प्रधान न्यायधिशलाई झुकाएरै छोडे डा केसीले

अन्तत : डा गोबिन्द केसीले सर्बोच्च आदालतका प्रधान न्यायधिश गोपाल पराजुलीलाई झुकाएरै छोडेका छन् । सर्बोच्च अदालत र न्यायमूर्तीको अवहेलना मुद्दामा डा केसीलाई सोमबार अनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । तर आज भएको बहसबाट न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा केसीलाई तारेखमा रिहा गर्न आएश दियो । केसीले नैतिक रुपमा जिते । सर्बोच्च अदालतकै प्रधान न्यायधिशले हारे । प्रधान न्यायधिशको मनपरि र स्वेच्छाचारितामाथि आम नागरिकले प्रश्न उठाउँदै केसीका लाखौं समर्थकहरु उनको पक्षमा उभिएका थिए । 

डा केसीले देशको सर्बोच्च न्यायालयमा आशिन हुँदैमा उसका बिरुद्द कुनैपनि नागरिकले चुँक्क सम्म बोल्न पाउँदैन, प्रधान न्यायधिशले देशको कानुन बदनियपूर्ण तरिकाले दुरुपयोग गर्छ भने ऊमाथिपनि छानबिन र कारवाही हुनुपर्छ । त्यस्तो हर्कतका बिरुद्द जनताले आवाज उठाउन पाउनु न्यायिक हो भन्ने नजिरपनि बसाईदिएका छन् । यसबाट सर्बोच्च अदालतको गरिमा घटेको छैन बरु अझ उच्च भएको छ । सर्बोच्च न्यायालय र न्यायाधिशहरु प्रति जनताको विश्वाश बढाएको छ ।

यो घटनाले सर्बोच्च अदालतपनि संविधान, संवैधानिक अधिकारभन्दामाथि छैन । न्यायधिश र प्रमुख न्यायधिशपनि त्यो भन्दा माथि हुन सक्दैन भन्ने स्पष्ठ पारेको छ । देशको कानुन हातमा लिनेहरुमाथि आम नागरिकले बहस, छलफल र आलोचना गर्न पाउनु अधिकार हो भन्ने नजिर बनाइदिएको छ । अब प्रधान न्यायधिश गोपाल पराजुलीमाथि लगाइएका आरोपका बारेमै छानबिन हुने छ । आम नागरिकले देशको सर्बोच्च निकाय र त्यसको प्रमुख चाबी लिएर बस्नेका आचरण, क्रियाकलाप र आलोपहरुका बारेमा बहस गर्न पाउने छन् । औंलो उठाउन पाउने छन् र प्रधान न्यायधिशपनि अब त्यसबाट उम्किन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing