घाँटीभरि माला र कोटमा सजिएर गाई दुहुँदै भोट मागे एमाले नेता अधिकारीले

चुनावको बेला नेतापनि कलाकार जस्तै बन्न सिपालु छन् । अरु बेला बिरलै गाउँ पुग्ने नेता जनताका घर घर पुग्छन्, भोट माग्दै । भोट माग्न जनतालाई विकासका विश्वाशलाग्दा योजना दिनु पर्दैन । जनताको हित, समाजको विकास र देखिने कर्म गरेकोपनि हुनुपर्दैन । निर्वाचनका बेला गाउँमा गएर जनताले काम गरिरहेको ठाउँमा सहयोग दिएझैं गरिदिए पुग्छ । एमालेका नेता रवीन्द्र अधिकारीपनि के कम ? उनले पोखरा पुगेका बेला कोट लगाएर, घाँटीभरि माला उनेकै बेला गाई दुहेको नाटक गरिदिए ।

यतिबेला निर्वाचनको मौसम छ । गाउँ गएका बेला केहि गरेको देखाउनै पर्छ । ठूला योजना साना नेताले बनाउन सक्दैनन् । करोडौंको बजेटपनि तिनको हैशियतमा हुन्न । चुपचाप बसेपनि गाउँलेले हुलमिल हुन नसकेको स्थानियसित भनिहाल्छन् । सत्तामा गएका बेला आफ्नै दुनो सोझ्याउने काम गरेका नेतालाईपनि जनताको पिरमर्का हेरेको नाटक गर्नुपर्छ । त्यसैले होला, रवीन्द्र अधिकारीलेपनि कोट र फूलको माला घाँटीमा टन्न पहिरिएरै गाई दुहिदिए । तर जनतालाई यसै झुक्याउने र निर्वाचनका बेला नाटक गर्ने क्रम कहिलेसम्म चलिरहला ?

(फोटो – अनिल गिरी)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing