बिरोधको सामाना गर्न डराएर अमेरिकी राष्ट्रपती ट्रम्सको बेलायत भ्रमण रद्द

बेलायतमा आफू बिरुद्द चर्को बिरोध गर्ने कार्यक्रमको सुइँको पाएपछी अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प्सले आफ्नो भ्रमण शुक्रबार रद्द गरेका छन् । आफ्नो देशको नयाँ राजदूतावास उद्घाटन गर्ने कार्यक्रममा सहभागि हुन उनको बेलायत भ्रमणको कार्यक्रम तोकिएको थियो । यहि जनवरी १६ बाट अमेरिकाको नयाँ दूतावास खुल्ला गरिँदै छ । त्यहि दुतावासको रिबन काटेर ट्रम्प्सले उद्घाटन गर्ने कार्यक्रम घोषणा गरिएको थियो । तर उनको राम्रोसित स्वागत नगरिने र उनी बिरुद्द बिरोधको ठूलो कार्यक्रम भित्रभित्रै तय गरिएको सुइँको पाएपछी उनले शुक्रबार भ्रमण रद्द गरेका हुन् ।

पहिलेको अमेरिकी दूतावास अनुपयुक्त भएको भन्दै पूर्व अमेरिकी राजदूत ओबामाको कार्यकालमा बिक्रि गरिएको थियो । सन् २००८ को अक्टोबरमा नयाँ दूतावास बनाउने निर्णय गरिएपछी त्यो बिक्रि गरिएको थियो । एक खरब २० अरब डलरमा बनेको भवन बेलायतको अपायक ठाउँमा बनाएको भन्दै ट्रम्सले त्यसप्रति असन्तुस्टि ब्यक्त गरे ।

बेल्जियमको आर टि बि एफ बि ई भन्ने पत्रिकाका अनुसार ट्रम्सलाई उनका निकटका ब्यक्तिले ‘तपाईको यहाँ लोकप्रियताछैन । र हामीले आशा गरे अनुसार तपाईको भब्य स्वागत गरिने कार्यक्रमपनि छैन ।  तपाई बिरुद्द ठूलो बिरोध कार्यक्रम गरिँदै छ’ भन्ने सूचना दिएपछी उनले ‘रिबन काट्ने ब्यक्तिका रुपमा म त्यस्तो अपायक पर्ने ठाउँमा खोलिएको दूतावासकालागि जान्न’ भन्दै रद्द गरेको जनाएको छ । आफ्नो अलोकप्रियताको दोश उनले ओबामातिर सारेर पन्छिन खोजेको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing