लोकतान्त्रिक मूल्य मान्यता र संसदिय ब्यवस्थाकाे नजिर

-भिम खनाल

लाेकतन्त्रले शंसदिय शासन प्रणालीमा बहुमत अर्थात सङ्ख्यालाई महत्व दिनुपर्ने हुन्छ । लाेकतान्त्रिक मूल्य मान्यताले बहुमत सङ्ख्याकै अाधारमा मन्त्रिमण्डल गठन गठन गर्ने निर्देश जारी गर्दछ । साेहि बहुमतकाे बलियाे अाधारमा गठित मन्त्रिमण्डलले राज्यकाे हितमा गरिने लाेककल्याणकारी प्रत्येक महत्वपुर्ण निर्णय या नीति निर्माणकालागि लाेककाे प्रतिनिधि पात्रकाे रुपमा चुनिएकाे सांसद समूह उत्तरदायि रहनुपर्ने हन्छ । अर्थात यहाँ के उल्लेख गर्न खाेजिएकाे छ भने लाेकतान्त्रिक संसदिय शासन ब्याबस्थामा मन्त्रिमण्डलकाे प्रत्येक निर्णयकाे उपयुक्ततालाई बहुमत सांसदहरुकाे सङ्ख्या अावस्यक पर्दछ । मुख्यता यहिनै लाेकतान्त्रिक संसदिय शासन ब्याबस्थाकाे महत्वपुर्ण बिषेशता हाे । अर्काेतर्फ सत्य याेपनि हाे, बहुमत कुनै पनि अवस्था या स्थितिमा ब्यक्तिबादी हुन सक्दैन । यसर्थ संसदिय ब्यावस्थामा सिर्फ मन्त्रिमण्डल उर्फ सत्ता टिकाईराख्नका लागि अाफ्नाे पक्षकाे बहुमत बचाई राख्न माेटाे लगानी गरिराख्नुपर्ने हुन्छ । अन्यथा मन्त्रिमण्डलनै खतरामा पर्नसक्छ । यसकारण लाेकतान्त्रिक संसदिय ब्यवस्थामा गठित मन्त्रिमण्डलद्वारा हुने प्रत्येक नीति या निर्णयहरु सहि अथवा गलत भन्ने प्रश्न क्रमश गाैण भएर जान्छन भने अधिकांस मन्त्रि मण्डलका सदस्यहरु राज्यकाे नीति निर्माण र नागरिककाे अाकांक्षा लत्यायरै सत्ता बचाइराख्न सक्रिय रुपमा लागिरहन्छन् । सत्ता बचाउने क्रममा मुलुकका खुफिया, माफियाहरुकाे सक्रियता राज्यकाे हरेक निकाय तह र तप्कासम्म रहन्छ ।

बिश्वका विभिन्न मुलुकहरु भिन्न भिन्न शासन ब्याबस्थाकाे अभ्यास गर्दै अाइरहेका छन । हाम्राे मुलुककाे शासन ब्यवस्था समेत लामो समयदेखि लाेकतान्त्रिक मूल्य मान्यता र संसदिय ब्यावस्थामा अाधारित रहँदै अाएकाे छ । स्तम्भकार के उल्लेख गर्न खाेजिरहेकाे छ भने कुनैपनि मुलुककाे उन्नती या दुर्गतिमा कुनैपनि शासन ब्यवस्था बाधक ठान्नु केबल राजनैतिक चतुरेहरुकाे चलाखिपन मान्न सकिन्छ । मध्यपुर्वलगायत मुलुकमा अाजपनि निरकुंस राजतन्त्र कायम छ यद्दपि छाेटाे ईतिहासमै भयङ्कर प्रगति गरिरहेकाे छ । अरवकाे अर्थब्यवस्थाविश्वकै उत्क्रिष्ठ सूचिमा छ । यद्दपि यता हाम्राे तिर चाहिँ ठिक उल्टाे व्याख्या गरियाे । मुलुकको प्रगतिकाे बाधक निरन्तर साहिसत्तालाई देखाईयाे मानाै राजाहरुले अग्रगामी परिबर्तनकाे साँचाे खल्तिमा राखेका थिए । शाहीसत्ताकाे जराे र किलाे उखेलेर मिल्क्याउने बित्तिकै चुट्किकाे भरमा समस्या समाधान हुन्छ । मुलुकमा नयाँ बिहानी सँङ्गै नयाँ किरणहरुले रङ्ग भर्छन् भनियाे । तर भईदियाे ठिक उल्टाे ।

अक्सर अाजकलका श्री ७ महारानी महाराजाहरुकाे सन्दर्भमा बाेल्न लेख्न समेत मुटुमा किलाे ठाेक्नुपर्छ, नत्र जन्मकैद जाक्लान भन्ने चिन्ता । खैर देश र नागरिककाे अवस्था झन जर्जर अबस्थामा उज्रिरहेकाे छ । अाफ्नाे मुलुकका नागरिककाे हितमा भाेली र भात सुरक्षित छैन भने राेग र शोककाे कुरा गरिसाध्य छैन । नागरिक काे कुरै छाडाैं, सिङ्गाे समाज राेगले थलिएकाे छ यद्दपि हाम्राे नेता महाजनहरु बडाे अचम्मका छन । बिषकाे खेति गर्छन । बिषकाे बिरुवालाई मलजल गर्छन । हुर्कौँछन । त्यहि बिषकाे रुखमा अम्रित नफलेकाे दाेष एकअर्का बिरुद्द खन्याउँदै मस्तले राजनेताकाे पगरी गुथेपछि बाल मतलब गर्छन् ।

मानाैं यि चाेर दुलाबाट निस्कने पण्डितहरु अाधुनिक महादेवकाे रुपमा उदाएका छन जाे सत्ता, शक्ति र अर्थका लागि सिङ्गाे मुलुककै पिण्ड दिन कत्ति पछि पर्दैनन । खै प्रगती ? जे हाेस, स्तम्भकारले के उल्लेख गर्न खाेजिरहेकाे छ भने कुनैपनि मुलुकमा प्रगति र उन्नतिकाे जिवाणु छ भने त्याे उक्त मुलुककाे राज्यब्यवस्था अाफ्नै खप्परमाथि बाेकेर उभिएका सङ्क्रिण शसकहरुकाे साेच हाे ।

मुलुकमा लागु भएकाे संसदिय ब्यवस्थाले मार्क्सबादी जिवाणुहरुकाे उत्पत्ति र बिकास गर्याैं । संसदिय शासन पद्दतिलाई अपनाउँदै गुणहरुकाे व्यापक प्रचार भईदियाे । यद्दपि दाेषहरु सँग सजक रहन अावस्यक ठानिएन । यहि गुणहरुकाे व्यापक प्रचार भएकै कारण हामीले शाहि सत्ता र सिद्दान्तबाट मुक्ति हुने धारणाप्रति बिस्वास राख्याैं यद्दपि मुलुकका मुख्य ठेकेदारहरुले समयकाे माग र नागरिककाे भावना माथि निरन्तर बलात्कारकाे प्रयास गरिरहे । ठेकेदारहरु केवल राज्यकाे सत्ता शक्ति र अर्थकाे ठेक्का हुत्याउन केन्द्रित रहे । जसकाे प्रभाव बर्तमान ठेकेदारहरु प्रति नागरिककाे धारणा सन्ताेषजनक छैन । क्रमश : चरम उत्कर्षमा छ । बास्तबमा राजसंस्था स्वयम् व्याख्या गरिएजसरी अति राम्राे र सबल संस्था थिएन । बर्तमानमा नागरिककाे प्रतिनिधि पात्रकाे रुपमा चुनिएका दुखि धरातलका भाग्यमानि खप्परहरु राज्य र नागरिककाे उत्तरदायित्व बहन गर्न सकेनन । लाेकतन्त्रिक मूल्य मान्यताले संसदिय ब्यवस्था बहुमतकै अाधार देखाएर कुनै पनि अापत्तिजनक कानुन या अादेशलाई पारित या पालना गर भन्दैन । ठिक बिपरित अापत्तिजक देखिएमा राेक्नका लागि निर्देशित गर्दछ । यद्दपि हाम्राे मुलुकमा संसदिय ब्यवस्था सिर्फ सत्ता शक्ति र अर्थ काे दलाली गर्ने थलाेकाे रुपमा परिणत भैदियाे। लाेकतन्त्रिक मूल्य मान्यता अनुरुप संसदिय ब्यवस्था रचनात्मक कार्यद्दारा राज्यकाे लाेक कल्याणकारी याेजनाहरुलाई मुर्तरुप दिने उत्तम प्रणालिकाे अभ्यास थियाे । राजनिति गर्नेहरुकाे ब्यक्तिगत स्वार्थ्य पूर्तिकालागि अपराधिक प्रब्रितिका प्रतिनिधिहरुकाे दलाली गर्ने थलाे थिएन । कहाँसम्म भने पटक पटक प्रधानमन्त्रि भैसकेकाे ब्याक्तिले विभिन्न अपराध र गुण्डागर्दीमा सङ्लग्न भइ माेस्ट वान्टेड सुचिमा सुचिक्रित खप्परहरुलाई टीका र खादा लगायर बडाे गर्वकासाथ भनिदिन्छन ‘राज्यकाे बिकाशका लागि एक भयाैं ।’ अहँ तिनिहरुकाे नैतिकतामाथि कुनै युगमा दाग लाग्दै लाग्दैन ।

अाज अाफ्नाे महत्वपुर्ण नीति तथा कार्यक्रमलाई पारित गर्न राज्यकाे सम्पुर्ण शक्ति खर्चनुपर्ने स्थिति कहाँबाट स्रिजित भईरहेकाे छ ? संसदिय ब्यवस्था हैन ? जनताकाे प्रतिनिधि बनेर संसद भबन छिर्ने भाग्यमानि खप्परहरुका लागि कमसेकम निश्चित याेग्यता र मापडण्ड निर्धारण गरेकाे भए निस्चित हदसम्म राज्य ब्यवस्था बिबेकशिल बन्न सक्थ्यो । प्रतिनिधिहरु राज्य र नागरिकप्रति केही हदसम्म जवफदेही बन्न सक्थे । यद्दपि हाम्रा अधिकांस प्रतिनिधि कस्ता छन भने कुनैपनि राजनैतिक अवधारणालाई मुल्याङ्कन गरि त्यसकाे महत्व नागरिक सामु पुष्टि गर्ने हैसियत समेत राख्दैनन । लाेकतन्त्रमा संसदिय ब्यवस्थाले ब्याक्तिगत स्वार्थलाइ नकार्दै बिराेधि शक्तिहरुलाइ अधिनमा कस्न सक्नु पर्थ्याै ।
स्वतन्त्र चिन्तन तथा तथ्यकाे निस्पक्ष परिक्षण नगरि कुनैपनि बस्तु वा संस्थाकाे बास्तबिकता बुझ्न सकिँदैन । हामीले हाम्राे राज्य सञ्चालन प्रणाली सरदर हरेक १० बर्षमा परिक्षण गर्दै अाईरहेका छाै। यद्दपि प्रयाेगशालामा नतिजा शून्य छ । लाेकतान्त्रिक मूल्य मान्यतामा संसदिय ब्यवस्थाकाे उद्देस्य धुर्त, पाखण्डी, माफिया, घुसखाेरी, देशद्राेहिहरुलाई भेला जम्मा गरी राजनैतिक अादर्शता र मूल्य मान्यताकाे हवन गर्नु थिएन । जनताकाे प्रतिनिधिकाे रुपमा चुनिएर गएका भाग्यमानि खप्परहरु ब्यवहारिक पक्षमा देश र नागरिककाे उत्तर दायित्व बहन गर्न पुर्ण रुपमा असफल भैदिए ।

अाज लाेकतान्त्रिक मूल्य मान्यतालाई तिलान्जलि दिँदै राजनिति गर्नेहरु चाेक चाेकमा सत्ता, शक्ति र अर्थका लागि दयाकाे कचाैरा थापेर बसेका छन । अाज राजनिति गर्ने हरुकाे सवालमा मुख्य प्राथामिकता देश पर्दै पर्दैन । लाेकतान्त्रिक मूल्य मान्यताले कुनैपनि सिद्दान्तबादकाे उत्क्रिस्ठतालाई तबसम्म महत्व दिँदैन जब एउटा देशकाे सम्पुर्ण क्षेत्रफलभित्र बसाेबास गर्ने नागरिकले स्व्रिक्रित प्रदान गर्दैन। नागरिककाे स्व्रिक्रितबिना कुनैपनि सिद्दान्तबादले ब्यवहारिक दर्शनशास्त्र अध्ययन गर्न सक्दैन । अर्काेतर्फ उत्तरदायित्व स्वतह : स्फुर्त उत्पन्न हुने भावना हाे । जबरजस्ति लागू गर्नुपर्ने बिषय हैन । देश र नागरिककाे अवस्था जस्ताेसुकै जटिल रुपमा गुज्रिरहाेस सिंहदरबारले नागरिककाे त्याग र पसिनाकाे मूल्य नामी मदिराकाे ब्राण्ड सङ्ग पिउन छाडेन । खै कहाँ छ हाम्राे भाेली र भात काे ग्यारेन्टी ?

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing