यस्तो पो रैछ शेर्पाहरुले सजिलै हिमाल चढ्नुको कारण !

नयाँ अनुसन्धानले शेर्पाहरुको रगत, वैयक्तिक कोष र मांसपेशीको बनावट कसरि हिमाली जिवनकालागि मिलेको छ । के कारणले शेर्पाहरु उच्च हिमाली भेगमा जानसक्ने विश्वप्रसिद्द आरोहणकर्ता बन्न सफल भएका हुन् भन्ने पत्ता लागेको छ ।

तिब्बतीहरुले डेनिसोभन्स भन्ने लोप भैसकेको मानव उपजातिको पूर्खाबाट जिन लिएका हुन् । त्यो जिवको एउटा मात्रै हड्डी भएको औंला थियो । यो जिव साईबेरियाको गुफामा पाइन्छ । डेनिसोभन भनिने त्यो जिव स्तनधारी दुई जनावर हो र त्यो मानिसको पूर्खा हो । तिब्बती क्षेत्रमा बस्नेहरुले त्यहि पूर्खाको जिन लिएका हुन् ।

अमेरिकाको टेक्सस विश्व बिध्यालयका हाओ हु र चड हुफले गरेको अनुसन्धानबाट यो पत्ता लागेको दाबी गरिएको छ । तिब्बतीहरुले पाँच भिन्न खालका जिन प्रयोग गर्छन् जसले सामूहिक रुपमा न्युन अक्सिजनको मात्रामा सहज तरिकाले श्वासप्रश्वास गर्न सजिलो बनाउँछ । त्यस्तै, ज्यादा ठण्डी, परावैजनी किरण र खानाको सिमिततालाइ अंगिकार गर्न भूमिका खेल्छ ।

प्लस जेनेटिक्स पत्रिकामा प्रकाशित यो रिपोर्ट तयार पार्न २७ जना तिब्बतीहरुको जिन समावेश भएको क्रोमोजोमको अनुक्रम वा सिलसिला मिलाएर अनुसन्धान गरिएको थियो ।

आशा गरिए जस्तै तिनमा दुई खाले जिन फेला परेका थिए । ति एपास (EPAS1) १ र एग्लन् १ (EGLN1) भन्ने थिए । यि जिनले उच्च भागमा सहज तरिकाले जिउन अनुकुलित गराउँछन् । यो एपास एक चाहिँ अर्को भन्दा अनुपम देखियो । किनभने यो जिन त्यहि डेनिसोभन भनिने स्तनधारी दुई खुट्टे जनावरको पूर्खासित मिल्ने देखियो ।

बाँकी चार वटा जिनहरुको चाहिँ डेनिसोभनसित कुनैपनि निकटता भएको प्रमाण फेला पारेनन् । पिटिजि आइ एस (PTGIS) र केसीटिडी १२ (KCTD12) नामका दुई जिनले भने न्युन अक्सिजनमा अनुकूलित हुन सहयोग पुर्‍याउँछन् ।

भिटामिन डिलाई ग्रहण गर्ने भिडिआर (VDR) जुन खाध्य पदार्थबाट शरिरको कोशिकामा हुने परिवर्तन (मेटाबोलिज्म) सित संवन्धित हुन्छ त्योपनि भिन्न देखियो । यसले उच्च भागमा बस्दा देखा पर्ने अनेक शारिरिक कमजोरीसित जुध्न सहयोग गर्छ ।

अनुसन्धानदाता हु र हफका अनुसार तिब्बती र चिनियाँ हान नागरिक करिब ४४ हजारदेखि ५५ हजार वर्ष पहिलेदेखि छुट्टिएका हुन् । तर तिनको जिन भने नौ हजार वर्ष अघिसम्म समान थियो ।

अनुसन्धानका अनुसार शेर्पाहरुको रगतमा रक्त कोषहरु कम हुन्छन् । नाईटिक अक्साईड भन्ने एक खालको अम्ल रस धेरै पाइयो । यो रसले रक्त धमनी (रक्त बाहिनी) लाई खोलेर रक्त प्रवाह गराउँछ ।

त्यति मात्रै होइन, शेर्पाहरुको मांशपेशीलेपनि उनीहरुलाई उच्च हिमालमा दक्षपूर्वक जान अनुकुल बनाइदिन्छ । उनीहरुको खाध्य पदार्थबाट शरिरको कोशिकामा परिवर्तन हुन्छ र तिनलाई हिमालमा सहज बनाइदिन्छ ।

क्याम्ब्रिज विश्व विध्यालयका अनुसन्धानदाताहरुलेपनि तल्लो सतहमा बस्ने मानिस र माथिल्लो उचाईमा बस्ने शेर्पाहरुमा तुलनात्मक अनुसन्धान गरेका थिए । हावाको दबाब कम हुनाले अधिकांश मानिसमा तिन हजार मिट उचाईमा पुगेपछि अक्सिजनको मात्रा अपुग हुन थाल्छ ।

तल्लो भागमा बस्ने मानिस र उच्च भागमा बस्ने शेर्पाको शारिरिक बनावटको तुलनात्मक अध्ययन गर्दा शेर्पाहरुको मांशपेशीको हड्डीमा एक्दमै कम मात्रामा अक्सिकरण अम्ल (अक्सिजनसित संवन्धित) फेला पर्‍यो । तिनको मांशपेशीले उच्च भागमा बढि दक्ष तरिकाले काम गर्ने र अक्सिजनपनि राम्रोसित प्रयोग गर्नसक्ने पत्ता लाग्यो । शेर्पाहरुमा अक्सिजन कम हुँदा पैदा हुने तनावपनि कम र मांशपेशीले बढि तदारुकताकासाथ काम गर्ने देखियो ।

त्यसैले उनीहरुले आफ्नो शरिरलाई थप क्रियाशिल बनाउन बढि शक्ति उत्पादन गर्न सक्छन् । शरिरलाई शक्तिदिने प्रमुख रसायन (adenosine triphosphate) मापनि तिनको शरिरले अक्सिजन र पोषणलाई तगडासित बदल्न सक्ने रहेछन् ।

आडेनोसिन र ट्रिफोस्फेटको कमी वा अनुपस्थितिमा काम गर्ने फोस्फोक्रेटाईन भन्ने तत्वपनि शेर्पाहरुमा बढि हुन्छ । तल्लो भागमा बस्नेहरुको शरिरमा दुई महिनापछी यो तत्व हराउँछ । तर उचाईमा पुग्दा शेर्पाहरुको शरिरमा भने ब्रिद्दि हुन्छ । शेर्पाहरुमा यस्तो क्षमता र तत्वको विकास गर्भाशयमा रहँदा देखिनै हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing