लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन

(सिंह दरबारभित्र को कुर्सीमा जो सुकै अवतरण होस हुम्लालाई त्यसले खासै छुँदैन । संबिधान नयाँ बनोस र पनि हुमलालाई त्यसले समेट्दैन। काठमाडौंको चार किल्लाभित्र जे सुकै घोषणा होउन हुम्लेलीका दुख, पिर, बेदना र छट्पटीलाई तिनले संबोधन गर्दैनन् । किनभने मुलुकको सबैभन्दा पिछडिएको अभागीगन्तब्य हो त्यो । त्यसैले हुम्लाका आफ्नै दुख छन् । आफ्नै बेदना र छट्पटीमा छ हुम्ला । प्राक्रितिक सन्दौर्य त छ नै तर त्यसले एकाध दिन क्यामरा घुमाउनेकालागि आनन्द दिन्छ । हुम्लेलीकालागि भने कष्ट । तिनै हुम्लेलीका भोगाइबारे अनिल रुपाखेतीले एउटा मन छुने रिपोर्ट तयार पारेका छन् नेपाल प्लसकालागि)

 

 

-अनिल रुपाखेती, हुम्ला 

 

 

buda1

 

“जीवनमा केहि केहि गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि मैले आफुलाई कहिले पनि केहि गर्नुपर्छ भन्ने सोचको नजिकसम्म पुग्न दिइनँ जीवनमा न त सुख भयो, न दुखनै पाइयो । मेरो कानमा यहि शब्द आएर ठोकियो मलाइ दुख्यो पनि जिबनको बारेमा मेरो जे सोच त्यहि मिल्दो अभिब्यक्ती यसरी सुन्दा टक्क अडिएँ मुन्टो उठाएँ

 

उनि पाका थिए । आलु काट्दै, नाति खेलाउँदै थिए । अचम्ममा परेँ उनि नातीसँग यो कुरा गर्दै थिए भन्ने भान पर्‍यो मलाइ यसो बिचार गरें, उनको नातीले यसको मर्म अर्थ बुझ्न सक्ला त ? उनको नजिक पुग्ने मनसायले अभिबादन गर्दै आफ्नो परिचय दिएँ उनी सगैँ बस्दै गर्दा मेरो ध्यान भने ७० नजिकको उमेरमा यस्तो सबल हक्की शरिरका धनि कसरी भए भन्नेमा केन्द्रित रह्यो

 

anil1कर्मचारी रहेछौ । ओखती तिमिसँग ? भन्दै उनले मेरो ध्यानमा मेनका पठाए के को ओखती ? कसको लागि ? मैलै सोध्न नपाउँदै घर भित्रबाट लामो खोकीको आबाज आयो । मैले आफ्नो झोलाबाट चिसो ज्वरो को ओखती झीकेर दिएँ उनले भन्न थाले “त्यो खोक्ने मेरो जहान हो । २ बर्षदेखि यस्तै छे।  म सँगै ३ जना हुम्लाका साथिहरु पनि थिए । हाम्रो गन्तब्य थियो हिल्सा उनिहरुले घडि हेरे। मैले समय कम बाटो भने लामो भन्ने अर्थ लगाएँ।

 

सीमीकोटदेखि हिल्साको ९६ किलोमिटर लामो मोटर बाटो हुम्लाको बिकासको लागि बिश्ब खाद्य कार्यक्रम नेपाल सरकारको साझा प्रयास हो। यसको हालको अबस्थाको स्थलगत अध्ययन गरी कार्यालयमा प्रतिबेदन दिन हामी यो यात्रामा निस्कीएका थियौं समुन्द्र सतहबाट करीब १०० मिटरको उचाइको नेपालगंजबाट हवाइ यात्रा तय गर्दै ३००० मिटरको उचाइमा रहेको सीमीकोटमा रात बिताएर कर्णाली किनारै किनार अघि बढ्दै थियौं हामीहरु

 

देशमा परिवर्तन आयो, छोरा घर आएन

 

डाँडाफाया गाउँका ति बृद्ध बारे मेरो थप जान्ने इच्छालाइ बाटो काट्ने साधन बनाए, हुम्लाका साथि पाल्देन ले उनि भन्न थाले -वनबाट मान्छे आएर उनको छोरा लग्यो देशमा परिवर्तन आयो तर उनको छोरा घर आएन बुहारीले माइत बाटै अर्को घरजम गरी छोरा बुहारीको चिनो त्यै नाति हो सर ।” स्तब्ध भएँ उनलाई नमन गर्दै हिडे यत्रो संकटमा पनि उनी अटल थिए। तर यो बाटो उकालोलाइ संकट मान्दै छु धिक्कार मलाइ ” अनायसै मेरो मुखबाट निस्कीयो पाल्देनले मेरो अनुहार हेर्दै भने” किन धिक्कार भन्नु भाको सर ? मैले जबाफ नदिइ कर्णालीको छाललाइ जिबनसँग तुलना गर्नथाले

 

छिनिगिन्टीको आबाज सहित घोडा झोवा नजिकै बनमा चर्दै थिए भने चाँहि मनमनै कर्णाली तर्दै थिएँ। झोलाबाट क्यामरा झीकेँ नजिकैको हेप्का गाउँको मोहक दृश्य कैद गरेँ। हामी  धारापोरी, डाडाफाया, हेप्का, केर्मी,यलबाँङ, यलगाड, मुचु, पातिहाल्न, यारी, नारागाउँ हिल्सा पुग्न आतुर थियौं बिहानको खाना धारापोरीमा खाएर कर्णालीलाई पछ्याउँदै थियौ । फोटोपनि लिँदै थियौं । बास बस्न केर्मी पुगियो । करिब १०० घरको घना बस्ती बाटोमा वटा पसल । घर सहितको पर्यटकका लागि क्याम्पसाइडको यहाँ ब्यबस्था रहेछ दिनको टन्टलापुर घामले अलिक टाउको दुखेकोले होटेलको कोठामा पसें होटेलको दाइ भोटे चिया लिएर भित्र पसे नुन, चौरीको घ्यु, जडिबुटिको चियापत्तिलाइ काठको गवुवामा घोलेर बनाउने यो चिया पाहुना सत्कारको पहिलो चरण हो पनि यसको पारखी हुँ

 

चिया हातमा लिएर बाहिर निस्कीएँ। पर जना पर्यटक होटेल तिर लम्कीँदै थिए। क्याम्प साइडमा पहिल्यै भरियाहरु आएर टेन्ट कस्दै रहेछन जर्मन नागरिक रहेछन् । हिल्सा हुँदै ल्हासा जाने ट्रेकिङ रुट रहेछ यो आज भोली पर्यटकिय मौसम हो । गोराहरु आउने कुरा मलाइ सुनाउँदै होटेलका दाइ तिनिहरु भएतिर लम्कीए

 

सिरानी नमिलेर बिहान गर्दन अररो भएछ नित्यकर्म पनि बाटैमा गर्ने बिचारले हामी अघि बढ्यौं भात खान यलबाँङ पुगियो। घन्टाको हिडाइ रहेछ केर्मीबाट यलबाँङ गाऊलेहरु कुदाकुद गर्दै थिए । किनकि त्यो दिन त्यहाँ गुम्बाका लामा आउने कार्यक्रम रहेछ। यलबाँङ गुम्बा जिल्ला भरीकै ठूलो रहेछ। अंग्रेजी लामा दुवै भाषा पढाइको लागि बैदेशिक सहयोगमा बिद्यालय रहेछ त्यहाँ । होटेलमा खाना पाक्दै गर्दा हामीले हिउँ हिमाल हेर्दै ल्हासा वियरको मजा लियौं खालि पेटमा ल्हासा वियरले पेटमा तरंग दियो

 

दुई घण्टा आराम गरेपछि यलबाँङ गुम्बा हेर्दै हामी अगाडि बढ्यौं बाटामा राम्रा दृश्यहरु हेर्दै मुचु बास बस्न पुगियो राती भलाकुसारीमा थाहा भयो की माथी बाटोमा हिउँ धेरै परेको छ । लेक काट्न सकिंदैन हामी के गर्ने दोधारमा परियो । लौ त भनेर यारीमै बास बसियो । यो फेदीको गाउँ हो । भोली हामीले ४७०० मिटरको नारा लेक पार गर्नु पर्ने । त्यसमा पनि धेरै हिउँ कसो गर्ने होला सर ? साथी अमृतजीले डर ब्यक्त गर्नु भएको भान भयो मलाइ यारी ३७०० मिटरमा थियो जुन उचाइसम्म सजिलो अनुभव गर्दै थिएँ अमृतको कुरा पछि पनि कसो गर्ने होला भन्ने दोधारमा परें

 

तिन घण्टाको उकालोको लागि लसुन, टिम्बुर थर्मस तातो पानी लिएर छिसमिसेमै हामी उकालो लाग्यौं हाम्रो उकालोको रणनिति बिस्तारै हिँड्ने अप्ठेरो अनुभव भएमा तुरुन्तै तल झर्ने थियो घोडा झोवा लिएर यारीका मानिसहरु हामी भन्दा सखारै उकालो लागेका रहेछन । तिनिहरु देखे पछि मैले उकालो भरी झोला झोवामा राखेर लगिदिन अनुरोध गरें उकालो लेकको बाटोमा पसिना आयो भने झन कठिन हुनाले मैले यो अनुरोध गरेंको यिए स्विकृती पनि मिल्यो

 

म्रित्यु नजिकै आयो तर बिचलित भईन

 

झोला नभएपछि शरिर हल्का महसुस भयो त्यसपछि सतर्क भएर हामी ४४०० मा पुग्यौं शिवशिव भन्दारहेछन यो ठाउँलाइ सायद मानसरोवर जाने बाटो पनि यहि भएर होला शिवशिव भन्दा मलाइ आनन्दको अनुभूति भयो रहरलाग्दा हिमाललाइ साक्षि राखेर भटाभट फोटो सेसन भयो थर्मसको तातो पानी रोटी खाएपछि हामीमा नयाँ उर्जा थपियो जित नजिकै रहेको अनुभूति भयो यारीका मानिसहरु हामीलाई “बिस्तारै हिड्नु होला । ४५ मिनेटमा उकालो सकिन्छ । हामि भारी मिलाउँछौं ” भन्दैथिए नभन्दै हामीले ४० मिनेट भित्रैमा नारालाइ जित्यौं

 

थकान हरायो । डरपनि गायव  युद्द जितेको सिपाहिले खुकुरी घुमाए जस्तै क्यामरा घुमाएँ   मेलै । के थाहा एकैछिनमा मौसम खराब हुनसक्छ ४७०० मिटरको नारा लेकमै हिउँसगै घरबार गर्ने सपना देख्न थालें तर त्यो सपना लामो रहेन । भत्कीयो बादलले नारालाई देखिसहेन । एकैछिनमा घेरा हाल्यो मेरी नारालाइ बचाउ बचाउ भन्दै थिई । तर मैले केहि गर्न नसक्ने देखेर शिवशिवको सहयोग मागें ढिलो भए बचाउन सकिन्न । फेरी एक पटक कायर प्रेमी बने तल हेरेको त हिल्सा कर्णालीको काँखमा चिन्तीत थिई । दुब्ली निन्याउरीपनि उसले एकोहोरो मलाइ हेर्दै भनी -तपाइ को हो ? नाजबाफ भए डाक्टर, बैद्य, नेता, साथीके भनु साहस बटुलेर सोधे -किनहोला आम नेपाली हुँ चुप लागी । उसले मेरो जबाफ चित्त नबुझाएको हरक आयो मलाइ

 

जताततै हिउ थियो डाँडामा ३० मिनेट तल झरेपछि हिउ पहिरो अकस्मात आयो मलाइ एउटा ढुंगाले ज्याकेटमा लाग्यो । हेर्दाहेर्दै अर्को ढुंगाले टेकिरहेको छातामा लागेर ३०० मिटर तल लाग्यो । तर मलाइ छाताले बचायो साथिहरुले आज तपाइले नयाँ जीवन पाउनु भयो भन्दै बधाइ दिए। मनमनै सबैखाले माया गर्नेहरु संझे मृत्यू नजिकैबाट जाँदा पनि धेरै बिचलित भइन

 

पारीको सेर हो त्यो माथि ताक्लाकोट पर्छ गणेशले मलाइ तिब्बत देखाउँदै भने । मैले निहालेर हेरें । पिच सडक, टेलिफोन टावर टल्कीरहेको देखियो घण्टाको हिँडाइपछि हिल्सा पुगियो कोदारी पछिको चिन सँगको यो दोश्रो ठुलो नाका हामी आउने खबर भइसकेकोले खाना तयार थियो खाना खाएर बजार घुम्ने निर्णय गरियो लगभग ४५ घर । एउटा झोलुङ्गे पुल । नाङ्गा डाडा । बजारै भरी चाइनिज रक्सी वियरका भारी खाली बोतल देखिए

 

              लेक होइन देश लाग्यो

 

कर्णाली किनारको पनि उहि हाल थियो यो ठाउँ ३८०० मिटरमा लगभग बर्षभरी नै जाडो हुन्छ । मानिसहरु खुब पिउँछन भन्दै साथीहरुले सुनाए । चाइनिज सुरक्षाकर्मीहरु दुरबिनले हामीहरुलाइ हेर्दै थिए मलाई निको लागेन र साथीहरुलाइ सोधें- हाम्रा सुरक्षाकर्मीहरु खै ? जबाफ आयो -चौकी मात्र । जनयुद्दमा सुरक्षाकर्मी सदरमुकाम केन्द्रित भएका थिए । बिकेन्द्रित हुन बाँकी नै   कोदारी पछिको चिन सँगको यो दोश्रो ठुलो नाका सुरक्षाकर्मी बिहिन ? थप सोचमा परें पारीपट्टी चिल्लो सडकमा टलक्क टल्किने गाडी गुड्दै थियो हामीपट्टी चाहिँ धुलो बङबङी उडिरहेको । म फरक्क होटेल फर्किएँ सिरकले मुख छोपेर रुन थालें होटेल साहु मोबाइल बजाउँदै आए सर लेक लाग्यो हैन मलाइ देश लाग्यो मैले प्रतिउत्तर गरें उनी ट्वाल्ल परे । मैले हिल्सा संझे दुब्ली निहाउरी देखेको कारण पनि बुझें छिमेकी सेर ले गरेको बिकास आफ्नो बर्बर अवस्था । राज्यबाट उपेक्षा असमान ब्यवहार । धन्न सहेकी

 

बिहानै उठेर सेर जाने योजना थियो । तर मसंग पास थिएन । हुम्लीलाइ जिल्ला प्रशासन कार्यालयले पास दिंदो रहेछ अन्यलाइ चाहिँ चिनियाँ दुतावासको भिसा चाहीने कार्यालयको कामले आएको पास, भिसा नभएको मैले ब्यक्तिगत पहलमा सेर नजाने निर्णय गरें आफ्नो सट्टामा साथीहरुसँग मेरो क्यामरा गयो सेरबाट घन्टामा मानसरोवर पुगिँदो रहेछ सेर गाउँ भए पनि भौतिक पूर्वाधार शहरमा भन्दा कम थिएन । टेलिफोनका भिमकाय एन्टेना कालो सडकले भन्दै थियो -यो गाउँ कुनै शहरभन्दा कम छैन ।

 

एक घन्टामा नै साथीहरु फर्कीए त्यो भन्दा बढी बस्न दिँदो रहेनछ चिनियाँ प्रशासनले । सेरबासीलाइ पनि हिल्सा आउन चिनियाँ अधिकारीबाट पास लिनुपर्ने रहेनछ तर चिनियाँ अधिकारीहरु भने जुनैबेला पनि हिल्सा आउने गर्दा रहेछन नेपाली अधिकारीहरुलाई चाहिँ बिना पास प्रबेश नपाउने असमान ब्यवहार पनि देखियो हामीहरु हिल्सा बसाइको सुखद दुखद अनुभव लिँदै उकालो चढ्यौं दिनको हिडाइ पछि सिमिकोट पुगियो कार्यालयको कामले सफल भएपनि नागरिकको हिसाबले के भएँ ? यो सोच्दा सोच्दै नेपालगंज एयरर्पोट पुगें तर जीवनमा हुम्लाको लागी केहि केहि गर्नुपर्छ भन्ने भावनाले मलाइ छोड्न सकेन भाग्यमानी महसुस गरिरहेछु ।

 

(अनिल धादिङ जिल्लाको पीडा निवासी हुन् । उनी संयुक्त राष्ट्र संघिय खाद्द परियोजना, नेपालमा कार्यरत छन् लेखकको तस्बिर संयोजन गरिदिनुभएकोमा बेल्जियमका एस बी छन्त्याल जीलाई धन्याबाद)

 

  • Sagar Sharma

    यस् ब्लग्का ब्लगरलाई धन्यवाद। लेखक ज्यु आफ्नो आमाको एक पाटोको बर्णन पडियो । पहाड जहाँ पनि यस्तै हो। केही सुगम मात्र हो। के गर्नु राजनीति का नाममा अझ लोकतन्त्र -प्रजातन्त्र खै के के तन्त्र का नाममा , डाँका फटाहा तस्कर दलाल गुण्डाहरुले राज गरेको देसमा अरु के नै पो आसा गर्न सकिन्छ र? कम्तिमा चुनाव जितेपछी मन्त्री हुन्छन भन्थे अबत त्यैपनी हरायो। बिदेसी को चाकरी गरेपछी चुनाव हारेपनी देसकै कार्यकारी प्रमुख हुन पाइने रहेछ । जे होस् लेखक्लाई धन्यवाद।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Interesting site, but much advertisments on him. Shall read as subscription, rss.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hopelessly Optimistic

    lek hoina des lageko yo article malai bes laagyo!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramkrishna Niraula,Jhapa

    Great Article Anilji
    Congratulations

    aahaa kati raamro article padhna apaiyo
    yastai lukekaa kura paskadai agrnuhola

    tyo thaauko photoharu pani prakashit garnuholaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kamala sharma

    तिमी कती सम्म रहेछौ भन्ने कुरा कोप्रमाण हो यो। तिम्रो लेख ले हसिरहेको मान्छे रुन्छन ।रोहिरहेका हरु हास्न शुरु गर्छन् तिमी ले सबै को मन छुने लेख,सबै हुम्लिको छ लेख । तिमी साँच्चीकै देश्भक्त हौ। तिमी जस्तो कलम सदै चल्नु पर्छ है कहिले नरूक

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sunder

    Anil Ji
    Humla ko kura Kasle Sunla, Hamra Politicians kehi garna jandaina kehi lekhyo bhane teslai bujne kosis gardaina, Bidambana Hamro desko situtaion ra kam garaenai yasta chai. Afailai herna fursad chaina Netaharu lai des pari ko tyo thau kasle herchan.
    Je bhaya pani tapaile kehi kura ta kholidinu bhayo tehi nai thulo kura ho tyo Pida netale sunuun Lek hoena des neta lai lagos tapaiko sapana pura hos yahi cha subhakama na

    Suder

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Thanx for the piece of writing and letting us know the reality of Humla !!!! It is very sad to know the realty of Humla.
    Great to hear that u feel from the core of ur heart to do something for Humla . I wish all the political leders read this and step forward for the betterment of Humla and the whole Karnali region !!!!!!!

    Thanx again for this touchy piece of writing !!!!!!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    अनिलजी
    नमस्कार
    कस्तो मन छुने कुरा लेख्नु भाको सर । तपाईले लेख्दैमा केहि त नहोला नै , नेताले नसुन्न्लन तर हामीले आफ्को कर्तब्य भुल्न हुन्न । तपाई रोएँ भन्दा त कस्तो मुटु फुल्यो हुम्लाका मान्छे संझेर अनि नेता संझेर शारिरिक आक्रमणमै निस्कौं जस्तो जस्तो लाग्यो सर । यहि कारण हो बन्दुक उठेको नेपालमा । र जसले जे सुकै शर्त गरुन, शान्ति संझौता होस तिनलाई त्यहि रुपमा राखेसम्म बन्दूक उठिरहने छन् ।
    हुम्लाका मानिसहरु प्रति मेरो सहानुभुति र समर्थन। अनि तपाई प्रति मेरो एकदम धेरै आदर छ । क्रिपया त्यो भागबाट यस्तै लेखहरु पढ्दै गर्न् ।पाइयोस काठमाडौं पोखरा, चितवन, बिराटनगर, दिल्ली, कुर्सीको मारामार, बन्द र हड्ताल बारे धेरि भो सर। वाक्कै लाग्यो । अब त्यो क्षेत्रका लेख रचना, पीडा र बेदना पढ्न पा इयोस।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhim kinrati

    LEKHAK JI TAPAILAI DHANNE BADHA NADIIRANA SAKIDANA THULA SANCHARA MADHEMA HARULE KAHILE PANI HUMLALIKO KUNAI PIDALEKHENA TARA TAPAIKO LEKHALE HAMI JASTO YUBAHARULAI NEPALKO PAHADI BHAGKO JANJIBANRA RABIKASMA SOCHNA BADHEYA PARCHHA . ANIL JI ARU BADI THAU GHUMERA YASTA KURSAKO JANKARI DINU HOLA NETAKO PACHHI LAGEKO YUBAHARUKO ALIKA
    TI BHAUYAPaNI DIMAGMA GHUSTHIYO KI.
    BHIM C RAI ‘RASA’ MALAYO

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Anil Jee,

    Thanks alot for sharing your experiences with us. Althouh i have never been in Humla but through ur article i reached over there for a moment. Very heart touching, pls continue ur writing. Still our political leaders seems far away from our context need to kick them through such writings lets hope 1 days they will wake up from deep sleep!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Devendra Dawadi, USA

    why always articles about stupid leaders ?
    always the city
    banda
    hadtaal
    jumlaa humlaa not our country ?

    so called journalists also run after all those corrput politicians
    you did so well Anilji, you are so kind and you seem tohave somuch kindness
    thanks dadiji your effore
    you blog is really completely than other blogs
    you have such a good vision running such articles and giving space to many local level writers

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Ram Krishna Bartaula

    Ramro Artical chha desh ma vayako garibi ra bikat jilla ko bhabana ma mutu chune gari lekhanu vayako chha dhannebad didai aru pani lekhadai jana anurodh chha kalam chalirahosh asiagari .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sanam (happy)

    anil sir yasma tapai haru le khicnuvaeko photo pani rakhidinu vaeko vae sun ma sugandha hune thiyo milcha vane rakhidina aagrha garchu…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • PRABESH LAMICHHANE

    After I read your article I’ve felt like I was at that place and the way of writting is Superb. It directly touches deep inside with the reality that you have mentioned. Which Leader (Burdens) of Nepal have never ever thought of. Thanks for sharing your experience and thoughts.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • S.Dhurba

    Aaha manai chhoyo! lekhako lagi yahalai dhanyabad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Akhilesh

    Dear Anilji
    Namaskar

    What a touching story you wrote.
    We are fed up reading all these dacoits politicians and the strike.
    Leaders and the journalists also think that the valley and the city is only Nepal. And Journalists run only behind the strike, leaders and the hiros and hironis.

    You are a great person having such a nice story and being their side.

    Thanks also to Dadiji for encouraging the news from the gorgotton land.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • I so understand, in last paragraph just whole salt and is stated

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rupan

    मैले तपाईंलाई चिनेको पनि छैन तर कता कता धेरै अगाडि भात् बह्एको जस्तो लाग्यो हो सर। कस्तो मज्ज को बिस्लेसन गर्नी खुबी हो, कस्तो सामान्य शब्द मा गम्भिर प्रस्तुती ,मा अब तपाईंलाई भुनै सक्तिन कृपया लेखन न छोदनु होल। तारा हरु आकाश बाट बिलौनु हुँदैन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • bari bari gud yur [ctrl+ v]

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • namskar tapai co sabdala
    sarai [ asar paru

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yuvraj rijal

    NEPAL AAMA KO SUPUTRA LAAI DHERAI DHERAI DHNYABAAD.

    HAAMI NARAMRO HOINOU HAMILAI NARAMRO BANAIYEKO CHHA.
    HAAMI GARIB HOINOU HAAMI LAI GARIB BANAAIYEKO CHHA.

    LEKHAK JEE TAPAI KAA KALAM KARNALI NADI JASTAI JAHILE PANI BAGIRAHUN, KAHILE NAROKIUN.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • gafai ता हो ni यो सब sahityik bhawukata

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • archu

    म त आतिनै गम्भिर भये तपाईं को लेख पदेर । के गर्नु हामी सबै मिलेर केही गर्नु पर्‍यो नी हैन र। तपाईं को बिचार लाई साथ् दिन हामी छौ नी
    त तपाईं आत गर्नुहोस् हामी तपाईं को आँखा बन्ने छौ। हामी हरु म तपाईं को जस्तो बिचार को अनिकल परेको छ । यो लेख ले यो बिचार ले परिवर्तन ल्याउने छ। मिठो शब्द छणौट को लागि तपाईं हाम्रो हृदय मा बस्णु भयो न हरौनु होला

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Good article, Thanks. Thanks.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • टेक बहादुर रावत

    यहीं नेपाल देशको हुम्ला जिल्लाको विभिन्न भागमा गई अवलोकन गरी हामीलाई पनि दृष्यवलोकन गराउनु भयो सो को लागि यहाँलाई धन्यवाद । हुम्लाको उच्च ठाउँको हिउँदेखि खोचको बगरसम्म सरसती हेरियो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • laxmi ojha

    sarai ramro article padhana paeyeo. thanks a lot hajur jasto choro ko nepal aama lai khacho chha . sabai jana hajur jastai bha ko bhye hamro desh aahele nekai bikasit hune thiyeo. please lekhana nachhoudunus hai hami sabai hajur ko new article ko waiting ma hunechhaou, once again thanks.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hello namaskar tapaiko peakchar vary nieas

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Himnidhi Laudari

    हामीले गर्न नसकेको काम गर्नु भएकोमा धेरै धेरै धन्याबाद तथा बधाई । म पनि परार साल हुम्ला पुगेको थिएँ । तार् छोटो समयको लागि । मैले धेरै गर्न सकिन । अब फेरि जाने बिचारमा छु । तपैइले गर्न नभ्याएको काम म पुरागरिदिने छु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dhungana sunil

    i like your photos rather then your comments but not bad this is actual NAYA NE4PAL

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prakash subedi

    Anil g namaskar

    Congrats…

    wa wa my boss……
    great…. ur work

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पाखाली

    राम्रो लाग्यो लेख । काठमाण्डु बाट कति दिनमा पुग्न सकिएला त?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • quet cherehamso

    dhanyabad chha tapai ko lekha le mutu chhoyo sathai hamra daju bhai ko testo sthiti dekhera ta hrredaerodan bhayera aayo.hami jasta aam nagrek le yo bujha chhau bhane kurse k lage chalkhel garne le a bata alangakar bujhanu parne tara bidambana bideshi ko hat samtera afno ghar ma hidne le bujha pachaye lekhana nachhadnos hami sath dinchhau.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very good analysis really Humla is in the shadow part of country if it is developed it can create lot of oppertunity from tourism.I praise the explanation of the reality

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • AAkaranta man

    Mai lta Morna baur garo hunna timro maya pauna sakin bhanne geet yad aayo,
    ma mero jeevakal ma jasari bhayepani humla janchhu
    ANIL jee tapai ta mero aankha bannu bhayo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree