एन आर एन फ्रान्सको संस्थागत सञ्जाल ब्यक्ति र गूटका नाममा दुरुपयोग

 

एन आर एन ए फ्रान्सले आफ्नो संस्थाको लोगो र सामाजिक सञ्जाल दुरुपयोग गरेको छ । एन आर एन ए सबैको साझा भएपनि एन आर एन ए फ्रान्सले आफ्नो होम पेज र फेसबूक केहि ब्यक्ति विशेषको झुण्ड तयार गर्दै तिनका नाममा दुरुपयोग गरेको हो । एन आर एन ए फ्रान्सका बर्तमान महासचिव नरेन्द्र शाही ठकुरी हुन् । आगामी अधिवेशनमा नयाँ कार्य समितिकालागि निर्वाचन हुँदै छ । त्यहि निर्वाचनमा एन आर एन ए फ्रान्सका महासचिव शाहीको समूहले एक बहादुर मल्ल अध्यक्ष, सुवर्णबिक्रम हमाल आइ सिसि सदस्य, नरेन्द्र शाही ठकुरी महासचिव लगायतको प्यानल बनाएर एन आर एन ए को साझा पेजलाई दुरुपयोग गरेको हो । नरेन्द्र शाहीले बिगतदेखिनै एन आर एन ए को साझा सामाजिक सन्जाललाई दुरुपयोग गर्दै आएको त्यहाँका नेपालीहरुले गुनासो गर्दै आएका छन् । हाल निर्वाचन अधिवेशनका बेलापनि एन आर एन ए फ्रान्सले आफ्नो सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै आएको भनि अध्यक्ष पदकी प्रत्याशी (उमेदवार) जिता कटुवालले सामाजिक सञ्जालमै बिरोध गरेकि छन् ।

कटुवालले आफ्नो फेसबूक पेजमा लेखेकि छन् ‘एनआरएनए फ्रान्सको फेसबुक तथा वेभसाईट पेज सँस्थागत पेज हो । यो पेजको प्रयोग गरेर कुनै एक चुनाबी समुहको प्रचार प्रसार गर्नु भनेको वेभ साईटको दुरुपयोग गर्नु हो । यो काम तुरुन्त बन्द गर्न सँस्थाका बर्तमान महासचिबलाई अनुरोध छ । चुनाब प्रचार प्रसारका क्रममा गरिने दुरुपयोगले प्रहरी प्रशासनको ढोका टकटकाउन नपरोस भन्ने कुरामा ध्यान दिन अनुरोध गर्छु ।’

  • khadka rames

    यो त नमुना वाहीर आयो भित्र झन के के गरेका होलान् ! निरंकुशता को पराकास्ट , अव खुल्छ सबै कुरा , नयां सदस्य जनताले चुनेरा पठाउनु पर्छ अनी

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rameshwar pandit

    हामी सबैले हिजो देखिका निरकंसता बादी पक्षधर एन आर एन फ्रान्स हाथी भएको देखेकै हैं ! मल्ल बाद , ठकुरी बाद, राजनैतिक बाद सबै कूराहरू देखेर पनी चुप लाग्नु भनेको अंधकों १० वर्ष सम्मलाई सलन्डर गर्नु हो । तेसैले यो निर्वाचन मा नया साथीहरूलाई प्रवेश गराउनु पर्छ । विभिन्न जाल परिपंच मिलाएर फेरी पनी गेयम हात पार्न कोशिय गरेका छन , यसरी जता बाट हुन्छ गेयम आंफैले हात पर्ने ताला हो । यदी नेपाली मुल का र नेपाली भाषीको लागी नाटक गरेकोहो भने । तप्त भण्डारी जी लाई अब कुनै पोस्ट मा नियुक्त गरेर देखाउन त ! प्रवक्ता बनाउन मिल्छ उहाँ लाई तर यो ईतिहास साँची छ जो जसलाई जे जसो भनेर भए पनी आफ्नो लागी माथी चढ्ने भरेडंग मात्र बनाउने हुन तेसैले साथीहरू ईमोसन मा होईन बौद्धिक हिसाबले चुनाव मा राम्रो र हाम्रो भन्ने उमेदबार लाई छाने ।
    ब्यक्तीगत प्रतिस्टा काम को सैली सबै हाल सम्म भएका टाउकेहरूलाई देखि राखेका छौ । कती पानी माथी का ओवाना छन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Vandari Kushal

    Yo nrn ko Khateharu kina natak gareko cha herdai jau , kahile vutani vanera Bisan ma lekhne kahile chalaune aba police ko ma facinchan sab Chor haru Paisa khana palkeka nrn , Bhoj varer varman gareka chan nrn ka Vatta chari haru hun . Uniharu lAi yas Pali pattachap garauna parcha ; nepal ma panchayat ko Palama je huntheyo gareko cha yo haru ley , kina mula herera bas cha sabai tiniharu lAi vort diyera; yeata valibal khelaunda jhagada garera paris baci lAi Chauttayo kunai bela chorharuly tapai haru yar aaluu herchu yar Mo tA agadi dekheni Mukha vari thik chau.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing