संघिय फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा बदमासि गर्ने को ?

नेपालको नागरिकतामा स्थायी ठेगाना र जन्ममिति हुनैपर्छ । ५० वर्ष अगाडिका नागरिकता बनाउँदा जन्मेको महिना र गते थाह नभए कम्तिमा साल सम्म लेख्ने चलन थियो । तर संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा भने जन्म मितिनै लेखिएको छैन । यस्तो नागरिकता नक्कली हो की सक्कली ? वा यादवको नागरिकतालाई कसैले बदमासी गरेर उनलाई बदनाम गर्न खोजेको पो हो की ? जे होस, यादवको नाममा जारि भएको हेर्दा नक्कली जस्तो लाग्ने नागरिकता सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको उपेन्द्र यादवको नागरिकताको नंबर ०६ छ । जन्मस्थान भगवतपुर- सप्तरी लेखिएको छ । स्थायी बसोबास वडा नंबर ०६, मधुवन छ । सुनसरी जिल्लाको । तर जन्ममितिको साल, महिना र गते उल्लेख हुनुपर्ने ठाउँमा केहिपनि छैन । अर्थात् सालमा १७ लेखिएको छ । योपनि गलत हो । १७ सालमा जन्मिएको भएपनि २०१७ साल उल्लेख हुनुपर्ने थियो । महिना र गते झन उल्लेखनै छैन ।

नागरिकतामा उल्लेख हुनुपर्ने बाबुको नाम, थर र र ठेगानामा धनीलाल यादव, मधुवन- ०६ उल्लेख छ । तर आमाको नाम थर र ठेगाना केहि उल्लेख छैन । पत्नीको नाम, थर र ठेगानामापनि केहि छैन ।

नागरिकतामा लेखिनुपर्ने महत्वपूर्ण चिज उल्लेखनै नगरि यसरि नागरिकता जारि गर्ने प्रशासकिय अधिक्रित दिनानाथ लम्साल रहेछन् । यदि उनलेनै यस्तो नागरिकता जारि गरेका हुन् भने उनीमाथि कारवाहि हुनुपर्छ कि पर्दैन ? यदि नेता उपेन्द्र यादवको नागरिकतालाई कसैले केरमेट वा दुरुपयोग गर्दै सार्वजनिक गरेको हो भने तिमाथिपनि कारवाही हुनुपर्ने हो । यादवको पार्टीलेपनि त यसबारे मुख खोल्नुपर्ने हो ।

ठेगाना भगवतपुर वडा नं ०६ सुनसरी उल्लेख भएपनि यादव मोरङ जिल्लाको बिराटनगर बस्ने गर्छन् । बिराटनगरमा उनको पार्टीको प्रभाव कम भएकाले हार्ने डरलेनै हुनुपर्छ । निर्वाचनमा लड्दा आफ्नो पकड बलियो भएको ठाउँबाट निर्वाचनमा उमेदवार बन्नकालागि उनले स्थायी बसोबास सुनसरीको मधुवन उल्लेख गराएको बुझ्न सकिन्छ ।

सामान्य हो (सरोज बराल, सामाजिक सञ्जालमा)

यो नागरिकता प्रतिलिपी हो, प्रतिलिपी भनेर नलेखिनुको कारण नागरिकताको ढड्डा हराएकोले, पुरानो नागरिकता लिएर नयाँ दिंदा यस्तो भएको हुन्छ । पुरानो नागरिकता १७ बर्षको उमेरमा लिएको भएकोले त्यही उल्लेख भएको हुन्छ । यसमा फोटो नयाँ लागेको हुनु स्वभाविक हुन्छ । यो एकदम असली नागरिकता हो । आमाको पत्नीको नाम नलेख्नुको कारण त्यो प्रावधान नै त होइन होला तर प्रतिलिपीमा लेख्दैनन् । मेरो आफ्नो प्रतिलिपीमा पनि त्यस्तै छ ।

यहाँ हस्ताक्षर गर्ने प्रशासकिय अधिकृत सुनसरीमा पाँच बर्ष पहिले थिए । उनी पछिको प्रशासकिय अधिकृत जो भरखरै रिटायर हुनुभएको छ, वहाँलाई यो नगरिकताको फोटो देखाएपछि दिनुभएको जानकारी मैले यहाँ शेयर गरेको हो ।

म सुनसरी कै मान्छे हो । उपेन्द्र यादव २०४८ सालको चुनावमा गिरिजा कोइरालाको विपक्षमा एमालेको उम्मेद्वार भएर चुनाव लडेका मान्छे हुन् । उनलाई त्यो बेला भोट हालेको मात्र होइन, उनको पक्षमा मतदान एजेन्ट बसेको म, अहिले उनको राजनितिक लाइनको विपक्षमा छु भन्दैमा उनको बारेमा आएका भ्रामक कुराहरुलाई समर्थन गर्न असमर्थ छु ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing