जनावरको मासुभन्दा माथि स्तर नउठेका नेता, बिरोधी र समर्थक

तिन नम्बर प्रदेशको उपसभामुखमा निर्बिरोध जितेकी माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङ बिवादमा छन् । गाई काटेर खान पाउनुपर्छ भनेर उचालिएपछि बिवादमा परेकि हुन् । उनी बिवादमा पर्नुको मुख्य कारण गाईको मासु खान पाउनु र नपाउनु होइन । कुनै दलको दस्तावेज घोक्नु, पार्टी कार्यकर्ता बन्नु, गाउँमा चर्का भाषण गर्दै हिँड्नु र जनताले चुनेर पठाएको साझा प्रतिनिधीको हैशियत, जिम्मेवारी र दायित्व के हो भन्ने नबुझ्नुको मुख्य परिणाम हो यो ।

नेपालको संविधानमा लेखिएपनि वा नलेखिएपनि नेपालमा गाई, गोरु, भैंसी, मुसा, भ्यागुता आदि थरिथरिका जिव र जन्तु खाने फरकफरक जात र समूदाय छ । गाईलाई राष्ट्रिय जनावर मान्दापनि ति समूदायले गाई गोरु कुनै न कुनै रुपमा खाइरहेकै थिए । अर्को थरीले पूजा गरिरहेका छन्। राष्ट्रिय जनावरबाट गाईलाई हटाएपनि हिन्दूहरुको धार्मिक आस्था रहिरहन्छ । गाई एक थरी धार्मिक समूदायको आस्था, सम्मान र पूजनिय जिवका रुपमा रहिरहन्छ । अर्को थरिले खाइरहन्छन् । एकथरीले गरेको आस्था, कुनै एक समूदायको धार्मिक, सांस्क्रितिक धरोहरमाथि अर्कोले चोट पुर्‍याउन पाइँदैन ।

गाईलाई पूजा गर्ने र खाने दुबैलाई असर नपरोस, आस्थामा चोट नपर्ने, चोट पुर्‍याउन नपाइनेगरि गाई, गोरुको मासु खानेमाथि मध्यमार्ग अपनाईएको थियो । नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक र बहुसंस्क्रिति भएको देशको लागि यहि उपयुक्त बाटो हो । तर अहिले जनताको यहि भावनामाथिनै खेलवाड गर्ने, चोट पुर्‍याउने, धार्मिक र सांस्क्रितिक सद्बभावको डोरी काटेर भताभुंग पार्ने नेता नामका केहि भँड्याहाहरु सरकारमा पुगेका छन् । तिनले आमजनताको विविध आस्थामा खेलवाड गरेर बिदेशीको स्वार्थमा नाच्न खोजेका छन् ।

नेपालको संविधान बनाउने बेला नेपाली कांग्रेस सत्तामा थियो । जनजाति महासंघका प्रतिनिधीहरु सरकारमा थिए । नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेर संरक्षण गरिरहँदा ति कहाँ थिए ? के हेरेर बसेका थिए ? तिनले यो प्रावधानलाई बेलैमा किन सच्याउन सकेनन् ? संविधानमा उल्लेख गर्ने बेला सहर्ष स्विकार्नेहरु अहिले किन ठिक बिपरित उफ्रिरहेका छन् ? तिनले संविधनमा सचयाउने प्रयास गर्नुभन्दा किन यो विषयलाई अनावश्यक तरिकाले उचलेका छन् ? किनभने तिमध्ये धेरै बिदेशी लगानीमा उफ्रिरहेका छन् । बिदेशीले नेपाललाई अस्थिर बनाउन गरेको लगानीमा डुबुल्की मार्नेहरुपनि उचालिएका छन् ।

यो बिवादले के देखाएको छ भने रष्ट्रिय राजनितिमा के बोल्न हुन्छ र के बोल्न हुन्न भन्ने ज्ञानसम्म नभएको ब्यक्ति राष्ट्रिय नेता बन्न लायक हुँदैन । अर्थात् स्थानिय तहसम्म सुहाएपनि उसलाई राष्ट्रिय राजनिति गर्ने हैशियत मिल्दैन । चाहे यस्ता अभिब्यक्ति जोसुकैबाट किन नआओस। किनभने आम जनताको मत, विश्वास र भरोसाले जिम्मेवार पदमा पुगेको ब्यक्तिले राष्ट्रिय हित, सामाजिक सद्बभाव, बहुभाषिक, सांस्क्रितिक, धार्मिक अप्ठेरा केलाउँछ । यस्ता सामाजिक सद्भाव, आशा र साझा हितलाई अझ उँचो पार्नेगरि काम गर्छ । ब्रिहत्तर हितमा द्लहरुबिच सल्लाह, छलफल र आन्तरिक तयारि पुरा गरेर निति बनाउन लागिपर्छ । परिपक्क काम गर्छ । बरु फुटेका जनता जुटाउन अनेक कोसिस गर्छ । विविध खाले भाषा, संस्क्रिति, धर्म, आस्था र पहिचान बोकेका जनतामा फूट, आक्रोस, बिवाद र गलफत्ती उब्जाउने ब्यक्ति राष्ट्रिय नेता हुन सुहाउन्न ।

खानेले खाँदै आएको र सम्मान र पूजापनि हुँदै आएकाले यो ठूलो विषय थिएन । पूजा गर्नेहरुको सम्मानलाई चोट पार्न कखानेहरुले यो विषयलाई अनावस्यक तरिकाले उचाल्नुपनि गलत हो । खानेहरुमाथि कठोर कारवाहीको माग गर्नुपनि गलत हो । हाम्रो देशको मुख्य समस्या गाई गोरुको मासु खान पाइने कि नपाइने भन्ने होइन । देशका प्राथमिकता स्वास्थ्य, शिक्षा, आर्थिक विकास हुनुपर्ने हो । प्रविधीमा कसरि फड्को मार्ने, देशलाई कसरि सम्पन्न बनाउने । नेपालीको आर्थिक उन्नति कसरि सुधार्ने ? यस्ता दिर्घकालिन हितका विषयमा नितिनिर्माण तहमा पुगेका नेता, पार्टी र प्रशासकहरुको ध्यान जानुपर्ने हो । नेताहरुले ति घेरा तोडेर गल्ति गर्दा आम जनता, कार्यकर्ता र नागरिक तहबाट दबाब स्रिजना हुनुपर्ने हो । दुखको कुरो यस्तै मासु खान पाउने कि नपाउने भन्ने विषयमै अनावस्यक बहस, बिवाद र गलफत्ती चलिरहेको छ । यसको कारण के भने गाइगोरुको मासुको स्तरबाट धेरैको सोच माथि उठ्नसकेकै छैन । नेता जस्ता छन् हामी अधिकांशको स्तरपनि समान छ ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing