एन आर एन स्विसको नेत्रित्वकालागि भित्र भित्रै गरमागरम बहस, सतहमा सामान्य

आगामी अक्टोबरमा गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचन हुँदै छ । त्यस अघि सबै देशका राष्ट्रिय संघहरुको नेत्रित्व चुनिनुपर्छ । जहाँ निर्वाचन भएको छैन त्यहाँ हरेक बैठक, भेला, जमघट र भोजहरुमापनि एन आर एनको राजनिति, सांगठनिक नेत्रित्वकालागि प्रयास भएका छन् । अधिबेशनले नयाँ नेत्रित्व नचुनेका देशमा जुन खालको जमघट होस्, प्रसंग, चासो र बहस एन आर एनकै नेत्रित्वकालागि छ । गत हप्ता स्विजरल्याण्डको आराउमा पत्रकार निराजन श्रेष्ठले निकटस्थ मित्रहरुको ग्रिल पार्टी राखे । त्यहाँपनि बहस र गरमागरम छलफल भयो ‘अबको एन आर एन स्विजरल्याण्डको नेत्रित्व कसको ? कसलाई साझा उमेदवार बनाउने ? कसको हैशियत कस्तो छ ?’

आराउको नदी किनार । जंगलमा रहेको सामूहिक घरको छेउ । नदीका भंगालाबाट पानी कुल्कुलाएको सुनिने । यस्तो शान्त र रमणिय ठाउँमा ग्रिल पाटी राखेका थिए उनले । केहिबेर रमाईलो गरे । खानपिन लगभग सकिनै लाग्दा कसैले भन्यो ‘हैन भोज सकेर सुरु सुरु घरतिर नलागौं । एन आर एन स्विसको अधिबेशन आउन लाग्यो । यत्तिका साथीहरु भेला भएका छौं । नेत्रित्वकालागि छलफल नगरिहिँड्ने ?’ यति भनेपछि पुगिहाल्यो । हो त, त्यहि त, ल ल बसेर  सामूहिक छलफल गरौं ।’ करिब दुई दर्जन युवाहरु गोलाकारमा बसे । शुरु भयो एन आर एन स्विसको नेत्रित्वकालागि छलफल ।

संयोगपनि गज्जबकै जुरेको थियो । किनभने स्विजरल्याण्डमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी तिन वटै ठूला पार्टीका भात्रि संगठन नेपाली जनसंपर्क समिति, प्रवाशी नेपाली मञ्च र जनप्रगतिशिल मञ्चका नेत्रित्वकर्ताहरु उपस्थित थिए । त्यसैगरि स्विजरल्याण्डको अन्य क्षेत्र बादेन, आराउ, जुरिच, लोजान, लुजेर्न, जेनेभा, बेर्नतिरबाटपनि प्रभाव पार्न सक्ने हैशियतका सदस्यहरु उपस्थित थिए । सांगठनिक र क्षेत्रगत रुपमापनि लगभग सबैतिरबाट उपस्थिति रहेको यस्तो जमघटले एक खालको साझा सहमतिको निर्णय गर्छ भने त्यसले पार पाउन सक्छ । स्विजरल्याण्डमा सन् २०११ देखि बिभाजित भएको नेपाली समूदायलाई फेरि एकै सुत्रमा ल्याउन सक्छ । यस्ता मत राख्नेहरु धेरै थिए । अधिबेशनका बारेमा पालैपालो छलफल भयो ।

सबै संगठनको साझा नेत्रित्व ?

स्विजरल्याण्डमा माथि उल्लेख गरिएका तिन भात्रि संगठनले साझा नेत्रित्व प्रस्तुत गर्ने हो भने त्यसले नेत्रित्व गर्न सक्छ । त्यो साझा नेत्रित्व बिजयीपनि हुन्छ । किनभने तिन प्रमुख राजनितिक दलका भात्रि संगठनकै वरिपरि अधिकांश मत हुन्छ । एकथरिको भनाई यस्तो थियो । अर्का थरीको भनाई अलग आयो । राजन्तिक दलहरुका भात्रि संगठनले मात्रै आजसम्म नेत्रित्व गर्दै आएका थिएनन् । अहिले राजनितिक तरिकाले जाने हो भने राजनितिमा चासो नराख्ने, कुनैपनि दलको सदस्य नबनेका तर बिगतमा हातेमालो गरेकाहरुलाई के लत्याउने ? राजनितिक दलमा नलाग्ने तर समाजमा राम्रो काम गर्न सक्ने स्वतन्त्र, सहि, असल ब्यक्तिलाई के गर्ने त ? अन्तत, बहस लम्बिँदै जाँदा सबै क्षेत्र, संगठन र गैह्र राजनितिक क्षेत्रका समेत असल ब्यक्ति छन् भने तिनलाई समेटेर साझा नेत्रित्व उभ्याएर जाने । यसैमा सबैको सहमति रह्यो ।

अध्यक्षमा को ?

हाल सतहमा अध्यक्षका मुख्यगरि तिन प्रत्यासि देखिएका छन् । अहिलेकै अध्यक्ष हिराबल गुरुङ । उनले हाकाहाकि सार्वजन्क नगरेपनि निकटस्थहरु र आफ्ना समर्थकहरुसितको आन्तरिक छलफलमा त्यो आकांक्षा राख्ने गरेका छन् । उपाध्यक्ष सिमा गौतम र भुमी गुरुङ । हिराबल गुरुङसहितको नेत्रित्वले नेपालीहरुलाई अझ फुटाएको । प्रतिपक्षी मात्रै होइन आफ्नै नेत्रित्वलाईपनि सँगै लिएर जानै नसकेको । त्यसको उदाहरण राम परियार, बिजय शर्मा दर्पण र श्याम घले लगायतले राजिनामा दिएको । एन आर एनका संस्थापकहरुलाईसमेत अनादार गरेको । अघिल्लो एन आर एन स्विस नेत्रित्वले जम्मा पारेर छोडेको कोषसमेत दुरुपयोग गरेको र त्यो कार्यकालमा एन आर एनले प्रभावकारि काम गर्न नसकेको । त्यो कमजोरी कार्यदलकै केहि नेत्रित्वकर्ताहरुले सहर्ष स्विकारेको । त्यसैले पूर्ण रुपमा नयाँ नेत्रित चुनिनुपर्ने तर्क बहसमा अगाडि सारियो ।

अधिबेशन अजिकिँदै जाँदा गोप्य साँठगाँठ हुन्छन् । झुटा आश्वासन र कसम खाइन्छ । गूटहरु बदलेको नाटक रचिन्छ । आफू बिजयी हुन भित्रि साँठगाँठ रचेर धोका दिईन्छ । यहि भएको थियो, प्रवाशी नेपाली मञ्चको तर्फबाट । नेकपा एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्च फुटाएर भुमी गुरुङले अलग्गै प्रवाशी नेपाली मञ्च गठन गरेका थिए । अहिले एन आर एन स्विसको अधिबेशन नजिकिँदै गर्दा उनले प्रवाशी मञ्च फुटाएर गल्ति भएको र अब एकैसाथ मिलेर, प्रवाशी नेपाली मञ्चलाई एकताबद्द गराएर जाने जानकारि मञ्चको आधिकारिक नेत्रित्वलाई दिएका रहेछन् । उनी त्यहि प्रवाशी नेपाली मञ्चको तर्फबाट एन आर एन स्विसको अध्यक्ष पदको आधिकारिक उमेदवार बन्न खोजेका रहेछन् । तर यसमा अधिकांशले आपत्ति जनाए । किनभने उनले बिगतमा आफ्नै संगठन फुटाएर धोका दिए । आफ्नो समूह छोडेर अर्कोतिर लागे र त्यहाँपनि एन आर एन स्विसलाई सुधार्न सकेनन् बरु अझ बिभाजित गराए । अहिलेपनि प्रवाशी मञ्चमा एन आर एनकै अध्यक्ष हुनकोलागि मात्रै आएका होइनन् भन्ने कसरि प्रमाणित हुनसक्छ ? र प्रवाशी मञ्चमा एकताबद्द हुनासाथ उनलाई अध्यक्षकै पदमा स्विकारिनुपर्छ भन्ने के छ ?

उनलाई अध्यक्षका रुपमा स्विकार गर्न नसकिने अर्को पक्षपनि उठ्यो । आफ्नो संगठनबाट धोका दिएर निस्किएका भुमी गुरुङ यदि अकस्मात प्रवाशी नेपाली मञ्चसित एकताबद्द हुनासाथ प्रवाशी नेपाली मञ्चले साझा उमेदवारका रुपमा अध्यक्ष पदमा उठाउँछ भने बाँकि नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशिल मञ्चलेपनि आआफ्नो तर्फबाट अध्यक्ष पदको उमेदवार किन नउठाउने ? बरु हरेक जनवर्गिय संगठनका कार्यकर्ताले आफ्नो जनवर्गिय संगठनले जुन पदमा उठाउँछ वा नउठ्न निर्देशन दिन्छ त्यो मान्नुपर्छ । यदि मान्दैनन् भने संगठनले कारवाहि गर्नुपर्छ ।

सिमा गौतम र यदि हिराबल गुरुङ अध्यक्ष पदमा उठेमा के गर्ने ? हिराबल गुरुङका पक्षमा त विषय उठाउनुपनि जायज छैन । सिमा गौतमका पक्षमा मत दिने कि नदिने ? यो विषयमा अधिकांशले स्विकार्न नसक्ने तर्क दिए । अघिल्लो निर्वाचनका बेला दुबै तर्फ गोप्य तरिकाले लागेर, आफ्नो पक्षलाई धोका दिएकाले धोकेबाजलाई समर्थन गर्न सकिन्न भन्ने तर्क धेरैको थियो । अघिल्लो निर्वाचनमा दुबै तर्फ लागेर, एक तर्फको उमेदवार घोषणा गरेर अर्को टोली तर्फ लागेकाहरु जोकसैलाईपनि समर्थन गर्न नहुने भनाई धेरैले राखे । अर्को तर्फ, यदि सिमा गौतम र भुमी गुरुङ दुई जना मध्ये एक जनालाई मत दिने हो भने सांगठनिक अनुभव, ब्यक्तिगत क्षमता र वाक पटुता अनि समग्र क्षमता हेरेर बरु भुमी गुरुङलाई मत दिनु उचित हुन्छ । झिनै होस्, यो तर्कपनि उठ्यो । केहिको तर्क यस अघि उपाध्यक्ष भैसकेकाले सिमा गौतमलाई दिनुपर्छ भन्ने थियो । तर यस्तो मत राख्ने नगण्य थिए ।

आइसिसिमा को ?

हालसम्मको स्थिति र आन्तरिक तयारि तर्क हेर्दा हिराबल गुरुङ आइसिसि सदस्यमा उठ्ने संभावना पनि छ । उनी पाए अध्यक्ष, नपाए वा त्यो पद छोड्नुपरेमा आइसिसिका प्रत्यासिका रुपमा चर्चामा छन् । उनी उठुन् कि नउठुन् । आइसिसि पदका लागि खुलेर लागेका एन आर एन स्विजरल्याण्डका पूर्व अध्यक्ष धर्म गुरुङका पक्षमा भने लगभग सर्वसम्मत समर्थन गर्ने तर्क गरियो । बरु आइसिसि पदकालागि मात्रै होइन सर्वसम्मत पूर्ण टोलीनै बनाएर जानुपर्छ भन्ने तर्क अगाडि सारे ।

समग्र टोलीनै सर्वसम्मत कति संभव ?

स्विजरल्याण्डको नेपाली समाजलाई एकताबद्द गर्ने हो भने बिना निर्वाचनको एन आर एन स्विजरल्याण्ड बनाउनु जरुरि छ । त्यसो गर्दा बिभिन्न पदका आकांक्षित, प्रत्यासिहरुले नछोड्न सक्छन् । त्यसकालागि तिन वटै जनवर्गिय संगठनका तर्फबाट सबै क्षेत्र, संगठन, ब्यक्तित्व हेरेर साझा उमेदवार उठाउने र सबैले तिनैलाई मतदान गर्ने । तिनैका पक्षमा एक भएर लाग्ने । तत्कालकालागि त्यसैका पक्षमा मत बनाउने ।

अर्को दह्रो पक्ष के देखियो भने हालसम्म आइसिसि सदस्य र अध्यक्ष लगायतका प्रमुख पदका दाबेदारहरुलाई एकैसाथ उभ्याएर आआफ्ना दाबि, त्यो दाबी गर्ने आधार र औचित्य साबित गर्न लगाउने । खुला बहस र छलफल गराएर सबैका अगाडि प्रमुख पदका प्रत्यासिहरु को कति लायक छन् त्यसको प्रत्यक्ष अनुभव गर्ने । अध्यक्ष पदको टुंगो लगाएपछि बल्ल अन्य पदहरुका विषयमा पुन छलफल गरेर साझा सहमतिमा उमेदवार छान्ने ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing