राष्ट्रनै बिदेशीलाई सुम्पेपछि शरिर सुम्पनु के औचित्य ?

-बलराम गिरी

 

यस पंत्तिकारको छिमेकी जिल्ला लम्जुङ्गको एउटा गाउँमा एक बृद्घा थिए उनको वास्तबिक नाम प्रायः लाई थाहा नै थिएन तर सबैले उनलाई साइलीटारे बूढा भनेर चिन्थे उनी प्रायः तुरतुरे (तनहूँ) को भारी चेपेघाट-कदलीकुलो (गोरखा) हुँदै लम्जुङ्गका सातबिसे, साइलीटार तथा अल्काटारसम्म पुर्‍याउने गर्थे। आफूभन्दा ठूलो भारीले थिचिएर बूढा ओहोर दोहोर गरिरहन्थे केही दिन बूढा गायब भए हामीलाई खुल्दुली लाग्न थाल्यो कहाँ गए होलान् बूढा भनेर केही दिन पछि बूढा फेरि हातमा नाम्लो झुण्डाउँदै फाटेको टोपीले पसिना पुछ्दै देखा परे केही दिन गायब हुनुको कारण थाहा लाग्यो उनलाई परिवारका सदस्यहरुले अब भारी हामी बोक्छौं, तपाईं घरमा नै बसेर हामीलाई सहयोग गर्नु भनेकाले काम छोडेका रहेछन् तर सानै देखि लागेको बानीले बूढाको मन धैर्य भएनछ बूढालाई केही दिन भारी नबोक्दा छटपटी भएछ नाम्लो बोकेर झरेछन् तिनै साइलीटारे बूढाको सिको राजनीतिका चतुर खेलाडी कान्छा कोइरालाले पनि पटक-पटक हरप्रयास गर्दै आए भलै यसपालि कोइरालाले भारी बोक्न संविधानसभाको चुनावमा दुई दुई क्षेत्रबाट पराजित माधब कुमार नेपाललाई खेतालो लगाएका छन्

 

हरेक बस्तुको जन्म पछि मृत्यु अर्थात् अन्त्य विज्ञानको बिशेषता नै हो त्यस्तै अन्त्य माकुने नेत्रित्वको कठपुतली सरकारको पनि हुने गिरिजा स्वयंले स्वीकारेको निकट भविष्य हो यदि अहिलेको सरकारको आयु पूर्ण भन्ने बिश्वास गिरिजालाई भएको भए प्रचण्ड सरकारलाई हटाउन देशी बिदेशी प्रतिक्रियावादीको इशरामा दरवारका पृष्ठपोषक प्रधानसेनपति कटुवाललाई काँधमा बोक्ने थिएनन् । आफ्नै दलबाट राष्ट्रपति बनेका सालिन भद्र देखिने डा.रामवरण यादवलाईसमेत पदीय संविधानले दिएको अधिकारभन्दा बाहिरको निर्णय गराउन लगाएर संवैधानिक राष्ट्रपतीय पद्धतिको खिल्ली उडाउने थिएनन् । स्वयं डा.यादवको ब्यत्तित्वलाई नै धरापमा पार्न सफल कोइरालाले माधब नेपाललाई  प्रधानमन्त्रीको लागि किमार्थ उक्साउने थिएनन्

 

 २०६४ को संविधानसभामा आफ्नो पार्टीको र्सबनाक हार भएर सरकारमा बसिरहने नैतिकता गुमाइसक्दा पनि आफ्नै पार्टीको आफैले नेतृत्व गरेको अन्तरिम सरकारबाट सहज नहटी नया सरकार गठनमा अवरोधका अनेकौं तिकडमकासाथ राष्ट्रपतिको श्रीपेचमा अधिक चेष्टा गर्दै कहिले बेबी किङ्ग कहिले सेरिमोनियल राष्ट्रपतिको वकालत गर्दै कुर्सीमा टाँसिदै फेरि कुर्सीनै समात्न तम्सिएको यथार्त इतिहास मात्र एक बर्ष पुरानो हो त्यति बेला कोइरालालाई प्रायः सबै दल, नेता नागरिक समाजका अगुवाहरुले एक सम्मानित अभिभावक भएर बस्न बिनम्र अनुरोधकासाथ तपाईंले आफ्नो कर्तव्य पूरा गरिसक्नु भएको , अब राष्ट्रको भारी हामी बोक्छौं भनेकै हुन् प्रधानमन्त्री हुने जनमत नभए पछि पनि राष्ट्रपति हुने सपना भने पल-पल देखेकै थिए तर जब राजनीतिक यात्राले सहमतीयबाट गणितीय लेखाजोखामा कोल्टे फेर्यो तबमात्र उनका खुट्टा लुला भए राष्ट्रपतिको चुनावमा एमालेले रातारात सुहागरातको ओछ्यान फेर्ने भेउ पाएका भए कोइरालाले रामवरण यादवलाई उठाउने नै थिएनन् एमालेले अर्कै बेहुलासँग मनाएको सुहागरातबाट नै डा.रामवरण यादव गणतन्त्र नेपालका पहिलो राष्ट्रपति बने

 

दश वर्षे माओवादी जनयुद्ध, माओवादी सात संसदिय पार्टीबिच भएका बाह्र बुँदे तथा तेइस बुँदे समझदारी एवं उन्नाइस दिने जनआन्दोलन हुँदै अन्तरिम सरकारको प्रत्यक्ष संलग्नतामा सम्पन्न भएको संविधानसभा चुनावको सफलता पछि दुई सय चालिस वर्षे राजतन्त्रलाई बिदा गरी गणतन्त्र नेपालको घोषणा गरिएको पनि ज्येष्ठ १५ गते एक बर्ष पुग्दैछ २०६७ साल ज्येष्ठ १५ गते भित्र गणतन्त्र नेपालको संविधान निर्माण गरी सक्ने मुख्य कर्तव्यकासाथ गठन गरिएको  संविधानसभाको सबैभन्दा ठूलो दल ने..पा.माआवादी तथा प्रचण्डले नेतृत्व गरेको सरकारको बहिर्गमन पछि संविधानसभाको तेस्रो ठूलो दल ने..पा एमाले अर्थात् जनताले हराएका माधब कुमार नेपालले गरेका छन् कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैं हाम्रो देश नेपालमा भइरहेको

 

निबर्तमान प्रचण्ड सरकारलाई गण्तन्त्र नेपालको पहिलो जननिर्बाचित सरकार भने पनि सरकारमा दलहरुबाट सहभागी भएका अनुहारहरुमा जनताबाटै हराइएका पात्र पनि थिए त्यसो अहिले संविधानसभाको सदनबाट निर्बिरोध निर्बाचित भनेर डंका पिटिएका माधब कुमार नेपाल नै काठमाडौं- बाट माओवादीका झक्कुप्रसाद सुबेदी तथा रौतहट- बाट पनि माओवादीकै देबेन्द्रप्रसाद पटेलसँगको चुनावी मैदानमा जनताले हराएका पराजित ब्यक्ति हुन् जनताले हराएका ब्यक्तिको नेतृत्वमा बनेको सरकारले कुनै पनि चुनावी प्रक्रियाबाट बन्ने जनप्रतिनिधि सरकारको परिभाषा मान्यतालाई पुष्टि गर्न सक्छ ? गठनकै प्रत्रियामा रहेको माकुने सरकारमा नेपालको इतिहासमा नै प्रथम महिला रक्षामन्त्रीको पगरी गुथाइएकी नेतृ बिद्यादेवी भण्डारी पनि काठमाडौं- बाट नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित पात्र हुन् स्मरण रहोस् बिद्यालाई पराजित गर्ने सुप्रभालाई राज्यमन्त्री समेत बनाइने छैन इश्वर पोख्रेललाई पराजित गर्ने नरहरि आचार्यलाई नै मन्त्री बनाइने यदि गणतन्त्र नेपाल तथा नया नेपालको नया-नया सरकार गठन गर्ने नया खेलमा जनप्रतिनिधि सरकारको कलेबरभित्र सबै हरुवाहरुकै जमघट गराउने प्रथा नै बसाल्ने हो भने यो नव गठित कठपुतली सरकारमा समावेश दलहरुमा त्यस्तो योग्यता पुगेका आदरणीय नेतागणको जमात ठूलै

 

ने..पा.एमालेमा झापा- बाट माआवादीका बिश्वदीप लिङदेल लिम्बुसँग पराजित के.पी.ओली, नेपाली कांग्रेसका नरहरि आचार्यसँग काठमाडौं- बाट पराजित इश्वर पोख्रेल, बर्दिया- बाट माओवादीकी सरला रेग्मीसँग पराजित बामदेव गौतमलगाएत कयौं छन् त्यस्तै नेपाली कांग्रेसमा पनि गोबिन्दराज जोशी, कृष्ण प्रसाद सिटौला, दलित कोटाबाट पनि मान बहादुर बिश्वकर्मालगाएतका पात्रहरु अन्य दलहरुमा पनि प्रशस्तै छन्

 

हुन एमालेले जनताबाट पराजित पात्रलाई नै बरिष्ठ नेता, मन्त्री तथा अन्य पदमा बढुवा गर्ने विधान नै बनाइसकेको नगर्नु नाटक मञ्चन गर्नु नै पर्ने भए पछि लोकले देख्दैमा हाँस्नु पर्ने पात्रहरुलाई स्टेजमा उतार्न सकियो भने मुक दर्शक बनाइएका जनताहरु पेट मिची-मिची हाँस्ने थिए सम्भव भएसम्म गणतन्त्र दिवसको सम्बोधनमा नै हरुवाहरुका प्रतिनिधि पात्र माधब नेपालले नै त्यस्ता पात्रहरुको नाममा सूचना प्रकाशित गरी छनौट गर्ने प्रतिबद्धता जनाए कसो होला ? ठूलो खर्च संघर्ष गरेर जनताले जिताएर पठाएका कयौं सक्षम नेता दललाई नै किनारामा राखेर हरुवाहरुको मात्र समूह खडा गर्न सफल देशी बिदेशी प्रतिक्रियावादीहरुलाई आफ्नो निर्देशनमा चलेको नेपाली सरकारी नाटक हजाम होला खुबै रमाइलो मानी-मानी हाँस्लन् तर करोड ६५ लाख नेपाली जनतालाई नाटक किमार्थ चाहिएको छैन नेपाली जनताले यस्तै नाटक हेर्नकोलागि दश बर्षो जनयुद्ध लडेका होइनन् । न उन्नाइस दिने जनआन्दोलन नै गरेका हुन् यही नाटक हेर्न भनेर ऐतिहासिक संविधानसभाको चुनावमा उत्साहपूर्वक सहभागिता जनाएका हुन् जनताको अथाह संघर्ष र बलिदानीपूर्ण आन्दोलनको भर्‍याङ चढेर सत्तासिन हुने क्रममा लामबद्ध राजनीतिक दल तिनका नेताबाट नेपाली जनताले चाहेको सुसाशन, स्थायी शान्ति बिकास एवं मुख्य कुरो तोकिएको समयमा नै जनमुखी संविधानको लेखन नै हो तमाम् गर्नु पर्ने जनता राष्ट्रकै प्रमुख कार्यहरुलाई पाखा लगाई सत्ताको फाहोरी खेलमा रम्ने अधिकार जनताले कसैलाई दिएका छैनन् जनताका भावना आकांक्षलाई लात हान्ने दल नेताहरुको कित्ता इतिहासले अबश्य छुट्याउने

 

जनताको बिरोध असहमति ब्यक्ति बिशेष भन्दा जनताबाटै पराजित ब्यक्तिहरुलाई नै सरकारमा नियुक्ति गर्ने प्रथा बिरुद्ध हो प्रचण्ड सरकारले नै संविधानसभाको महत्वलाई आत्मसात गरी तोकिएको समयमा नै जनसंविधान बनाउँछ भन्ने बिश्वास भरोसा जनतामा थियो तर बिडम्बना ! प्रचण्ड सरकार नै स्थायी हुन सकेन मर्यादाक्रम जनप्रतिनिधि सरकार गठन प्रक्रियाको मान्यता अनुसार तात्कालिन प्रमुख प्रतिपक्ष दल अर्थात् संविधानसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसले यो सरकारको नेतृत्व गर्नु पर्ने थियो तर क्रमभंग गरी प्रचण्ड सरकारमा नै रहेर प्रतिपक्षको भूमिका खेलेको तेश्रो ठूलो दल एमाले अर्थात् माधब नेपालले गर्न पुगे गत आइतबारको बीबीसी सेवाको एउटा कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पाडेलले हामी सबैले सरकारको नेतृत्व गरिसकेकोले अबको पालो माधब नेपालको नै थियो भनेर ठोकुवा नै गरे यो काले-काले मिलेर खाउँ भाले भने झैं भएन ? यदि माकुने सरकार पनि ढल्ने दिन आयो भने ? नआउला भन्न सकिदैन

 

धेरै नै भयो पूर्व पञ्चहरुले सत्ता नचलाएको । पालो अब पञ्चहरुको भनेर माधब नेपाल जस्तै पराजित सूर्य बहादुर थापालाई प्रधानमन्त्री बनाउन कांग्रसीहरु तयार छन् ? माधब नेपाल प्रधानमन्त्रीमा नियुक्ति भएकै दिन भारतीय सञ्चार माध्ययमहरुले नेपालमा भारतीय मुलका ब्यक्ति प्रधानमन्त्रीमा नियुक्ति भनिसकेको अबस्था स्वयं नेपालले प्रधानमन्त्रीको शपथ नै नलिइकन भारतीय राजदूत सुदलाई भेट्नुले पनि यो कठपुतली सरकारको औचित्यलाई थप पुष्टि गर्छ   

 

नेपाली कांग्रेसले देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुको इशारामा फलाम काट्न फलामकै प्रयोग अर्थात् नेपालमा हाबी हुँदै गएका बामपञ्थी शक्तिहरुलाई जुधाएर खत्तम पार्ने सुनियोजित रुपमा नै एमालेलाई सत्ताबाट अलग्याई फेरि सत्तामा नै उकालिएको गम्भिर षडयन्त्रलाई एमालेले आफ्नो बिजय ठान्नु अति दूर्भाग्य हुनेछ निश्चित यो सरकारको भविष्य सुखद छैन माकुनेलाई नै प्रधानमन्त्री बनाउन हस्ताक्षरको झोली थापेर हिड्ने सहयात्री दलहरु बीचमा भागबण्डा नमिलेर नै यो सरकार आतिनेछ त्यस्तै सदनको सबैभन्दा ठूलो दल ने..पा.माओवादी नै सरकर बाहिर यो सकारको खिलाफमा जबसम्म माओवादी पनि सरकारमा सामेल हुने या ठूलो दलको हैसियतले पुनः सरकारको नेतृत्व गर्ने सहमतिको आधार बन्दैन तबसम्म कुनै सरकार नै स्थायी हुन्छ दिगो शान्ति, बिकास संविधान लेखनले नै पूर्णता पाउँछ मुखले राम-राम बगलीमा छुरा राखेर माओवादीलाई सरकारमा सहभागी हुन आव्हान गर्नुको कुनै औचित्य नै छैन ब्यवहारत बिभिन्न कोणबाट माओवदीलाई एक्ल्याउने कसरत नै अघि बढिरहेको

 

निश्चत रुपमा देशी बिदेशी प्रतिक्रिवादीहरुको इशारामा गिरिजा, के.पी. ओली कटुवालहरु अनि मुख्यतः यी नै तीन पात्रहरुको इशारामा नै माकुनेले सरकारको गाडी हाँक्ने छन् जुन संकेत नेपालले अस्ति गरेको पहिलो सम्बोधनमा नै इंगित गरिसकेका छन् धेरै ठूलो प्रतिक्षा पछि प्रधानमन्त्रीको दौरासुरुवाल सिलाएर पहिर्राईदिने हितैषीहरुको लक्ष्मणरेखा यिनले किमार्थ काट्ने छैनन् उक्त गाडीको सवारमा दुई सय चालिस वर्षे राजतन्त्रलाई जितेका नेपाली जनताहरुले हार्नेछन् राष्ट्रले हार्नेछ तर नेताहरुले भने जित्नेछन् देश जनताले हारेर नेताले जित्नु भनेको नै देशी बिदेशी प्रतिक्रिवादीहरुले जित्नु हुनेछ स्वस्थानीको कथामा महादेवले सत्यदेबीसँग जुवा खेल्दा महादेवले सर्वस्व हारे पछि सत्यदेबीले जिस्काउँन थालिन् महादेवले अब बाँकी रहेको आफ्नो शरीर नै दाउमा थाप्ने निर्णय सुनाउँदा सत्यदेबीले भनेकी थिइन्हे ! भोले, तपाईंको शरीर यसै पनि मेरै हो जब मेरो तपाईं तपाईंको हूँ भने शरीर नै किन दाउमा राख्नु पर्यो त्यस्तै हविगत हाम्रा नेताहरुको पनि नहोला भन्न सकिन्न जब राष्ट्र नै ख्वामितलाई सुम्पिसके पछि उनका चरणमा हे, प्रभु अब मेरो शरीर मात्रै बाँकी यो पनि सुम्पिऊँ कि भन्नुको के नै औचित्य रहन्छ ? 

 

 

(लेखक पालुण्टार-, गोरखाका हुन् । हाल उनी साउदी अरब, अलखोबरमा कार्यरत छन् )


  • yo dharai ramro chha aghhai agadi janosh gorkhali ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    .राम प्रसाद घिमिरे क्यालिफोनिया USA Reply:

    गिरिजी
    नमस्कार

    लेख राम्रो छ,
    यथार्थ छ,
    योग्य पनि छ
    ,तर के गर्ने ?
    सबै लेखले के भन्न खोजेको हो ?
    मैले नबुझेको पनि हुन सक्छ !
    मेरो सम्झाईमा होला !
    सबैलेख बिश्वको मानचित्रमा
    घटदै गयेको माओबादि को
    पछ्यमा मात्र बुझिन्छ ।
    के आज २१ औं सताब्दिमा
    पनि नेपाल जस्तो भू-परिवेष्टित
    देशमा सम्भब होला र ?
    हामिसङ्ग के छ ?
    कल कारखाना के कति छ ?
    भ​एका कल कारखाना त सबै बन्द गरेर,
    मान्छे मार्ने बिकाश गर्ने नेता !
    आज हामि हरु नेपालि भनेर
    परिचय दिन समेत लाज भै सक्यो !
    आज सस्ता कुल्लि नेपालिका रुपमा
    नेपालका जनशक्ति बिदेश पलाय
    मान हुनु परेकोछ ।

    यतोपिभ्रष्टम् परतोपिभ्रष्टम् ,
    यतोततोयामि सर्बत्रनष्टम् ।

    गल्ति भय माफ गरिदिनु होला
    धन्यबाद्, ​

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari

    maobadi ko kunai YCL ko Boli jastai vayo………maoist ko andavakta parnu vaye6 mitra aba k sahi k galat tyo padne le sochna sakchhan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    राम प्रसाद घिमिरे क्यालिफोनिया USA Reply:

    ंआफ्नैं होस् उपकार मान जगमा,सोचाईको मान्यता ।
    आफ्नैं होस् घरमा कुनै तवरले, सम्पतिको पुर्णता ॥
    आफैं मात्र गरुँ समाज बिचमा ,ठूलो बनि मोज ता ।
    भन्ने केवलका नेतृत्त्व हरुछन्, यो राष्ट्रमा स्वार्थका ॥
    जस्तै मानवले उचालि सहजै ,आफ्नादुबै बाहुलि ।
    पाकेको फल खोज्छ पाउन भनी, आशा ठुलै लोभ्गरि ॥
    त्यस्तै रुची मुताविकै जनहरु ,कर्मादिमा लाग्दछन् ।
    खोजि वा मिहेनत् कुनै न गरिनै,सिद्धि त्यसै खोज्दछन् ॥
    त्यस्तै कर्म बिषे र ऊन्नति बिषे, संसार यै चाल छ ।
    अर्काकै भरमा सधैं रहनु नै, पर्ने यहि हाल छ ॥
    यै बानी सबमा बस्यो यदि भने,सन्तान को के गति ।
    होला के यो समस्थ जनको, नेपालमा ऊन्नती: ॥
    पैह्रि बस्त्र अमूल्य बन्नु छ अहं, के हो यहाँ कारण ।
    आफ्नो होस् कि नहोस् कुनै किसिमको,सम्पति आर्जन ॥
    बनै खोज्छन ढाँटि ढाँटी यी सबै ,यो राष्ट्रमा सज्जन ।
    यस्तै सभ्य नेपालको चलन यो, देखिन्छ नौलो पन ॥
    मर्यादा न त मान आदर कुनै, मानिसका चालमा ।
    विद्यामा गुणमा न ग्यान सिपमा,देखिन्न सद्भावना ॥
    आफु मात्र ठूलो बिशिष्ट हुँ भनि, खालि छ स्वार्थि पना ।
    आफै शिष्ट सु-सभ्यता सब जना देखिन्छ नेपालमा ॥
    गर्ने मादक बस्तु सेवन सदा,सम्पत्ति सिध्याउने ।
    गल्लिमा अथवा कतै सडकमा, सिल्ली सरि रल्लिने ॥
    आफ्नै राष्ट्रमहा सु सभ्य झञी भै घुर्कि र धम्कि दिने ।
    यस्तै छन् व्यहवार नेपालि जनको सु-सभ्यता सम्झने ॥

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Salik

    Dear giri ji

    why r u write for the jungle Criminal (Dahal and his jiant….) parties?
    i think u r the one sided man , !!!
    Do u know? Revolution is not for the + 13000 people killing without any reason but also parellely , Mr. dahal also think how to stablise the that Criminal War!!!

    I think u the out of the real ground that why if u want to write logical, othere wise do not disturb the NepalPlus and all people……………
    Thanx

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    present prime minister is nothing but JOKER . Defeated candidate in the election, not president of the concerned party and not the leader on behalf of the party in the house of representative But PRIME MINISTER. Great JOKE and Great joker.
    Another great joke is Democratic practice. I think there are none democrates in Nepal all are hypocrites .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prem Gurung

    Excellent lekh. Please keep it up.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • महेश किराति

    बलराम गिरिजि,

    यहा आफ़ु चै सास्क्रितिक द्रिस्टिकोणले छैठौ सताब्दिको र सन्सारको सबै भन्दा रुढिबादी राजाबादी देशमा रहेर अठठारौ सताब्दिको असफ़ल राजनैतिक बिचारधारा बोकेर पसिना काड्दै हुनुहुदो रहेछ; त्यो पसिना आफ़्नै देश मा काडे पनि हुने

    आइमाइ लाइ ज्युदो लाशको जिन्दगि दिने, चोरि गरे मा तत्काल हाल काट्ने, आखा निकाल्ने, मान्छेलाइ प्रेम गरेको सजाय दिदा सार्वजनिक स्थल मा तरवारले टाउको काटेर म्रित्यु दण्ड दिने, अन्य धर्म मान्न त के उच्चाहरण समेत गर्न नपाइने, त्यस्ता हज्जारौ नियम भयेको देश मा त्यहाको अमानविय पशु नियम कानुन पालना गरेर बस्नु भयेको रहेछ अनि आफ़्नो देश मा चाहि पुल, बाटो, बिकास, धर्म, सन्स्क्रिति र शान्ति लाइ बम हानेर देश लाइ नस्ट गर्ने हरु लाइ समर्थन गर्दै हुनुहुन्छ

    कस्तो बिडम्ब

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • महेश किराति

    साउदी अरबिया एउटा सन्सारकै सबै भन्दा अन्धविश्वासि, सान्स्क्रितिक र धार्मिक अतिबाद भयेको छैठौ सताब्दि को देश हो
    त्यहा महिला लाइ पशु तुल्य ब्यबहार गरिन्छ; महिलाको जिन्दगि नारकिय भन्दा पनि तुच्छ छ
    मानिस हरु धार्मिक अतिबादी छन्
    अन्य धर्म लाइ चरम घ्रिणा गर्छन र मौका परे यातना दिन्छन्

    आज माओबादी हरुको आतन्क र हत्याले बलराम गिरि जस्ता नेपाली हरु आफ़्नै देश बाट बिस्थापित भै त्यस्तो पशु देश मा काम गर्न पुगेका छन्

    नेपाली चेलि बेटि हरु लाइ झन् कस्तो ब्यबहार गर्छन् होला यि मुसल्टे अतिबादी हरुले!

    बडो दुखको कुरो हो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Biraj

    हरेक जीव जन्मे पछि मृत्‍यु हुनु प्राकृतिक प्रकृया हो न कि लेखकले व्यक्त गर्नुभएको जस्तो बिज्ञानको कारणले गर्दा!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lalit Thapa

    Article is positive to republican democracy, and according to its principle government must be formed by elected representetives instead of thrown litters.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • mehash jeethak vannu vayo
    vikram kusmi sira 1baglung

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ANUP

    16000 janatako ragat khane prachanda pm huda kasailai appati bhayena
    2 thaun bata hareko bhanera nepalko khilli udaune haru bijaylai ghamanda
    ko rup ma liyera hidne bhanda harara pani utsaha line nai thulo hun6
    aba sabai nepalile ehi sarkarlai samarthan ra sahayog ko bikalpa 6aina
    aba pani andolan ko sapana dekhne haru sadako lagi antye hunupar6
    maoko nepalplus
    esta lekh lekhnubhanda baru bhagutako sahabasjasta lekh lekhna thale hun6
    aba sapana nadekha la

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pshrestha

    माओबादीहरुलाई कसैले सरकारबाट हटाएकै होईन। अविश्वासको प्रस्ताव दर्ता भएको पनि होईन। आफ्नै लहडमा राजिनामा दिएपछि सरकार बनाउन अर्को किन अघि सर्दैन? आफुहरु सरकार छोडेर जाने अरुले पनि सरकार बनाउन नपाउने? बहुमत साबित गर्ने जो सुकैले सरकार बनाउन सक्छ र संबिधान सभाको सदस्य भएकोले माधव कुमार नेपालले जरुर बनाउन सक्छ।

    आफुले सरकार छोडेर गएपछि गिरीजाले बनाओस् वा माधव नेपालले वा झलनाथले, माओबादीलाई के को खसखस। माओबादी आफुले सरकार छोडेपछि बरु गिरिजालाई नै प्रम बन्नु पर्छ भन्न गए। गिरिजाले नमाने पछि फोरमलाई उचाल्न गए। एकातिर राष्ट्रपति बिरुद्ध संबिधान सभा ठप्प पार्ने फेरि तिनै पार्टीका गिरिजालाई सरकार बनाउन उचाल्न जाने। फोरम जस्ले माओबादीका सयौं कार्यकर्ताको संहार गर्यो, तिनै पार्टीका नेतालाई सरकार बनाउन समर्थन गर्न तयार हुने। फोरम कुनै माओबादी पछिको दोस्रो वा तेस्रो ठूलो दल पनि होईन। फोरमले सरकार बनाउन सक्ने आधार के हो? हुंदाखांदाको सरकार छोडेर जाने पार्टी फेरी सरकार बनाउने खेलमा सहभागी हुन सुहाउने कुरो हो? आफुहरु सरकार बनाउने खेलमा लाग्दा फोहोरी, अप्राकृतिक खेल नहुने, अरुले त्यही गर्दा चांही फोहरी खेल हुने? कस्तो मज्जाको कुरा।

    जहांसम्म माधव कुमार नेपालले दुई दुई ठाउंमा चुनाव हारेको कुरो छ, समानुपातिक निर्वाचन प्रणाली मुताविक उनी संविधान सभा सदस्य बनिसकेकाछन् र देशको तेस्रो ठूलो दलका बरिष्ठ नेता हुन्।चुनाव जित्ने सबै योग्य र हार्ने जति सबै अयोग्य हुंदैनन्। बिशेष गरी नानी मैया दाहाल र बबन सिंह, खोभारी राय जस्ताहरुले चुनाव जित्ने यो देशमा। माधव कुमारलाई पराजित गर्ने पटेल र झक्कु सुबेदीहरु योग्य हुन् भने प्रचण्डले उनीहरुलाई किन सहायक मंत्री समेत पत्याएनन्?

    प्रधान सेनापतिलाई हटाउने बिषयमा माओबादी अल्पमतमा परिसके पछि त्यो कुरो अघि नबढाए हुने थिएन? बहुमतले नागरिक सर्बोच्चताको प्रतिनिधित्व गर्छ कि अल्पमतले? माओबादी पार्टी सबै भन्दा ठूलो पार्टी त हो, तर बहुमत प्राप्त भने होईन्। त्यो कुरो बुझ्न पर्यो। माओबादीले ठिक ठानेको कुरो सबै “नागरीक सर्बोच्चता” हुन सक्दैन।

    जनतालाई रुख गन्नु भन्दा पनि आंप खानुसंग मतलव छ। छोडिदिनुस् यी काईते कुराहरु। माधव कुमारले असल शासन गर्न सकेनन्। भ्रष्ठ भएर गए र देशको हालत अझै बिगारे भने त्यसबेला आलोचना गर्नूस्। होइन भने आफै असफल भएर सरकार छोडेर जाने, अर्काले सरकार बनाउंदा पनि यस्तो उस्तो भन्ने बिल्कुलै सुहाउदैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • त्यो खसी लाई के थाहा ………….
    भनेर केही लगेन …………???????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sam

    Khatea YCL look what ur god father Prachanda and babu Ram did for Nepal and Nepali,

    Obsolute outdated maosim can never make Nepal economically prosporous. Why don’t u ask China why did they discard maoism and adopt open economy? Why don’t you ask Russia why they kick out dictaorship?

    Nepali industrialists move abroad seeking better environment for investment

    Nepali industrialists, who have been facing several problems in production due to the political turmoil back home, have started moving investments abroad in search of better environment for investment.

    Three ready made garment producers have recently opened ready made textiles industries in Vietnam.

    Prashan Pokhrel, chairman of Nepal Garment Industry Association said the industrialists had to open textiles in Vietnam as there was no environment to run industries in Nepal.

    According to Pokhrel, Sunil Tamrakar, Kiran Tempkar, and Jalauddin have established garment industry in Vietnam.

    Vietnam is considered a growing economic hub in the South-east Asia.

    Nepali garment industry, which was once a major foreign currency earner for Nepal, has faced the brunt of political turmoil in the recent years. Many garment factories have already shut down due to abolition of quota system by the USA, frequent strikes by trade unions and other strikes.

    nepalnews.com May 31 09

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dinesh Thapa

    Balaram Dai,
    Lekh lekna banda pahile afulai pani harnu paroni. Tapai afi UML ko jimewari pad samali sakeko manche ahile – Manab taskarma samlanga vanera karbai garo vandaimai Das ra janatako lagi giban arperka tasta netako lagi chahine nachahine kura bollna hunchara – Rajniti garne manche kahile chunab jitcha kahile harcha – Harda pani das ko lagi chahincha vane tasta manche po mahan ta tapai ta september kanda pachi janatako darele das chodera bajeko manche kasari asta kura laknu saknu vako – Das ra Nepali janatako maya vako vayata Nepalko september ghatana jun tapai harule garda vako tiyo hudaina tiyo holani – Arko kura k vane Mr Dahal & Dr Bhattari ko pati ra sarkarle jatako lagi k garota tahika 13000 janata chora lai marera sarkarma basera afnai saka santanlai bedesh ghumaunu bahek kahi ta gareneni.
    Kunai 1 wat kura vanna sakunu huncha janatale partcha vayako subida yo 9 mahina ko Dahal rule ma.

    Dai narisaunu hola
    Dinesh Thapa – Ghar Gorkha Hal London

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • aamala aurula chodako vhai khao hainara

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ekadev pandey

    Bal ram jee,very good .Looking like this. again.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हजुर:
    पर्‍ास्ट्रा मन्त्री सुजाता कोइराला ले नै सुम्प्यै सक्यो-सुत लाई अबपो के रह्यो !!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • chandra palpa

    मेरो नेपाल मेरो जन्म भुमी हो
    कस्ले टुकरा गर्दै छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • balram geri gudmanig mi samser ali miya yuo calas man yuo tak bari bari fain i laki ok
    samser ali miya [ doha qatar ]

    mobail +9745816407+3032690
    [ctrl +v]

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • SALA MAOBADI CHOR HARU AJA TEMI HARU LAI DABAE NAPUGAJASTO CHA SALA VATA HARU KATI DHUKHA DENA MARTA JANAKA CHAU NEPALI SEDA SADA JANATA LAI VANATA VATA HARU

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree