एन आर एन बहस : के हुन्छ ‘भिजन २०२०’ यहि अवस्थामा पास भए ?

एन आर एन विश्व सम्मेलनको मुख्य मुद्दा नयाँ नेत्रित्वको चयन की अध्यक्ष शेष घलेले प्रस्ताव गरेको ‘भिजन २०२० एण्ड बियोण्ड ?’ एन आर एनको आगामी विश्व सम्मेलनको मुख्य विषय यहि हो । यसैमा प्रमुख ध्यान खिचिएको छ । झट्ट हेर्दा नयाँ नेत्रित्वको चयन प्रमुख मुद्दा बन्ने देखिन्छ, सतहमा । तर यस पटक काठमाडौंमा अक्टोबर १४ बाट हुने एन आर एन एको विश्व सम्मेलनमा नयाँ नेत्रित्वको चयन भन्दा एन आर एन ए को भविषय र संस्थागत विकासको प्रमुख मुद्दा भिजन २०२० हुने देखिन्छ । र यो हुनुपनि पर्छ । किनभने यो दस्ताबेज शेष घलेले प्रस्ताव गरे अनुरुप पारिद भएमा एन आर एन ए एउटा स्वतन्त्र, ब्रिहद र सामाजिक संस्थाको रुपमा रहन्छ कि रहन्न यसै भन्न सकिन्न ।

गत २८ अगस्ट २०१६ मा अमेरिकाको न्युजर्सीमा गैह्रआवासीय नेपाली संघको अमेरिकी क्षेत्रीय सम्मेलन भैरहेको थियो । त्यहि दिन अकस्मात  शेष घलेले यो ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्तुत गरेका थिए । यस अघि यो विषयमा कतैपनि गम्भिर रुपले छलफल भएको थिएन । यसको आवश्यकताका बारेमा बहसपनि भएको थिएन । एन आर एन ए का प्रमुख अभियन्ताहरु डा उपेन्द्र महतो, जिवा लामिछाने, कुमार पन्त लगायतका पात्रहरुलेपनि राम्रोसित थाह पाएका थिएनन् । त्यस सम्मेलनमा यो दस्ताबेज पेश गर्दा घलेले तर्क दिएका थिए ‘ दोहोरो नागरिकता प्राप्तिको एन आर एन एको माग पुरा भयो । नेपालमा गैह्र् आवाशिय नेपालीले गर्ने लगानीको सुरक्षाको ग्यारेन्टीको मागपनि लगभग पूरा भयो । अब के गर्ने ? अब ‘एनआरएनएको संस्थागत संरचनामा परिवर्तन गर्नुपर्छ’ भन्दै उनले यो दस्ताबेज अगाडि सारेका थिए ।

उनले यो भिजन २०२० को प्रस्ताव अघि सारे लगत्तै धेरैले आँखिभौं उचालेका थिए । उनले अघि सारेको यो दस्ताबेज त्यसपछि कहिँ कतै सार्वजनिकपनि भएन । ब्रिहद छलफलमापनि ल्याइएन । जबकी राष्ट्रिय समन्वय परिषदले शुरु गर्ने साना परियोजना लागू गर्नु अघिपनि एन आर एन ए केन्द्रसित छलफल गर्ने परिपाटी एन आर एको छ । एन आर एन ए को बिधान परिवर्तन गर्नुपरे बिधान कमिटी छ । त्यसले ग्रिहकार्य गरेर ब्रिहद रुपमा छलफलपछि मात्रै अन्तर्राष्ट्रिय सम्मेलनपछि पारिद गर्ने गरिन्छ । तर एन आर एन को संरचनामै परिवर्तन गर्ने यो नितिगत दस्ताबेज किन गोप्य राखियो ? किन दस्तावेजको ठाउँ ठाउँमै ‘कन्फिडेन्सियल (गोप्य)’ भनेर उल्लेख गरियो ? एन आर एन ए जस्तो नेपालीहरुको विश्वब्यापी साझा संस्थालाई अझ राम्रो बनाउन अघि सारिएको दस्तावेज किन गोप्य राख्नुपर्‍यो ? त्यसपछिपनि शेष घलेले यसको चित्तबुझ्दो जवाफ दिएका छैनन् ।

धेरै नेपालीहरु यो ‘भिजन २०२० एण्ड बियोण्ड’भन्ने नाराबाट अल्मलिएका छन् । त्यो किनभने यसको नाम झट्ट सुन्दा सुन्दर लाग्छ । ‘ओहो सन् २०२० सम्मको द्रिष्टिकोण ल्याइएको रहेछ’ भन्ने पर्छ । तर यसको वास्तबिकता त्यस्तो होइन । यो दस्तावेज आफैंमा किन खोटी छ भने एन आर एन ए को एक प्रमुख उद्देश्यमा हाम्रो नेपाली भाषा, संस्क्रितिको विकास र प्रवाशमा जन्मे हुर्केका पिढीलाई आफ्नो भाषा र संस्क्रितिसित एकाकार गराएर राख्ने पनि हो । तर यो दस्ताबेजले त्यो भावनाको आदर गर्दैन । दस्ताबेजनै अंग्रेजी भाषामा छ । शेष घलेको आशयपनि के देखिन्छ भने भिजन २०२० भनेर सार्वजनिक गर्दा सुन्दर देखिन्छ र यो अंग्रेजी भाषामा लेखिएको दस्ताबेज एक त धेरै नेपालीले बुझ्दैनन् । अर्को अंग्रेजीमा लेखिएको यति लामो दस्ताबेज पढ्ने लेठोपनि गर्दैनन् । यदि खुला मन, फराकिलो ह्रिदय र यो संस्थालाई आम नेपालीको साझा, बलियो, दर्बिलो, प्रभावशाली र सम्मानित संस्था बनाउने भित्रि आकांक्षा हो भने यो दस्ताबेजलाई किन आम छलफलमा ल्याइएन ? किन यो दस्ताबेज नेपाली भाषामा आएन ? अझैपनि किन ल्याउन कन्जुस्याई गरिँदै छ ? एन आर एनको ब्रिहद हितका लागि ल्याइएको दस्ताबेज एन आर एन एका राष्ट्रिय समन्वय परिषदकाबिच सार्वजनिक गरि छलफल चलाउनै किन यति त्रास ? किन लुकाउनुपर्ने ? के कुनै खोट नभए, दुराशय नभए यस्तो गर्नु जरुरि छ ?

भिजन २०२० मार्फत उनले पास गराउन खोजिएको प्रस्तावको बुँदा नम्बर ७ अन्तर्गतको उपदफा b (iii)  मा अध्यक्षनै संघको सर्वेसर्वा हुने र अरु परिषद सदस्यहरुले उनलाई समर्थन र सहयोग मात्रै गर्ने भनिएको छ (7. Unraveling the Basics 

  1. Revamping Organizational Framework

iii. President of Council key functionary. Other council members just support and compliment)

(दस्ताबेज हेर्न यहाँ क्लिक गर्नुहोलायो भनेको के हो ? एन आर एन ए कस्तो संस्था बन्छ यो प्रावधानले ? यो कुनै ब्यापारिक घराना, पैसावाल, शक्तिसम्पन्न, प्रभावशालीको नेत्रित्वमा जान्छ । त्यो ब्यक्तिले आफ्ना सल्लाहकारहरु चुन्छ । अध्यक्ष वा निर्देशकले जे भन्छ उसले नियुक्त गरेका सल्लाहकारहरुले उसलाई सल्लाह दिन्छन् । अध्यक्ष वा निर्देशकले चाहे अनुसार एकल मनोमानीमा एन आर एन एको नेत्रित्व गर्छ । आफ्नो दस्ताबेजमा यस्तो प्रावधान राख्ने । तर सामाजिक छलफल, बैठक र सम्मेलनमा भने फरक ढंगले प्रस्तुत हुने किन शेष घले । शेष घलेले एनसिसि अमेरिकाको अधिबेशन १६ सेप्टेम्बर २०१७ मा बोलेका थिए ‘यदि हामीले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यही अनुसारको सिस्टम बनाउन सकेनौं भने संस्था केही सिमित ब्यक्तिको वरिपरि घुमिरहने छ भने आम गैरआवासीय नेपालीहरु निश्चित ब्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ” । उनले अमेरिकाको अधिवेशनमा बोलेको कुरा र उनले एन आर एन ए कस्तो बनाउने भनेर प्रस्ताव गरेको दस्तावेजमा अध्यक्षलाई सर्वेसर्वा बनाउने बुँदा के मेल खान्छ ?

ल ठिक छ, यो एन आर एन एलाई समय अनूकुल परिवर्तन गरि आम नेपालीले अपनत्व महसुस गर्ने, साझा, सबल संस्थानै बनाउन खोजिएको हो, भिजन २०२० एण्ड बियोण्ड मार्फत । दस्तावेज लेख्दा कमजोरी हुनसक्छ । उसो हो भने यो दस्तावेज अझै किन ब्रिहद छलफलमा नल्याउने ? किन यसलाई नेपालीमा अनुवाद गरेर सार्वजनिक नगर्ने ? किन यसका आपत्तीजनक बुँदा हटाएर परिमार्जित नगर्ने ? खै त यसमा ध्यान दिएको ? के अशल नियत हुने हो भने यो गर्न संभव छैन ? तर विश्व सम्मेलन आउनै लाग्दापनि किन यसलाई सार्वजनिक गर्ने, आपत्तीजनक बुँदा हटाउने र मित्रवत, संस्थागत तरिकाले पारिद गराउने दिशातिर लागिएको छैन ?

वास्तबमा नेपालीका संघसंस्था मध्ये सायद एन आर एन ए मात्रै यस्तो सस्था होला जहाँ एक जना ब्यापारीदेखि उसैको न्युन तहमा बसेर काम गर्ने कामदार अटाउँछ । खरबपती साहुलाई नेत्रित्वमा चुन्ने कि फ्याँक्ने भन्ने अधिकार त्यहि साहुको कामदारसित सुरक्षित छ । प्रवाशमा कुनै भान्छामा काम गरिरहेको मजदूर र उध्योगी, ब्यापारी, चिकित्शक, बिध्यार्थी, महिला, पुरुष, सबै राजनितिक बिचारका मानिस अटाउने सामूहिक थलोनै एन आर एन ए हो । यस्ता सबै क्षेत्र, वर्ग, भाषा, संस्क्रिति, स्तर, तह र तप्काका नागरिक अटाउने संस्था विश्वमा बिरलै हुन्छन् । एन आर एन ए को परिकल्पना त्यस्तै एक हो । तर यो भिजन २०२० ले ति परिकल्पना र त्यो अपनत्वलाई भत्काउने योजना अघि सारेको छ ।

भिजन २०२० का सबै बुँदा नराम्रा छैनन् । बदलिँदो परिस्थिती, नेपालीहरुको बढ्दो ज्ञान, आर्थिक सबलता, प्रवासमा नेपाली छरिएका मुलुकको सामाजिक, आर्थिक र राजनितिक परिवर्तनसँगै हुनुपर्ने संस्थागत परिवर्तन । यो अपरिहार्य छ । नेपाल र नेपालीको सेवाको भावनाले यो दस्तावेजमा उठाएका बुँदा प्रशंसनिय छन् । नेपालीहरु आर्थिक रुपमा सबल हुनुपर्छ । यसमा त झन आपत्ती हुनेनै भएन । तर एन आर एन ए के हो ? यो ब्यापारिक संस्था त होइन । यो सिमित ब्यापारी, सिमित उध्योगी, हुनेखाने र सम्पन्नकालागि परिकल्पना गरिएको संस्थापनि त होइन । यो शुद्द सामाजिक संस्था हो । यसको जग भनेकोपनि विश्वका धेरै देशमा छरिएर रहेका नेपालीको साथ, समर्थन, पहलकदमी, संलग्नता, चासो र चाखबाटै स्रिजित र संचित यो ।

यो संस्थाको जग त्यसै बसेकोपनि होइन । यो संस्था स्थापित हुनु पैसाको खोलो र सम्पन्नताको भेलको जगपनि होइन । यसमा विश्वभरि छरिएर रहेका नेपालीको रगत र पसिना सिंचित छ । छोरा छोरीको गाँस काटेर यो संस्था बनाउन अमेरिका देखि खाडीका भेडी गोठमा पसिना चुहाएका नेपालीको श्रमले एन आर एन एको आँत पोतिएको छ । के अब यो संस्था स्थापित भएपछि यसलाई कुनै ब्यापारिक घरानाको बनाउन सकिन्छ ? धन, सम्पत्ती, सम्पन्नताको दम्भ र नेत्रित्वको दूरगामी चाहनाले विश्वभरिका नेपालीको साझा संस्थालाई एकलौटी बनाउन मिल्छ ? एन आर एनलाई नेपाल सरकारले मान्यता दिनुको पछाडी सम्पनाको थैली हो की विश्वभर छरिएर रहेका नेपालीको संलग्नता हो ? भिजन २०२० ले विश्वभरिका आम नेपालीको यो भावनालाई वलात्क्रित गर्ने कोसिस गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing