नेपालमय पेरिस

fete-de-vincenne-136

 

अस्ति र हिजो पेरिस नेपालमय बन्यो । नेपाली सांस्क्रितिक ग्रिहले नेपाल महोत्सव आयोजन गरेकोले नेपालमय बनेको हो। पेरिसको सातो त भाँसेन भन्ने विशाल पार्क भित्र यो आयोजना भएको हो । नेपाली तोरन झुण्डिएझैं ध्वाजा र पताकाले सिंगारिएको थियो । नेपाली गरगहना, नेपाली लुगाफाटाले झपपक्कै सजिएको थियो । नेपाली गित, नेपाली विविध न्रित्य । मम, पकौडा, लड्डु, दालमरी, दाल भात र तरकारी जिब्रो फट्कार्दै खाएका थिए । कोइलामा झ्वार् झ्वारी त्यहिँ पोलिएको सेकुवाले धेरैको जिब्रो ओभ्याएको देखिन्थ्यो । नेपाली गोर्खा बियर आकर्षण बनिरहेको थियो ।

 लामा, र शेर्पा, तामाङ सेलो र तिजको गित, दोहोरी गित सँग नाच असाध्यै जमाए । भित्र पस्दा त नेपालकै कतै असनबजार वा बागबजार हो जस्तो लाग्थ्यो । फ्रान्सेलीहरुका बिच यसले नेपालको धर्म, संस्क्रिति, संस्कार पर्यटन को प्रचार गर्न निकै सहयोग गरिरहेको छ । र यो नेपाली सांस्क्रितिक ग्रिहले यस्तो नेपाल मेला हरेक वर्ष आयोजना गर्छ । नेपाल संबन्धि कुनै न कुनै नातो गाँसिएका संस्थाले नेपालकै हितका पक्षमा काम गर्ने हुनाले तिनलाई आफ्नो प्रचार प्रसार गर्न स्टल दिएको नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले बताए । त्यहाँ नेपाल संबन्धि बिभिन्न डकुमेन्ट्रिपनि देखाइएको थियो ।

fete-de-vincenne-2261

नेवार समूदायको कुमारी भित्र्याउने परम्परालापनि देखाइ एको थियो । योपश्चिमेलीहरुकालागि औधी अकर्षणको विषय हो । पेरिसमा कुमारी निकाल्दा पनि फ्रान्सेलीहरु क्यामरा तेर्स्याउँदै तँछाडमँछाड गरेका थिए । 

 

fete-vincenne-2009-089

       नेपाली सामानहरुको सटल ।

fete-de-vincenne-139

 नेपालसँग वर्षौ देखि निकट फ्रान्सेलीहरुले त्यहिँ सागपात, मासु काटेर, त्यहिँ बेल्दै मम बनाएर पकाउने तरिकापनि सिकाएका थिए । यो हेर्न त जतिखेरपनि झुम्मिएको झुम्मियै मनिसहरु । 

fete-de-vincenne-018

      बाहिर कोइलामा सेकुवा पोलिँदै ।

fete-de-vincenne-043

नेपाली खानाका लागि नेपाली पोशाकमा खटिएका महिलाहरु ।

 

 fete-de-vincenne-012

चितवनका त्यहिपनि मेरै गाउँ वरिपरीका अनाथहरुलाई पढाउने रहेछन् यि दुई जना मार्टिन र एडविजले । त्यसलेपनि भवनात्मक रुपमा निकट बनाउने रहेछ । उनीहरुको संस्था रहेछ सोलेई भेर् भन्ने । मेलामा आफ्नो संस्थाको प्रचार प्रसार गर्न आएका यिनले आफ्नो स्टलमा हाम्रा कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठसँग फोटो खिचाउँदै ।

fete-de-vincenne-030

दुई वालिकाहरु नेपालका अनाथहरुको तस्बिर हेर्दै । तिनका बाबुले ‘ल हेर त यि वालवालिकाका आमा बाबु छैनन्, तिमीहरु जस्ता कहाँ भाग्यमानी हुन् र” भन्दा ति भावुक बनेका थिए ।

fete-de-vincenne-022

      नेपाली सामान हेर्ने र किन्ने फ्रान्सेलीको चासो ।

fete-de-vincenne-001

मेला प्रचार प्रसार गर्न पेरिस शहरका बिभिन्न ठाउँमा नेपाल झल्काउने यसरि पोष्टरहरु राखिएका थिए ।

fete-de-vincenne-040

पहिले पहिले जस्तो होइन अहिले कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठ आएपछि पेरिसको दुतावास जागेको छ । नेपाली मेलामा नेपालको भूगोल, सांस्क्रितिक, धार्मिक र पर्यटन प्रवर्धन गर्ने बिभिन्न आकर्षक पोष्टर र भिडियो देखाइएको थियो । त्यसमा आगन्तुकहरुको चासो निकै बाक्लो थियो। केहि नेपालीले ‘जिवन प्रकाश सर आउनु भएकाले पो दुतावसका तर्फबाट यो संभव भएको त’ भने प्रतिक्रियापनि दिँदै थिए ।

fete-vincenne-2009-086

चिन्नुहुन्छ यो फुच्चे को हो ? एरिक भ्यालीको काराभान (नेपाल बाहेक अन्यत्र यो फिल्म द हिमालयको नामले चिनिन्छ) मा बाबा भन्दै कराउने सानो फुच्चे । कर्मा लामा । अहिले हर्लक्कै बढेर पो यत्रो भएका त । यिनि अहिले पेरिस आएका छन् र एरिक भालीसितै बस्छन् । उनको छेउमा उनैकी फ्रान्सेली दिदी कोलेत जो खरर नेपाली भाषा बोल्छिन ।

fete-vincenne-2009-006

 कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठ आफ्नी छोरी र उनकी सँगीसित फोटो खिचाउँदै । छोरी जैनु श्रेष्ठ र उनैकि सँगीपनि खुब राम्रो नाच्छन् । फोटो खिच्ने चाहिँ पेरिसमा फोटो ग्राफरकारुपमापनि चिनिएका बिजेन्द्र श्रेष्ठ ।

 (अर्को ब्लगमा हेर्नुहोला मेलाका न्रित्यहरुको तस्बिर । न्रित्य असाध्यै सुन्दर देखाएका थिए  । सबै तस्बिर म आफैंले खिचेको हुँ नेपालप्लसका लागि)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 




  • Thanks Daju – Dadhi Sapkota Nepal Plus marfat sarai ramaila news haru dinu hunchha Nepal Plus ko Safaltako lagi Gulf Basi Nepali haru ko sadai pragatiko Subhakamana.

    Raju Sapkota

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • GURUNG R(rejon)Qatar

    WoW nice………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • .राम प्रसाद घिमिरे क्यालिफोनिया USA

    नेपाल पेरिस मय बनेको समाचार हरु त पढियो !
    अब नेपाल पेरिस बनेको समाचार कहिले पढ्न पाईने होला ख्वै ? !!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Raju Sapkota Reply:

    HAINA MITRA ABA TA PARIS NEPAL HUNCHHA NEPAL CHAI PARIS HUNCHHA HOLA ………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali choro

    Ram prasad ji Asha ra prathana garau tyo din chittai auosh.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • motherland lover

    wow great………………………..proud to be nepalese….they did great job keep it up ;…..keep it up…keep it up….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S.Dhurba

    La khushi lagyo nepal ko saskriti ko prachar prasar france ma bhayeko ma.
    good.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kendra

    dherai ramro cha.aafno des ko saskriti ko pracharprasar garera bishwoma nepalko nam failaunu parcha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Deepak

    म जस्ताइ हजारौं नेपालीहरुले आजभोलि यो नेपालप्लस पढ्ने गर्छ तर थोरैले मात्र लेख्को बारेमा लेख्ने गर्ख त्यस्मध्यमा म पनि एक थिय तर आज यो नेपालमाया पेरिश भन्ने ब्लग देखेर मलाई पनि केही लेखेर यस् सस्थको अरु प्रगती र सफलताको कामना गर्नु मन लाग्यो। त्यसैले हेर नेपालप्लस तिमी अरु यस्तै नयाँ र राम्रो अनी नेपालीपरको वा भनौ नेपालीपनको कार्यक्रमकोबरेमा लेखलेख्दै जाउ हामी तिम्रो लेख पढेर सधैं गौरम्भित हुँदै जानु मात्र होइन तिमीलाई हाम्रो दिलमा रख्दै सधैं तिम्रो सफलताको कामना गर्दछौ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Thanx Dadi brother for the news !!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ramro lago

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • धन्यबाद ददि जी, फ्रांस को समाचार हामी लाई नेपाल बाटै हेर्ने अवसर दिनुभएको मा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • tai ta bhanako ne babal masti bho ne nepaly meela ta ane aur europ ma basne nepaly haru lai chai bolayeko rainacha tyo chai maan parena ane nepaly geet ko concert garnu deeyena dheri hamro dai haru lai boor bho ne aneway ram bho 2din.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aaite

    nepali le garna jaanne bhanya nai tyehi ho bhanchhu ma…….
    yesai gari nepali business fair bhaako dekhna paainna ra bhanchhu ma?????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramkrishna Niraula,Jhapa

    अोहो क्याराभानका एरिक भ्यालीको फुच्चे त यत्रो बढेमा पो भयो । बाफ रे बाफ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Thankyou so very much anuradha Didi ra Dai lai it was really wonderfull program hope to see next year also.. And we have a truelly great dancer in paris

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree