बुद्दका नाममा खानेहरुलाईनै बुद्द जयन्तिको बेवास्ता

 

budda birth day

बौद्द धर्म, बुद्दका शान्तिका उपदेश बाँडेर खाने राजनितिक पार्टी र सरकार हो । हाम्रा हरेक राजनितिक पार्टीले अशान्ति, हत्या, हिंशा हुँदा बुद्दको मूर्ती देखाएर दान र सहयोग माग्छन् । अशान्ति हुँदा बुद्दको शान्तिको सन्देश बाँडेर खान्छन् । अशान्ति हुँदा बुद्दको मूर्ती देखाएर खाने गरेका छन्। तर बुद्द जयन्तिको भने तिनले बुद्दको खासै वास्ता गरेनन् ।

lumbini-nepal

हिजो बुद्द जयन्ति थियो । तर यो बुद्द जयन्ति चुनावी चपेटामा परे जस्तो देखियो । राजनितिक दलहरुले बुद्द जयन्तिको खासै वास्ता गरेनन् । बुद्दका उपदेश, शान्तिको सन्देश र ज्ञानहरुलाई प्रचार गर्नुपर्ने थियो । गरेनन् । उनीहरुकालागि चुनावी दौड, एक पटकको निर्वाचन विश्वका महान ब्यक्तिभन्दा महत्वपूर्ण भैदियो । सरकारले बुद्द जयन्तिलाई विशेष महत्व दिनुपर्थ्यो । विशेष कार्यक्रमहरु ल्याउनुपर्थ्यो । त्यो गरेन ।

बुद्द जयन्तिका अवशरमा कहसगरि लुम्बिनी आसपासका भक्तजन, श्रद्दालुहरु, बुद्दका अनुयायि, बौद्दमार्गीहरुको भिड लाग्यो । बरु छिमेकि मुलुकबाट धेरै भक्तजनहरु लुम्बिनी आएर बुद्द जयन्ति मनाए । बुद्दको मूर्तिमा पूजा गरे, श्रद्दा ब्यक्त गरे । विश्वमा शान्तिको सन्देश छर्ने महान त्यागि बुद्दका उपदेशहरुको स्मरण गरे ।

अचम्मै त के देखियो भने राजनितिक पार्टीका कार्यकर्ता र नेताहरु मात्रै होइन दलका समर्थकहरुलेपनि बुद्द जयन्तिलाई कहसै महत्व दिएको देखिएन । तिनले पनि बुद्द जयन्तिलाई भन्दा निर्वाचनलाईपनि महत्व दिए ।

(फोटो- संगिता अर्याल, लुम्बिनीमा)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing