एन आर एन ए कतारको युवा संयोजकको नेत्रित्व लिन माया केसी तयार

कतारमा लाखौं नेपाली बस्छन् । यो मुलुक बैदेशिक रोजगारीमा जाने नेपालीका कथा र ब्यथाले सधैं चर्चामा रहन्छ । यहाँ बैदेशिक रोजगारीमा पुगेका नेपालीको अनेक खाले बियोगान्त र दुखका कहानीहरु सुनिईरहन्छन् । अनेक यातना र रोजगारदाताका समस्याले दिनहुँ नेपालीहरु अप्ठेरा समस्यामा पर्छन् । यहाँ हरेक दिन जसो केहि न केहि नेपालीलाई प्रशासनिक, सामाजिक, बैधानिक र आर्थिक समस्यामा सहयोग गर्न नेपाली संघसंस्थाको खाँचो परिरहन्छ । कतारमा  धेरै नेपाली पुगेपनि महिला कामदारहरुको संख्या भने पुरुषहरुको तुलनामा कम छ । त्यहि न्युन संख्यामा रहेका महिलाहरुनै पुरुषभन्दा बढि मारमा पर्छन् । त्यसैले महिलाहरुका समस्या समाधन गर्न महिलालेनै सामाजिक संस्थाको नेत्रित्व लिए सहज हुन्छ । आधा आकाश ढाक्ने महिला भनिएपनि नेत्रित्वमा अति कम संख्यामा महिलाहरु पुग्ने गरेका छन् । महिलाहरु नेत्रित्वमा आउनपनि कम चाहेको देखिएको छ । तर यस पटक एन आर एन ए कतारको युवा संयोजकमा माया केसीले आफ्नो उमेदवारी घोषणा गरेर ईतिहास रच्न खोजेकि छन् ।

गैह्रआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौं अधिवेशन आगामी १८ अगष्टमाहुँदै छ । परिषदको सन् २०१७ — २०१९ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रकृया समेत सोहि अधिवेशनमा हुँदै छ । सो अधिवेशनले चयन गर्ने कार्य समिति जुझारु, सक्षम र समाजलाई दिशानिर्देश गर्ने हुनुपर्छ भन्ने मान्यता राख्दै आफूले युवा संयोजकमा उमेदवारी दिएको घोषणा माया केसीले गरेकि हुन् ।

समाजको हित सवैको सर्वोपरि हित हो भन्दै आफूले व्यक्तिगत, सामाजिक र व्यवसायिक जीवनमा सिकेका अनुभवहरुलाई यस समाजको हितमा लगाउने अठोट गरेकि छन् । सो अठोट पुरा गर्नका लागि समाजमा युवाहरुको भुमिकालाई सशक्त रुपमा अघि वढाएमा मात्र समाजको समृद्दि हुन सक्छ भन्ने विश्वाआफूले लिएको उमेदवारि घोषणा पत्रमा उल्लेख छ । युवाहरुको सिप विकास, क्षमता अभिवृद्दि, युवा उद्यमशिलता र युवाहरुको परिचालनलाई अघि वढाउन गरेको प्रण गर्दै कतारमा रहि विभिन्न सामाजिक अभियानमा सक्रिय अग्रजहरु र सम्पुर्ण शुभेच्छुकहरुको सल्लाह, सुझाव र शुभेच्छाका साथ यस अभियानलाई सार्थक पार्न तथा गैरआवासिय नेपाली अभियानलाई संस्थागत र युवामैत्री वनाउनका लागि आफूले आगामी २०१७—२०१९ कार्यकालको लागि युवा संयोजकमा उमेदवारी दिएको उनको भनाई छ ।

धेरै एन आर एन ए का उमेदवारहरुले आफू बिजयी भएमा के के काम गर्ने उद्देश्य छन्, उमेदवारका प्रतिबद्द्ताहरु के के हुन् भन्ने खुलाउन  सकेका छैनन् । तर केसीले आफूले तिन बुँदी प्रतिबद्दता घोषणा गर्दै उमेदवारी दिएकि छन् । उनका प्रतिबद्दतामा कतारमा रहेका नेपाली युवाहरुको सिप विकास, क्षमता अभिवृद्धि गर्ने, युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतवाट उचित संजाल विस्तारको प्रयत्न गर्नेछ ।

त्यस्तै, कतारमा नेपाली खेलकुद, कला, साहित्य, संस्कृति र भाषाको प्रवर्द्वन तथा विकास गर्न गैरआवासिय नेपाली संघको नेतृत्वमा साहित्य, संस्कृति, खेलकुद, युवा समुह वा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गर्ने भन्ने छ ।

त्यसैगरि समय सापेक्ष गैरआवासिय नेपाली संघको नेतृत्वमा युवाहरुलाई प्रवर्द्वन गर्न राष्ट्रिय समन्वय परिषद कतार र आवश्यकता वमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् युवा फोरमको समन्वयमा प्रभावकारी कार्यक्रमहरु गर्ने उल्लेख गरेकि छन् ।

उनको उमेदवारी घोषणा पत्र हेर्नुस्

आदरणिय परिषद सदस्य ज्यूहरु, समाजका अग्रज अभियन्ता ज्यूहरु सम्पूर्णमा हार्दिक नमस्कार।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौं अधिवेशन आगामी १८ अगष्टमा हुने वारे यहाँहरु विदितै हुनुहुन्छ । परिषदको सन् २०१७ — २०१९ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रकृया समेत सोहि अधिवेशनमा हुने र सो अधिवेशनले चयन गर्ने कार्य समिति जुझारु, सक्षम र समाजलाई दिशानिर्देश गर्ने हुनु पर्छ भन्ने मान्यता म पनि राख्दछु ।

यस अभियानमा परिषद सदस्य र समाजको जिम्मेवार नागरिक भएको हैसियतले प्रत्यक्ष र परोक्ष रुपमा संघका गतिविधिहरुमा सहयोग गर्दै आईरहेको कुरा समेत यहाँहरुलाई अवगत नै छ । यो समाजलाई दिशानिर्देश गर्ने र समाजको हितमा काम गर्न सक्ने हेतुले संगठित संस्था गैरआवासिय नेपाली संघ नै हो भन्ने मान्यता म राख्दछु । प्रवासमा रहेका आम नेपालीहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको यस गैरआवासिय नेपाली संघका कार्ययोजनालाई अझ सशक्त, मजवुत र प्रभावकारी वनाउनका लागि समाजका सवै जिम्मेवार पक्षले हातेमालो गर्न जरुरी छ ।

समाजको हित सवैको सर्वोपरि हित हो । मैले मेरो व्यक्तिगत, सामाजिक र व्यवसायिक जीवनमा सिकेका अनुभवहरुलाई यस समाजको हितमा लगाउने अठोट गरेको छु । सो अठोट पुरा गर्नका लागि समाजमा युवाहरुको भुमिकालाई सशक्त रुपमा अघि वढाएमा मात्र समाजको समृद्दि हुन सक्छ भन्ने विश्वास मैले लिएको छु । युवाहरुको सिप विकास, क्षमता अभिवृद्दि, युवा उद्यमशिलता र युवाहरुको परिचालनलाई अघि वढाउन गरेको प्रण र कतारमा रहि विभिन्न सामाजिक अभियानमा सक्रिय अग्रजहरु र सम्पुर्ण शुभेच्छुकहरुको सल्लाह, सुझाव र शुभेच्छाका साथ यस अभियानलाई सार्थक पार्न तथा गैरआवासिय नेपाली अभियानलाई संस्थागत र युवामैत्री वनाउनका लागि आगामी २०१७—२०१९ कार्यकालको लागि गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको “युवा संयोजक” पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।

उम्मेद्धारी सँगै मेरा केहि प्रतिवद्दता तथा उद्देश्यहरु तपसिल वमोजिमका छन् ।

१. कतारमा रहेका नेपाली युवाहरुको सिप विकास, क्षमता अभिवृद्धि, युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतवाट उचित संजाल विस्तार गर्न प्रयत्न गर्नेछु ।

२. कतारमा नेपाली खेलकुद, कला, साहित्य, संस्कृति र भाषाको प्रवर्द्वन तथा विकास गर्न गैरआवासिय नेपाली संघको नेतृत्वमा साहित्य, संस्कृति, खेलकुद, युवा समुह वा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गर्नेछु ।

३. समय सापेक्ष गैरआवासिय नेपाली संघको नेतृत्वमा युवाहरुलाई प्रवर्द्वन गर्न राष्ट्रिय समन्वय परिषद कतार र आवश्यकता वमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् युवा फोरमको समन्वयमा प्रभावकारी कार्यक्रमहरु गर्नेछु ।

भवदिय,

माया केसी

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७—२०१९ को कार्यकालका लागि

“युवा संयोजक”को उम्मेद्धार ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing