धार्मिक द्वन्द भड्काउन गाईकाण्ड

-सन्तोस चिमरिया

मुसलमानहरुमा दुई प्रमुख शाखाहरु छन । सिया र सुन्नी । सिया अल्पसंख्यक हुन । सुन्नी बहुसंख्यक हुन । दुबैका पैगम्बर पनि एउटै हुन – मोहम्मद । दुबैको शास्त्र पनि एउटै हो – कुरान । दुबैले पुज्ने इश्वर पनि एउटै हुन – अल्लाह ।

इस्बिको छैटौं शताब्दीमा आएर मोहम्मदले प्रारम्भ गरेको इस्लाम धर्म उनी बाँचुन्जेल शाखा रहित थियो । पुज्य एउटा मात्र अल्लाह हुन र उनका अन्तिम दुत मोहम्मद हुन भनेर स्वीकार गर्ने सबै इस्लामपन्थी हुन योग्य थिए । त्यहाँ सुन्नी र सियाको अस्तित्व थिएन । उनको मृत्यु लगत्तै उनका अनुयायी र परिवारका सदस्यहरुबिच को उत्तराधिकार हुन योग्य ? भन्ने प्रश्न ठूलो चुनौती भएर खडा भयो ।

मोहम्मदका छोरा थिएनन् । त्यसैले ज्वाईं अलीले बंशवादको वकालत गरे । बाहिरियाले लोकतन्त्र र जनमत भने । आजका सियाहरु तिनै बंशवादको वकालत गर्ने अलिहरूका अनुयायी हुन भने सुन्नी भनेका तात्कालिक जनमतवादीहरु हुन । तर अघोरै अचम्म के छ भने आज चौध सय बर्ष पछि बंशवादको वकालत गर्ने सिया समुदायको नेतृत्वकर्ता इरानमा निर्वाचित सत्ता छ । सुन्नी अर्थात जनमतवादीहरुको नेतृत्व गर्ने साउदी अरबमा चरम बंशवादी र अनुदार राजसंस्थरको हातमा सत्ता छ । अर्थात सिया र सुन्निका नेतृत्वकर्ताहरु उलटफेर भएर बिपरित ध्रुबमा बिराजमान भएक छन । तर दुश्मनी घटेको छैन ।
धार्मिक उदेश्यले प्रेरित भएर मोहम्मदले संगठित गरेको धार्मिक जमातमा उनको मृत्यु लगत्तै “राजनीति”ले प्रबेश पायो । त्यस यता यो चौधसय बर्षमा सिया र सुन्नी बीच युद्ध नभएको सान्तीपुर्ण एउटा घन्टा पनि छैन । दिन र हप्ताको त कुरै छोडौं ।

उनिहरु कति स-ससाना बिषयमा लड्न सक्छन् भने हात बाँधेर प्रार्थना गर्ने कि हात खुल्ला राखेर भन्ने निहुँमा भयावह युद्ध हुन्छ । भएका छन । दुइचोटी प्रार्थना गर्ने कि पाँच पटक, त्यसमा लडाइँ भएका छन् । यदी मानिस भन्ने जीबले लड्न चाह्यो अथवा उसलाई लडाउन पर्यो भने सबैभन्दा उपयुक्त हतियार भनेकै उसको धार्मिक संबेदना माथि प्रहार गर्नु हो । पछिल्लो समय चरम मानबिय संकट उत्पन्न हुने गरि सिरियामा जुन द्वन्द्व चर्किएको छ । त्यसलाई जारी राख्ने उर्जा भनेकै परस्पर बिरोधि सिया- सुन्नीको धार्मिक संबेदना नै हो । बाँकी सबै मुद्दामा छलफल र सम्झौता हुनसक्छ । तर धार्मिक आस्था र संबेदनामा छ्लफल र सम्झौताको संभावना अत्यन्तै नगन्य हुन्छ ।

लामो संक्रमणपछी स्थायित्वको झिनो अनुभुती हुनेगरी केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भए लगत्तै नेपाली समाजमा गौमासको मुद्दा चर्को र जबर्जस्त उठाउन खोजिएको छ । त्यसको पक्ष र विपक्षमा समाज र समुदायलाई बाड्न खोजिएको छ । हिन्दु र गैरहिन्दु भनेर सिंगो देशलाई ध्रुवीकरण गर्न खोजीएको छ । यसका प्रायोजकहरु यो बिषयमा व्यापक बहस र चर्काचकी होस चाहान्छन् । द्वन्द्व होस भन्ने चाहन्छन । हाम्रो संभाबित स्थाईत्वलाई धरापमा पार्न चाहन्छन् । हाम्रा समृद्धिका सपना र संभावनाहरुलाई निमोठ्न चाहन्छ्न । छोटकरीमा भन्दा उनीहरू हामीलाई सिया र सुन्नी बनाउन चाहान्छन ।

गौहत्या वा गौमास ठूलो मुद्दा होइन । खाएपनि हुन्छ । नखाए पनि चल्छ । यदि कसैलाई यो ठुलै मुद्दा हो भन्ने लाग्छ भने त्यसको समय सापेक्ष समाधान खोजी गरौंला । हामीले यो भन्दा ठुला ठुला द्वन्द्व व्यवस्थापन गरेका छौं । हामीले गणतन्त्र ल्याएका छौ । संघीयता ल्याएका छौं । धर्मनिरपेक्षलाई स्वीकार गरेका छौं । तर गाईको पुच्छर समाएर द्वन्द्व भड्काउन आउनेहरूदेखि सबै समुदायका मानिसहरू संचेत हुनुपर्छ । कसैलाई चलखेल गर्ने भूमी तयार पर्न हामी सहयोगी बन्नु हुँदैन ।

हामी भविष्य उन्मुख दोबाटोमा खडा छौं । एउटा उज्यालो गन्तव्यमा पुग्ने बाटो । अर्को अन्धकार खाल्डोमा जाकिने बाटो । हाम्रो छनौटलेनै हामी पुग्ने गन्तव्यको निर्धारण गर्छ । त्यसैले आउनुस उन्मादहरुको परित्याग गरौं । सोचौं । एकपटक सामाजिक वास्तविकतालाई नियालौं । एकपटक हामी किन उकासिदै छ सोचौं । हामी त उदार हृदयका देशबासी हौं ।

यहाँ त मंगोल आदि पुरुष शिबलाई बहुसंख्यक आर्यहरु देवादी देब भनेर पुज्छ्न् । आर्यमुलका गौतम बुद्धलाई बहुसंख्यक अनार्यगरु देवता मानेर पुजा गर्छन् । फेरि एउटा पशुको बिषयलाई लिएर हामी कसरी आर्य र मंगोल हुन सक्छौं ? के यस्तो उदार इतिहास बेकेका हामीहरु वास्तवमै गाई जस्तो एउटा साधारण पशुलाई लिएर द्वन्द्वउन्मुख हुन सुहाउछ ? मैले अघि नै भनें, यो ठूलो मुद्दा हुँदै होइन । तर द्वन्द्व चर्काउन मुद्दाहरु ठुला पनि चाहिँदैनन् ।

अन्त्यमा, गाईलाई सियोको रुपमा प्रयोग गरिएको छ । भोली फालीको रुपमा अर्थोकै प्रयोग हुन्छ । मैले सिया र सुन्नीको उदाहरण दिएर माथी नै भनें, लड्न र बाझ्न एउटै मुद्दा हजार बर्षलाई काफी हुन्छ । हामी गाई खाने र नखाने बिषयमा हजार बर्ष लड्न सक्छौं । हामी देशलाई गाईको बहानामा सिरिया जतिकै बनाउन सक्छौं । तर मेरो आग्रह हामी लड्नु हुँदैन भन्ने हो । लडाउनेहरुलाई सफल बन्न दिनु हुँदैन भन्ने हो । म एकपटक पुनः स्मरण गराउन चाहान्छु, हामीले यो भन्दा धेरै ठूलाठूला द्वन्द व्यवस्थापन गरेका छौँ । यसलाई पनि गर्न सकिन्छ । बस तपाईं जुनसुकै समुदायको भएपनि बिबेक नगुमाउनुन् । तपाईं बहुलाउने प्रतिक्षामा द्वन्द्वका ब्यापारीहरु बसिरहेका छन् । तिनको व्यावसायिक सफलताको कारण नबन्नुन् । बिज्ञापन नबन्नुन् ।

(चिमोरियाको फेसबूकबाट)

  • madan bajracharya

    हिन्दु धर्म पुराण अनुसार गाई गोरुको मासु हिन्दुहरुले खाँदैन भन्ने कुरानै बिबादास्पस्त छ/ हिन्दु धर्मको मूल आधार पुरानै हो/ पुराण अनुसार पहिला हिन्दु धर्म मान्ने र हिन्दु देवताले समेत गाई गोरुको मासु खान्थ्यो र गो बलि पनि दिन्थ्यो/ यो कुरालाई स्वामी बिबेकानन्दले पनि सकारेकै छ/ ई कुराहरुले के देखाउंछ उहिले हिन्दुहरुले गाई गोरुको मासु खान्थ्यो पछि खान छाड्यो/ अहिले पनि हिन्दु धर्म अनुसार तल्लो जातको भनियको केहि हिन्दु समुदायले अहिले पनि गाई गोरुको मासु खान्छन/ तर आफुलाई उच्च जातिको मान्ने हिन्दुहरुले अहिले गाई गोरुको मासु खाँदैन/ त् के ठुला जातकाले नखाने भयकैले गाईगोरुको मासु खानु पाप तथा अपराध भयको हो?

    हिन्दु धर्म अनुसार गाई गोरुको मासु खान किन हुँदैन भन्ने कुरा स्पस्ट धार्मिक आधार पनि कसैले देखाउन सकेको छ जस्तो मलाई लाग्दैन/ हिन्दु धर्म अनुसार गोरु सिब को बाहन हो/ सिबकै बहान भयकोले गोरुको हत्या गर्न नहुने मासु खान नहुने भन्नेले हिन्दु देवता र हिन्दु धर्ममा बिशेष स्थान राख्ने माछा सुँगुर कछुवा सर्प आदि अरु पनि जनावरहरुको हत्या र तिनिहरुकोम मासु खानुलाई पाप र अपराध मान्दैन,किन?

    धर्मको आधारलाई छोडेर गाई नेपालको रास्ट्रिय जनावर भयकोले गाई गोरुको हत्या गर्न नहुने र मासु खान नहुने भनेको भय सायद तेती बिबाद नहुने हो/ तर अरु देसको प्रचलन लाई लिने हो भने रास्ट्रीय जनावर भयकै कारणले तेस्को मासु खान नहुने भन्ने कुरा,मा पनि बिबाद र बहस हुन् सक्छ/ सबै गाई गोरु यकै प्रकारको होईन तिनीहरु यक अर्को सिट फरक छ/ आज पनि नेपालको हिमाली छ्यत्रमा चौरी गाई गोरुको मासु खान्छन/ चौरी गाई पनि गाई नै हो/ यसैले कुन जाति बा प्रकारको गाई गोरु को मासु खान हुँदैन कुन को हुन्छ भन्ने कुरामा ठुलै बिबाद हुन् सक्छ/

    अब गाई गोरुको मासु खान हुन्छ बा हुँदैन भन्ने कुरालाई छोडेर गाई गोरुको हत्या गर्नु हुन्छ बा हुँदैन भन्ने कुरामा बिचार गरु/ हात खुट्टा बाधेर गर्धन छिनाल्नु बा गोलि हानेर मार्नु मात्रै “:हत्या” हुँदैन/ दुध दिउञ्जेल सम्म गो माता दुध दिन नसक्ने भय पछि भोकै मर्नु पर्ने बा अरु जनावरको आहार बन्नु पर्ने गरि लावारिस छोड्नु के हत्या होईन?

    अहिले हिन्दु समुदायकै गाई गोरुको मासु खानेले गाई काटेर खायो भनेर उनीहरुलाई प्रहरीले पकडेको छ र खाने ले खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दियाकोमा ठुलै होहल्ला मच्चियको छ/ नेपाल मात्र गाई गोरुको मासु खानु महापाप हुने मान्ने हिन्दु धर्म मान्नेको होईन/ यस्तै कुरा गर्ने हो भने गाइगोरुको मासु खानु महा अपराध बा महापाप मान्नेले नेपालकै अरु जात धर्म मान्नेले नखाने जनावरको मासु खान्छन/. त् अब के गर्ने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bujhe , gre , raamrai ho

    भन्नि हो भनी , ” बाहुन यस्ता खराब , उस्ता खराब ” भन्छन। नभन्नि हो भनी , केहि कुरो पनि सही र गतिलो नगरनि। बृद्ध भत्ता ६५ बर्ष राख्दा हुन्छ । कहिले बुझनी हो कुरो ? हैन काम गर्न गर्न परेपछि , गतिलोसंग गर्न पर्दैन ? झारा टारेर , काम गरेको थियो, भन्नि पारेर , जनावार झै किन नारिनी ? के का लागि ? सबैलाइ काम लागनि कुरो हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing