केसीको पक्राउ अदालतलाईनै गलपासो

डा गोबिन्द केसीको पक्राउ सरकारकै लागि गलपासो साबित भएको छ । उनको पक्षमा सारा जगत उत्रिएको छ । हिजो केसीलाई अनशनस्थलबटै पक्राउ गरिएपछी दैनिक मेडिया र सामाजिक सञ्जाल केसीमय बनेको छ । बिहानैदेखि माईतिघर मण्डलामा हजारौं समर्थकको भिड लागेको छ । त्यो भिडले तत्कालै केसीलाई रिहाई गर्नुपर्ने माग गरेको छ । यो घटनाबाट सरकारको तिब्र आलोचना मात्रै भएको छैन, अब डा केसीले प्रधान न्यायधिशमाथिनै लगाएका झण्डै एक दर्जन आरोपले न्यायालयसमेत थप बिबादमा तानिएको छ । यो घटनाले न सरकारलाई सजिलै उम्कन सजिलो छ न त अब प्रधान न्यायाधिशनै सजिलै उम्कन सक्ने छन् ।

सर्बोच्च आदालतको आदेशबाट बिहानै केसीलाई पक्राउ गरेपछी त्यो खबर भुसको आगोझैं विश्वभरि फैलियो । उनका पक्षमा विश्वभरिका नेपालीले आवाज उठाईरहेका छन् । उनका समर्थकले उनको पक्राउको बिरोध गर्दै तत्कालै माईतिघर मण्डलामा बिरोध प्रदर्शनको कार्यक्रम घोषणा गरे । बिरोध प्रदर्शनमा आज बिहानै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि पूर्व स्वास्थ्य मन्त्री गगन थापासम्म पुगेका छन् । त्यहाँ केसीका समर्थक हजारौंको भिड लागेको छ । भिडका बिचबाट गगन थापाले डा केसीको रिहाईका पक्षमा रहेको र उनको पक्राउ अन्यायपूर्ण भएको भन्दै प्रदर्शनकारिहरुलाइ आफ्नो साथ र समर्थन रहेको बताए । प्रदर्शनकारीहरुले आफूहरु डा केसीको पक्षमा रहेको प्लेकार्ड बोकेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा सर्बोच्च आदालतले शशि शर्मालाई पुनर्वहाली गर्ने आदेश दिएको थियो । उक्त निर्णय बदनियपूर्ण रहेको बताउँदै त्यसलाई खारेज गर्नुपर्ने माग राखेका थिए । उनले पछि त्यस्तो गलत आदेश दिने सर्बोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबारदेखि अनसन थालेका थिए । केसीले सर्बोच्च आदालतको मानहानी गरेको भन्दै सर्बोच्चले उनलाई पक्राउ आदेश दिएको हो ।

यसैपनि डा केसीले सार्वजनिक प्रधान न्यायाधिश बिरुद्द लगाएका आरोपहरु सार्वजनिक भैसकेका छन् । उनले सर्बोच्च अदालतका प्रधान न्यायधिश गोपाल पराजुलीमाथि लगाएका आरोपहरु सामान्य प्रक्रितिकापनि छैनन् । सर्बोच्च अदालतका प्रधानन्यायधिशमाथि जन्ममितिनै किर्ते गर्ने सम्मको आरोप क्षम्य हुन सक्दैन  । सर्बोच्च अदालतको प्रमुख ब्यक्तिमाथि सार्वजनिक तवरबाटै लगाईएका असक्षमता र मानहानीका आरोपहरु केवल ब्यक्तिका निजि हुँदैनन् । ति आम नागरिकका हुन्छन् । किनकि सर्बोच्च न्यायालय आम नागरिकले न्याय पाउने सर्बोच्च निकाय हो । न्यायका पक्षमा आमनागरिकको विश्वाश, भरोसा र न्यायसित जोडिएको संवैधानिक थलो हो । त्यसैले ति आरोपहरु केवल डा केसीका निजि नभएर अब आम नागरिकको बनेका छन् । ति आरोपहरुमाथि छलफल, बहस र छानबिन हुनुपर्छ ।

डा केसीले अदालतमा आफ्नो बयानकै क्रममा न्यायमूर्तीहरुकाबिच प्रधान न्यायधिशमाथिलगाएका  आरोप अब किनपनि निजि हुन सक्दैनन् भने ति आरोपहरु सर्बोच्च आदालतमा दर्ता भएर त्यो अब आम जनताको सम्पत्ती, चासो र सरोकारको विषय बनिसकेको छ । यसका बारेमा छानबिन नगरि पन्छिने अधिकार अब सर्बोच्च अदालतलाईपनि हुन सक्दैन । किनभने त्योपनि संवैधानिक निकायनै हो । त्यसैले डा केसीले सबोच्च आदालतका प्रधान न्यायधिश गोपाल पराजुलीमाथि लगाएका आरोपको छानबिन हुनुपर्छ ।

तिन करोड जनतालाई अन्तिम न्याय दिन सर्बोच्च न्यायालयको हर्ताकर्ता भएर बसेका गोपाल पराजुलीले जसरि न्यायको बदनितपूर्ण तरिकाले दुरुपयोग गरेका छन् अब कारवाही उनीमाथि हुनुपर्छ । न्यायालयको सर्बोच्च निकायमा बसेर दुराशयपूर्ण निर्णय गर्ने अधिकार प्रधान न्यायधिशलाईपनि छैन । यसकोपनि छानबिन र फैसला हुनुपर्ने माग आम नागरिकबाट उठिसकेको छ । जनताको न्यायसित गाँसिएको सार्वजनिक चासोको विषयबाट अब सर्वोच्च अदालतका न्यायधिशपनि पन्छिन मिल्दैन ।

  • Shiva Ram, Bharat maa, Nepal farkidai

    नेपाल समचार :- १०४ वर्षीय ओम प्रसाद निउरेले ( २ बर्ष अगाडी १०२ बर्षको हुदां गुमाएकोआंखाको ज्योति ) आँखाको ज्योति फिर्ता पाएका छन् । (१) मलाई धेरै ख़ुशी लागेयो , नेपालको समचार पढेर, नेपालमा पनि राम्रो भएछ भनेर , धेरै ख़ुशी लागेयो (२) यो नेपाली आदमी रहिछ भनेर , भारतमा , हाम्रो आमाको आंखाको ज्योति राख्दा पैसा लियो धोतिले। कसैले फ्री मा दान गरेको आंखाको। आमा १०५ बर्षको हुनुहुन्थेयो ( ३) नेपालमा म यो चाहान्छु :- सद्दे आंखा , राम्रो देखने आंखा भको हरुले , सबैले आंखा दान गर्नुस। तपाईंको सेखा पछि , अरु कुनै नेपालीले यो संसार देखनेछ। यो महान काम हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing