निर्वाचन भाँड्न डङ कि डङ ठोक्ने निति

17499550_755017357993954_8906539239423662292_n

निर्वाचन हुन्छ भन्ने निश्चितानै छैन । निर्वाचन घोषणा गरेका दलहरु, सरकारनै यसमा निश्चिन्त देखिन्नन् । सरकार सञ्चालनमा रहेका दलका नेतानै कोहि  निर्चानको मिति सर्ने बताउँछन् । कोहि निर्वाचन सहि तरिकाले होला भन्नेमै आशंका ब्यक्त गर्छन् । एक महिना बाँकि हुँदापनि निर्वाचन हुने कि नहुने बहस जारि छ । निर्वाचन सार्ने कि नसार्ने मतभेद देखिएको छ । सरकारमा नभएका, निर्वाचनकालागि अनेक शर्त राखेका र यो संघिय गणतन्त्रनै नमान्ने भनेर उत्रिएका दलहरुपनि आआफ्नै तयारिमा छन् । एकिक्रित जनक्रान्ति गर्नुपर्छ भन्दै उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (बिप्लवले नेत्रित्व गरेको पार्टी) ले भने चुनावको मुखैमा डङ कि डङ हान्ने निति लिएको छ । उनीहरुले निर्वाचन भाँड्न दस्ता नै तयार पार्न लागेका छन् । केहि ठाउँमा तालिमपनि दिएका छन् ।

17498788_195317257627266_4853983690458206476_n

झट्ट हेर्दा निर्वाचन गराउने सरकार र त्यसमा सहभागि हुने दलहरुको भन्दापनि फरक र आन्तरिक तयारिमा बिप्लवको पार्टी (नेपाल कम्युनिष्ट पार्टी) देखिएको छ ।  यो चुनावसँग नेपाली जनता नेपाल कम्युनिष्ट पार्टीको सम्बन्ध कागलाई बेल पाक्यो, हर्ष र विस्मात् भन्दै निर्वाचन बिथोल्ने कार्यक्रम गर्न थालेका छन् ।

वैशाख ३१ गते हुन लागेको निर्वाचनलाई नेपाल कम्युनिष्ट पार्टीले फटाहाहरुको निर्वाचन भन्दै सशक्त तरिकाले बहिष्कार गर्न आव्हान गरेको छ । मतपेटिकामा आगो झोसेको पोस्टर बनाएका छन् । ‘शान्ति, समानता, स्वाधिनता र संव्रिद्दिकालागि वैज्ञानिक समाजवाद स्थापना गरौं’ भन्दै चुनावी पोस्टर बनाएर टाँस्दै हिँडेका छन् ।

17553880_624837904375780_6049893602301989085_n

उनीहरुले पोस्टरहरु थरि थरिका बनाएका छन् । ति पोस्टरमा भिन्नभिन्न नाराहरु लेखिएको छ । यस्तो निर्वाचन भाँड्न नेपाल कम्युनिष्ट पार्टीले जिल्ला, गाउँ, शहर, वडा वडामा सकेसम्म लडाकू दस्ता तयार पार्न लागेको छ । कति जिल्लामा उनीहरुले यस्ता दस्ता तयार पारेर तालिम दिएका छन् ।

बैज्ञानिक समाजबाद नै नेपालको आवश्यकता हो,,,

परिस्थिति हेरेर निर्वाचन बहिस्कारको योजना बनाउन लागेको नेपाल कम्युनिष्ट पार्टी आफू बलियो भएको ठाउँमा खुलेरै निर्वाचन बहिस्कारबारे सार्वजनिक गर्ने, जनताकहाँ गएर बहिस्कार गर्न आव्हान गर्ने, निर्वाचन भाँड्न तालिम दिने गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले सरकारले घोषणा गरेको स्थानी तहको निर्वाचनलाई चितवनमा कुनैपनि हालतमा हुनै नदिने बताएका छन् । चुनाव देश र जनताको हितविरुद्धमा भएकाले अाफ्नो पार्टीले खारेज गर्ने निति लिएको र यो निर्वाचनलाई भाँडेरै छाड्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing