सबै दलको सहमती रैछ कटुवाललाई स्पष्ठिकरण लिँदा ?

               के भने प्रचण्डले संसदमा ?

prachanda_rajinama_from-sar

 

हामी जनतामथि कति खेल खेल्छन् है नेताले ? नेताहरु एकै ठाउँमा बसेर सँगै निर्णय गरेको कुरा त पछि कस्तरि ढाँट्ने रहेछन् । अनि हामी जनतालाई त झन् किन नढाँट्ने ? कटुवाललाई स्पष्ठिकरण लिन हुन्थेन भन्दै बुर्लुक बुर्लुक उफ्रेका होइनन् एमाले, फोरम र अन्य दलका नेता ? हाम्रो सहमती छँदै छैन भन्दै सरकारबाट हिँडेका होइनन् ? तर सब नेताले अहिलेसम्म हामीलाई ढाँटेका पो रहेछन् त । आज काम चलाउ प्रधानमन्त्री प्रचण्डले संसदमा संबोधन गर्दा त्यो सार्वजनिक भएको हो । संसदको गतिरोध अन्त गर्दै आज संसदलाई संबोधन गर्दा प्रचण्डले सरकारमा संलग्न पाँच वटै पार्टीको संयुक्त सहमतीमै कटवाललाई स्पष्ठिकरण सोधिएको र त्यसको प्रयोजन कारवाही गर्ने भन्ने रहेको ठोकुवा गरे। अनि त्यो निर्णय गर्दा सद्भावना पार्टीका नेता राजेन्द्र महतोले मात्रै दश पटक सोच्नु भनेका रहेछन् । बँकि सबैको सहमती । प्रधानमन्त्रीले हिजो संसदम पक्कै ढाँटेनन् होला त ? हिजो प्रचण्डले संसदमा गरेको संबोधनको पूर्ण पाठ तल हेर्नुस । सेनापती कटुवालमाथिको कारवाही संबन्धि उनले बोलेका कुरालाई बोल्ड गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ

सभामुख महोदय,

नेपाली राजनीतिको अत्यन्त तरल, सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरूका अगाडि उभीएर केही कुरा राख्दैछु । गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव, अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन । अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन ? समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन ? यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन ? देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन ? आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरू खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ । यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरूका साथै महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र, समृद्ध एवं नयाँ लोकतान्त्रिक नेपालको सपना साकार पार्न आफ्नो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दछु । उनीहरूको परिवारजनप्रति सम्मान प्रकट गर्दछु । त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरू जसले नयाँ नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन्, ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरुका परिवारजनप्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु । नयाँ नेपाल निर्माणको सन्दर्भमा घाइते, अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरुका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहान्छु ।

सभामुख महोदय,

एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको सरकारले आफु मातहतको एक कर्मचारी, नेपाली सेनाको प्रधान सेनापतिसँग मागेको स्पष्टीकरण र उनीमाथि लिइएको कारबाही प्रकरणले नेपालको लोकतन्त्रको स्थिति, नेपालको आत्मनिर्णयको अधिकार यसको राष्ट्रिय स्वतन्त्रताको स्थितिजस्ता अत्यन्त गम्भीर, दुरगामी र संवेदनशील प्रश्नहरूलाई सतहमा ल्याएको छ । २००७ साल वरिपरिबाट जनताको सर्वोच्चताका लागि लड्दै आएका राजनीतिक दल, नागरिक आन्दोलन र सम्पूर्ण सचेत नेपालीले यतिबेला निधार खुम्च्याएर छातीमा हात राखेर सोच्नु पर्ने भएको छ । २००७ सालको राजनीतिक उपलब्धी ०१७ सालमा कसरी खोसियो ? निर्दलीय पञ्चायती तानाशाही ३० वर्षसम्म कसरी टिक्न सक्यो ? ०४६ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई ज्ञानेन्द्र शाहले कसरी सजिलै अपहरण गरेर निरङ्कुश शासन लाद्नसके ? जनयुद्ध र जनआन्दोलनका शक्ति मिलेर परास्त गरिएको निरङ्कुश सामन्तीतन्त्र र्फकने कुन-कुन कुनाबाट हुन सक्छ ? प्रश्न निकै गम्भीर छन् । इतिहासका प्रत्येक मोडमा प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न त्यसकै अनुपातमा सेनामा सुधार र सुदृढीकरण गरी नागरिक सर्वोच्चतलाई दिगो पार्न नसक्नु नै ००७ सालदेखिकै हाम्रो राजनीतिक आन्दोलनको एउटा भयानक र विस्मयकारी कमजोरी रहँदै आएको छ । यो तथ्यलाई आप\mनो जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेसका नेता एवं विचारक वीपी कोइरालाले देख्नु भएको कुरा हामी सबैलाई थाहा छ ।

सभामुख महोदय,

आज फेरि प्रश्न नागरिक सर्वोच्चतालाई दिगो पार्न सेनामा आवश्यक सुधार गर्ने वा नागरिक सर्वोच्चतालाई चुनौती दिने एकाध सैनिक अधिकारीका अगाडि घुडाँ टेकेर जनताको उपलब्धीलाई खिल्ली उडाउने ? लोकतन्त्रको यक्ष प्रश्न आज यही बन्न गएको छ । कुर्सीको क्षणिक स्वार्थका निमित्त राष्ट्र र जनतालाई भड्खारोमा हाल्न तयार हुने वा राष्ट्रको स्वतन्त्रता एवं जनताको सर्वोच्चताका लागि कुर्सीको परवाह नगरी दह्रोसँग उभिने ? यो प्रश्नको जवाफ हाम्रो पार्टी र त्यसको नेतृत्वका हैशियतले मैले कुर्सी त्यागलाई सगर्व स्वीकार गरेर दिएको छु । म आशा गर्दछु कि यो सम्मानीत सदनले लोकतन्त्रको यो भारी संवेदनशील मुद्दामा सही फैशला लिने छ । यदि तत्काल त्यसो हुन सकेन भने पनि यो मुद्दा आम जनताको मुद्दा हुनेछ र जनता आफ्नो सर्वोच्चताका निमित्त यो मुद्दामा पुरै जीत हाशिल नहुँदासम्म अगाडि बढिरहने छन् । हामी हमेशा राष्ट्र र जनताको साथ हुने छौं ।

सभामुख महोदय,

नेपाली लोकतन्त्र र जनताको सर्वोच्चताबारे यति कुरा राखी सकेपछि अब म नेपाली राष्ट्रियताका बारेमा केही कुरा राख्न आवश्यक ठान्दछु र त्यसको लागि अनुमति चाहान्छु । राष्ट्रियता र लोकतन्त्र अविभाज्य छन् र यतिबेला यी प्रश्न विशिष्ट रुपले व्यक्त भइरहेका छन् । राष्ट्रियताको चर्चा गर्दा यसको बाहृय र आन्तरिक दुवै पक्षमा ध्यान जान जरुरी छ । राष्ट्रियताको बाहृय पक्षको कुरा गर्दा नेपाली विशिष्टितामा छिमेकी भारत र हाम्रो नेपालको सम्बन्धका अत्यन्त संवेदनशील पक्षहरू आकषिर्त हुन्छन् । म सुरुमै स्पष्ट गर्न चाहान्छु हामी हाम्रो छिमेकी र विश्वका सबै राष्ट्रहरूसँग सुमधुर कुटनीतिक सम्बन्धको पक्षमा दृढ छौं । यहाँ म नेपाल, भारत सम्बन्धका बहुआयमिक पक्षहरूका बारेमा विस्तृत चर्चा गर्न पनि गइरहेको छैन । यहाँ मैले के मा मात्र ध्यान आकषिर्त गर्न चाहेको छु भने अंग्रेज-भारतसँगको सुगौली सन्धीबाट निर्धारित दुई पक्षीय सम्बन्धको परिभाषा र त्यसबाट निर्मित भारतिय र नेपाली शासन सत्ताको मानसिकता, शैली र संस्कारमा परिवर्तनको कुरा । हामी सुगौली सन्धीबाट अंग्रेज-भारतको अर्धउपनिवेस बन्न पुगेको तथ्यमा विश्वास गर्दछौं । अंग्रेजका विरुद्ध भारतीय जनताको स्वतन्त्रतापछि नेपालको जहाँनीया सामन्ती राणा शासनसँग गरिएको सन् १९५० को सन्धी हुँदै आजको नेपालको युगान्तकारी परिवर्तन जहाँ करिब २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यहाँसम्म आइपुग्दा हाम्रा दुई पक्षीय सम्बन्धमा के कति नयाँ परिभाषा, मुल्य, मान्यता र संस्कारको विकास गरियो ? हाम्रो विचारमा यो अत्यन्त महत्वपूर्ण प्रश्न छ ।

सभामुख महोदय,

म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि स्वभाविक रुपमा हिजोका परम्परा र मान्यताबाट केही फरक ढंगले चल्ने कोशिस गरें । ओलम्पिक खेलको समापन समारोहका सन्दर्भमा मेरो पहिलो चिन भ्रमण र त्यसको लगत्तै भएको भारत भ्रमणका सन्दर्भमा मैले पुरै जिम्मेदारी र गम्भीरताका साथ दुवै देशका नेताहरुसँग नेपालमा भएको युगान्तकारी परिवर्तनमा व्यक्त जन-आकांक्षाअनुसार हाम्रा सम्बन्धहरूलाई परिभाषित र विकसित गर्नुपर्ने आवश्यकतालाई अगाडि सारे । भारत-भ्रमणका सन्दर्भमा गरिएको दुवै प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा त्यो विचार र भावना व्यक्त भएको तथ्य हामी सबैले देखेकै छौं ।

सभामुख महोदय

तर आज म बडो चिन्ता र गम्भीरताका साथ अनुभूत गरिरहेको छु कि दुई पक्षीय सम्बन्धलाई नयाँ परिवर्तनअनुसार परिभाषित र विकसित गर्ने ऐतिहासिक आवश्यकतामा हामी सफल भइरहेका छैनौ । बरु नेपाल र भारतका शासन सत्तामा हावी रहँदै आएको सानुभाई र ठुलो दाजुको परम्परागत सम्बन्ध तिरै र्फकने खतरा उत्पन्न भएको महशुस हुन्छ । जुन कुरा किमार्थ नेपाल र भारतका जनताको विकसित चेतना र २१ औं शताब्दिको पहिलो दशकमा दुई देशका बहुआयमिक आवश्यकतासँग मेल खाँदैन । अहिले नेपालको सेनापति प्रकरण, राष्ट्रपतिको कदम र नयाँ सरकारको गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दै छौं वा पछि हट्दै छौं भन्ने प्रश्न गम्भीर रुपले उठेको देखिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीका हैसियतले दुई-पक्षीय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन खोज्ने मेरो प्रयत्न परम्परागत शक्ति, शैली र मानसिकतासँग अन्तरविरोधी बन्न गएकोले आजको स्थिति उत्पन्न भइरहेको त होइन ? यो प्रश्न आफैँमा निकै गम्भीर छ । परिवर्तित परिस्थिति र जनताको नयाँ चेतनाअनुसार दुई-पक्षीय सम्बन्धलाई परिभाषित गर्ने र विकसित गर्ने कुरामा गम्भीर भएर मात्र हामीले यो समस्याको दीर्घकालीन समाधान गर्न सक्दछौं । राष्ट्रिय आन्त्मसमर्पणवाद वा संकीर्ण सामन्ती राष्ट्रवाद दुवैले देश र जनताको भलो गर्दैन ।

सभामुख महोदय,

नेपालको राष्ट्रियतालाई सुदृढ गर्ने कुरा वस्तुतः र अन्ततः आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्ने कुरा नै हो । आन्तरिक राष्ट्रियता त्यतिबेलासम्म सुदृढ हुन सक्तैन जबसम्म जनता सबैखाले शोषण, उत्पीडन, भेदभाव र अपमानबाट मुक्त हुँदैनन् । आज हामी देशका सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायलाई अधिकार सम्पन्न तुल्याउने उद्देश्यका साथ राज्यको अग्रगामी पुनर्संरचना गर्ने प्रक्रियामा छौं । यस सन्दर्भमा आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई आत्मसात गरी जातिय र क्षेत्रीय स्वायतत्ता गणराज्यहरुका संघीय गणतन्त्र विकसित गर्ने प्रयत्न भारी ऐतिहासिक महत्वको छ । अधिकार सम्पन्न जनसमुदायले मात्र राष्ट्रियताको वास्तविक अर्थमा जगेर्ना गर्न सक्दछ । संघीयता र स्वयत्तताका लागि नेपाली जनताले जनयुद्ध र जनआन्दोलनमा धेरै रगत बगाइसकेका छन् । तर, एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका पक्षधर प्रतिगामी र यथास्थितिवादी शक्तिहरू भने हमेशा मजदुर-किसान र उत्पीडित जाती, क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न तुल्याउने र राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व गर्ने, गराउने कुराको विरोधी रहँदै आएका छन् । यो ऐतिहासिक तथ्य पनि सर्वमान्य भइसकेको छ कि नेपालमा मजदुर-किसानदेखि उत्पीडित महिला, दलित र मुस्लिमसम्म, मधेशीदेखि सम्पूर्ण आदिवासी जनजातिसम्म तथा कणर्ालीदेखि सेती-महाकालीसम्मका जनतामा नयाँ जागरण ल्याएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र तिर डोर्‍याउने काम मुख्यतः एकीकृत नेकपा (माओवादी) ले गरेको हो ।

 

जनताका यो नयाँ जागरण र चेतनाबाट भयभीत एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका देशी र विदेशी पृष्ठपोषकहरू यो महान् राष्ट्रिय जागरणलाई एकातिर अन्धजातिवादी साम्प्रदायिक र विखण्डनकारी स्वरुप प्रदान गर्ने तथा अर्कातिर ठाडै संघीयताको विरोध गरेर निष्तेज पार्ने षड्यन्त्रमा छन् । अहिले कटवाल प्रकरणका सन्दर्भमा जेजति असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक तरिक अप्नाएर जन-निर्वाचित र जनादेश प्राप्त प्रमुख राजनीतिक दल र नेतालाई पाखा लगाउने तथा जनताबाट नेतृत्वका लागि अस्वीकृत दल र नेतालाई बलजफती थोपर्ने कोशिस गरिँदै छ प्रतिक्रान्तिको योभन्दा नाङ्गो रूप अरु के हुन सक्दछ ? यसभित्र एकीकृत नेकपा(माओवादी) लाई होइन जनताको संघीय गणतान्त्रिक शासनलाई घेरा हालेर सखाप पार्ने नियोजित षड्यन्त्रले काम गरिरहेको यथार्थ स्पष्ट देख्न सकिन्छ । वर्गीय, जातिय, क्षेत्रीय र लैङ्गकि अधिकारका निमित्त आवाज उठाउने जनताको आवाजलाई निष्तेज पार्न सबभन्दा पहिला त्यसको नेतृत्व गर्ने विचार र शक्तिलाई निस्तेज पार्न आवश्यक हुन्छ । अहिले माओवादीका विरुद्ध भइरहेको घेराबन्दी त्यही उद्देश्यमा आधारित रहेको छ । तर, प्रतिक्रान्तिकारीहरूका सबै घेराबन्दीहरूलाई तोडेर नेपाली जनता अगाडि बढ्ने छन् र एकीकृत नेकपा (माओवादी) निरन्तर जनताकै साथमा रहनेछ

सभामुख महोदय

आजको युगको विशेषता र समाज विकासको स्थिति दुवैका कारण नेपालमा राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपतिको होइन बरु दलाल र नोकरशाही पुँजीपतिहरूको विकास भइरहेको छ । यसको परिणाम नेपालको परम्परागत प्रजातन्त्रवादी भनिने राजनीतिक दल र तिनका नेताहरूले राष्ट्रिय पुँजीपति वर्गका हितलाई होइन दलाल र नोकरशाही पुँजीको हितलाई प्रतिनिधित्व गर्दै आएका छन् । राजनीतिमा व्यक्त हुँदा यो कुरा त्यस प्रकारका दल र नेताहरूले स्वयं पुँजीपति वर्गका राजनीतिक नाराका विरुद्ध खडा भएर आफैँलाई प्रमाणित गर्दछन् । नेपालमा संविधानसभा गणतन्त्र हुँदै अहिले नागरिक सर्वोच्चताका विरुद्ध खडा भएर त्यही दलाल चरित्रकै प्रदर्शन गरिरहेका छन् । कैयौं कमी-कमजोरीका बाबजुद संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताको लडाइँको नेतृत्व एकीकृत नेकपा (माओवादी) ले गर्दै आएको छ । अहिले कटवाल प्रकरणमा त्यस प्रकारका दलहरू नागरिक सर्वोच्चताका विरुद्ध देखिनु अन्ततः राष्ट्रिय पुँजीका विरुद्ध दलाल पुँजीको पक्षमा देखिनु मात्र हो ।

सभामुख महोदय,

उपरोक्त केही सैद्धान्तिक र नीतिगत चर्चा गरिसकेपछि अब म तात्कालिन राजनीतिक घटनाक्रमको विकासबारे केही ठोस चर्चा गर्न चाहान्छु । सेना समायोजन र पुनस्र्थापनाको विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत खुल्ला अभिव्यक्ति दिँदै आएका तात्कालिन सेनापति रुकमाङ्गत कटवाल को हुन, के हुन र कसरी हुर्काइएका पात्र हुन भन्ने कुरा स्पष्ट नै छ । राजतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्र र संघीयताबारे उनले कस्तो सोच राख्छन् भन्ने कुरा पनि हामी कसैबाट छिपेको छैन । जनआन्दोलनमा उनको भूमिका रायमाझी आयोगको ठहर र राजाको हुकुम प्रमांगिद्वारा उनको उमेर घटाइएको बारेको मुद्दा सर्वोच्चतामा रहेको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ । विगतमा यी तमाम तथ्यहरूका बाबजुद मेरो नेतृत्वको सरकारले उनलाई रुपान्तरण गर्ने र परिवर्तनलाई आत्मसात गर्न लगाउने कुरामा नै जोड गर्‍यो । सिंगो नेपाली सेनाका आवश्यकतालाई परिपूर्ति गर्न सिंगो सैन्य पंक्तिसँग हार्दिक सम्बन्धको विकास गर्न पनि सरकारले कुनै कसर बाँकी राखेन । तर, कटवाल भने सेनापतिभन्दा एउटा उग्र राजनीतिज्ञ र कुटनीतिज्ञको जस्तो व्यवहार प्रस्तुत गर्दै तथा एकपछि अर्को गरी सरकारका आदेशहरूको उल्लंघन गर्दै नागरिक सर्वोच्चतालाई चुनौति दिएर अगाडि बढ्न थाले । त्यो स्थितिमा जनताको परिवर्तनको आकांक्षाअनुसार नेपाली सेनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सुधार र सुदृढ गर्दै लानु पर्दछ भन्ने मान्यता राख्ने मेरो नेतृत्वको सरकारलाई उठाउने जनताको सर्वोच्चता र लोकतन्त्रको आधारभुत सिद्धान्तको रक्षाका लागि कुनै ठोस कदम चाल्नु अनिवार्य थियो । त्यस प्रकारको कदम चाल्न कमसेकम सरकारमा भएका राजनीतिक दलहरूको सहमती आवश्यक

थियो ।

सभामुख महोदय

म निकै पीडाका साथ यो सम्मानीत सदनलाई स्पष्ट गर्न चाहान्छु कि कटवाललाई सेनापतिबाट अवकाश दिने प्रयोजनका निमित्त भनेर नै सरकारमा रहेका पाँचवटै पार्टीहरूको पूरै सहमतिले स्पष्टीकरण प्रक्रिया सुरु गरिएको थियो । सद्भावनाका नेता राजेन्द्र महतोले मात्र यो निर्णय लिँदा दशपटक सोच्न आग्रह गर्नु भएको थियो । हुँदैन भन्ने विरोध कसैको थिएन । सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आमसहमतिले क्याविनेटबाट यो निर्णय भएपछि मैले संक्षिप्त मन्तव्य दिएको थिएँ । त्यसमा मैले भनेको थिए कि लोकतन्त्र र नागरिक सर्वोच्चताको सुदृढीकरण, सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सन्दर्भमा यो निर्णय दुरगामी महत्वको रहेको तथा हाम्रो क्याविनेटको यो एकताबद्ध निर्णय ऐतिहासिक हुने कुरा राखेको थिएँ । त्यो दिन सबै माननीय मन्त्रीजीहरू मेरो हेराईअनुसार महत्वपूर्ण निर्णय लिन सकेकोमा हर्ष र गर्वको अनुभूति गरेर निष्कनु भएको थियो ।

स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोट कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरू १८० डिग्रीमा फेरिए । कारवाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडी छ । सभामुख महोदय ! यस परिघटनाले वडो निर्मम र मार्मिक रुपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरूको वैचारिक नैतिक र स्वनिर्णयको हैशियत कति कमजोर, लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ । यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रुपले कमजोर स्थितिलाई उजागर गरेकेा छ । अहिले कतिपय वृत्तबाट माओवादीको एकलौटी निर्णय भनेर आलोचना भइरहँदा त्यसो भन्नेहरूको दृष्टी र नैतिक हैसियत देख्दा मलाई कहिले असीम पीडा र कहिले हाँसो उठ्ने गर्दछ । आत्मसमर्पण गर्ने विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्ने, कुर्सी त्याग्ने तर, राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो ? यो पनि प्रश्न निकै गम्भीर छ ।

सभामुख महोदय

यसरी संविधान र ऐनको व्यवस्थाअनुसार राजनीतिक सहमति जुटाएर विधिसम्मत तरिकाले कटवाललाई अवकाश दिएपछि घटनाक्रमले जेजसरी नाटकीय मोड लियो र अन्तमा सम्माननीय राष्ट्रपति महोदयले झण्डै आधारातमा जसरी जंगी अड्डामा कटवाललाई पदबहालीको पत्र पठाउनु भयो त्यसले अन्तरिम संविधानको मर्म र भावनालाई ठाडै मिच्ने निरङ्कुश हुकुमी शासनको झ-झल्को मात्र दिएन अपीतु सिंगो शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै धरापमा पार्ने काम गर्‍यो । जजसले सम्माननीय राष्ट्रपतिलाई यसको निम्ति उक्साए या निर्देशित गरे उनीहरूको उद्देश्य, शान्ति र संविधान होइन, देशलाई अर्को युद्धमा धकेलेर बरबाद पार्नु मात्र हो भन्ने कुरा बुझ्न धेरै मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन । यस सन्दर्भमा राष्ट्रपतिको असंवैधानिक कदमलाई उचित ठहर्‍याउन कतिपय वृत्तबाट माओवादीले सत्ता कब्जा गर्दछौंभन्ने मनगढन्ते कथालाई यहाँ त्यसरी नै धुवाधार प्रचार गरियो जसरी इराकमा हमला गर्नु अघि आम संहारका हतियारको प्रचार विश्वभरि हुने गर्दथ्यो ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जुटिरहेको, जनताको अपेक्षाअनुसार समयमै संविधान निर्माण गर्न प्रतिबद्ध मेरो नेतृत्वको सरकारले लिएको विधिसम्मत निर्णयलाई उल्टायाएर राष्ट्रपतिद्वारा द्वैध सत्ता र मुठभेडको स्थिति सृजना गरियो । त्यस प्रकारको मुठभेड रोकी शान्ति र संविधान निर्माणको प्रक्रियालाई ज्यूँदो राख्न, राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्न तथा एकीकृत नेकपा (माओवादी) र यसका नेताहरू कुर्सीका लोभी होइनन् बरु राष्ट्र र जनताका असली पहरेदार हुन भन्ने यथार्थलाई दह्रोसँग स्थापित गर्न नैतिकताका आधारमा मैले राजीनामा गरें । प्रधानमन्त्री हुँदाजस्तै राजीनामा दिँदा पनि नेपाली जनताले मलाई बधाई दिए, हाम्रो पार्टी यसमा समुचित गर्व गर्दै आम जनसमुदायप्रति आभार प्रकट गर्दछ ।

कतिपयले मेरो राजीनामालाई अल्पमतमा परेपछिको स्वभाविक राजीनामाका रुपमा प्रचार गरिरहेका छन् जुन विल्कुल निराधार र झुट्टो हो । यथार्थमा त्यतिबेलाको त कुरै छोडौं अहिले पनि सरकार वैधानिक रुपले अल्पमतमा परेको छैन, त्यसकारण राजीनामाको प्रश्नै उठ्दैन । स्पष्ट छ मेरो राजीनामा यथार्थमा शान्ति र संविधान निर्माणको प्रक्रिया बिथोलेर प्रतिक्रान्ति सम्पन्न गर्न चाहने प्रतिक्रान्तिकारीहरूका विरुद्ध अस्त्र हो । पछिल्लो घटनाक्रमले यो कुरालाई पुष्टि गरिसकेका छन् ।

सभामुख महोदय !

अहिले नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चता अन्तर्गत बहुमतको सरकार बनाउने जुन कसरत भइरहेको छ र बहुमत पुर्‍याउन हिजो राजतन्त्रकालकै किनबेच जुन फोहोरी खेलको पुनरावृत्ति गरिएको छ, यसबाट नयाँ सरकार प्रतिगामी र आत्मसमर्पणवादी कठपुतली सरकार बन्ने त होइन भन्ने प्रश्न स्वाभिमानी नेपाली जनताको मनमा उब्जिसकेको छ । हाम्रो पार्टीले सरकार गठनको यो नौटंकीको भत्र्सना गर्दै राष्ट्रपतिको असंवैधानिक आदेश फिर्ता गरेर नागरिक सर्वोच्चता स्थापित नहुँदासम्म सदन र सडक दुवै क्षेत्रबाट शान्तिपूर्ण प्रतिवाद गरिरहनेछ । यसै प्रयोजनका लागि यस सम्मानित सदनमा एक संकल्प प्रस्ताव दर्ता गरिएको छ । विधि सम्मत तरिकाले त्यसमाथि बहस गरी यस सम्मानित सदनले नागरिक सर्वोच्चताका पक्षमा ऐतिहासिका फैशला दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

 

सभामुख महोदय !

मैले आफ्नो राजीनामा पत्रमा भनेका, निम्न यथार्थ र प्रतिबद्धता म यहाँ पुनः दोहोर्‍याउन चाहान्छु ।

संविधानसभा निर्वाचनमा आम नेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट वहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सवभन्दा ठूलो दलको हैसियत प्राप्त गर्‍यो । यो हामीले चुनावका दौरानमा अघि सारेको नयाँ नेपालका निम्ति नयाँ विचार र नयाँ नेतृत्वभन्ने नाराको स्पष्ट जनअनुमोदन थियो । परन्तु निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार वनाउन दिइएन । अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्ने मार्ग प्रशस्त भयो । त्यसपछि सरकार संचालन गर्ने हाम्रो आफ्नै कतिपय अनुभवजन्य कमीकमजोरीका कारणले पनि हामीले तपाईंहरुले चाहे जस्ता सवै कामहरु वेलैमा गर्न सकेनौं होला । हामी जानअनजानमा भएका आप\mना कमीकमजोरीहरुलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं । जनतावाट सिक्ने र जनताका स्वस्थ आलोचनाहरुलाई गम्भीरतापूर्वक लिने हाम्रो घोषित वैचारिक प्रतिवद्धता नै हो । परन्तु हामीले सरकारमा रहेर देश र जनताका पक्षमा गर्न खोजेका थुप्रै राम्रा कामहरुलाई हुन नदिन कतिपयले सरकार बाहिरवाट र कतिपयले सरकारभित्रैबाट निरन्तर वाधा उत्पन्न गरिरहे । उदाहरणको निम्ति हामीले सरकार गठन भए लगत्तै प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वाषिर्क वजेटका जनमुखी कार्यक्रमहरुलाई अनेक वहाना वनाएर कार्यान्वयन हुन दिइएन । स्थानीय निकायहरुको गठन हुन नदिएर गाउँ गाउँमा पठाइएको अरवौंको वजेट खर्च हुन सकेन । सानातिना निहुँमा हप्तौंसम्म वन्द हड्ताल र सदन अवरुद्ध गर्ने काम भइरह्यो । फलस्वरुप कतिपय अत्यन्त जरुरी र सार्वजनिक तथा राष्ट्रिय महत्वका विधेयकहरु प्ारित हुन सकेनन् भने अरवौंको विकास वजेट खर्च हुन सकेन र जनताले तत्काल पाउनु पर्ने राहत समेत प्राप्त गर्न सकेनन् । फेरि पनि संक्रमणकालको विशिष्ठ अवस्था र संयुक्त सरकार संचालनको वाध्यता भनेर हामीले धैर्य-गर्दैगर्‍यौं । तर यो जनअनुमोदन प्राप्त सरकारलाई विभिन्न ढंगले घेरावन्दी गर्ने, अग्रगमनकारी एजेण्डा लागू हुन नदिने र असफल पार्ने प्रयत्न विभिन्न प्रतिगामी र यथास्थितिवादी कोणबाट भैरहयो ।

यो सरकारले चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, समयमै जनसंविधान निर्माण गर्ने, जनतालाई आर्थिक-सामाजिक परिवर्तनको प्रत्याभूति गराउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई हमेशा उच्च प्राथमिकता दिंदै आएको छ । त्यसरी नै वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र, संघीय शासन प्रणाली, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता आदि मूल्यमान्यताहरुलाई दह्रोसंग आत्मसात गर्दै आइरहेको छ र ती प्रतिको प्रतिवद्धता हमेशा कायम राख्नेछ । देशको विशिष्ठ ऐतिहासिक संक्रमणकाल, वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावना अनुरुप हामीले राष्ट्रिय सहमतिको राजनीतिलाई विशेष जोड दिंदै आएका छौं । सरकारभित्र र वाहिरका राजनीतिक दलहरुसंग सहमति कायम गर्ने प्रयत्न गर्दागर्दै कतिपय अवस्थामा हामीलाई सामान्य निर्णय गर्न पनि महिनौं लाग्ने गरेको छ । त्यसैले एउटै कुरामा कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णयविहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चूपचाप सहँदै आएका छौं । फेरि पनि शान्तिप्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता तथा स्वाधीनताप्रतिको हाम्रो विश्वास र प्रतिवद्धतामा कत्ति पनि कमी आएको छैन र जुनसुकै उत्तेजनाले पनि हामीलाई त्यसवाट विचलित गराउन नसक्ने अठोट म पुनः एकपटक दोहोर्‍याउन चाहन्छु ।

सभामुख महोदय,

शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन र संविधान-निर्माण प्रक्रियालाई समयमा पुरा गर्न १२ बुँदे समझदारीभन्दा अझ उच्च स्तरको राष्ट्रिय सहमति निर्माण गर्नू अनिवार्य छ । विद्यमान भ्रम, अन्योल र आशंकाको स्थितिको अन्त्य गर्न र त्यस प्रकारको राष्ट्रिय सहमति निर्माण गर्न सबै जिम्मेवार राजनीतिक दल र नागरिक आन्दोलनका प्रतिनिधिहरू गम्भीर गृह कार्यमा जुट्न आवश्यक छ । जसरी पनि बहुमत पुर्‍याएर सरकार बनाउने खेलले नेपाल र नेपाली जनताको ऐतिहासिक कार्यभार पुरा हुने छैन । अतः बृहत राष्ट्रिय सहमति कायम गरी राष्ट्र र जनताको आवश्यकता र आकांक्षाअनुसार शान्ति र संविधान निर्माण प्रक्रियामा एकजुट हुन सबैसँग अपिल गर्दै, करिब ९ महिना लामो एकीकृत नेकपा (माओवादी) को सरकारलाई सहयोग र समर्थन गर्ने देशभित्र र बाहिरका सबै मित्र र आम जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विदा हुन्छ ।

धन्यवाद !

 

  • harke

    अहिले गोही को आसुँ झारेर केही हुँदैन । तिम्रो सक्तीखोरको भिडियो हेरे पछी विश्वाश गर्हे ठाउँ नै रहेन । ल बाइ बाइ जे भये पनि नेपाल को ईतिहास मा एक पटक प्रधानमन्त्री बन्ने अबसर पयौ तेती हो । take care

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    jeevan kunwar Reply:

    aba congress ra yemale ko nango hastakshep ra haruwa makune lai sattama rakhera pheri vokayeka kp oli jasta narpisacha haru janatako ragat ra pasina mathi dai garne vye aba comred agadi baddne time aayo hami janata hajurko sath ma chhau yesta hajarau vidio dekhepani hamile tapaiharu mathi aabiswas garne thau chhaina ra hami desko nimti ajai sangarsa garna tayar chhau ra hamilai chharlanga pani vayeko chha ksale garna chahera pani garna diyena vanne kura aba yesta bidesi dalal lai umkane mauka dinu hudaina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sam Reply:

    AAAa harka ta pani dalal nai raichas…………taro add de ta talai ta bhat garnu paro…..ta nai nepal ko PM hunijasto raichas……….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    harke Reply:

    मुलाहरु नाच्न नजान्ने आगन टेडो भनेको एही हो । आफु केही गर्न नसक्ने अरु लाई दोस दिने ?? ५-७ हजार को सेना लाई २१ हजार बनाउने , अनी पुरै सेना माओवादीमय बनाउने रे । काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर , संबिधान बनाउन पथाको अनी झ्याप को तालमा सेनापती हटाउने, आफ्ना कार्यकर्ता लाई जागिर लग्गाउने ?? तिमी हरुको बाउ को बिर्ता हो नेपाल ?? तिमी हरुले जे गरेपनी हुन्छ ??

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    Jeewan Reply:

    oi mula. tero buddi chaina ki kya ho? ali buddi lagayara soch ta, nepal kaha pugyo? kasle puryayo? maobadi le ho? chor kangress r bhai kangress uml le garda hoina? badi bak bak garchas? mukha hanu jasto!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Prem Gurung Reply:

    To murkha Harke jastalai thik garnu parne va ko chha. Ta Harke jasta fataha lai thik parnu maobadi janmeka hun. Mao ko video le hamro des, khola-nala timiharu le jasari sell garne bhaneko chhaina k re. Ta haruwa haru ta ho ni nepal lai afnai birta jasto garera sell garne. Harke farke sabai BIHAR tira gai hal. Natra aayu lamo chhaina bujish HARKE FARKE??? NAKHOKH dalal harke.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Gurung Ban Reply:

    Harke bhai timi lai naramro man le bhane ko hoina tapai ko jasto bichar ayo testai lekyo Tara timi bhana gaye ko 12 barsa ma ke unnati bhayo Pahilo kuro
    Dusra Kura Tyo 21 Hajar lai sena ma halera 150000 hajar mao badi bannu bhannu timro sankha matra ho Ban ko bag le khau ki nakhau man ko bag le kha Sarah ho, Jaba samma ti garib ka chhora haru le kam paudaina jasle Jana yudda lardai sambhidan samma puraye taba samma yo desh santi hudaina ra uni haru lai tesai chhodnu pani hunna Akhiri kura chaye sena ma hos ya kunai pani sarkari office ma kina nahos bichar pani puranai manchhe pani umer ghataudai sadhai kursi nachhode pachhi nayan nepal kasari banchha. yedi puranu le afnu abadi pura bhayera niske arko naya umer ko manis auchha naya jangar hunchha nayan bichar hunchh kati birojgari le kam pauchha timi lai thaha chha yeuta geranel retaird bhaye mathi dekhi tala sipai samma 500 jana ko vacansi kholchha bhane yo kura kina nepali le bujdaina Bharatiy le matra bujhinchha hola ra kasari hunchha nayan Nepal sadhai kin bech ko khel bhai rakhchha bhane kahile hola nayan Nepal thank you,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Sambridha Reply:

    ठीक भन्नु भयो हर्के भाई । यो वैस्यल पती ले नौ महिनामा देशको धुकुती रित्याएर आफ्नो भरौतेलाई मोज गराउनु भन्दा के नै गर्‍यो ? माओवादीले बम पदकाएर उदाएको कती किलो मितर बाटो बनायो ? कती वता पुल बनायो ? जनतालाई अती आवसेक चामल, नुन, दाल, तेल, इन्धन को कती भोउ घतायो ? हैन हो रतन्धे कैते वैस्यल छौराहरु के दियो प्रचन्ड ले नेपाली जनता लाई सिवाए हत्या, हिन्सा र आतंक ? अब नव पोल्पोत प्रचन्डका दिन गए जनतालाई बन्दुकको बलमा शोषन गर्ने , जङली विहारीराज गरी सत्तामा बस्ने .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    nirmal ale Reply:

    jeewan taile ta harkhe li tero budhi 6aina ke ho bhandi thiyo mero pani 6aina yati timro budhi bhaya sapani ma deuna kehi dinko lagi tara rajinam ma haina jeewan.jasto type testailai testai type gareko.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Aaite

    yes prachanda we support to you.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bikash Sharma

    तिमी थियौ सङिनी बन भो घर
    तिमी गयौ सङिनी बन भो घर ।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • saathi Sharma

    नेपाली मिडिया जब सम्मा सुधारअदैन तब सम्मा नेपाली को पोलिटिकस यस्तै हो। किनकी नेपाली मिडिया केहीभ्रस्त मनिष बाट चलेको छ।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • mahobadi pati le aaru lai dhamki deya jastai katuwal lai dhamki dida khari aafnai dhoti na topi vayara satta chutta hunna puga.tasai lai vannchan affai le khaneko khalto ma affi pare aba jantale mathebata mato hallera purnna bake cha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • harka ji lekhai ramro lekhnu bhayeko ma dhanyabad
    hridaya

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shree Thapa

    GULAMI R DASATA
    KO BHAGYA LIYER JANMEKO NEPALI KAHILE SUDHAR BHAYEN DESH

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung Ban

    We will saport prachanda Go head, Sharma ko Comment ati ghat lagyo maile gaye ko Dui Barsa dekhi din ma kamti bhane ko dui palta kantipur athava patra patrika herni gare ko chhu Tesai le malai pani lagchha kita bidesi patrika ho ya Bhrasta nepali ho bujna garo bhai rakhechha je hos yek na yek din bhed khulchha. ra Prachanda ko sampurna bhasan bata Chharlangai bhayo hami ajhai bharat ko upanives nai rahechha Haliud ka Star haru le Tetikai nabhane ko rahechha Je hos sotantra nepali banna chahanchha bhane Aunos yek bhayera Aghi badaun,Dhanyavad,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • i cant believe Prachanda,at all. jahile jhut bolne bani pareko 6 yiniharulai,aba kehi nalagera antim kosis pani gare heryau,badhai 6 timro dimag lai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • महेश किराति

    पुकदा को अवसान

    पुकदा नर सन्हारि, भारतबादी, पशु, पिशाच हो, जनताको रगत चुसुवा हो, यो कुरो भिडियो हेर्दा झन प्रमाणित हुन्छ, यति प्रस्ट प्रमाण हुदा हुदै पनि त्यो पिशाच को चाकडि गर्नु आफ़्नै विवेक र स्वाभिमानको अवहेलना हो

    अव पुकदा लगायत माओबादी नेपाल बाट सदाको लागि लोप हुदैछ किनकि यिनिहरुको कुरुप नग्नता जनता सामु प्रस्ट भै सक्यो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pshrestha

    दियो होला, एक दुई जना नेताहरुले सहमती। तर पार्टिबाट निर्णय गराएर सहमती न दिएका त थिएनन नि। शक्तिखोरको भिडियो सार्बजनिक भएपछि त अरू पार्टीहरुले माओबादीहरुलाई कसरी बिश्वास गरिरहन सक्छन् र?
    तर अरु पार्टीहरू यू टर्न भइसकेपछि माओबादीहरु किन त्यसरी एकोहोरो रुपमा अघि बढेको नि? के कटवाललाई कार्यबाही गरेपछि सबै कुरो ठीक हुन्थ्यो त?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • mayashjeepatash ta rambaran ho kina ke baumat ko sarkar kina vayo janatala vot kina daya yo gadatantra hoyna lok tantra hoyna yo thhok tantra vayo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • प्रचन्ड जी ले अब आफ्नो पार्टी लाई अनी आफ्नो बोली लाई पनि विश्वाशीलो बनाउन पर्‍यो…के हो तपाईं को लक्ष्य ? जनगणतन्त्र हो ? आर्मी शाहीत को माओवादी पार्टी को सर्बोच्चता हो ? एस्मा क्लिएर हुनुस्…

    सरकार त के छ र, बनाइ दिने पनि मै हो ढाल्ने पनि मै हो… अली दिन पछी फेरी प्रधान मन्त्री बनाइ दिउला… आराम गर्नुस् अली दिन धेरै थाक्नु भाछ

    उही तपाईं को,

    प्रभु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • debendra mahat

    nepal ma ramro kam garne manchhe ko khutta tanne parampara kahile samma rahane hola kunni!!!!
    aba ta yo rajniti ko kura sunda pani ghhin lagera auna thalyo malai!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bharat bahadur himal

    यो प्रचन्ड ज्यान मारा हो यस्ले मान्छे मार्न छाडेन , छोडदैन यो अप्रादिलाई जनताले कारबाही गरनु पर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sambridha

    यो वैस्यल पती ले नौ महिनामा देशको धुकुती रित्याएर आफ्नो भरौतेलाई मोज गराउनु भन्दा के नै गर्‍यो ? माओवादीले बम पदकाएर उदाएको कती किलो मितर बाटो बनायो ? कती वता पुल बनायो ? जनतालाई अती आवसेक चामल, नुन, दाल, तेल, इन्धन को कती भोउ घतायो ? हैन हो रतन्धे कैते वैस्यल छौराहरु के दियो प्रचन्ड ले नेपाली जनता लाई सिवाए हत्या, हिन्सा र आतंक ? अब नव पोल्पोत प्रचन्डका दिन गए जनतालाई बन्दुकको बलमा शोषन गर्ने , जङली विहारीराज गरी सत्तामा बस्ने .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kamal

    timro kalo katrut ta video bata nai thaha bhayeko 6 aba aru dherai k boli rahanchhau ra parchanda bau aba feri jangal nai pasne ani bharatiya bistarwad ko partikriya garne ho ki ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gyanendra

    (YO chahi gyane le pukada ko lagi dinasakne comment hai)
    Malai ta khub Narayan hity bata hatayeko thiyees ta mera bharautele kasaree pakha lagaye talai .Herdai ja taile aba pheri baby king ko nara ghananna ghnkine6 ra hamro gumeko rajpaat chandai nai firta aaune 6 .Mero chhora lai pani sankine garyeko taile nai ho teti matrai ho ra uslai singapore ma jane ani hami sanga bekhabar banais taile.Talai ta mero shakti ko andaz nai rahena6 murkha hos ta .Maile sambodhanma mera shreepech ani raaz danda yo arthama sadaikko lagi surchit rakhna bhaneko thiye taki chahida sajilai pauna sakiyos. Yo bujne tero mudhe dimakh lai k ko patto !Talai ta khai mera supporter lai pakha lagaune matra kaam ma lagis jasle garda satta nai chadna pugis nau mahina ma nai ta sadak ma pugis .Maile ta mera dai,bhai ani 10-12 jana ko hatya gare taile ta 14000 janta ko ragat chusis tesko mulya ta chukaunai paryo hoina ra .
    Thikai 6 j hos prithvi lok ma charitra mile pani kahilyai milna sakenau la ta narka ma chahi aajaidekhi milera basne pran gardachhu.

    Jaya nepal.madav nepal,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • khabar dar prachanda lai kasaile naramro bhanlas tero jyanko maya chhaian bhane je bhane pani hunchha natra bhane khabardqari chha tero yemale ani congress lai,jati pani lamo satta adda jamayera basne haru aja ayera mao lai dhoka dina thale pachhi,anichunab bat bina sit ma ayeko manchhe ahile ayera prim-banera laj lagdaina sala randiko chhora madhab nepal indian chor?tal;ai dherai chhaina sattama basi kamna rajyako dhukuti bata tero pariwar palne asha liyera sarma pani nalagi kana hideko chha.malai bampanthi madhye ko parti ma kunai pani man pardaina,aba hamro gurung ko satta kabja garne ho,khabardar bahun sala randiko chhora haru,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • danthe bahadur katuwal

    nepali bolna naaune haru le pani cament lekhne , jau bijar tira.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • danthe bahadur katuwal

    nepali bolna naaune haru le pani coment lekhne , jau bijar tira.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Prachanda Gaule, Des ko mag samaye anusar dherai manis harule jyan gumaye andolanma. Aba naya Nepal banna parne thiyo tara banna sakena kinaki sabai neta hau des ko lagi haina aphno khalti bharnu ra kursima basne chal khelma lage. Tapin jasto neta le pani sabai thaunma aphanta hau ghusaunu bhayo sayed sabai thaunma baliyo banauna hola tara ali badhinai bhayo jasto lagyo. Hami lai ta thikai thiyo Chitawan banaunu hunthyo hola Girija le banayeko jastai. Je hos janata ko man jitnuhos Greman ko Hitller jasto nahunuho satarkasath sabai party neta hau sanga milera agadhi nai badhnu thik hola 10-15 barsha jati. Looser M nepal aba tapainko taukoma ayeko cha Nepal desh ko bhabisye banaune Hare pani thikai cha PM hunubhayo sabai party sanga milera agadi badhnu desh lai right direction tira lanu mukhle chakap(bhukera) diyera hudaina. Harek netaharu desh ko bikas nai chahane ho bhane janatako bhawana lai atma sath liyera agadi bhadhnu. Neta hau jati lobh gare pani marera kasaile kehi ladaina baru nam kamaunu mare pani nam mardaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • जे होस् जतिनै फुर्ती लएपनी प्रधान सेनपतिलाई कर्वाही गर्ने हिम्मत नपुगेर सबै दल गुहार्नु त भएछ | आफ्नो हुत्ती कती छ भनेर बल्ल थाहा दिनु भो नि! वास्तवमा देखेको कुरा माओवादीहरु डरछेरुवा छन | यिनिहरु घरमा सुतिरहेका एकल अवस्थामा रहेका र निहत्थ लाई मात्र घाटी रेटने हिम्मत गर्छन्| नत्र शाही कालका गृहमन्त्री जो जनान्दोलनका प्रमुख दोशी हुन को यिनले भुत्लो पनि झर्न सकेनन| गाई अघी लगाएर कमल थापा २०० मन्डलेको जुलुश्मा हिंड्दा य्क्ल भनाउदा हरुको नामोनिशाना देखिएन | न यिन्ले दुर्ज्कुमार राइ लाई नै केही गर्न सके| यदी अरु पार्टी सभा कार्यक्रम थियो भने लाथी र रड लिएर प्रस्तुत हुन्थे | हामीलाई सब थाहा छ अब अन्धा र अनपढ हरुलाई ढांटेर बस्नु अनी अपराधीअरुलाई साथ लिएअर संगठन बनाउनुस् | शुभकामना |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suman

    We really need Maoist to lead the nation , i have full support to u Prachanda.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree