काम भन्दा लालबाबु पण्डितका कुरै चर्का

-सुमन बराल / स्विडेन

सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनिहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्तिपनि दिने गरेका छन् । यसलाई कसरि बुझ्ने ?

पण्डितलाइ बिदेस जाने मान्छे मन नपर्नु स्वभाविक हो । उनलाई को मन पर्ने वा मन नपर्ने भन्ने उनको आफ्नो निजि कुरा हो । उनको स्वतन्त्रता हो । तर मन्त्रिले आफ्नो निजि कुण्ठा पोखेर मात्रै पुग्छ ? भ्रस्ट र खटाएको ठाउँमा नजाने कर्मचारीलाई ऐन बमोजिम दन्ड जरिवाना समेत गर्न नसक्ने लाचार मन्त्रीले बिदेस बस्ने नेपालीलाइ सरापेर मात्रै समस्याको सामाधान हुन्छ ?

नेपालमै अवसर खोज्नु पर्छ । नेपाललाईनै कर्मथलो बनाउनु पर्छ । जतिसुकै पुस्ता बिदेस बसेपनि त्यहि देशको हुन सकिँदैन । त्यहाँको समाजले ग्रहण गर्दैन भन्ने पबित्र भावना राख्नु जायज हो । तर १२ पल्ट डिभि भर्दा पनि नपरेर निरास भएका, कुनै गतिलो देशले भिसा पनि नदिएका केहि ब्यक्तिले उचालेकै भरमा मन्त्रीले नानाभाती भन्न सुहाउँछ ?

बरु मन्त्रि भएपछि उनले यि काम गर्नुपर्ने, भन्नुपर्ने होइन ?

बिदेसमा भएका आफ्ना नागरिकको लगानी र ज्ञानबाट बिगतमा चिन, भारत लगायतका देशले ठुलो सफलता, फाइदा प्राप्त गरेका छन् । ५० औं लाख नेपाली बाध्यता, रहर अथवा जुनसुकै कारणले बिदेसिएको भएपनि अब सरकारले स्वदेस फिर्तीको अभियान चलाउने छ र उनीहरुलाई पनि देश बिकासको सारथी बनाइने छ ।

विदेशमा गएर पढ्नु, सिक्नु, कमाउनु राम्रो कुरा हो । तर म अब आफ्नै मुलुकमा फर्किन सबैलाइ अनुरोध गर्छु । अब नेपालमा लगानी गर्दा कुनै कर्मचारीलाइ घुस र कमिसन दिनु नपर्ने बनाउँछु । कुनै टोले गुण्डालाइ भत्ता दिनु पर्ने अवस्था रहन दिँदैनौं । राजनीतिक दललाइ चन्दा दिनुपर्ने जस्ता कुराको अन्त्य गर्ने प्रत्याभूति दिलाउन चाहन्छु । गैह्रकानुनि काम गर्नेलाइ हदैसम्म दण्ड जरिवाना गरेर नेपालमा लगानीको बाताबरण बनाउन सरकार अघि बढि रहेको छ ।

आफू बसेको बाताबरणमा सुरक्षित महसुस गरेनन भने पशुपन्क्षीले त ठाउँ परिबर्तन गर्छन् । मानिसले त झन अवसर पाउँदा राम्रो ठाउँ जानुलाइ सामान्य रुपमा लिनुपर्छ । साथै, विदेशमा स्थाई रुपमा बसोबास गर्ने सबै नेपाली फर्किनैपर्छ भन्नेपनि छैन । वहाँहरुले विदेशमै बसेर पनि आफ्नो मातृभुमिप्रतिको कर्तब्य पुरा गर्न सक्नुहुन्छ । अर्थात आफूले नेपालमै लगानी गर्ने, नेपालको पर्यटनको प्रवर्धन बिदेसमा गर्ने, आफ्नो सिप र ज्ञान नेपालसंग साटासाट गर्ने, आफु र आफ्ना सन्ततिले अन्य देसलाइ भन्दा नेपाललाइनै पर्यटनको पहिलो गन्तब्य बनाउने, आफु बसोबास गर्ने देशको सरकारसंग समन्वय गरेर लगानी भित्र्याउने, सहयोग आदन प्रदान गर्ने लगायत धेरै काम गर्न सकिन्छ ।

“विदेशमा हुने मध्ये नेपालमा लगानी गर्ने आर्थिक क्षमता नहुने वा विविध कारणले गर्न नचाहनेकै बाहुल्यता छ । करिव ५० लाख मध्ये ९० प्रतिशत भन्दा बढि त मासिक १०,१५ हजार पनि बचत नहुने गरि रगत पसिना बगाएर भएपनि परिवार पाल्नकै लागि बिदेशिन बाध्य छन् । अब सरकारले आफैं कलकारखाना खोलेर, निजि क्षेत्रसंग सहकार्य गरेर सबै नेपालीको रोजगारीको हकको रक्षा गर्ने छ । रहरले विदेश जाने अर्कै बिषय हो । तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको प्रत्याभूति नभएकै कारण विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।

बिकशित देशमापनि सबैको अवस्था राम्रो छैन । खाडी मुलुक लगायत नेपालीको गन्तब्य हुने धेरै मुलुकमापनि सबैको राम्रो तलब सुबिधा छैन । अब बिदेसमा नभई आफ्नै देसमा रगत पसिना बगाउन फर्किनुस् । अब सरकार, निजि क्षेत्र र नागरिकको सहकार्यमा अत्यन्त पछि परेको देशलाइ तिब्र बिकासको गतिमा लग्नुपर्छ ।

सकेसम्म नेपालको पैसा र सम्पत्ति नेपालमै लगानी गर्नुस् । बिदेस लग्नुनै हुन्छ भनेपनि निस्चित प्रक्रिया पूरा गरेर, राज्यलाइ कर तिरेर बैधानिक तरिकाले लग्नुहोस । नेपालको पैसा बिदेस लग्नै दिन्न भनेर हामीले दाह्रा किटे जसरीनै अन्य देसका मन्त्रीले पनि दाह्रा किट्ने हो भने वैदेशिक लगानी कसरी भित्रीन्छ ?

म अझै पन्डितको शब्दमा “भूपू नेपाली” भइसकेको छैन । नेपाली नागरिकता र पासपोर्टनै छ । साथै पन्डित इमानदारनै छन् जस्तो लाग्छ । तर उनले गर्नुपर्ने काम नभई जे कुरा बोलिदिँदा बढि बहस (पक्ष र बिपक्ष दुबै) हुन्छ, त्यति मात्रै बोलेर नबसुन् । गर्नुपर्ने र गर्न सकिने काम (भ्रस्ट लाई बर्खास्त गर्ने, प्रबिधिको भरपुर प्रयोग गरेर जनतालाइ छिटो, छरितो र पारदर्सि सेवा दिने लगायतका जनसरोकारका काम) भटाभट गरून् । शुभकामना !

(बरालको फेसबूकबाट)

  • madan bajracharya

    हो नेपालमा आफ्नो स्वार्थ पुरा गरेर वा पुरा गर्न नसकेर विदेश पलायन हुनेनै नेपालको बेरोजगारी अशान्ति र अस्थिरताको लागि जिम्मेवार छन्, यस्ताकै कारणले योग्य बन्न सक्ने नेपालि अयोग्य हुन् र बेरोजगार हुन् बाध्य भयकोले विदेश जान बाध्य भयको हो/ देसमै रहे भोकै रहनु पर्ने बिदेशमा जान ठुलो रकम खर्चिनु पर्ने यो अर्को दुख यो लाद्ने पनि लालबाबु पण्डितहरुकै बर्गहुन्/ छोटकरीमा भन्ने हो भने नेपालीलाई जायज नाजायज तरिकाले विदेश जान र बिदेशमै लामो समय सम्म बाध्य बनाउने नेपालको राजनीतिलाई आफ्नो स्वार्थको खेति बनाउनेहरुनै हुन्/

    उहिले शासकले नेपालीलाई संसार भरि आफ्नो प्रभुत्व टिकाउन लडाई गर्दै रहेको इंगलैंडको सेनामा कमिसन बटुलेर नेपालीलाई भर्ति गर्न दिय जस्तै अहिलेकाले पनि त् तेस्तै मात्रै होईन बिदेस गयकोमा गालि खाँदै गर्नेले कमायकै रकम बात देसको बजेट देखि आफ्नो कुर्सि र सान टिकाई रहेको छ/

    लालबाबु बिदेसमा गय बसेका नेपालीलाई पत्याउन नसकिने आधा नेपालि र विदेश जान खोज्नेको नेपालमै रहेको परिबारलाई समेत घिनाउन्दै उनीहरुलाई समेत बहिस्कार गर्ने अभिव्यक्ति दिंदै आयको छ/ यदि नेपाल छोडेर विदेश जान बस्न सक्ने भिसा पायकालाई पत्याउनै नहुने हो भने यो कुरा सबै भन्दा पहिला पत्याउनै नसकिने व्यक्ति लालबाबु पण्डितनै हुनु हुन्छ/ लालबाबु पण्डित सिट भयको नेपालि नागरिकता मात्र नेपालि नागरिकता होईन त्यो भारतको नागरिक सरह कुनै पनि बेला आजीवन भारतमै बसोबास गर्न पाउने “भिसा” पनि हो/ मन्त्रि भयका धेरैले भ्रस्टाचार गरेकै छ रास्ट्रघात गरेकै छ र तेस्ताहरु भारतमा आजीवन भारतीय नागरिक सरह बस्न पाउने भिसा जस्तै भयको नेपालि नागरिकता देखायर भारत पलायन भयकै छ/ भोलि लाल बाबु पण्डितले पनि तेस्तै गर्न पनि सक्छ/

    लालबाबुहरु ग्रिनकार्ड बा आवासिय भिसालाई बिदेश स्थाई बसोबास गर्न पाउने भिसा होईन निश्चित समय पछि पुन नबिकरण हुन् पनि सक्ने नहुन पनि सक्ने भिसा हो भन्ने कुरा पनि थाह छैन/ पर्यटकीय भिसा वोर्क केहि महिना बा केहि बर्ष को समय सिमा हुन्छ र यस्तो भिसामा विदेश बसेकाले आवासीय भिसामा भिसामा बसेकाले भन्दा कम सुबिधा पाउने हुन्छ/ विदेश जान नेपालीले लाखौंको ऋण लियको हुन्छ, कमिसन बुझायको हुन्छ/ फेरी बिदेशमा पनि उनीहरुले पाउनु पर्ने ज्याला नपाउने पनि हुन्छ/ केहि महिना बा केहि बर्ष तेस्तो भिसामा बिदेशमा काम गनेले सायद विदेश जान जत्ति खर्च गरेको छ तेती पनि कमाउन नसक्ने हुन्छ/ तेसैले उनीहरु ग्रिन कार्ड बा आवासीय भिसा लिन खोज्छन/

    विदेशको ग्रिन कार्ड,आवासीय भिसा र त्याहाको अंगिकृत नागरिकतामा खासै फरक छैन/ग्रिन कार्ड बा आवासीय भिसा म्याद सकिय पछि नबिकरणको निमित फिस तिरेर निबेदन दिनु पर्छ/ आचरण खराव भयमा नबिकरण नहुन पनि सक्छ/ विदेशको अंगिकृत नागरिकता नबिकरण गरिरहनु त् पर्दैन, तर आचरण खराव भयमा त्यो अंगिकृत नागरिकता खारेज पनि हुन् सक्छ/ विदेशको अंगिकृत नागरिकता लियामा अबकास पछि पौने पेन्सन उपचार सुबिधा सबै नेपाल फर्केर नेपालमै पुन पनि सक्छ/ नेपालीले विदेशको नागरिकता यहि सुबिधा पाउन मात्रै लियको हो/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    madan bajracharya Reply:

    माथि प्रतिक्रियामा मैले यउटा कुरा लेख्न भुले/ नेपालमा सरकारी वा सरकारको लगानी भयको स्थानाना रोजगारी पाउन ३५ बर्ष ननाघेको हुनु पर्ने कानुन छ/ नेपाल बात बिदेशमा पढ्न गयकाहरुलाई नेपालमा रहेको परिबारले बिदेशपढ्न बस्न खर्च पठाउन सक्दैन/ तेसैले उनीहरु त्याहा आफैले कमायार मात्र बस्न र पढ्न सक्छन/ यसैले उनीहरु मध्य धेरै पढाई सकुन्जेल ३०/३५ बर्षको भैसक्छन/ त् उनीहरु नेपाल फर्की हाले पनि तेही ३५ बर्से नियमको कारणले नोकरी पाउन नसक्ने पनि हुन् सक्छ/ तेसैले पढाई सकेका बिद्यार्थीहरु विदेशको आवाशीय भिसा लिन खोज्छन/लालबाबु त् प्रसासन मन्त्रि हो क्यारे/ त् त्यो नियमको कारणले बिदेशमा आवासीय भिसा लिन खोज्ने दोसी हो बा तेस्तो वाहियात नियम नसचायाउने नासचाउने aत् दोसी को हो नेपाली बिदेशमा आवासीय भिसा लिन खोज्नुमा?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing