पराल, हतासोको ठ्यास ठ्यास र जिन्दगी

  • तारा अधिकारी / स्पेन

भैंसीको मुखबाट स्वात्त छिरेर मलखादमा पूग्ने पराल आज बाह्रघरे तानमा छिर्न भिजाईएको छ । अब हत्तासोको लगातारको ठ्यास ठ्यास उसले निर्वाद हरेक क्षण खप्नुपर्ने छ । उसका मेरुदण्डका हाड नै भाँचिनेगरि प्रत्येक तानको तलमाथि कम्मर निचोर्दे मुन्टोलाई यता बाट छिराएर उत्तापट्टी निकालिन्छ । अनी बलियो खाले परालको मुन्टो छुट्टै माथिपट्टि तानिन्छ । त्यो मुन्टाले विट मार्नुपर्छ । त्यही मुन्टो त हो, कुनै समय लहलह झुल्ने बाला लागेको थियो । सुनजस्तै पहेंला दाना बोकेर लहराएको थियो । समयको कुरा न हो, आज त्यही बाला लागेर झुलेको पराल गुन्द्रीको विटको रुपमा बटारिन तयार भएको छ ।

विहान उठेर गुन्द्रीको तान लगाएकी पल्लारे ठुल्भाउजु वेलुका तानबाट गुन्द्रो उतार्छिन । एकैदिनमा तानबाट गुन्द्रो उतार्नु चानचुने मेहनत होईन । छिटो हात चलाउन सक्नेले मात्र त्यसरी दिनकै गुन्द्री पुरा गर्न सक्छ । हतासो ठोकेर सक्याएपछि दायाँ बाँया बाँकी रहेको पराल काट्न हँसीया उद्याउँछिन ठुली ।

पल्लारे ठुले निकम्मा छ । गुन्द्रीको तान अगीगाडी बसेर चुरोट तन्काउँछ फ्वाँ फ्वाँ र ठूली लाई नियालीरहन्छ । खै के कुराको ताकमा हुन्छ ठुले । गुन्द्री उतारेर सुक्नको लागी पिँढीको आडमा ठड्याउँछीन ठूली । अनी लाग्छीन घरधन्दामा । गोठबाट सेती भैंसी कराउँछे ।। हाँईँईंईं गरेर । एक बुजो पराल हाल्दीएको भए तिम्रो के जान्थ्यो र ? ठूली फतफताउँदै गोठ तिर लाग्छीन । ठुले पछाडीबाट आफ्नै स्वास्नीलाई नियालेर हेरीरहन्छ । र घुटुक्क थुक निल्छ ।

विहान माथ्लो घारमा बरियो छिराउन एक्लै हुँदा हराएको ठुले दिउँसो छक्काल पारेर आईपुगेको थियो । दिउँसो बखत आईपुगेको ठुले साँझ गुन्द्री उतार्ने बेलासम्म तानकै अगाडी बसीरह्यो । ठुलीले पराल सर्काउँदै गईन, सरक सरक।।। हतासोले ठोक्दै गईन ठ्याँस ठ्याँस । दुई ठसक विचमा ठोकेपछी दायाँ दुई र बायाँ दुई पटक ठोक्छीन ठूली । गुन्द्री को मोहडा घुमाउरो घुमाउरो बन्दैछ । पराल खिरीलो भएर हो की ! पटक्कै मेलो सरेन आज ।

मेलो सार्नलाई ठूली दुईटा पराल कहील्यै उन्दीनन् । न पराललाई खुकुलो नै छाड्छीन । चित्त नबुझुन्जेल ठोकेर पराल कसीलो पार्नेहो । बरु मेलो ढिलै सकीयोस उनलाई चिन्ता छैन ।

कसले लगाईदियो तान ? ठुलेले एक्कासी सोध्यो ।
‘तल्लारे तारा बाबुले लगाईदिनु भ’को ।’ ठुलेलाई पुलुक्कसमेत नहेरी जवाफ दिईन् ठूलीले ।
तल्लारे तारे सम्झीएर ठुले मुर्मुरीयो । अर्को खिल्ली सीग्रेट सल्कायो । ख्वाक्क खकार्यो र पिचित्त थुक्यो ।

ठुली भने तारा बाबुको अनुहार सम्झिँदै गुन्द्रीको मेलो सक्याउँछीन । बाँकी पराल धार मिलाएर काट्छिन् । ठ्याक्कै तारा बाबुका जुँगा जस्तै । तारा बाबु सिंगो गाउँका सहयोगी देवर थिए । भाई जस्ता । भर अभरमा काँध थाप्ने आफन्त थिए । आँखैमा राखेपनि नविझाउने ताराबाबुलाई सम्झेठूलीले गुन्द्री विस्तारै भुईमा ठोकीन् । धुलो र परालका टुक्राटाक्री झारीन् ।

अचेल ताराबाबु गुमनाम छन् । पैसा कमाउन गएका रे सात समुद्र पारी । उनी हुन्जेल के कुराको पिरलो थियो र ! दुदिलाको घाँस झार्नु परे ‘ल म झार्छु भाउजु’ भन्थे । भारी घचेट्न उनको यौटै हातको सहारा काफी थियो । पानीको गाग्रो त फूल झैं उठाएर कम्मरमा राख्दिन्थे । उनको अनुहार हेरेपछि मोलको डोकोको तौल घट्थ्यो । मुरीको थैलो पाथी बराबरको हुन्थ्यो । त्यस्ता सहयोगी तारा आखिर हराए गाँउबाट टाढा कतै । कता हराए त उनी ?

असारको महीना, मकैबारी भित्र कोदो रोप्ने यम ! भुटेका मकैको खाजा । तारा बाबु अगाडी अगाडी बारी खन्दै मेलो सम्याउँदै खेतारीलाई कोदो रोप्ने ठाउँ तयार पार्थे । वर्षातको समय हिलाम्य खेत रोपाईको बेला । तारा बाबु जब्बर थिए । चारवटी खेतारीलाई कोदो रोप्नपुग्ने मेलो एक्लै खन्न सक्थे । जोर हल चलाउनलाई यौटै बाउसे काफी थिए, तारा बाबु ।

सम्पुर्ण खेतारीका आँखाका तारा थिए उनी । तारा हिलो खेलेनन् भने रोपाई नै नरमाईलो हुन्थ्यो । तर अचेल उनले यो हिलो विर्षीर्षिए । यो धुलो विर्षिए, गाउँ विर्षिए । बेसी विर्षिए । वारीपारी विर्षीए र त्यो मकै बारी विर्षीए ।।। आखिर कता हराए ताराबाबु ?

ताराबाबु थिए र पो बारी बारी जस्तो थियो । खेत खेत जस्तो थियो । पँधेरोमा नुहाउँदैगर्दा कोही आयो भने छिटो छिटो लुगा फेर्नुपर्थ्यो । ताराबाबु आउँदा कहिल्यै हतार गर्नु पर्थेन । आफ्नै ताराबाबु त हुन के को शरम भयो र ? तर अचेल आउँदैनन पँधेरामा तारा बाबु ! किन ढिलो गर्नु र अब ?

अचेल बारीबाट फर्कदा ताराबाबुको रित्तो डोको बोक्नु पर्दैन । अचेल उनको लागि पोल्टामा अलिकती भुटेको भटमास छुट्टै राखेर पर्म जानु पर्दैन । पिज्जा बर्गरमा रमाएका छन ताराबाबु अचेल । सात समुद्र पारी । भुलीसके उनले फापरको रोटी र मकैको पुवा ।

दायाँबायाँ तानमा पराल मिलाएर हतासोले ठ्यास ठ्यास ठोकेपछि आकार पाउँछ गुन्द्रीले । एउटा आकार पाउनको लागी कति मार खान्छ परालले ? कति फन्को धागोको तानको फन्कोमा कति पटक बेरिएपछि जन्मन्छ गुन्द्री ? गुन्द्री बास्तवमा मान्छेले आफ्नो सुविधाको लागी आविष्कार गरेको वस्तु होला । तर पाचन प्रणालीमा धेरै पहिलेनै समाहित भईसक्ने पराललाई केही लामों समय जीवन्त राख्दछ गुन्द्रीले ।

ज़िन्दगीलाई निश्चित आकार दिन ताराबाबु प्रत्येक रात हत्तासाका ठ्यास ठ्यास सहेकै छन युरोपमा । तर उनलाई आरोप लाग्ने गरेका छन । साथीभाईहरुको तर्फबाट । सखीहरुको तर्फबाट लाग्छ आरोप उनलाई । लाग्छ आफन्त छरछीमेकी, दिदीबैनी र भाउजुहरु बाट । ति सबै खेप्छन उनी । उनी हराएको आरोप लागिरहन्छ बेलाबेला ।

ताराबाबुको जिन्दगीलेपनि कम्ती हण्डर खाएको त कहाँ छ र ? गुन्द्री बन्नकोलागि परालले झेलेको हतासोको ठ्यासठ्यास भन्दा धेरै हण्डर भोगेकाछन उनले । खाडीको गर्मीमा आफूलाई तताएर पुगेका हुन उनी युरोप । त्यसको बेग्लै कथा होला । परालले तान भुल्न सक्ला । गुन्द्रीले हतासो भुल्न सक्ला । तर भुलेका छैनन् ताराले आफ्नो अतित । भलै रुमल्लीएका होलान् कतै राम्रो तानको खोजीमा । आफ्नो जिन्दगीलाई उत्तम गुन्द्री बनाएर छिरलीएका सम्झनारुपी परालका त्यान्द्राहरु समेट्दै मेलो बढाउँदै होलान् कतै सुदुर र विरानो मुलुकमा ।

  • Laastai vyo

    खोई के जाती पो बनायो , ” बोल माया गीत ‘ सारहरै नै बदनाम देखाएको , बिदेशीले त्यस्तो भिडियो हेर्यो भने , हेपन सम्म हेप्छ। (१) धूलो उडेको , धागो जस्तो रोड , पुरानो मोटर , सकीय नसकी , लास बोकेर गको , सारहरै नै तल्लो देखाएको। (२) अरु देशकोहरुले नराम्रो कुरो भनेर , सुधार गर्दै जान्छ , तर देखाउदैना। (३) घरहरु पनि कालो छानो , पुरानो रंग नलगाको , बुंग बुंग धूलो उडेको , लास्टै तल्लो देखाएको। (४) त्यस्तो देखे पछि , मजाले हेप्छ। यिनीहरुले जत्ति थोरै पैसामा पनि काम गर्छ भन्छ। (५)) नेपाली नेपालीमा , दुःख देख्दा दया हुन्छ , सकेको सहयोग गर्छ , तर बिदेशीले त्यों मुस्लिम देशहरु ले झन्न मजाले रगत चुस्छ। मुसलवानको धर्म हुदैन , जति अर्कोलाई मारेयो तेति आफ्नो परिबारलाई भन्छ। (6) ” लौ त्यस्तो पो रहैछ भनेपछि , मुस्स्लटेले लुकीछिपी पनि त्यो भिडियो हेर्छ। राम्रो लागेर हेरेको हो र ??? ( ७) हामी कतार घुमन ज्यादा , मुसलवानले , नेपाली तीज को नारीहरु नाचेको भिडियो हेरको देखेको। हामीले देखेपछि , तुरंत बन्द गरेयो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing