राष्ट्रपतिकि कर्मशिल आमा

hqdefault

राष्ट्रपती बिध्यादेवी भण्डारीकि आमा सुनसरीको बराहक्षेत्रस्थित आश्रममा बस्दिरहिछन् ।  त्यहाँ पुगेर आफ्नी आमा मिथिला पाण्डेसँग भेट गरिन् । मेडियामा यसको चर्चा भयो । आफू राष्ट्रपति निवासमा बस्ने, आमालाई आश्रममा राख्ने भन्दै धेरैले सामाजिक सञ्जालमा राष्ट्रपतिको बिरोध गरेका छन् । उनकी आमालाई कठैबरा, बिचरा भन्दै दुखि आमाका रुपमा चित्रित गरेका छन् । के उनकी आमा साँच्चै दुखि हुन् ? बिचरि हुन् की महान् र बुझक्कि हुन् ?

बराहक्षेत्रस्थित श्रीराम शान्ति कुञ्जको अनाथ महिला सेवा आश्रममा बस्दै आएकी रहिछिन् राष्ट्रपतिकि आमा । महिला सेवा आश्रम अरु दुख पाएका महिलाहरुकालागि हो । उनकी आमा मिथिला पाण्डे दशकभन्दा बढी समयदेखि त्यहि आश्रममा बस्दै आएकि । कसैले नपालेर, बिजोग भएर र राष्ट्रपतिको परिवारले हेला गरेर उनलाई आश्रममा बस्न बाध्य पारिएको होइन । उनी त्यो आश्रमकै संस्थापक अध्यक्ष हुन् । उनले राष्ट्रपतीले जस्तै केहि न केहि आफ्नो क्षमताले भएको नेत्रित्व सम्हालेर बसेकि छन् । ब्रिद्द भत्ता लिएर बस्ने उमेरमापनि सामाजिक कर्म गरेर बसेकि छन् ।

धेरै महिलाहरु यो उमेरमा निरास बन्छन् । ‘म बुढि भएँ । केहि गर्न सक्दिन । मेरा दिन गए । अब म जाने दिन कुर्ने हो’ भन्दै दिन काटेर बस्छन् । नैराश्यतामा, केहि काम नगरि बिताउँछन् । तर यि मिथिला पाण्डे भने राष्ट्रपतीले दिन सक्ने महलको सेवा र सुविधा त्यागेर दुखि महिलाहरुको सेवामा आश्रममै बसिरहेकि छन् । के यो प्रशंसनिय पक्ष होइन ? ७६ वर्षको उमेरमापनि आफ्नि राष्ट्रपति छोरिसित नबसि दुख पाएका, घरबार नभएका र परिवारबाट एक्लिएका महिलाहरुको सेवा गरेर बस्नु उनको महानता होईन ? यो उमेरमा असहाय महिलाको सेवा गरेर आश्रममै बस्न असहाय, कर्महिन महिलाले सक्छ ? बिना सामाजिकभावना, आँट, लगन र विशाल ह्रिदयबिना यो उमेरमा आश्रमको ब्यवस्थापन गरेर बस्न सकिन्छ ?

यि महिलाले त्यो आश्रमको ब्यवस्थापन नगर्ने हो भने कति महिला अठेरोमा पर्छन् ? मिथिला पाण्डे राष्ट्रपती छोरिसित बस्न सक्लिन । तर उनले आश्रममा आश्रय दिएका अन्य महिलाको अवस्था के हुन्छ ? कसले सम्हाल्छ ? सामाजिक सन्जालमा खेदो खन्नेहरुले ? कठै, बिचरा भन्नेहरुले ? आश्रममा बस्नुपर्ने बाध्यता भएका महिलाहरुलाई सामाजिक संस्थाहरुले नहेरिदिने हो भने के सरकारले जिम्मेवारि लिन्छ ? राष्ट्रपति बिध्या देवी भण्डारीकि आमा राष्ट्रपतिभवनमा छोरिसितै बस्नु हाम्रो समाजकालागि हितकर छ की आश्रममा बसेर अन्य थुप्रै महिलाको सेवा गर्नु बढि हितकर छ ?

हाम्रो समाज परोपकारि छ र नै त धेरै असहायहरुले सेवा पाइरहेका छन् । सरकारले बेवास्ता गरेका, ध्यान नदिएका, जिम्मेवारि नलिएका सामाजिक बेथितिहरुमा यहि परोपकारि समाज, सामाजिक सेवा गर्नेहरुकै बलले त काम गरिरहेको छ । यस्तै भावना भएकाहरु समाजमा रहनालेनै हाम्रो समाज परोपकारि बनिरहेको हो । झन ७६ वर्षको उमेरमापनि आश्रममा बसेर दुखि, असहायहरुको सेवा गर्नु के यो समाजकालागि उदाहरणिय, प्रशंसनिक काम होइन ? विशाल मन, दयालु भावना, कोमल मन भएका यस्ता आमाहरु त महान होइनन् र ?

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing