टर उडान रहेछ मुस्ताङको । किनभने नेपाली पाइलट जम्मा दुई जना रहेछन् यि ल फ्लकले तालिम दिएर अन्य नेपालीलाई पाईलट बनाउनु पहिले । अनि त्यो उचाईमा हेलिकोप्टर कसले लैजाने ? कोहि रहेनछ । त्यो बेलासम्म मुस्ताङीलेपनि हेलिकोप्टर देख्न पाएका रहेनछन् ।

 

 

राजाको भ्रमणकालागि केहि दिन पहिलेनै जाँचबुझ गर्ने, यता उति मिलाउने मानिसहरु लिएर हेलिकोप्टर लैजानु पर्‍यो । लौ हेलिकोप्टर आउँदै छ रे भनेपछि सात दिन भन्दा बढि हिँडेर अनेक डाँडा काँडा र कोप्चेराबाट वालवच्चा काखिमा च्याप्दै दौडेका रहेछन् कोहि । कोहि नांगै दौडिँदै आएका । बुढाबुढी केटाकेटी सारा । र्‍याल चुहाउँदै र सिँगान झार्दै झरे तल

 

मुस्ताङीहरु त्यो बेला हवाई जहाज र हेलिकोप्टरलाई देउता भन्ने रहेछन् । त्यो आफैं उड्छ आकाशमा भन्ने विश्वास रहेछ । “लौ देउता आउँछ रे फलानो दिन हेर्न जानु पर्छ” भन्दै सारा हल्ला फिँजिएछ । हेलिकोप्टर डाँडा पाखा छिचोल्दै पंखा घुमाएर ओर्लियो । त्यसलाई नजिकबाट हेर्नकालागि नजिक नजिक सर्दा कति त घाईते भएछन् एक अर्कासित ठोक्किएर । देउताको अगाडि को पुग्ने, देउतालाई नजिकबाट कसले बढि हेर्ने भनेर त्यस्तो होडबाजि भएछ । तिनलाई नियन्त्रण गर्नपनि निकै मुस्किल परेछ । त्यसले किच्न सक्छ, ठोक्किए दूर्घटना हुन सक्छ, मरिन्छ भन्ने त तिनलाई कुनै पत्तो नै नभएको रे । देउता त होभन्दै नजिक नजिक जाने रहेछन् ।

 

अनि मुस्ताङीहरु फूलका गुच्छा, माला र अबिर सबिर लिएर गए भगवानलाई लगाइदिन । कोहि फूलमाला लगाईदिएपछि केहि भन्छ होला देउताले भनेर पर्खि बस्ने रहेछन् । कोहि सारा नियाल्ने कसरि यहाँ आयो । किन आयो भन्दै । एक्कासि ककपिटबाट निस्किए पाइलट फ्लक । सारा मुस्ताङी जिल्लाराम । हेर्दा पुरा मान्छे । तर मुस्ताङी जस्तो नभएर सेतो छ । उनीहरुले सोचेछन्-यो त देउतालाईपनि चलाएर ल्याउने झन ठुलो देउता रहेछ । उनीहरुले त्यहि बेला ल देउतासित फोटो खिच्न पर्‍यो भनेर माग गरेका रहेछन् । अनि फोटो खिच्ने बेलामा पनि देउता भनेर उनीहरुले सिधा हेरेनन् भन्थे ति पाइलोट । उनले नेदेख्ने गरि यसो आँखा कर्काएर हेर्ने रे देउता साँच्चै कस्तो छ भनेर । उनको फोटोबाट फोटो खिचेकाले त्यति गतिलो छैन नै फोटो त । तरपनि देख्न त सकिन्छ नै ।

 

उनीसँगको सानो एउटा प्रसंग मात्रै राखेको हुँ यहाँ । यो भन्दा निकै गुणा घत लाग्दा प्रसंगहरु छन् उनले बताएका । त्यसको लागि केहि समयपछि फेरि अर्को राख्ने कोसिस गर्ने छु । तर पुरै पढ्नकालागि त मेरो प्रकाशोन्मुख पुस्तक नै पर्खिनुपर्छ । पुस्तक कहिले निस्कियो भनेर थाह पाउन नेपालप्लस हेर्दै गर्नुहोला ।

  • sunil DHUNGANA BARNA,SHANTINAGAR

    i liked this very much

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Nice !!! Thanx for it .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    राम्रो र रोचक जानकारी को लेख राख्नु भएको मा हार्दिक धन्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Basu bidari from chitwan national park

    This is proved that how nepali people are honest.i like it.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Basu bidari from chitwan national park

    This is proved that how nepalis people are honest.i like it.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • makes me laugh , once mor…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Chandra Rai

    let me know ur book name after publish.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • s s s s s tapai lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    अली बढाइचढाइ भयोकी जस्तो लाग्यो । मुस्ताङको जनतालाई हदै मुर्ख बनाउन खोजेको त होइन ? यसमा सचेत हुनु राम्रो । गाउमा कोदो रोपेर मुग्लान पसेको लाहुरेले दुई महिनामा फर्केर यो साला कोदो कहाबाट पसाउछ ? भने जस्तो भए, यो लेखको कुनै अर्थ रहदैन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Yo ta kati purano kura ho aaj tesma pani helicopter . Asti mattari hami euta village ma gaye ko tyo thauma gadi nagaye ko gadi herna ra teslie chuna mattari pani tada tada bata buda budi haru kati kati aaunu bhako. Ma ta chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • प्रवेश

    कथा पढ्दा रमाइलो छ । सत्यतामा ख्याल पुयाउनुहोला । प्रकाशन गर्नु अगाबै शंका लागेका विषय बल्गमा सेयर गर्दा झन राम्रो ।

    दक्षिण एसियाका अरु धेरै मान्छे भन्दा मुस्ताङ्गीहरुले पहिले हेलिकप्टर देखेको हुनु पर्छ । सायद यि पाइट बच्चै थिए होला जुनबेला मुस्ताङ्गमा खम्बा बिद्रोहीलाई हतियार र खाध्यान्न पुर्‍याउन अमेरिकी जासुसी बिमानहरु पुग्थे । मुस्ताङ्ग बिकट भएपनि अरु बिकट जिल्ला भन्दा भिन्न छ । अहिले दर्जनौ परिवार छुट्टीमा मुस्ताङ्ग फर्किनुपर्‍यो भने हेलिकप्टर बिना जादैननन् । अधिकाशं मुस्ताङ्गी हिउँदमा गाँउ बस्दैनन् । ब्यपार गर्न भारतका कुना कुना चाहार्ने यिनिहरुले अरु नेपालीले भन्दा पहिल्यै धेरै कुरा देखे सुनेको हुनु पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhagawan

    HARKA PUN JU LAHURE LAI MATRA DOSH NA DINU HOLA.WORLD GOLO CHHA. MIRROR MAA ANUWAR HERNU RAMRO HOLA.THANKS

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    म प्रबेशजीको मतसँग पुरै सहमत् छु । १९५० तिर खम्पाहरु निकै सक्रिय थिए, त्यती खेर यि पाइलटको उमेर साच्चिकै सानो हुनुपर्छ जतिखेर मुस्ताङले धेरै कुरा देखी भोगी सकेको थियो । भगवानजी ले मलाई ऐनामा अनुहार हेर्ने सल्लाह दिनु भएको छ, धन्यवाद । तपाईंले मेरो आशय गलत नबुझ्नु भएको हो भने, मैले लेखक ज्युलाई आफ्नो धरातललाई विदेशिको नजरमा नहेरी खास वस्तुस्थितिलाई नियालेर लेख्नु भए यसले लेखकज्युको प्रकाशोन्मुख किताबलाई प्रभावकारी बनाउथ्यो भन्न खोजेको । सधैं कोदो रोपेर खाएको मान्छे मुग्लान छिर्नासाथ कोदो कहाबाट पसाउछ (फल्छ) भन्छ भने त्यो अली अपाच्य हुन्छ मात्र भन्न खोजेको । लाहुरेको अपमान गर्न खोजेको होइन । भगवानजिलाई Feedback को लागि फेरी पनि धन्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mohan pulami magar

    yekdam ramro lekh rahecha padhna paiyo khusi lagyo aayinda dinharuma pani yesto khale lekh haru feri padhna paiyos dhanyabad cha sampadak jiu lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very nice

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Thanks for such an informative site and I will visit regularly to update. I will also look forward to reading this writer’s book as well.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree