तनहुँकी सामान्य महिला कोरियाको वातावरणिय संस्थाको उच्च अनुसन्धानकर्तादेखि करोडौंको लगानीकर्ता

-अर्जुन बराल / दक्षिण कोरिया

आफ्नै देशमा फलानोको छोरी। फलानोको श्रीमती, बुहारी हुँदै नाता थपिदै जाने एक पात्र बन्छन् धेरै महिला । त्र उनलाई यो फलानोको छोरी, बुहारी, पत्नीमा मात्र सिमित हुनमन थिएन । बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम, गोर्डिन,एलिन डिभो,सेलिअ विलिमसन,टिजिअना डिअरिङ्ग आदिले आफ्नो समुदाय,क्षेत्र र समग्रमा राष्ट्रप्रति गरेका सम्मानीत कार्यबाट उनीहरुको उचाईको चर्चा सुनेर दंग पर्थिन उनी । ‘म उनीहरु जस्तै बन्न नसकौंला तर कोशीश गर्नुपर्छ भन्ने सपना पालीरहेकी हुन्थें । सफलताको त्यो सपनालाई प्राप्त गरेकी छैन । सायद सफलता उचार्ईमा नै हुन्छ । त्यसलाई चुम्न म हरेश कहिल्यै खान्न । त्यस्तो दिन नआओसपनि ।’ कोरियाको प्रतिष्ठित वातावरणिय कार्यालयमा उच्च स्थानमा काम गर्दै रहेकी नेपाली चेली बिन्दु मल्ल भन्छिन् ।

आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्गा बहादुर मल्ल ठकुरीकी छोरी मात्रै थिईन, त्यतिबेला । खानदानभित्रकी एक्ली सन्तान । छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन् । कुनै कुरामा परिबन्द र घेरा तोकिएन उनलाई । यो ठिक त्यो बेठिक भन्ने बर्गिकरण गरिएन, छोरि भएकै नाताले । जे राम्रो लाग्छ त्यो गर्न उनलार्ई स्वतन्त्रता थियो । त्यसैले, बिन्दु मल्लमा मात्र सिमित उनी बाबा आमाले आशा र भरोसा गरे । देशको लागि पनि केहि गरेस भन्ने आशीस दिए । बिन्दु मल्लले अफ्नै नामबाट परिचित हुने बाटो रोजिन ।
जेभिएर एकेडेमीबाट बिज्ञानमा स्नातक एवं त्रिभुवन बिश्वबिद्यालयबाट वातावरण बिज्ञानमा स्नाकोत्तर गरेपछि ‘जे जे भोग्नुपर्छ म तयार छु’ भन्ने द्रिढ सोच बनाएर उनी केहि नयाँ काममा लागिन् । एकाएक उनले आफ्नो दिमागलार्ई एकै चौटी ३६० डिग्रीमा घुमाए जस्तो भयो । कुनै बेला नेपालले केहि खाद्य सहयोग गरेको देश दक्षिण कोरिया,सउलको कफी टेम्पल क्याफेको अफोगेटो कफीको स्वादमा उनले जिवनका टर्निङ्ग प्वाईन्टलाई ब्याख्या गरिरहँदा बिख्यात साहित्यकारले लेखेर तहल्कै मच्चाएको नोभेल्समा रहेका पात्रको कहानी भन्दा कम लाग्दैनथ्यो उनको कथा ।

‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” भन्ने नेपाली उखान छ । परिवारमा आफ्नै कूल घराना, आफ्नै जात भित्रको जीवनसाथी रोज्नुपर्छ भन्ने बिचार थियो । त्यसलाई उनले चुनौति दिएर अन्तर्जातिय प्रेममा परिन । त्यस्तो पुराना सोचलाई आफैंले बदल्न कोसिस गर्नुपर्छ भन्ने मान्यता उनमा आयो । सन् २००४ त्यो प्रेमलाई विवाहमा परिणत गरिदिएपछि सायद उनको यो निर्णयबाट बाबा आमाको मन साह्रै दुखेको थियो । केहि समयपछि त्यसलाई पचाउने बनाईन् ।

किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ भन्नेपनि उनलाई लाग्यो । दक्षिण कोरियाको ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा झरेपछि आफुले आफैलाई प्रश्न गरेको उनी सम्झिन्छिन् ‘ मैले किताबी ज्ञान लिएँ । तर अवसरको प्रचुर सम्भावना भएको देशमा त्यो किताबी ज्ञानले किन केहि बाटो देखाउँदैन ? किन त्यो ज्ञानले मलाई नेपालमै केहि गर्ने बाटो नदेखाएर ठुलो जेटको शयर गर्न मरिहत्ते बनायो ?’ अब आफुलाई शुन्यबाट गणना गर्न थाल्नुपर्छ भन्ने लाग्यो, उनलाई । त्यो स्नातकोत्तरको डिग्री केहि रहेनछ जस्तो भयो । कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब र्ईन्जिनियररिङ्ग कोर्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिएको याद छ ‘संघर्ष बिनाको जीवन के जीवन ?’

एउटा हाते ब्याग अनी लगेजमा आफना केहि लत्ताकपडा र आमाले बनाईदिएको कोशेली बाहेक अरु केहि थिएन त्यसमा । थियो त केवल सबै आफैंले केहि गर्र्नुपर्छ भन्ने बजनदार भारी थियो त्यसमा । आमाले बनाएको कोशेली सक्कीसक्दा तिनै केहि गर्नुपर्छ भन्ने बजनदार भारी ज्युँकात्युँ थियो । एकातिर इन्जिनियरिङको उच्च शिक्षा र ज्ञान । अर्कोतिर रेस्टुरेन्ट चलाउने रहर । पढाई र ज्ञानमा कतै नमिल्ने यो ब्यवशायकाबिच कहिँ मेल थिएन । तरपनि गरे केहि हुन्छ भन्दै द्रिढ भावनाले सन् २००९ मा एउटा सानो रेस्टुरेन्ट खोलिन उनले । नाम रकहिन् ‘ज्योती रेष्टुरेन्ट ।

दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिवर्तन बिषयमा बिद्याबारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक एक हजार दुई सय मिलियन डलर बराबरको बजेट र तिन हजार भन्दा बढि जनशत्ति रहेको दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गत पर्ने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन विभागको अनुसन्धानकर्ताको रुपमा कार्यरत छन् । यो संस्थामा विश्वका धेरै देशका विशेषज्ञ रोजगारका रुपमा जोडीन चाहन्छन् । धेरैको सपना हुन्छ, यो संस्थामा केहि वर्ष काम गर्ने, ब्यक्तित्व बनाउने र ज्ञान लिएर अझ अगाडि बढ्ने । एक जना नेपाली महिला यति उच्च स्थानमा पुग्नु पक्कै सानो कुरो थिएन ।

त्यसो त आफ्नो ब्यक्तित्व मात्रै बनाएकि छैनन् । नेपाललाई आर्थिक सहयोगपनि जुटाउन सफल बनेकि छन् । भन्छिन् ‘पाईलट प्रोजेक्टको रुपमा कोरियन वातावरण कर्पोरेशनका माध्यमबाट नेपाललार्ई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौता गराएँ । त्यो नेपालका जनसंङख्या तथा वातावरण मन्त्रालयका सचिव बिश्वनाथ ओली र संस्थाका प्रमुख बिच हस्ताक्षर गराउन सफाल हुँदा खुशि लागेको छ ।’ उनको भनाईमा यो सुरुवात हो । भोलीका दिनमा देश प्रतिको जिम्मेवारी अझ बढि बोकिरहेको महसुस गरेको उनले सुनाईन् ।

हाल दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी छन् उनले । कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया बराबर त कर भुक्तान गर्छिन् । दुई दर्जन जति नेपाली महिलाहरुलाई उनले आफ्नो संस्थामा रोजगारी दिएकि छन् ।

कोरियाको प्रसिद्द अफोगेटो कफिको कपलाई रित्याउँदै गर्दा सोधियो ‘धेरैले भन्दछन्, देशलाई माया गर्छु । त्यो मायाको भाव के हो ? त्यो मायामा जिम्मेवारीपनि हुन्छ कि भावनात्मक माया गरे मात्रै पुग्छ ?’ ब्यक्ति जती सम्पन्न किन नहोस ‘म नेपाली’ भनेर चिनीनुलाई छाती फुलाउँनु र खुसी हुनुलाई उनले जायज मानिनन् । भनिन् ‘म एक्लै धनी बनेर जेटमा संसारका जुनसुकै कुनाको शयर गरेपनि मलाई आत्मसन्तुष्टी हुँदैन । सबै नेपाली सम्पन्न भएको मुलुक बने पो सबैको शान र मान संसारभरि बढ्छ । भोलीका दिनमा देशप्रति मैले मेरो जिम्मेवारी कुशलतका साथ निर्वाह गर्न सके भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing