के हो रुपन्देहीको एतिहासिक सुर्यपुरा काण्ड ? (चुनावमा यसको प्रभावदेखि प्रत्यक्षदर्शिको बयानसम्म)

-सिद्धिचरण भटराई / रुपन्देही, देवदह

निरंकुस पञ्चायतका बिरुद्ध प्रजातन्त्र ल्याउन लडिरहेको कांग्रेसको केन्द्रिय नेतृत्वलाई सिद्याउने कहाली लाग्दो २०४० को दर्दनाक सुर्यपुरा काण्ड बारे अहिले रुपन्देहीका चिया पसल देखि पान पसल सम्म चर्चा छ ।

यो चर्चाको मुख्य श्रोत नेपाली कांग्रेसका चर्चित युवा नेता बालकृष्ण खाँडले आफुले निर्वाचन लडने मनसायले क्षेत्र निर्धारण समितीमै बसेर बनाएको ३ नम्बर क्षेत्र छोडि सुर्यपुरा काण्डका मुख्य योजनाकार दीपक बोहरालाई उठाउनु नै हो । खाँडको यो कदमले इमान्दार, कर्तव्यनिष्ट र सच्चा लोकतन्त्रबादीहरु ठान्ने कांग्रेसहरु मनमा चिसो लागेको छ । उनको योजनाले रुपन्देही २ र ५ बाहेक सबै स्थानमा कांग्रेसले बागि उम्मेदवारको पनि सामना गर्नु परेको छ । त्यत्रो ठूलो हत्याकाण्डको योजनाकारलाई कसरी काँधमा बोक्ने ? यो प्रश्नले सबै कांग्रेसजनहरुलाई पिरोलेको छ ।

एकातिर रुपन्देही २ मा नेकाका प्रत्यासी युवराज गिरी सुर्यपुरा काण्डमा आफनो परिवारले भोगेको यातना र घटनालाई आफनो बिरासतको रुपमा लिएका छन भने अर्कोतिर त्यसैका योजनाकारलाई जिताउन क्षेत्र ३ मा कांग्रेस खट्दैछ । यो विडम्बनापुर्ण स्थितीमा कांग्रेसहरु रहेको  लोकतन्त्र जोगाउन गठबन्धन बनाएका कांग्रेसहरु बताउँछन ।

आखिर के हो त सुर्य पुरा काण्ड ?

नेपाली कांग्रेसको देशव्यापी अभियान अन्तरगत नेपाली कांग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, सैलजा आचार्य,रामचन्द्र पौडेल सहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भागलिन आएको थियो । रुपन्देहीको हाल देवदह नपा ३ तत्कालिन केरवानी पञ्चायतको सुर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालिन सिडिओ दानवहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहा र दिपक बोहराले बुटवलको अञ्चलाधिस कार्यलयमा बसेर कांग्रेसको नेतृत्वलाई समुल हत्या गर्ने योजना बनाएका थिए । यी कुरा अधिवक्ता धनपति पौडेलको रिपोर्टमा समेत उल्लेख रहेको कांग्रेसका नेताहरु बताउँछन ।

यही घटनाका प्रत्यक्षदर्सि प्रधानन्याधिस गोपाल पराजुली र उमेस गिरी पनि हुन । पुर्वतिरका उमेश गिरी हाल एमाले प्रवेश गरेको खबर छ । यो घटनामा २०० जना घाईते, ३२ जना अंग भंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्ष दर्सिहरु बताउँछन । त्यही घटनामै इटाले लागेर प्रधानमन्त्री रहेका कांग्रेस नेता शेरबहादुर देउवाको ओँठ काटिएको थियो । त्यसको दाग अझैपनि देउवाको अनुहारमा देख्न सकिन्छ । स्व. नेता गिरिजा प्रसाद कोइरालले आफनो  जीवनमा देखेको र भोगेको सबैभन्दा ठूलो विभत्स घटना रुपमा लिएको यो घटना र लोकतान्त्रिक मुल्य कांग्रेस कार्यकर्ताहरुले खोजिरहेका छन ।

कांग्रेस र दीपक बोहराको गठबन्धन कुनै हालतमा पनि लोकतान्त्रिक मान्न नसकिने निष्कर्षमा कांग्रेसहरु नै पुगेका छन । यसले रुपन्देही ३ को चुनावमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । क्षेत्र नं १ मा पुराना नेता कृष्ण प्रसाद पौडेल र क्षेत्र नं ३ मा नेका कार्यकर्ता व्यवसायी ओमकार श्रेष्ठले प्रदेस सभामा उम्मेदवारी दिएका छन र यो यसकै प्रतिविम्ब हो । कांग्रेसजनहरुमा लोकतान्त्रिक नैतिकताको ठूलो प्रश्न भएर खडा भएको कांग्रेसका बुद्धिजिवीहरु नै बताउँछन ।

घटनाा प्रत्यक्षदर्शिको बयान :

नेपाली कांग्रेसका नेता कृष्ण पौडेल : फागुन २० मा भएको उक्त भेलामा बिहानै देखि कांग्रेसका कार्यकर्ताहरु जम्मा भएको थिए । दिउँसो १२ बजेतिर सिभिल ड्रेसका केही मानिसहरु केही झुत्रा झाम्रा कपडा लगाएका व्यक्तिहरुको भिड बढदै गयो । भित्र प्रशिक्षण चलिरहेको थियो । गिरिजा प्रसाद कोइराला सवार गाडि दाउन्नेमा विग्रिएर अर्को गाडि चेन्ज गरेर आउनु भो  । उहाँ संयोगले बाँचेको मान्छे हो, नत्र खैरेनीमै उहाँलाई मार्ने योजना रहेछ । गाडि चेन्ज गरेकै कारण उहाँ मण्डलेहरुले पहिचान गर्न नसकेर बाँच्नु भो ।

कोइराला सुर्यपुरामा आएर गोप्य भेलामा प्रशिक्षण दिँदै गर्दा एक जना हाप पाइन्ट लगाएको व्यक्ति आएर चिट दियो । उहाँ स्तव्ध हुनु भयो । मन्तव्य रोकेर म थाकेको छु खाना खाएर बिदा हुनुस र लोकतन्त्रले जित्छ, बिजय हाम्रो हुन्छ । राजा बिरेन्द्रको गोप्य सन्देश पनि यही छ भन्ने कुरा समेत राख्नु भयो ।

बाहिर स्थीती भयावह भैसकेको, आक्रमण शुरु भयो । घर घेरियो । खुकुरी नचाउँदै मानिसहरु तिमिहरुलाई केही गर्दैनौ तर नेताहरु कता छन देखाइ दे भन्दै भित्र पसे । बाहिर हेर्दा २०० मानिस भुइँमा ढलिरहेका थिए । उनिहरु चिच्याई रहेका थिए । पुष्पानन्द गिरीको घर वरी परि केही मानिसहरुले पराल थुप्राएर आगोलगाउन शुरु गरे । हामी परालको धुवाँले अत्तालिन थाल्यौं । बाहिर यादव नाथ आलोकलाई खुकुरी प्रहार भएछ । उनी चिच्चाईरहेका थिए । नेताहरु लाई घर भित्र लुकाएर वचायौ । शेर बहादुर देउवा युवा नै हुनुन्थयो उहाँको मुखमा इटाले लाग्यो । यादव नाथ आलोक र राम प्रसाद चौधरी लगायतका घाइतेहरुलाई लडियामा राखेर हामीले बुटवल पुर्याँयौ । नेताहरुलाई पनि जोगाएर घरमा लुकायौं । पछि शान्त भएपछि रुपन्देहीको समेरा हुँदै गिरिजा बाबुलाई बुटवल पुराएको हुँ ।

यो घटनाको योजनाकार दिपक बोहरा हुन, उनले सिडिओ दानबहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहवा सहित मण्डले प्रयोग नेताहरु सखाप पार्ने योजना बनाएको हुन । आलोकका हत्यारा, आदरणीय सिता भाउजुको सिन्दुर पुछनेलाई काँधमा बोकेर हिँडन सकिएन यसैले अहिले म स्वतन्त्र उम्मेदवारी दिएको छु । बिद्रोह गरेको छु । कांग्रेस हुन टिकट लिएर मात्र हुँदैन ।

शक्ति प्रसन्न गिरिः

(स्व. पुष्पानन्द गिरीका छोरा)

कांग्रेसको देश दौडाह थियो । बर्षा अघि नवलपरासीको अग्र्यौलीमा कांग्रेसको भेलामा प्रहरीले लाठीचार्ज गर्यौ । केही नेता गिरफ्तार भए ।त्यसपछि गिरिजा बाबुले रुपन्देहीमा कायकर्ता भेला गर्ने योजना बनाउनु भएछ । सम्भावित आक्रमणका कारण कोही जिल्ला नेता कार्यक्रमस्थल निर्धारण गर्न नसक्ने । बुवा पुष्पानन्द गिरी जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले आफनै घरमा राख्ने हिम्मत गर्नु भयो । २०४० साल फागुन २०गते जिल्ला बैठकको आयोजना भयो । म गिरिजा कोइरालालाई लिन ८ः३० खैरेनी पुग्दा उहाँ ढिला गर्नु भयो । उहाँकै आफनै जिप विग्रेको रहेछ दाउन्नेमा । उहाँ पछि रसियन जीप  चढेर आउनु भयो त्यतिखेर रसिएन जिप चल्थे । खैरेनीमा नचिनेका मानिसहरु माला लिएर बसेका रहेछन । उहाँलाई त्यहीँ हत्या गर्ने योजना रहेछ । उहाँ ढिलो भएकोले जोगिनु भयो । पछि १२ बजे देखि दिउँसो २ बजे सम्म हाम्रो घरमा बसेको बैठक माथि सुकुम्वासी बस्तीका रुपमा चिनिएका देवदह र दिपनगरबाट केही व्यक्तिहरु सहित मण्डले हरु त्यस भित्र प्रहरीको समेत परिचालन गरी भिषण आक्रमण भयो ।

नेताहरुलाई हामीले छोपेर जोगाएका हौं । कसले गर्यो भन्ने थाहा छ तर लोकतान्त्रिक गठबन्धनको कारण मैले धेरै कुरा भन्न सक्दिन । योजनाकारहरु हाम्रै समर्थनमा चुनावमा लडेका छन ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing