एमाले भात्रि संगठनको स्विजरल्याण्डमा अधिवेशन: पार्टी प्रचार प्रमुख भट्टराई प्रमुख अतिथि

नेकपा एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशन हुँदै छ । स्विजरल्याण्डको जेनेभा शहरमा यहि जुलाई २३ का दिन हुन लागेको अधिवेशन महत्वपूर्ण हुने देखिएको छ । त्यो किनभने यो अधिवेशनले आगामी दुई वर्षे कार्यकालकालागि नयाँ नेत्रित्व छनौट गर्दै छ । यो अधिवेशनलाई प्रवाशको राजनितिक बुझाई र आँखाले अझ महत्वपूर्ण तरिकाले हेरिरहेको अर्को कारणपनि छ। त्यो हो, नेकपा एमालेका केन्द्रिय सचिव तथा पार्टी प्रचार प्रमुख योगेश भट्टराई प्रमुख अतिथिका रुपमा सहभागि हुन आउँदै छन् । त्यस्तै, प्रवाशी नेपाली मञ्चका युरोप क्षेत्रिय प्रतिनिधी सुभास पोख्रेलपनि सहभागि हुने कार्यक्रम छ ।

प्रवाशी नेपाली मञ्चको यो अधिवेशन दोस्रो हो । पहिलो अधिवेशनमा नेकपा एमालेका नेता भिम रावल प्रमुख अतिथिका रुपमा सहभागि थिए । पहिलो अधिवेशनले संजय मुडभरीलाई अध्यक्षमा चुनेको थियो ।

पहिलो अधिवेशनमा प्रवाशी नेपाली मञ्चका केहि सदस्यहरु भुमी गुरुङको नेत्रित्वमा मञ्च छोडेर अलग्गै मञ्च बनाउन अलग भएका थिए । तर एमाले केन्द्रिय कार्यालयले तिनलाई मान्यता दिएन । हाल पहिले अलग भएको त्यो समूहपनि बिगतमा आफूले गल्ति गरेको स्विकार्दै एक हुने भन्ने बुझिएको छ ।  यदि दुबै समूह एक भएमा प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डमा बलियो हुने देखिन्छ । मञ्चबाट अलग भएर गएको समूहपनि एक हुने भनिएकालेपनि यो अधिवेशन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डका अध्यक्ष संजय मुडभरीले पठाएको जानकारि अनुसार अधिवेशन दिनको तिन बजेबाट शुरु हुने छ । मञ्चले यो अधिवेशनमा स्विजरल्याण्ड स्थित प्रवाशी नेपाली मञ्चका सदस्यहरुलाई आफ्नो सदस्यता अधिवेशन अगाडिनै नविकरण गर्नपनि अनुरोध गरेको छ । साथै स्विसवासी नेपालीहरु सबैलाई यो अधिवेशनमा सहभागि भैदिन निम्तोपनि दिएको छ ।

कार्यक्रमको मिति, स्थान, सम्पर्क गर्ने ब्यक्ति आधि सबैको ब्रिस्त्रित हेर्नुस

स्थान:     “Le 99” – Salle Mégapolyvalente, 2nd Floor

Rue de Lyon 99

1203 Genève

मिति:     आइतबार २३ जुलाई २०१७ साळ्

समय :    १५:०० बजे

प्रबासी नेपाली मंच स्विजरल्याण्ड,
संजय मुडभरी, अध्यक्ष

तथा सम्पूर्ण प्रबासी नेपाली मंच परिवार

CONTACTS:

Sanjay Mudbhary, President  (079 176 03 95)

Balram BK, Vice-President  (076 560 12 94)

Shrawan KC, Vice-President  (078 619 77 10)

Bidur Sangraula, General Secretary (078 728 84 46)

Bikram Khati, Secretary   (078 758 80 43)

Mingmar Sherpa, Treasurer  (077 925 75 42)

Subash Pokharel, European Rep.

(तस्विर- पहिलो अधिवेशनको एक झलक । फोटो-मेरो जिल्ला डटकम)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing