पदको हानथाप र संगठन हत्याउने होडबाजीले १२ वर्षपछि युरो कांग्रेस बिघटन

ठ्याक्कै १२ वर्ष भयो, नेपाली कांग्रेसले युरोपमा युरोप स्तरिय संगठन खोलेको । सन् २००६ मा जर्मनीको बर्लिनमा युरो कांग्रेस खोलेका थिए । त्यो बेला सुजाता कोइराला कांग्रेसको बिदेश बिभाग प्रमुख थिईन । उनको संलग्नतामा युरो कांग्रेस खोलियो । यि १२ वर्ष कांग्रेसको यो संगठन सधैं विवादित रह्यो । गूट उपगूटका झमेला र तानातान, किचलो र रमिता चलिराख्यो । यसका नाममा राजनिति गर्नेहरुपनि निकै देखिए । गठन हुँदा कांग्रेसलाई अब युरोपमा अझ बलियो, शसक्त बनाउने भन्दै डंकापनि पिटियो । तर कांग्रेसको किचलो र पदकालागि तानातानले गर्दा नेपाली कांग्रेसको युरोप संगठननै बिघटनको स्थितिमा पुगेको छ ।

युरोपमा नेपाली कांग्रेसले युरो कांग्रेस गठन गर्दा कतिपय राजनितिक पार्टीका यहाँ जनवर्गिय संगठननै थिएनन् । आज बरु ति पार्टीहरुले युरोपका बिभिन्न मुलुकमा शाखासम्म खोलिसके । तर कांग्रेसको भने बिवाद र पदको लुछाचुँडीले युरो कांग्रेस बिघटनको अवस्थामा पुगेको छ । कांग्रेसका समर्थक नभएर होइन । कांग्रेस कार्यकर्ताको अभावलेपनि होइन । युरो कांग्रेसलाई पदको लुछाचुँडीले गर्दा बिघटननै गर्नुपर्ने अवस्थामा पुर्‍याएका हुन् । खासगरि कांग्रेसमा शेरबहादुर देउवा गूट र कोइराला गूट (हाल रामचन्द्र पौडेल गूट) को झगडा र बिवादले हो ।

शेरबहादुर देउवा शासन र शक्तिमा आउनु अघि अहिले देउवा गूट भनेर हिँडेका कतिपय युरोपका कांग्रेसी नेता कोइराला पक्षकै थिए । पछी देउवा बलिया हुँदै आएपछी युरोपका कांग्रेसी नेताहरुलेपनि क्याम्प बदलेर देउवातिर लागे । कांग्रेसमा बिवाद चुलिँदै गयो । दुई पक्षको राजनिति र कुर्सीकालागि हानथापले गर्दा युरो कांग्रेस गठन भयो । तर यो संगठन गठन सँगसँगै सधैं बिवादित रह्यो । अधिबेशनहरुमै मारमुंग्री र बिवाद भए । यो १२ वर्ष युरो कांग्रेसलाई बिवादरहित र मर्यादित बनाउनै सकेनन्  । पछी नेपाली कांग्रेसमा फेरि क्रिष्ण प्रसाद सिटौला गूटपनि देखापर्‍यो । यसपछी सिटौला पक्षकाले उति वास्तापनि गरेनन् ।

युरोपका पुराना नेता दिल बहादुर गुरुङ यि दुई गूटको चेपुवामा परिरहे । सोझा गुरुङलाई सकेसम्म दुबै गूटले प्रयोग गर्ने निति बनायो । दुई गूटका चेपुवामा परेका दिल गुरुङ्लाई युरो कांग्रेसको अध्यक्ष बनाएपनि खासै सहयोग कसैले गरेन । बरु नेपाली कांग्रेसको बेल्जियमको झैझगडा र नेत्रित्व हडप्ने प्रतिस्पर्धाले युरोप कांग्रेस अगाडि बढ्नै सकेन ।

अहिले अन्तत : सन् २०१७ को जुलाई महिनाभित्रै युरोप कांग्रेसको अधिबेशन हुनुपर्ने थियो । यस अघि भएको अधिबेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे निर्वाचन गराउन आएका थिए । त्यो बेला उनले स्पष्ठ भनेका थिए ‘युरो कांग्रेसको आगामी अधिबेशन सन् २०१७ को जुलाई महिनाभित्रै हुनुपर्छ । त्यो समयमा अधिबेशन नभए युरो कांग्रेस खारेज हुन्छ ।’ यो बैधानिक प्रावधनभित्र अधिबेशन गर्नतिरपनि कोहि लागेन । किनभने अधिबेशन भएमा फेरि बिवादित र पदकालागि मारमुंग्री हुने अवस्था थियो । त्यहि कारणले गर्दा अधिबेशन हुनै सकेन र युरो कांग्रेस बिघटनको अवस्थामा पुग्यो । पार्टी सभापती शेरबहादुर देउवा भएकाले उनका गूटकाले अधिबेशन गर्नै नदिएको आरोप पौडेल पक्षकाले लगाउने गरेका छन् ।

यहि तानातानका कारणले दिल गुरुङ वाक्क बनिसकेका छन् । उनी जति सक्दो छिटो अधिबेशन गराएर नेत्रित्व सुम्पन चाहेको बताउने गर्छन् । तर कांग्रेसका यि गूट मध्ये केहिले फेरि भित्रभित्रै तदर्थ समिति बनाएर अधिबेशन गर्ने तयारिपनि गरिरहेका छन् । अब नयाँ तदर्थ समिति बनाएपनि नेपाली कांग्रेसको मुलत देउवा र पौडेल फूटभित्रको लडाईले युरोप कांग्रेसलाई फेरिपनि सहज तरिकाले अगाडि बढ्न दिने अवस्था देखिन्न ।  केन्द्रमा देउवा पक्ष बलियो भएकाले आफ्नो हात माथि पर्ने अवस्था नभएसम्म देउवा पक्ष अधिबेशन गर्न ईच्क्षुक नभएको बताउने गरिन्छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले नेपालमा राष्ट्रिय सभाको निर्वाचन लगत्तै युरो कांग्रेसको अधिबेशन गराउने पत्रचार गरेको छ । तर बिबादै बिबाद र पदकालागि हुने गरेको हानथापले युरो कांग्रेस एकजूट हुने देखिन्न ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing