फर्केर आएन ऊ (कथा)
-गिता थापा, ईजरायल
शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग गर्न पाउँदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउँले भाउजु थिई । शान्ता साँचैनै सुशिल र स्वाभिमानी थिई । शान्तालाई देखेर नकुल भन्छ ” ए शान्ता भाउजु, दाइको चिट्ठी आएछ । खै दिनुश त । तपाईंलाई सुन्न हतार । मलाई पढन हतार । “ शान्ता मनभरि पिडा लुकाएर आफनो हात अघि बढाउँछे । अनी नकुल अशिमको चिट्ठी पढछ - पुजनिय मेरी आमालाई पाउपरी ढोग । र साथै मेरी प्यारी जिवन सँगिलाइ अती न्यानो मुटु भरिको चोखो माया । अनी सबै मेरा मान्यजनहरुलाई धेरै धेरै सम्झना यो प्रदेशिको तर्फबाट । अनी मेरो गाउँले भाई नकुललाई पनि गर्ब ले भरिएको मिठो माया ।” आहा कती मिठा शब्द- शब्दका भोकालाई त साँच्चै भोक नै मेटाउने ।
तर शब्दले यहाँ भोकाको भोक र नाङ्गो आङ ढाकिदैन थियो। घरबारी साहुको नाउमा बन्दगी राखेको थियो । घरमा म्रित्यु कोरेर बसेकी बुढी आमा सधैं आशुमा डुबेकी थिई । तर आज पनी पैसा पठाउने कुरा चै लेख्न भुसुक्कै भुलेको थियो अशिमले । अनी शान्ता मनभरि उही पिडा र बेथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा आउँछे । अनी सासु बोलाउँछे- शान्ता ए शान्ता । हजुर ! शान्ता पिडालाई लुकाएर बोल्छे । अनी के लेखेछ ह अशिमले चिट्ठीमा ? सासुले सोध्छे । शान्ता सबै राम्रो नै छरे । अनी पैसा कहिले पठाउँछ रे त ? सासुले थप जिज्ञासा राख्छे । शान्ता आफ्नु पतीको आडलिँदै भन्छे-आमा धेरै चिन्ता नगर्नु के । एकैचोटि सबै ऋण चुक्ता हुनेगरी पठाउनुहुन्छ रे । सासुको मन केही पल्लाई भए पनि शान्त बनाउँछे शान्ता । तर आफ्नु भने रातभरी आँसुको भल बगाएर। कहिले रितिदिदैनन उसका यि आँसु ।
हरे छोरीको कर्म हारेको जन्म भनेर उखान त त्यतिकै बनाएको होइन रहेछ बुढा पाकाले । आज पनि यिनै नाना थरी कुरामा चार-पर रातको मिर-मिरे प्रहर फाटेको थियो शान्ताको । अनी के बिहानको चिसो हावाले आँखा जोडन खोज्छे । तर सासुको खोकिले ब्युँझाउँछ उसलाई । अनी जुरुक्क बिछौनाबाट उठेर भान्सातिर लाग्छे । चुलो जोडेर तातो पानी बसाउँछे । केहीबेरमा नुन चिया बनाएर सासुछेउमा जान्छे र दुबै सासु बुहारी खान्छन । तर मनभरिको पिडा त बाँडेर रितिदैन र अरुलाई केही छीनलाई ढाँटे पनि आफ्नो मन आँफैसँग ढाँट्न नमिल्ने के गर्नु ।
चिया खाइसकेपछि शान्ता पत्कर टिप्न डोको बोकेर हिँड्छे । सासुको खोकी गाउँको निकै परसम्म एक तमासको छ । गाउँको हेल्पोस्टबाट त कती औषधी बोकेर खुवाको हो शान्ताले । तर निको भएको भने होइन । टाढा लैजाउ पैसाको अनिकाल कसलाई सुनाउनु । हात पसारेर माग्ने ठाउँपनी बाँकी थिएन । घरको दु:ख मुटुभरी बोकेर पैसा कमाउन प्रदेश लागेको पतिको पत्यो खबर थिएन । कती कहाली लाग्दो जिन्दगी । कस्तो बिडम्बना ! यो मनलाई बुझाउने ठाउँनै छैन। उही पतिको चिट्ठी कुरेको आज छ महिना भयो । तर कुनै खबर छैन । के ऊ साँचै कठोर मनको धनी पुरुष हो त ? साँच्चै मेरी आमाले भनेकी थिईन “ छोरामान्छेको आँखाले देखी माया मात्रा हुन्छ रे । के यो साँच्चै हो त ? शान्ता मनभरि कुरा खेलाउँदै पत्करको भारी पुर्याउँछे ।
हुनपनि हो, बिहे अघि त शान्ताले न अशिमलाई देखेकी थीइ न चिनेकी । बिहा गरेको २ महिना पनि राम्रो बित्न नपाई अशिम प्रदेश लागेको आज एक वर्ष हुनलाई पन्ध्र दिन बाँकी रहेछ । अब साहुको नाउँमा राखेको घरबारी पनि उसैले खाने पर्यो । शान्ता आँखाका बगेका आँशुका भेललाई पछ्यौराको फेरले पुछ्दै डोको बोकेर घरमा पुग्छे । तर उसको घरमा नकुल पनि थियो । अनी शान्ता आतिँदै नकुललाई सोध्छे “बाबु तपाईं यहाँ । नकुल भन्छ- हो भाउजु आमालाई जवरोले हन हन भएछ । मसँग औषधी थियो पुर्याउन आएको । अनी नकुलले भन्यो- भाउजु म अहिले लाग्छु पनि । आमको राम्रो ख्याल गर्नुहोला ।
गाउँमा हुन पनि शान्ताको परिवारको लागि नकुल त थियो एउटा दु:खमा साथ दिने । शान्तका न देवर न जेठाजु । न नन्द न आमाजु कोहि थिएनन । त्यसैले शान्ताका आमा बुवाले छोरीले सुख पाउँछे । धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित बिहा गरी दिएको रे । आमा बुवालाई आफ्नो काखबाट छोरीलाई पन्छाउन पाए साह्रै आनन्द । हुन पनि हुर्केकि छोरी घरमा राख्दापनि गाउँलेको कुराको ब्वाइँ ब्वाइँ हुन्छ । कस्तो सस्कार हो यो ? छोरीको त अस्तित्वहिन जिन्दगी । उसको त आफ्नो जिन्दगिनै छैन अरुको नामसित नजोडि ।
अनी सासु कराउँछे ” शान्ता ए शान्ता !! हजुर । “यहाँ मेरो नजिक आ-त “। ” किन आमा” ? साह्रै असल थिन शान्ताकी सासु । अनी शान्ता छेउमा पुगेपछि सासुले भनिन्- त्यो अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेखन लगाएर पठा न बा । म त डाँडा पारीकी घाम । म मरेपछि तेरो बिजोक हुने पर्यो । शान्ताले आफनो हातले सासुको मुख छोपिदिँदै किन त्यस्तो अशुभ बोल्नु भएको नि भनी । के गर्छेस बाबै, यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एकदिन। तेरो मायाले म सधैं तँसँग नै कहाँ बस्न पाउँछु र बा । त्यसपछि शान्ता नकुलको घरतिर लाग्छे ।
नकुलको घरमा चाल चुल थिएन । ढोकामा ताल्चा ठोकेको थियो । तै पनि शान्ता केहीबेर पिँढीमा कुरेर बस्छे । केहीबेरपछि नकुल आएर भन्छ- ए शान्ता भाउजु कती खेर आउनु भएको नि ? शान्ताले जवाफ दिइन- एकैछिन अगाडि हो बाबु । अनी “आमालाई अली सञ्चो भयो ? “ ” छैन उस्तै छ छोराको धेरै चिन्ता लिनु हुन्छ त्यसैले होला ।” “अनी बाबु मता तपाईंलाई फेरी दु:ख दिन आएकी “ शान्ताले भनिन्। “के को दु:ख भाउजु ? यो जिवन त अरुको सेवा कै लागि जन्मेको हो नि भन्नुश न मैले के गर्नु पर्यो।” अनी शान्ताले आग्रह गरिन- तपाईंको दाइलाई एउटा चिट्ठी लेखिदिनुश न बाबु । आमा साह्रै बिरामी हुनुहुन्छ । चाडै घरमा आउनु रे भनेर । कतै आमा बिरामीको खबरले घरको याद आउँछ कि । ”
नकुलले स्विकार्यो- “हुन्छ भाउजु तपाईं धेरै चिन्ता नलिनुश । अर्काको देशमा कहाँ आफुले भनेर सोचेको जस्तो हुन्छ र भाउजु । केही सारो गाह्रोमा अड्किनु भयो होलानी । नत्र गाउमा छँदा त त्यती खराब मान्छे त होइन । अब उहाँलाई शहरको वातावरणलेनै खराब बनाएछ भने के जानौं भाउजु ।” त्यसपछि नकुल चिट्ठी लेखन तयार हुन्छ ।
दाई अशिम म गाउँले भाई नकुलको तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना । दाई कि तपाईंले गाउँ घर छोडेदेखि यि पाटी पौवा देउराली त सुन्ने भएकै नै छन । त्यो भन्दा पनि तपाईंको घरको हालत धेरै कमजोर छ । तपाईं गएदेखि आमा सधैंको बिरामी । घरबारी पनि साहुले भाका पुग्यो छोड्नु भनेको भन्यै छ रे । हामी गाउँले सबै छक्क परेका छौं कि एउटा असल र सिधा गाउँलेको छोरोको मनलाई प्रदेशले कसरी धमिलो बनाइदियो । आफ्नी जन्मदिने आमालाई र जन्मभुमिलाई नै चट्टकै भुल्नेगरि दाई ? ल दाई आमाको सुवास्थ धेरै कम्जोरी हुँदैछ । भाउजुको पनि उही हालत छ। यो चिट्ठी पाउने बितिक्कै घरमा आउनु होला। तपाईंको चिट्ठीको आसमा शान्ता भाउजुका धेरै दिन र रात बिते । तर तपाईंको चिट्ठी आएन । त्यसैले यो चिट्ठी लेखेको हो, ।
ल त उही गाउले भाई नकुल, ।
नकुलले चिट्ठी लेखेर शान्तालाई सुनाउँदै सोध्छन्- अनी भाउजु ठीक छ ? शान्ता भन्छिन - ठीक छ बाबु । र सारीको फेरमा गाठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई दिँदै. बाबु तपाईंले यो हामीप्रति लगाएको गुण के गरी तिर्ने होलानी ? नकुलले भने- भाउजु त्यसो नभन्नुस न । किनकी एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउँ समाज भएर बस्नु त ।
त्यसपछि शान्ता घर आउँछे । सासु उहि सधैंको जस्तो लामु-लामु सास र खोकिमा रुमल्लिएर मुर्छा परेको पर्यै नै छिन् । बेसार राखेर पानी तताएर शान्ता सासुको छेउमा जान्छे । हातको अडेश लगाई सिरानीमा आड लागएर राखिदिन्छे । सासु आँखाबाट आशु झार्दै शान्तालाई हेर्दै भन्छिन -”तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता । तिनै शब्दमा रुम्मलिएर केही-बेर सासु बुहारी अघाउजी रुन्छन । तर कती रुने । दु:ख त जहाँको त्यहिनै छ । बिदिको बिधान र लेखेको लेखान्ता त नभोगी कसैलाई सुख छैन ।
सधैंको थला परेर ओछ्यानमा परेकी सासुले पनि आज यो पापी संसारबाट मुक्ती पाइन । तर अशिमको कुनै खबर आएन । उसलाई न यो धर्तिले खायो न आकाशले निलो कुनै थाहा भएन। सासुको दागबत्ती पनि शान्ताले नै दिई । गाउँलेको हरेक मुटु छेड्ने बचनलाई पनि सहेर जिन्दगिको लडाईं लडी शान्ता । तर भनिन्छ कि नारी धर्ती हो । हो नारी साँच्चै धर्ती हो । तर उसको पिँडालाई चै सधैं मुल्यहिन बनाइन्छ । सौन्दर्यताकी खानि हो नारी । मायाकी प्रतिमूर्ती हो नारी । तर असल कामको भागीदार हुनलाई चैं धेरै अभागीकी खानि हो नारी ? धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ । कलङ्कित पनि उसैलाई नै पारिन्छ । आज शान्ता अशिमको एक त्यान्द्रो पोते र एक चिम्टी सिन्दुर मा बााधिएर बसेकी छे । तर अशिम आएन । आएन । ऊ फेर्केर आएन । कहिले पनि आएन………..
(तस्बिर संयोजन गरिदिएकामा बेल्जियमका एस बी छन्त्यालजीलाई धन्यावाद-नेपालप्लस) ।


गिता बहिनि नमस्कार
यहाँले धेरै राम्रो कथा लेख्नु भयको रहेछ !
राम्रो छ धेरै ग्यान बर्धक छ ।
आलोकस्तिमिरेबिपद्बिषमणिःपातेकरालम्बनम् ।
ञाँच्याँकल्पतरुर्जगजयरथ:पाथेयमन्नम्पथि:॥
दु:खव्याधिम:ऽहौषधिर्भब:भयोद्भ्रान्ताप्रयाणासनम् ।
तापेःचन्दनकानम्सुखसु-हृभर्ग:सताम्बान्धव: ॥
धन्यवाद्,
मन परो वा परेन:
2
0
[Reply]
palpali madhav Reply:
June 1st, 2009 at 6:44 am
hajur ghimire baaje usa maa pandityai garnuhunchha ki kaso?
मन परो वा परेन:
1
0
[Reply]
Ram Krishna Bartaula Reply:
June 2nd, 2009 at 10:50 am
Ghimire JI tapai ko sankrit ma kunai astai ramro lekha wa rachana ani get gajal padna paya ma jasta hajarau pathak ko man jitna safal hunuhune chha adi tapailai Nepalplus le anurodh nagareko vaya maile nepalplus ko tarfa bat anurodh garda chhu .
Gita ji ani Nirjala you both Girls are genius. Keep it up.
I would like to write some day about “Nepalplus ma 2e nari”
मन परो वा परेन:
0
0
[Reply]
thanks 4urs katha.its so beautiful.ru frm rupandehi bhairahawa?im confused ihave seen u.if ur frm bhairahawa plz maul me.
मन परो वा परेन:
0
0
[Reply]
मलाइ यो कथा निकै रोचक लाग्यो। यो हाम्रो समाजमा घट्ने सत्य कुरालाइ गिता जी ले निकै मार्मिक तरिकाले प्रस्तुत गर्नु भएको छ।
मन परो वा परेन:
0
0
[Reply]
गीता जी!!! नमस्ते। असाध्यै राम्ररी चित्रण गर्नु भएको छ “शन्ता” को मनोदशालाई। लेख्दै जानु होला, शुभकामना।
मन परो वा परेन:
0
0
[Reply]
ramro
मन परो वा परेन:
0
0
[Reply]
yo tapaiko katha man chhune rachh muri muri dhannye bad geeta jee yestai katha haru feri pani padna pau bhanne asha garchhu
मन परो वा परेन:
0
0
[Reply]
it is realy touch 2 hert
मन परो वा परेन:
0
0
[Reply]
gita Didi namaste. tapaiko katha ekdam marmik ra satya ghatnama adharit chha.yo katha nabhayera yesto ghatna haru ghati raheko hunchha…
so really history.thank you for your rachana…
मन परो वा परेन:
0
0
[Reply]
gita didi namashkar ;this katha maili dhari khushi lagio many many thanks for you
मन परो वा परेन:
0
0
[Reply]
githa g where r you from you can send to me emil this add la
sabala_1980@rediff.com la i am wating i am from u a e ok by
मन परो वा परेन:
0
0
[Reply]
गीता दिदी नमस्कार!!पहिले त कथाको लागि धन्यवाद!!
वास्तवमा यी कथाहरुबाट धेरै नै शिक्षा दिनुभयको छ मेरो बिचरमा, किनकी कतिपय ब्याक्त्तीहरू थाहा हुँदाहुदैपनी नजाने जस्तो गरी चटक्कै भुलेर आफ्नी मायालुलाई पिडा दिएका छन। म्वाइ खाएको गालामा आसुको काडा रोपिदिएको घटनाहरु प्रसस्तै छन। कहिलेकाही यस्ता कथाहरुबाट पनि उनिहरूको दिमाग घन्टी बज्नेछ र आफ्नी मायालुलाई चिट्ठी लेख्न थालनेछन.
मन परो वा परेन:
0
0
[Reply]
निकै राम्रो छ कथा …..प्रतिक्षा को फल राम्रो हुन्छ उँ पक्कै आउछ !! गीता जि !!
मन परो वा परेन:
0
0
[Reply]
thank you Gita mitho story o lagi!!!
मन परो वा परेन:
0
0
[Reply]
gita gudmang yuo gud comment
maie laek nastame ok
samser ali qatar +974 –5816407+3032690
[ctrl v ]
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
June 3rd, 2009 at 7:58 am
समीर अली जी, यो तपाईंको बिज्ञापन गर्ने शैलीले खुबै नाम कमाउने भयो। होइन यो ब्लगमा शिर्षक अनुसारको आफ्नो पाठक प्रतिकृया दिनसक्नु हुँदैन भने किन दु:ख बेसाएर आफ्नो हबिगत देखाउनु हुन्छ? सम्पर्क नम्बर पनि कता कता दलालीहरुले आफ्नो भिजितिङ कार्ड बाडेको जस्तो गति न पतीको भएन र समिर जी? सक्नु हुन्छ भने शिर्षक अनुसार प्रतिकृया दिनुस् होइन भने बेकारमा समय किन खेर फल्नु हुन्छ? कि लेखिकाले ससम्मान तपाईंलाई सम्पर्क गरुन भनेर हो?
मन परो वा परेन:
0
0
[Reply]
Saitan chaudhari Reply:
June 3rd, 2009 at 2:06 pm
lekali ji
tapaile ta bujhnu bhaen ni samir ji ta bideshi dalaliko agenta ko kaam garnu bhaeko chha. uhaa sanga contact garnu bhaemaa ramro holaa ki !
मन परो वा परेन:
0
0
[Reply]
कथा राम्रो लाग्यो तर छोरा मान्छे को आँखा ले देखी माया मात्र चै हैन गीता जि, हामी पनि देस बहिर छम अफ्नु बेथ आर्कै हुन्छ, तर घर बिर्शियको चै हुँदैन के, हाम्रो पनि पिडा भुज्नु न साथी।
मन परो वा परेन:
0
0
[Reply]
रेलयात्रामा नेपालीको समस्या समाधान गरिने
मन परो वा परेन:
0
0
[Reply]
Gita ji katha ko lagi dhanyavad Bato bhulni haru ko lagi athava bhulana lageko haru lai awasya upades huni chha Thank you,
मन परो वा परेन:
0
0
[Reply]
plz Gita ji yo katha lai nirantarata dinu ani Ashim lai ghar farkai dinu plzzzzzzzzzzzzzzzz………..janata janardan
मन परो वा परेन:
0
0
[Reply]
Thanks for Nice story.
This is the actual visualization of your society….The words you have chosen are very typical and so much heart touching!!!!!!!!!!
give your continuity in writing!!!!!!!!
Have a good luck!!!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
Sorry, it’s our society but by mistake it’s written your society.. Once again sorry
मन परो वा परेन:
0
0
[Reply]
ramro chaa didi fari fari pani padna payas
मन परो वा परेन:
0
0
[Reply]
गीता जी,
धन्यबाद एउटा सान्दर्भिक र समाजमा घटने घटना लाई मार्मिक रुपमा प्रस्तुत गर्नु भएकोमा । यस्ता घटना हाम्रो समाजमा देखिरहन्छन । एउटा नारिको पिडा प्रस्ट चित्रण गर्नु भएको छ । धेरै राम्रो लाग्यो । भोली भबिष्यमा पनि यस्ता कथाहरु पढ्न पाइयोस भन्ने अनुरोध गर्न चाहन्छु । जस्ले गर्द हाम्रा बिदेसिएका दाजु भाईलाई शहरी रमझमे भुमरिले नरुमलोस् । र अर्को कुरा गीता जि हाम्रो समाजमा अर्को किसिमका घटनाहरु पनि अपबादको रुपमा घट्ने गरेको देखिन्छ । घरको समस्याका कारण पुरुष बिदेसिएको हुन्छ र घरमा महिलाले रामरमैय मनाइरहेका हुन्छन । जस्को कारण पुरुषहरुको मेन्टलिटी नै खराब बनाइदिन्छ । म यो अनुरोध गर्दछु कि यस्ता किसिमका घटना नघटोस भन्ने चेतना मुलक कथाहरु पनि पढन पाइयोस । धन्यवाद !!!
मन परो वा परेन:
0
0
[Reply]
RANUKA BALAMI Reply:
June 9th, 2009 at 8:16 am
RENUKA BALAMI
hi fnd
actually
im gald u r also member of balami community
n we organized 1 committee ,involved al place of nepal recently i thin u know abt this
our office will be kalanki
if u wanna u too join us
plz mail me
n plz send abt ur too?
hav agreat tim
मन परो वा परेन:
0
0
[Reply]
Gita Bainee,
Dherai Dherai Dhannyeebaad, yeti ramroo Saahittyeeko laagi.
मन परो वा परेन:
0
0
[Reply]
Dhannyebad dherai ramro lekhnu bhayeko chha,
मन परो वा परेन:
0
0
[Reply]
GA, 30083 , 404-294-4352
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
June 3rd, 2009 at 8:02 am
यो चाँही पोस्ट बक्स नम्बर पर्यो कि ? लेखिका र पाठक मित्रहरुलाई त्यती धेरै फुर्सद छैन भन्ने कुरा जान्नुस् मित्र सुरेन्द्र। शिर्षक अनुसारको प्रतिकृया दिन सिक्नुस् न कि कालोपाटिमा क, ख , ग।
मन परो वा परेन:
0
0
[Reply]
Saitan chaudhari Reply:
June 3rd, 2009 at 2:10 pm
lekali ji
bideshmaa gaer kattiko dukh paaieko chha bhanne yahi samayale sabit gareko chha phursatai chhain k garnu !
मन परो वा परेन:
0
0
[Reply]
geeta ji namaste katha dherai nai rochak ra sandharvik rahechha ra aune samaya ma pani yastai lekhipathaunu hola .
verry verry thankas
hridaya ( india )
मन परो वा परेन:
0
0
[Reply]
tapaiko lekh ramro lagyo malai
मन परो वा परेन:
0
0
[Reply]
gita g tapai ko katha sari nai rambro lagyo yesti yesti katha leakhadi aune din ma pani hami samu paskayday ganu hola tapai ko katha ko parthaya ma ranchhu………very very thanks………………..dilip(dilip malaysia}
मन परो वा परेन:
0
0
[Reply]
wo damiz cha ta kaha bata yesto lekhna pugeko gita g pakkaini afnai ma pareko hunu parchha haina ta lala damiz chha ta take care la ba byeeee
मन परो वा परेन:
0
0
[Reply]
gita ji tapaile bastabik ghatanalai aadhar banayera saral sabda ra saili ma lekhiyeko katha nikai ramro chha .
मन परो वा परेन:
0
0
[Reply]
Gita ji
namaskar
k 6 khabar. sanchahi hunuhun6 bhanne kamana 6 bhagaman sanga mero tarphabata. Gita ji sachahi kasto Nepali mahila ko katha bayatha lai sametera lekhanu bhayako rahe6. hamra didi bahini le Nepal ma bashi bidesha ma gayaka aafna aafanta lai samjhi basna bahek khipani garna sakdainan hi
sachahi didi kasto bidmbana tyati maya garne aafnu man6ele 2 din tatha huda
kina birsin6an ho ni didi tapai pani pardesha ma hunuhudo rahe 6 k nepal ko yad aaudina didi. sadahi yastai katha lekhi tapai aagadi badnuhos bhanne mero kamana 6 didi. by
tapahiko sahapadi
samjhana sapkota
Nepal _ Ithari
मन परो वा परेन:
0
0
[Reply]
i like it so much j hosh yo kathako kahani ramro rahe6 malai padhna yekdam ramailo lagyo but kata kata dukha pani lagyo yeuta nariko astithyo nahuda.
मन परो वा परेन:
0
0
[Reply]
हेल्लो हजुर, तपाईले नेपाली समाज मा घटेको तथ्य घटना लै चित्रण गर्नु भयको छ । त्यसैले यो कथा मेरो इद मा सन्द गरिदिनु भय बेस हुन्थ्योकी ?
मन परो वा परेन:
0
0
[Reply]
गीता जी धन्यबाद घटना लाई मार्मिक रुपमा प्रस्तुत गर्नु भएकोमा नारिको पिडा प्रस्ट चित्रण गर्नु भएको छ । धेरै राम्रो लाग्यो ।
मन परो वा परेन:
2
0
[Reply]