अमेरिकामापनि राउटे जस्तो समूदाय !

हाम्रा राउटेहरु जंगलमा बस्छन् । ठाउँ, आवास फेरिफेरि बस्छन् । शहर रुचाउँदैनन् । आधुनिक जिवनशैलीबाट टाढै बस्छन् । यस्तो सुन्दा हामीलाई अझैपनि अचम्म लाग्छ । तर अ मेरिका अज्स्तो सम्पन्न, आधुनिक जिवनशैली, विलाशितामा रमाउने देशमापनि जंगली मानिसहरु छन् भन्ने सुन्दा कस्तो लाग्ला ? पत्याउने कसरि ?

नेशनल ज्योग्रफिकमा प्रकाशित आलेख अनुसार सन् २००७ मा एक जोडी समूह नर्थ क्यारोलिनाको वनमा एउटा टेन्ट लिएर बस्न गए । त्यो टेन्ट हुँदाहुँदै घरमा रुपान्तरित भयो । मान्छेहरु थपिँदै गए । त्यो ठाउँ समूदायमा बदलियो ।

वनमा बिताउनेका कथा बडो रोचक तरिकाले अगाडि बढ्दै गयो । क्यारोलिनाको पश्चिम उत्तरि भागको वनमा बसेका यिनिहरुले सामान्य आफूले जानेको सिद्दान्तका आधारमा आवास बनाउँदै गए ।  स्वतन्त्रतापूर्व बसेर बाँच्ने । वनबाट सिक्दै जाने । कुनै कुरापनि बेकारमा नमिल्काउने । तिनले त्यहाँ ३० एकड वन ओगटेका छन् । त्यसमा बस्ने समूदायले आहाराको लागि आफूले जानेको ज्ञान, सिप र अक्किल लगाउँछन् । वनको पानीले नुहाउँछन्, त्यहिँ बाँच्छन् । आफूले जानेको अनुसार हरेक चिज निर्माण गर्छन् र नजानेको वनको ज्ञानाबाट सिक्छन् ।

यो समूदायका पहिलो ब्यक्ति टोड हुन् । उनीहरुलाई अहिलेको लोभी, दम्भी, आडम्बरी समाजदेखि मन नपरेर यस्तो जिवनशैली अपनाएका हुन् । कहिलेकाहिँ सुपरमार्केटले मिल्काएका खानाहरु टिप्नपनि पुग्छन् ति शहरतिर । तर तत्कालै आफ्नै वनको समूदयमा फर्किहाल्छन् । आफ्नो क्षेत्रमा तिनले कट्टुस लगायतका फलहरुको रुखपनि रोकेका छन् । त्यो टिपेर पोरिज (लिटो) बनाएर खान्छन् ।

बेल अर्का ब्यक्ति हुन् । उनी सन् २००९ मा त्यो जंगली समूदायकहाँ पुगेका । उनलाई त्योबेला १२ देखि १४ जनाले स्वागत गरेका थिए । उनी त्यहिँ बस्न थाले । उनी त्यहाँ पुग्दा त्यो समूहमा साझेदारी गरेर बस्ने दर्शनको अभाव थियो । अन्य समूदायले झैं वातावरणका मुद्दामा ति गम्भिर थिए । सामाजिक मर्यादाको आदर गरेका थिए । तर उनीहरुसित सामूहिक द्रिष्टिकोण भने थिएन । कुनै एक बाद वा सिद्दान्तलाई अपनाउन अप्ठेरो महसुस हुने त्यहाँ बस्ने सदस्यहरुले बताउँथे । ति सबैमा साझा कुरा के थियो भने ति सबै सिक्न उत्सुक थिए ।

यहाँको पहिलो घर टोडले आफू आफ्नी प्रेमिका तालियाकालागि बनाएका थिए । रुखका सिठा, बोक्रा, पात र त्यहाँको चिप्कने माटो जम्मा पारेर टिपेर तिनले घर बनाए । त्यहाँको जंगल अन्न फल्ने खालको छैन । त्यसैले खेति एकदमै नगण्य हुन्छ । त्यहाँ तिनले केहि हाँस पाल्छन् । शिकारीले मारेका जन्तु दिन्छन् । सडक दूर्घटनामा मारिएका जनावर टिपेर ल्याउँछन् । सुपरमार्केटतिर गएर फालिएको खाद्दान्न खोजेर ल्याउँछन् । मनकारिहरु आएर खाना दिन्छन् । यसरिनै यिनको जिन्दगी चल्छ ।


  • मैले हालसालै प्रकाशित केनी पाण्डेको पुस्तक अदर साइड अफ प्याराडाइज मा अमेरिकी आधुनिक जीवनदेखि धेरै भिन्न् एमिश समुदायको बारेमा पढेको थिएँ । तर योभन्दा अलि भिन्न् हाम्रो दुर्गम गाउँको जस्तो जीवन शैलीको वर्णन गरिएको छ त्यसमा । कहीँ यस्तै समुदाय त होइन यो पनि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हैट! अचम्मै रैछ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing