बेलायतमा चन्दा, धन्दा र नदिनेलाई पारिने फन्दा !

  • बोजराज / बेलायत

boz-raj-uk

शायद अन्य देशमा जस्तै] बेलायतमा पनि नेपाली डायास्पोरा बीच बेलायतकै स्थानिय र नेपालमा रहेका समुदायलाइ मद्दत गर्नका लागि चन्दा उठाउने चलनले अहिले उग्र रुप लिएको छ । यसरि चन्दा उठाउनेमा व्यक्तिगत देखि संगठित संस्थाहरु जस्तै जातिय र क्षेत्रीय समाज, एन अर एन आदि अग्र पंक्तिमा छन् । हाम्रा नेपाली समुदायका नयाँ पुस्ताले नयाँ तरिका जस्तै म्याराथन दौड आदि गरेर चन्दा संकलन गर्छन भने पुरानो पुस्ताले भोज भतेर गरेर वा च्यारिटी भनेर सोझै पैसा उठाउने काम गरेको देखिन्छ । चन्दा र च्यारिटी भन्ने कुरो निकै राम्रो भए पनि औकात नभएकालाइ वा महत्व नदेखेर नदिनेलाइ फन्दामा पारिनु हुन्न भन्ने मेरो सोच हो ।

व्यक्तिगत हिसाबले भन्न पर्दा म चन्दा “नदिने” पंक्तिमा पर्दछु । मैले एक पैसो दिन पनि त्यसको सार्थकता देख्न पर्छ वा त्यसको वैकल्पिकता देख्न हुन्न । कसैलाई एक किलो मासु दिएर उसलाई परनिर्भर बनाउने पक्षमा म कहिल्यै रहिन । बरु एउटा पाठो व्यक्तिले माग्यो र जतन गरेर पाल्छु अनि आत्मनिर्भर बन्छु भन्यो भने दिन सक्छु । त्यस्तै मैले चन्दा दिन भन्दा उ संग बैकल्पिक उपाय छ भने पनि म दिन्न । सुको पनि दिन्न । आवश्यक नपरेको ठाउँमा चन्दा दिएर मलाइ न त खादा माला नै लगाउन मन पर्छ न कुनै शिलालेख मा नाम लेखाउन । तर सबैले यसै गर्न पर्छ भन्ने मेरो अभिप्राय होइन । तपाईं लाइ जे मन पन पर्छ र औकातले जे ठम्याउन सक्छ सो गर्नु हुन्छ ।

अहिले बेलायतमा एन आर एनको नेपाली घर बनाउने भन्ने प्रसंग सुनिएको छ दशौँ लाख पर्ने गरि नेपाली बीच पैसा उठाएर । बहुसंख्यक नेपाली हरु १२ घन्टे जागिर गर्ने पेशामा रहेर पेट पाल्न मुश्किल परेको बेला त्यस्ता व्यक्तिहरु लाइ यो कामका लागि पैसा दिन पर्यो भनेर अप्ठ्यारो मा पार्न म उचित देख्दिन । शायद एन आर एनले त्यस्तो अवश्य गरेको छैन होला । एन आर एनका प्राय पदाधिकारी साथीहरु ब्यबसायी हुनुहुन्छ होला । अनि उहाँहरुका लागि दुइ चार हजार पाउण्ड केहि नहोला । तर म जस्ता अन्य अवकाश प्राप्त वा १२ घन्टे काम गर्नेहरुका लागि सय पाउण्ड पनि निकै ठूलो कुरा हुन सक्छ ।

मैले माथी नै भनि हालें, विकल्प भएको कुरामा म चन्दा उठाउन जरुरि ठान्दिन । मेरा लागि यो त्यस्तै चिज हो किनकि बेलायतमा समुदायका लागि सरकारले नै हेर्छ । तुरुन्तै नहेर्ला तर केहि समय प्रयास गर्ने हो भने अवश्य हेर्छ । अनि यो कुरा मैले धेरै पहिले देखि नै भन्दै आएको छु । हामीलाइ जे कुरा पनि तातै खाउँ जल्दै मरौं गर्न पर्छ । त्यसो गर्ने हो भने ब्यबसायीहरु जसले नेपाली तथा अन्य समुदायबाट पैसो आर्जन गर्नु हुन्छ तपाईंहरुलेनै गर्दा वेश हुन्छ । तपाईंलेनै तलव दिने मान्छे संग वा म जस्ता निश्चित बजेटमा चल्नपर्ने अवकाश प्राप्त व्यक्तिलाइ दवाव दिनु विवेकपूर्ण हुँदैन । कसैको गोजीमा छ भने उसले जति दिन्छ त्यति लाइ नै आभार व्यक्त गर्नुस । थोरै भनेर धेरैका लागि दवाव नदिनुस् ।

तपाइंको लक्षमा पुग्न सक्नु हुन्न त्यति थोरै चन्दाले भने म्याराथन दौड गर्नुस । सगरमाथा चढ्नुस । ट्रेल वाक गर्नुस । इन्ग्लिश च्यानलमा पौडनुस । छोरा छोरीलाइ विद्यालयमा केक बेच्न भन्नुस वा नेपाली कलाकारले एक पल्ट लगाएका फ्याशन लिलाम गर्नुस । उपाय धेरै छन् र आवश्यक रकम जुटाउनुस । त्यसोगर्दा तपाईं को दायरा विशाल हुन्छ । नेपाली समुदाय बाहिरका ले समेत मदत गर्छन ।

मैले यो किन लेख्यो भनेर तपाईंहरुलाइ खुल्दुली अवश्य लाग्यो होला । मलाइ हिजो मेरा केहि उद्धमी साथीहरुले एन आर एनलाइ चन्दा नदिएकोमा झन्डै झन्डै अप्ठ्यारो मा पार्नु भो । मलाइ जति अप्ठ्यारो पारेपनि मेरो निर्णय फेरिन्न भनेर मैले उहाँहरुलाइ भनें । हामी हाँसेर नै विदा भयौं । एन आर एनमा बेलायतका कैयौं धनाढ्य नेपालीहरु पनि हुनुहुन्छ । उपेन्द्र महतो, शेष घले, जीवा लामिछानेहरु हुनुहुन्छ । अरब र अमेरिका तिरका धनाढ्य नेपालीहरु पनि हुनुहुन्छ । उहाँहरु कतिले त आफू बसेकै देश केन्द्रित ब्यबसायबाट धनाढ्य बन्न सफल बन्नु भो होला । तर कति चाहिं नेपालीहरु सो ठाउँमा भएर नै, नेपालीहरुलाइ जागिर लगाएर र त्योबाट चुकौनी निकालेर वा नेपालीहरु कै पैसा नेपाल पठाउँदा एक दुइ रुपियाँ निकालेर धनाढ्य बन्नु भएको पनि हुन सक्छ । यदि त्यसो हो भने जाबो एक दुइ मिलियन तपाईंहरुका लागि केहि नहुन सक्छ । त्यो पैसाको थुप्रो स्वर्ग जाँदा लैजान मिल्दैन । बरु त्यस्ता घर तपाईंकै नाममा बनाइदिनुस र घरको नाम नै तपाईं को नाम जस्तै “भोजराज भवन” वा “धन प्रसाद भवन” वा “दान कुमार भवन” राख्नुस । तपाईं को नाम अमर रहनेछ । तर विचरा मुश्किलले जीविकोपार्जन गर्नेहरुलाइ अप्ठ्यारो मा नपार्नुस ।
(स्रोत- फेसबूक)

  • Bil

    Dear,
    You are a great person that your thinking absolutely matching with my mind. I am totally with you. Aba charity garera paisa uthaune harule pahila yo betha bujhnus ra matra programme garnus yo mero sallaha chha.
    Regards

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BB, England

    कुरा धेरै प्रतिशत सही हो तर नचाहिने ठाउँमा मैले रातो पेनी पनि दिएको छैन । सबैले एन आर एन भन्छन तर मेरो लागी कुन चरा को नाम हो जस्तो लाग्छ । म शेश घले बाहेक अरु लाई पत्याउदिन ।बिदेश मा बसेर नेपालको राजनीति गर्ने लाई त भुसिया कुक्कुर जस्तो पनि लाग्दैन । सक्छ भने जुन देशमा बस्छ त्यही देशमा गरोस त्यस लाई मiन्छु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing