सरकार नबन्दै कुर्सीकालागि हानथाप

बल्ल तल्ल माधव कुमार नेपाल प्रधानमन्त्री भए । सरकार बन्ने कहिले हो पत्तै छैन । सरकारमा जाने को को हुन्, कसले निश्चित गर्ने भने भन्ने टुंगोपनि छैन । तर सरकारमा सहभागि हुने भनेका दलहरुमा मन्त्री को बन्ने भन्ने विषयमै मारमुंग्रि चलिसक्यो । नेपाली कांग्रेसले अस्ति नै सरकार सञ्चालनका लागि प्रारम्भिक रुपमा तिन जना ब्यक्तिको नाम सिफारिस गर्नुपर्ने थियो । तर अहिलेसम्मपनि त्यसको ठेगान लगाउन सकेन ।

 

सरकारमा जाने विषयमा गिरिजा पक्ष, देउवा पक्ष र नरहरी पक्ष अर्थात लोकतान्त्रिक पक्ष भनेर चिनिनेहरुको हानथाप परेको छ । जनताको मतबाट पराजित भएका माधव नेपाल प्रधानमन्त्री भएपछि कांग्रेस सभापती गिरिजा कोइरालालाई बाटो खुलेछ आफ्नी हरुवा छोरीलाईपनि कुर्सीमा चढाउने । उनले बिद्दा भण्डारीलाई रक्षा मन्त्री बनाएर एमालेले उदाहरणिय काम गरेकाले नेपाली कांग्रेसलेपनि सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएर महिलाका पक्षमा उदाहरणिय कम गर्नुपर्ने बताउनासाथ कांग्रेसमा मारमुंग्रि शुरु भएको छ ।

 

नरहरी आचार्य, गगन थापा, शुप्रभा घिमिरे र पूर्णबहादुर खड्का लगायतकाले सरकारमा को जानेभन्ने निर्णय पार्टीको केन्द्रिय समितिले गर्नुपर्ने बताएर बिरोध गरेका छन् । उता गिरिजाकै विश्वासपात्र रामचन्द्र पौडेलले सरकारमा को जाने अहिले ठेगान भैनसकेको बताएका छन् । देउवा पक्ष भने सुजाताको नाम सुन्नासाथ राँक्किएको छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमापनि हानथाप परेको बताइन्छ ।

 

कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा अस्ति मंगलबार दिनभरि जसो सत्ता साझेदार दलहरुबिच छलफल भएको थियो । तर जति प्रयास गर्दापनि त्यहाँ कुनै सहमती हुन सकेन । एमालेलाई सरकारको नेत्रित्व गर्न दिएको कांग्रेसले बाँकि महत्वपूर्ण मन्त्रालय आफुले पाउनुपर्ने दाबी गरिरहेको छ ।

 

उता मधेसी जन अधिकार फोरम संसदिय दलका नेता विजय कुमार गच्छदार र पार्टी अध्यक्षबिचपनि नयाँ टकराब देखिएको छ । एमाले नेत्रित्वको सरकारलाई समर्थन नगरे पार्टी फुट्ने अवस्थामा पुगेको फोरमभित्र सरकारमा सहभागि हुने बारे झन् मतभेद देखिएका छन् । प्रधानमन्त्री माधव नेपाल हुँदा हुँदै विजय कुमार गच्छदारले गिरिजा कोइराला कहाँ पुगेर पदको मोलमोलाई गर्न थालेका छन् । पार्टीमा आफैंले जोखिम लिएर एमाले नेत्रित्वको सरकारमा सहभागि हुने निर्णय गरेकोले आफुलाई गतिलो मन्त्रालय दिनुपर्ने तर्क कोइराला समक्ष गरेका रहेछन् । सरकारमा को र कति जना सहभागि हुन पाउँछन् भन्ने निर्णयले फोरमभित्र झन बिबाद हुने निश्चित जस्तै देखिन्छ ।

 

फोरमले भने केहि महत्वपूर्ण मन्त्रालय सहित कम्तिमा ६ वटा आफुले पाउनुपर्ने माग गरिरहेको बताइन्छ । सद्भवना आनन्दीदेवी, नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो लगायतकाले पनि कम्तिमा दुई दुई वटा मन्त्रालय पाउनुपर्ने लगायतका माग तेर्स्याएर अहिलेनै सरकार गठनमै झमेला थपेका छन् । त्यसबाहेक अझ नेकपा (माले) लगायतका भुरे टाकुरे दलहरुलेपनि कम्तिमा ए उटा मन्त्रालय त पक्कै माग्छन् । त्यसबाहेक अझ कति माग तेर्स्याउने हुन् ।

 

उता एमालेमा सेनापती कटुवाललाई बर्खास्त गर्ने र राष्ट्रपतीले पुनर्स्थापित गर्ने निर्णय देखिनै विवाद भित्रभित्रै सल्किएको छ । बिदेशी दबाबका कारण माधव नेपाल पक्ष र केपी ओली गूट अहिले बलियो देखिएकोले सरकार गठनमा थप बिबाद उत्पन्न हुने छ । अहिलेनै सरकारमा कुन पक्षका कति जना जाने भनेर एमालेमा ओली र खनाल पक्षको एकमत छैन ।

  • राज कुमार,chennai,india

    विबाद गर्नु पर्ने आबश्यकतानै छैन।भारतबाट सूदहरुलाई बोलाउने,मुखर्जी र ओबामालाई फोन लगाए उतैबाट अर्डर आईहाल्छ नि त कसलाई कति दिने भनेर।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    .राम प्रसाद घिमिरे क्यालिफोनिया USA Reply:

    पैले पैले राणातन्त्र​,।
    ७ सालमा प्रजातन्त्र ।,
    १७ सालमा महेन्द्र तन्त्रको पञ्चायति मन्त्र ।
    ,४६ सालमा बहुदल नामको बहुलाहा दल​,।
    ५२ साल देखि सुरु भ​एको जङ्गल तन्त्र,।
    ऐले आएर गण तन्त्र नामको गन तन्त्र ।
    धिक्कार यीनिहरुलाई कैले होला ?
    राष्ट्रियपन तन्त्र ।
    यो सबै विदेशिको मन्त्र ,
    नेपालका आततायी नेता यन्त्र ।
    हो यै हो मन्परि तन्त्र​: ।
    दाल​, भात ,तरकारी,खानु ।
    देशै बेचेर न खानु ।
    कुनै सन्धि गर्न जानु ,
    सबै मिलेर बस्नु ,
    हैन भने एउटा
    धोति र कमण्डलु लिएर
    खरानि घस्नु
    काँशि ग​एर बस्नु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • RAJ KUMAR JI tapaile akdamai thik kura garnu bhayo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung Ban

    Surumai yesto bibad dekhe pachhi pachhi yo desh ko janta ko ke hal huni ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • मलाई त अचम्मा के लाग्छा भने मंत्री banna के को hanathap ? के मंत्री bhaneko ठुलो मान्छे वा ijjat हो ? सॉरी, मलाई त testo lagdaina…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • aaite

    sabai le aa-aphno oukaat dekhaune ho.

    dekhaaudai chhan oukaat dekhao dekhao timiharu ko nanga pan janataale aajhai 1-2 barsa ho herne.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai yang pitang chhu Dharan haal-Oxford

    yasto hunu ta swabhabik nai ho ni.sabailai thaaha bhaekai kuro ho ni yee kukurharu desh ra jantako laagi hoina pad ra kursiko laagi rajniti gareko ho bhanera.Indiako isaarama deshdrohiharuko sadayantrama Maowaadiko sarkar dhalyo bhane pad ra kursiko laagi aafai aafuma haanathap maaramaar garera yo haruwa Makuneko sarkar pani aafai dhalne6.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • k bhannu hai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • .राम प्रसाद घिमिरे क्यालिफोनिया USA

    जथावाभि घरको लथालिङ्ग चाला , जो जस्ले सक्ला त्यो खाला त हो नि !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung Ban

    Yo lekh Bata bipakchhi Comment diyena kina hola ? Kina ki bolni thau nai chhaina
    Hainara

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh

    kangres ra uml ka chor haru mantri bhayar paisa kumlauna ko lagi hanthap gareka hun yasta chor haru le k ko desh banaulan.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • .राम प्रसाद घिमिरे क्यालिफोनिया USA

    माधव नेपाल ‘निमित्त’ मात्रै ?

    उता, प्रधानमन्त्री चयन गर्ने बेलामा माधव नेपालका प्रस्तावक बनेका गिरिजाप्रसाद कोइरालाले अर्काे विवादास्पद अभिव्यक्ति दिँदै उनी ‘निमित्त’ मात्रै भएको बताएका छन् । आखिर साँच्चैको प्रधानमन्त्री चाँहि को त ? गिरिजा आफै या कुनै अमूक विदेशी स्रोत ? यो प्रश्नले पनि ठाउँ पाएको छ ।

    भारतीय पत्रिकाले केही दिन पहिले भारतीय मूलको मान्छे प्रधानमन्त्री बन्न लागेको समाचार छाप्नु अनि प्रधानमन्त्री बन्नासाथ भारतीय राजदूत राकेस सूदले भेटेर धाप मार्नु जस्ता घटनाक्रमले माधव नेपाललाई झनै रहस्यमय बनाइदिएको छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sabals shrestha

    sala choor natha ho satha ho aiba bhoto kashili pani nadnu hola baru tho din ghara ma bashara halo jhtnu hola your waif is very very happy that day

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree