अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक नेपाल सम्बत कार्यक्रम

 -सानु घिमिरे / मेलबर्न, अष्ट्रेलिया

संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ । नेवा एसोशियसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परंपरा अनुसार सगुन दिएर शुरु गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखध्वर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी नेपाल सम्वत प्रचलन ल्याइएको र नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत ९३६ र इश्वी सम्वत् ८७९ भएको कारण यो बर्ष नेपाल सम्बत ११३८ औं मनाइएको जानकारी दिनु भयो ।
श्रेष्ठले नेपाल सम्बत अभियान कलकतामा बसोबास गर्ने बुद्धिस्ट गतिबिधि एबं नेपाल भाषाका सकृय धर्मदित्य धर्माचार्यले नेपाल सम्बतलाई राष्ट्रिय पात्रोको रुपमा स्थापित गर्ने अभियान १९२० मा शुरु गरेपछि राणाकालमा भाषा र संस्कृति सम्बद्ध अभियन्ताहरुले प्रजातन्त्र स्थापना आन्दोलनसंगै १९५१ मा यस्लाई नेपालमा निरन्तरता दिइएको जानकारी दिंदै । नेपाल सम्बतलाई राष्ट्रिय पात्रोकै रुपमा बिकास गर्ने गतिबिधिलाई १९७९ मा नेपाल भाषा ‘मंका खल’ को स्थापनाले थप उर्जा प्रदान गराएको बताउनु भयो ।
श्रेष्ठले नेपाल सम्बत अभियानले पात्रोका संस्थापक संखधर साख्वालाई सरकारले २६ अक्टोबर २००३ मा राष्ट्रिय बिभूति घोषणा गर्ने, हुलाक बिभागले उन्को सम्मानमा टिकट प्रकाशन गर्ने र २८ जनवरी २०१२ मा तानसेन पाल्पामा उन्को मूर्ति प्रतिस्थापन् गर्ने जस्ता महत्वपूर्ण कार्य गरेको बताउनु भयो ।
एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछाने, न्याभका पूर्व अध्यक्ष बम योन्जन, नेपाली जनप्रगतिसिल मन्च अस्ट्रेलिया अध्यक्ष माण्डब राज कार्की सबैले एकाध दिनको तयारीमा शुरु गरिएको यो कार्यक्रमलाई आगामी दिनमा अधिकाधिकलाई समेटेर अझै भब्यताका साथ मनाइनु पर्ने कुरामा जोड दिंदै बिदेशमा नेपाली संस्कृति जोगाउन पहल गरिएकोमा आयोजकलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भयो ।
माया प्रशाद सुवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा श्रीमती राज श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन श्रीमती सुवर्ण श्रेष्ठले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing