शन्तिक्षेत्र घोषित देशमा बम्बको आतंक

शान्ति क्षेत्र घोषित भएपनि आक्रमण, बम र आतंकको त्रास त हुनेनै रहेछ । कसैकोपनि राजनितिक पक्ष बिपक्ष नलिएपनि सबैलाई खुशि पार्न नसकिने रहेछ । शान्ति क्षेत्र घोषित देशपनि आतंकको चपेटामा पर्छ । आज अपरान्हतिर स्विजरल्याण्डको केन्द्रमै बमको आतंक छायो । मानिसहरु भागाभाग गरे, केहि बेर ।

       (बम भएको आशंका गरिएको सुटकेश, फोटो: श्याम सापकोटा) 

जेनेभा शहरको मुख्य बस र रेल स्टेशन गार कोर्नाभाको अगाडि बम भएको शंकास्पद पोको फेला परेपछि करिब डेढ घन्टा यातायातनै अवरुद्द भएको हो ।

मेट्रो रेल गुड्ने फलामे मार्गकै छेउमा बम सहितको पोको फेला परेको शंका गरिएपछि त्यसलाई निस्क्रिय पार्न विशेषज्ञहरुको टोली आइपुग्यो । त्यति गर्न करिब डेढ घण्टाको समय लाग्यो । त्यो समयमा खासगरि फ्रान्सका विभिन्न सिमा क्षेत्रबाट आउने सार्वजनिक र निजि सवारी साधनहरु प्रभावित भए । किनभने शंकास्पद बमलाई निस्क्रिय नपारेसम्म सुरक्षा अधिकारीहरुले यातायात आवागमनमा रोक लगाएका थिए ।

वम निस्क्रिय पार्ने प्राविधिक टोली आएपछि त्यसलाई पड्काइयो । अपरान्ह साँढे चार बजेतिर बम आशंका गरिएको पोको पड्काउँदा ठूलो आवाज आएको र त्यसले धेरैलाई त्रसित पारेको एलजि एल मेडियाले जनाएको छ । त्यसलगत्तै सवारी आवागमन खुला गरिएको थियो ।

स्विजरल्याण्डको सिमा फ्रान्स, ईटाली र जर्मनीसित जोडिएकाले ति देशहरुमा आक्रमणका घट्ना बढ्दै जाँदा स्विस नागरिकहरुपनि चिन्तित र त्रसित बन्दै गएका छन् । किनभने उता घटना भैसकेपछि अपराधी, आरोपितहरु सहजै स्विजरल्याण्ड पस्छन् र तिनले यतापनि बिध्वंश मच्चाउँछन् की भन्ने त्रास स्विसहरुले मान्ने गरेका हुन् ।

(photo LGL)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing