स्विजरल्याण्डको विकास र संरचनामा एमाले सचिवको चासो

योगेश भट्टराई नेकपा एमालेका सचिव त हुन् नै, एमाले प्रचार विभागका प्रमुखपनि । यतिखेर उनी स्विजरल्याण्डको जेनेभा शहरमा छन् । एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशनमा प्रमुख अतिथिको भूमिकामा भाग लिन उनी जेनेभा  आइपुगेका हुन् । भोली आइतवार अधिवेशन हुँदै छ । तर हिजो नेपालबाट लामो यात्रा पछि जेनेभा आईपुग्नासाथ उनी आफ्ना केहि मित्र र शुभेच्क्षुकहरुसित स्विजरल्याण्डका केहि संरचनामा चासो दिएका थिए ।

जेनेभा ताललाई अघिल्लो भागमा राखेर वरिपरि पानीले घेरिएको जेनेभा शहर कसरि बनेको छ । कसरि शहरको बिचमा रहँदापनि यहाँको ताल स्वच्छ र सफा छ । यहि तालको वरिपरि कसरि महँगा रेस्टुरेन्ट, महँगा कम्पनीका कार्यालयहरुले चर्को भाडा तिरेर बस्ने कसरि बनाएका छन् । पर्यटकहरु तान्ने के के अक्किल अपनाएका छन् । यस्तै संरचनाहरु उनी हेर्दै थिए ।

प्रवासी नेपाली मंचका संस्थापक सयोजक तथा युरोप संयोजक सुवास पोख्रेल, मञ्चको स्विजरल्याण्डका अध्यक्ष संजय मुडभरी, मंचका उपाध्यक्ष्य श्रवन केसी, सचिब बिक्रम केसी, नेपाली जन संपर्क समिति स्विजरल्याण्डका अध्यक्ष श्याम सापकोटा र एन आर एन स्विजरल्याण्डका पूर्व आइ सिसि सदस्य शिव रिजाल साथैमा थिए । उनीहरुले भट्टराईलाई स्विजरल्याण्डको संरचना, भौतिक विकास र संरचनाबारे सुनाएका थिए ।

स्विजरल्याण्डको जेनेभा विमानस्थल ओर्लिएका थिए योगेश भट्टराई । त्यहि विमानस्थल केहि फ्रान्स र केहि स्विजरल्याण्डको साझा भएपनि त्यहाँ दुई मुलुकबिच झैझगडा र द्वन्द नहुने, साझा विमानस्थलमा फ्रान्स र स्विजरल्याण्डविच एकले अर्कोलाई दखल पुर्‍याएको कहिल्यै नसुनिएको बताउँदा उनले चाख मानिमानि सुने । जेनेभा तालको केहि भाग कतै पुरै फ्रान्सको, कहिँ फ्रान्स र स्विजरल्याण्डको पर्छ । तालको मध्य भागबाट ताल दुई देशको भागबण्डा लाग्छ कुनै क्षेत्रमा। तर यो तालको विषयमा फ्रान्स र स्विजरल्याण्डको झैझगडा भएको सुनिएको छैन । यो सुन्दा भट्टराईले अचम्म अचम्म माने ।

योपनि हेर्नुस्

एमाले भात्रि संगठनको स्विजरल्याण्डमा अधिवेशन: पार्टी प्रचार प्रमुख भट्टराई प्रमुख अतिथि

  • Ale

    wow, what a photo . . . didn’t you find a better one. Or you could have cropped the part to remove poking belly button

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing