सर्वसम्मतीमै छानिए श्याम सापकोटा जनसंपर्क समिति स्विसको नेत्रित्वमा

15-

हिजो अचम्मै भयो, स्विजरल्याण्डको राजधानी बर्नमा । नेपाली कांग्रेसको जनवर्गिय संगठन नेपाली जनसंपर्क समिति स्विजरल्याण्डको अधिवेशन कुनै बिबाद, मतैक्यता र हाटहुटबिनानै सम्पन्न भयो । ठूलो पार्टीको पारापनि ठुलै । कार्यकर्तापनि धेरै । प्राय कांग्रेसको प्रवाशका जनवर्गिय संगठनहरुमा बिबाद हुन्थ्यो । कतिपय ठाउँमा त रोकिन्थ्योपनि । बिबाद र झैझगडा चुलिएको पढिन्थ्यो, देखिन्थ्यो । तर स्विजरल्याण्डमा भने अचम्मैसित त्यस्तो कुनैपनि बिबादबिना सर्वसम्मतिले श्याम सापकोटाको नेत्रित्वमा नयाँ कार्य समिति चुन्यो । र यो अधिबेशनले अन्य देशका कांग्रेसका जन वर्गिय संगठनहरुलाईपनि पाठ सिकाएको छ ।

5-

7-

यो अधिबेशनले अन्य देशमा रहेका कांग्रेसका जन वर्गिय संगठनहरुलाईपनि पाठ सिकाएको छ । किनभने नयाँ समितिमा महिला, जनजाति, क्षेत्र, सिपलाइ समेटेर समिति चयन गरेको छ । त्यतिमात्रै होइन, बन्द शत्रमा पत्रकारसहित अधिवेशनमा सहभागि सबैकालाई संलग्न हुन दिईएको थियो ।

12-

13-

यो अधिबेशन सम्पन्न गर्न नेपाली कांग्रेसले केन्द्रबाट कसैलाई खटाएनन् । बरु केन्द्रिय प्रतिनिधीकारुपमा नेपाली कांग्रेसको युरोपमै पहिलो जनवर्गिय संगठन निर्माण गरेका ध्रुवराज पौडेललाईलाई खटाएको थियो । उनले शुरुदेखिनै सर्वसम्मति र सौम्य, शालिनरुपमा अधिबेशन गर्नेमा जोडदिएका थिए ।

14-

निर्वाचन समितिको संयोजकमा नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष गुणराज शर्मा थिए । स्पेनबाट त्यहाँको नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा र नेदरल्याण्ड्सबाट हरि पौडेल प्रतिनिधीकारुपमा आएका थिए । अधिबेशनका क्रममा हरि पौडेलले नेपाली कांग्रेसको केन्द्रित तहले देशमा सहि राजनितिक नेत्रित्व दिन नसकेको, देशलाई अगाडि बढाउन नसकेको भन्दै गुनासो गरे । उनले एक प्रसंग सुनाए –

17976255_1279001425468466_149359291_o

मान्छेलाई एकदमै प्यास लागेको छ । पानी खोज्न गयो । तर पानीको कुवामा विष मिसिएको छ । त्यो पानी नखाउँ प्यासले मरिन्छ । पानी खाउँ विषसहितको पानीले ज्यान लिन्छ । अहिले नेपाली कांग्रेस त्यस्तै अवस्थामा छ । पार्टीमा नलागौं राजनितिको तिर्खा, प्यास र आदत छ। राजनितिलेनै देशलाई अगाडि बढाउँछ । तर त्यसमा लागौं कांग्रेस विषयुक्त पानी अज्स्तो छ, त्यो खाए मरिएला भन्ने डर ।

18012984_1279001422135133_505627077_o

त्यस लगत्तै चिन्तामणी सापकोटाले त्यसको उत्तर दिए-

राजनितिको विषयुक्त पानीलाई पहिले फिल्टर गर्ने । सबै पानी सफा गर्ने र त्यो पानी पिउने । त्यसरि नेपाली कांग्रेसको राजनिति सफा गर्ने हामीले हो र यो सफा गर्ने आँट, हिम्मत र जोस हामीसित छ । त्यो गरेरै छोड्छौं ।

18015777_1279001435468465_1994785885_o

निर्वाचन समितिका संयोजक गुणराज शर्माले जनसंपर्क समिति स्विजरल्याण्डमा युवाहरु आएको, युवाहरुले बिनाकुनै बिबाद यहाँको अधिवेश्न सम्पन्न गरेको र देशको राजनितिमानै युवाहरु अग्रसर हुनुपर्छ भन्ने सन्देश दिएको बताए । उनले नेपाली जनसंपर्क समिति स्विजरल्याण्ड सबै संघसंस्थासित सामूहिक र साझा मुद्दा उठाएर काम गर्न तयार रहेको बताए ।

लामो समयदेखि जनसंपर्क समितिहरु युरोपका पोर्चुगल, स्पेन, फ्रान्स लगायतका मुलुकमा स्थापन गरेका ध्रुव पौडेललाई सक्षम, सौम्य, सुमधुर र राजनितिक सुझबुझ भएकाले उनलाई जनसंपर्क समिति स्विजरल्याण्डको अधिबेशन गर्न छानेको र केन्द्रले उनको योगदानको कदर गरेको टिप्पणी गर्नेहरुपनि थिए । उनले आफ्नो मन्तब्यको क्रममा जनसंपर्क समितिहरुलाई आआफ्ना देशका अन्य संघसंस्थाहरुसित मात्रै समन्वय गर्ने होइन की अन्य राजनितिक दलका संगठनहरुसित समेत देशका आम समस्या, साझा मुद्दामा एक भएर काम गर्न, नौतिक, सुमधुर र भात्रित्वपूर्ण संबन्धको विकास गर्न सुझावसमेत दिए ।

श्याम सापकोटाको अध्यक्षतामा सर्वसम्मतिमा उपाध्यक्ष प्रकाश पौडेल, महामन्त्रि तिलक थापा, सहमहामन्त्रि डा सरोजराज पौडेल, कोषाध्यक्ष बिरु गुरुङ, सदस्यहरुमा कातियानी न्यौपाने, रेशम खत्रि, बिजय शर्मा दर्पण, दिपेन्द्र रावत छानिए । नयाँ कार्यसमितिले माननिय पद स्थापना गर्‍यो । संरक्षकमा निवर्तमान अध्यक्ष राम महतोलाई छानियो । त्यसैगरि संगठनको प्रवक्तामा पत्रकार बिजय शर्मा दर्पणलाई नियुक्त गर्‍यो ।

18015849_1279001418801800_1837630289_o

नयाँ कार्यसमितिमा सर्सर्ति हेर्दा नयाँ अनुहार देखिएपनि संस्थाकालागि उल्लेख्य योगदान गर्न सक्नेहरु भएको टिप्पणी गरिएको थियो । किनभने डा सरोजराज घिमिरे बायोकेमिकलमा स्विजरल्याण्डबाट पिएचडि गरेका छन् । बौद्दिक स्तरमा उनको भूमिका दह्रो देखिन्छ । त्यस्तै, महिलाहरुको तर्फबाट सदस्यमा छानिएकि कातियानी न्यौपानेलेपनि बायोकेमिकल विषयमै स्विजरल्याण्डको एक विश्वविध्यालयबाट स्नातकोत्तर गर्दैछिन् ।

अध्यक्षमा चुनिएका श्याम सापकोटाको मुल घर चितवन भरतपुर हो । उनले होटेल तथा पर्यटन ब्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । बिगत १५ वर्षदेखि स्विजरल्याण्ड बस्दै आएका उनी नेपाली जनसंपर्क समिति स्विजरल्याण्डका पूर्व उपाध्यक्षसमेत हुन् । खरो, स्पष्ठ र हाकाहाकी स्वभावका उनले आफ्नो नेत्रित्वमा बिगतमा भन्दा भिन्न र देशकै लागि फाइदा पुग्ने केहि काम गर्ने योजना रहेको सुनाए ।

नयाँ कार्य समितिलाई पूर्व अध्यक्ष गुणराज शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । राम महतोले आफ्नो कार्यकालमा गरेको कामका बारेमा जानकारि दिँदै नयाँ समितिलाई शुभकामना दिए । कार्यक्रमको सभापति उनै थिए । विशेष अतिथिमा चिन्तामणी सापकोटा र हरि पौडेललाई निम्त्याइएको थियो । पौडेल एन आर एन नेदरल्याण्ड्सका पूर्व वरिष्ठ सल्लाहकार थिए । केन्द्रिय प्रतिनिधि ध्रुवराज पौडेलले नयाँ कार्यसमितिका सबै पदाधिकारीहरुलाई प्रमणपत्र बितरण गरे । पौडेल बिपी प्रतिष्ठान बेल्जियमका संस्थापक अध्यक्षपनि हुन् ।

एना आर एन स्विजरल्याण्डका तर्फबाट हिरावल गुरुङ, नेपाली जनप्रगतिशिल मन्चका तर्फबाट श्याम घले, नेपाली प्रवाशी मञ्च स्विजल्याण्ड तथा एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरि लगायत यहाँ रहेका बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरुले अधिवेशन सफलता र नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । बक्ताहरु सबैले स्विजरल्याण्डमा रहेका सबै संघसंस्था मिलेर सामूहिक सहकार्य गर्नुपर्नेमा सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing