मार्क्सवादको मृत्यु हुन्छ ?

माओ भन्छन्- ‘हुन्छ’, यस्ता छन् माओका गहनतम दार्शनिक आधारहरु

अध्यक्षः मैले तपाईंलाई आज मकहाँ आउन भनेको छु किनभने म सकाता (सोइची) द्वारा लिखित आलेखभित्र पस्न चाहन्छु । सकाता भन्दछन्, आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन् । यसो भन्दै उनले द्वन्द्वात्मक भौतिकवादको पक्ष लिएका छन् ।

विश्व अनन्त छ । समय र स्थान दुवै हिसाबले विश्व असीम र अविनासी छ । हाम्रो सौर्य प्रणालीको वरिपरि अरू असङ्ख्य ताराहरू छन् जुन तारामण्डलसँगै रहन्छन् । आकाशगङ्गावरिपरि असङ्ख्य आकाशगङ्गाहरू छन् । ब्रह्माण्डलाई बृहत् रूपमा लियो भने अनन्त छ, यसलाई सङ्कुचित रूपमा लियो भने पनि अनन्त छ । परमाणु (बतयmं) मात्र विभाज्य छैन, बरु पारमाणविक नाभी (लगअभिगक) पनि विभाज्य छ र यो अनन्त रूपले विभाजन हुनसक्छ । चुयाङ चुले भनेका छन्, ‘एकजनाले आधा घन उठाउँदा एक फुट खिइन्छ तर यो दस हजार पिँढीसम्म अन्त्य हुने छैन ।’ यो सत्य हो । यसकारण विश्वका बारेमा हाम्रो ज्ञान पनि असीमित र अविनासी छ । होइन भने भौतिक विज्ञान योभन्दा अगाडि विकास हुनेछैन । हाम्रो ज्ञान सीमित भइदिएको भए हामीले सबैथोक जानिसकेका हुन्थ्यौँ, अनि हामीले गर्नुपर्ने के काम बाँकी रहन्थ्यो र ?

अध्यक्षः वस्तुबारे मानिसको ज्ञान महान् चक्रहरू (चभउभतष्तष्यलक) बाट गुज्रनैपर्दछ अनि यसमा सञ्चयको प्रक्रिया हुनैपर्दछ । भावपरक ज्ञानबाट विवेकयुक्त ज्ञानतिर फड्कोे हान्नलाई भारी मात्रामा भावपरक तथ्य सञ्चित हुनैपर्दछ । यसरी व्यवहारबाट आवेग र आवेगबाट विवेकतिर छलाङ हानिन्छ, यसबारे न माक्र्स, न त एङ्गेल्सले स्पष्ट रूपमा बहस गर्नुभएको छ । लेनिनले पनि यसबारे स्पष्ट रूपमा बहस गर्नुभएको छैन । आफ्नो भौतिकवाद र आनुुुभाविक आलोचनावादमा लेनिनले ज्ञान सिद्धान्तको विस्तार नगरीकन भौतिकवादको मात्र विस्तार गर्नुभएको छ । भर्खरै आइ सु चीले यसबारे उच्चस्तरीय पार्टी स्कुलमा बहस चलाउनुभएको छ र त्यसो गरेर उहाँले सही काम गर्नुभएको छ । यद्यपि चीनमा लाओ चु, चुयाङ चुलगायत मानिसले यसबारे स्पष्ट व्याख्या गरेनन् । मो चुले ज्ञान सिद्धान्तसम्बन्धी केही बहस चलाए तर स्पष्ट रूपमा होइन । अरू च्याङ चाई, लि चुओ उ, वाङ चुयान–सान, तान सु तुङजस्ताले पनि यसबारे स्पष्ट व्याख्या गरेका छैनन् । आखिर दर्शनशास्त्र भनेको के हो त ? दर्शनशास्त्र भनेको ज्ञान सिद्धान्तबाहेक अरू केही होइन । मैले पहिले ‘दोब्बर दस आलेख (सुयाङ सी तिबाओ) मा दस आलेख लेखेँ । त्यसमा मैले पदार्थ कसरी चेतनामा परिवर्तन हुन्छ र चेतना कसरी पदार्थमा भन्नेबारे बहस चलाएको छु । त्यसमा मैले के कुरा पनि भनेको छु भने दर्शनशास्त्र पढाउने समय एक घन्टाभन्दा बढी खर्च नगरियोस् । त्यसभन्दा बढी जति कुरा ग¥यो त्यति मानिसहरू भ्रमित हुँदै जान्छन् । मैले के पनि भनेको छु भने दर्शनशास्त्रलाई कक्षा कोठाबाट मुक्त गरियोस् । मेरा कुराले केही मानिसलाई विस्तारै छुनेछ जो मेराविरुद्ध ‘दुई एकमा मिल्ने’ नारा लिएर आएका छन् ।

अध्यक्ष : धेरै कुरामा हाम्रो ज्ञान अझै अस्पष्ट छ । ज्ञान सधैँ विकासशील हुन्छ । हामी ठूलो दुर्बिनद्वारा अझ बढी ताराहरू देख्न सक्नेछौँ । सौर्यप्रणाली र पृथ्वीबारे पृथ्वी र सूर्य दुवै अत्यन्त तातो ग्याँसको सङ्कुचनद्वारा बनेका थिए भन्ने कान्टको निहारिका परिकल्पना हामीले अझै भत्काएका छैनौँ । हाम्रो पृथ्वी सम्भवतः अझै युवावस्थामै छ अनि यो अझ ठूलो हुँदैछ किनभने उल्कापिण्ड र घाम प्रत्येक दिन यसमाथि परिरहेको छ । सूर्यचाहिँ सम्भवतया बढीमा मध्ययुगमा पुगेको छ, यो पहिलेजस्तै तातो छैन । सूर्यको किरण पृथ्वीको सतहमाथि यति कडा कि १०० डिग्री हुन्छ भने यहाँ मानव जाति कसरी रहन सक्छ ? सूर्यको सतहको तापक्रम ५००० अथवा ६००० डिग्री हुन्छ अनि सतहमाथिको एउटा तह लगभग १०००–३००० डिग्रीको तापक्रमसहित हुन्छ । हामी सूर्यका विषयमा त्यति राम्ररी बुझ्दैनौँ भन्छौँ भने आनाकानीबिना हामीले सूर्य र पृथ्वीबीचको अजङ्गको स्थानबारे पनि स्पष्ट छैनौँ भन्नेतिर जान्छ ।

आज भूउपग्रहले गर्दा यो क्षेत्रमा हाम्रो बुझाइ विचारणीय रूपमा फराकिलो भएको छ । हामीलाई पृथ्वीमा जलवायु परिवर्तनबारे पनि स्पष्ट छैन र यसबारे हामीले अध्ययन गर्नैपर्दछ । हामीले हिमयुगको सामना गर्नुपर्ने हुनसक्छ, वैज्ञानिकहरू यस्तो तर्क गर्दैछन् । लि शु–क्वाङको अनुमान के छ भने हरेक एक मिलियन वर्ष हिमयुगको अवधि हुन्छ । त्यसबेला जीव वैज्ञानिक संसारमा आमूल परिवर्तन हुन्छ । प्राचीन डाइनोसरहरू नष्ट भएर गए किनभने तिनीहरू हिमगुगीन जमेको चिसोमा बाँच्न सक्तैनथे । मानिस पछिल्ला दुई हिमयुगका बीचको उपज हो । अर्को हिमयुग आएपछि मानव जातिलाई नै समस्या हुनेछ अनि अब जो कोही पनि अर्को हिमयुगको आगमनको सामना गर्न तयार हुनैपर्दछ ।

एक्स–एक्स–एक्स : अध्यक्षले भर्खरै दुर्बिनबारे केही कुरा उल्लेख गर्नुभयो जसले मभित्र एउटा प्रश्न उठ्यो के हामीले सामान्यतः दुर्बिन र भूउपग्रहजस्ता चीजलाई ‘ज्ञानका औजार’ हरूका रूपमा श्रेणीबद्ध गर्न सक्तैनौँ ?

अध्यक्ष : तपाईंले जुन ‘ज्ञानका औजारहरू’ को अवधारणा भन्नुभएको छ, यो धेरै सत्यको नजिक देखिन्छ । ज्ञानका औजारहरूलाई बन्चरो, यन्त्रजस्ता चीजसँग पनि तुलना गर्नुपर्छ होला । मानिसको ज्ञान व्यवहारमाथि उभिन्छ । हामी संसार बदल्न बन्चरो र यन्त्रको प्रयोग गर्दछौँ र हाम्रो ज्ञान यसरी गहिरिन्छ । औजारहरू मानव अङ्गका विस्तार हुन् । बन्चरो हाम्रो हातको विस्तार हो भने दुर्बिन आँखाको विस्तार हो । मानव शरीर र यसका अङ्गहरू सबै विस्तारित हुन सक्छन् । फ्राङ्कलिनले भनेका छन्, मानिस यस्तो प्राणी हो जसले औजार निर्माण गर्दछ । चिनियाँहरू के भन्छन् भने मानवजाति सबै प्राणीहरूभन्दा बुद्धिमान छ । पशुहरूसँग उनीहरूको आफ्नै मुख (चुच्चो) ले खाने व्यवस्था छ, नर वानरलाई रूखबाट लट्ठीले फलहरू कसरी खसाल्ने भन्ने तरिका थाहा छैन । पशुहरूको मस्तिष्कमा यो अवधारणा नै छैन ।

एक्स–एक्स–एक्स : खासगरी दार्शनिक कार्यले ज्ञानको विषयका रूपमा व्यक्तिलाई मात्र लिन्छ तर व्यावहारिक जीवनमा ज्ञानको विषय प्रायः व्यक्तिगत होइन, सामूहिक हुन्छ । के हामीले पार्टीलाई ज्ञानको विषय मान्न सकिन्छ ?

अध्यक्ष : वर्ग नै ज्ञानको विषय हो । प्रारम्भमा मजदुरवर्ग नै स्वयम् एउटा वर्ग थियो र उसलाई पुँजीवादको ज्ञान थिएन । पछि यसको वर्गबाटै विकास भयो, स्वयम् वर्गभित्र रहेर वर्गको अस्तित्वमा आयो र त्यो समयदेखि यसले पुँजीवाद बुझ्न थाल्यो । वर्ग आधारित ज्ञान विकासको विषयका रूपमा यो मुद्दा बन्न गयो ।

अध्यक्ष : सुरुमा त पृथ्वीमा पानी थिएन । सबभन्दा पहिले पृथ्वीको तापक्रम कति उच्च थियो भने पानी हुन असम्भव थियो, यसका लागि हाइड्रोजन र अक्सिजन विस्फोटित हुनुपथ्र्यो । दुई दिनअघि कुआङ मिङ दैनिकमा एउटा आलेख आएको थियो जसले के भनेको छ भने हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्न लाखौँ वर्ष लाग्छ । फु यिङले भनेका छन्– यसका लागि दसौँ लाख वर्ष लाग्न सक्छ । लेखकले फु यिङसँग यसबारे छलफल गरे कि गरेनन्, मलाई थाहा छैन । पानी भएपछि मात्र पानीबाट जीवित वस्तुहरू जन्मन सम्भव भयो । मानिस माछाबाट विकास भयो ।

सम्पूर्ण व्यष्टिगत र विशिष्ट वस्तुको जन्म, विकास र मृत्यु हुन्छ । जन्मेको हुनाले प्रत्येक व्यक्ति मर्नैपर्दछ । मानिस मर्नैपर्दछ र चाङ सान (उदाहरणका लागि टोम, डिक र ह्यारी कोही पनि) पनि मानिस भएकाले मर्नैपर्छ । दुई हजार वर्ष पहिलेका कन्फुसियसलाई कसैले भेटेको छैन किनभने उनी पनि मर्नैपथ्र्यो । पृथ्वीको जन्म भएको थियो, त्यसकारण त्यो पनि मर्नैपर्छ । तथापि हामी मानव जाति मर्नेछ भन्दछौँ भने पृथ्वी पनि मर्नेछ । यो क्रिस्चियनहरूले विश्वको अन्त्य हुनेछ भन्ने भनाइभन्दा फरक कुरा हो । हामी मानव जातिको मुक्तिको मृत्युको कुरा गर्छौं र पृथ्वीको मृत्युको कुरा गर्छौं भने मानव जातिभन्दा उन्नत कुनै कुराले यसलाई प्रतिस्थापित गर्नेछ भन्ने हाम्रो भनाइ हो, यो वस्तुको विकासमा उच्चतर चरण हुनेछ । मैले के बुझेको छु भने माक्र्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ । यो कुरा असङ्गतजस्तो लाग्न सक्छ । तर माक्र्सदेखि के भनिँदै आएको छ भने सम्पूर्ण वस्तुहरूको मृत्यु हुन्छ भने हामी कसरी भन्न सक्छौँ– माक्र्सवाद स्वयम्मा यो कुरा लागू हुँदैन ? यो मर्नेछैन भन्नु त अधिभूतवाद हो । स्वभावतः मर्छ भन्नुको अर्थ माक्र्सवाद मर्छ भन्नुको अर्थ माक्र्सवादभन्दा उच्चतर कुनै चीजले यसलाई प्रतिस्थापन गर्नेछ ।

अध्यक्ष : वस्तुहरू निरन्तर गतिमा छन् । सिद्धान्ततः पृथ्वीले सूर्यको परिक्रमा गर्दछ, यसरी उसले एक दिनमा स्वयम्को कक्ष र एक वर्षमा आफ्नो अक्ष पूरा गर्छ । कपर्निकसको समयमा युरोपभरि यसमाथि विश्वास गर्ने मात्र तीनजना व्यक्तिहरू थिए– कपर्निकस, ग्यालिलियो र केप्लर । त्यसबेला चीनमा यसमाथि विश्वास गर्ने एकजना व्यक्ति पनि थिएन । तथापि सुङ राजवंशका सिन ची–ची थिए जसले आफ्नो कवितामा भनेका छन्, जब चन्द्रमा हामीबाट अस्ताउँछ, त्यसले अन्त्य कतै उज्यालो दिन्छ । चीन राजवंशका चाङ हुआ (सौजन्य नाम ः चाङ मोउ सुआन) ले आफ्नो कवितामा लेखेका छन्– ‘जब ताइ–इ (एक तारामण्डल) उसको आफ्नो कक्षमा घुम्दछ, स्वर्ग फर्किनेछ र पृथ्वीले यात्रा गर्नेछ ।’ यो कविता प्राचीन कविताहरू (कु–सि युआन) को स्रोतभित्र भेटिएको हो ।

सम्पूर्ण वस्तुहरू स्थिर र अस्थिर दुवै हुन्छन् । ब्रह्माण्ड अस्थिर थियो तर पछि संयुक्त राज्य अमेरिकामा रहने चिनियाँ वैज्ञानिक लि चेङ ताओ र याङ चेन–निङले भनेका छन्– यो स्थिर छैन । के यो पिण्ड र शक्ति स्थिरतामा पनि लागू हुन्छ ? परिवर्तनीय र अपरिवर्तनीय वस्तु मिलेर नै ब्रह्माण्ड बनेको छ । स्थिरता र अस्थिरता दुवैको सन्तुलन र असन्तुलन हुन्छ । यो पनि नजिर छ– जहाँ सन्तुलन छ त्यहाँ सन्तुलन भङ्ग हुन्छ । एउटा जेनेरेटर गति र रूपान्तरणलाई सचित्र देखाउने राम्रो उदाहरण हो । कोइला बल्दा कस्तो गति हुन्छ ?

एक्स–एक्स–एक्स : जब तिनले गतिको कक्ष बदल्छन् तब यौगिकमा परमाणुका इलेक्ट्रोनहरूको बाहिरी पत्रद्वारा यसको ऊर्जा मेटिन्छ ।

अध्यक्ष ः यसको रूप रूपान्तरण हुँदा पनि फैलन्छ र बाफ बन्दछ जसले गति पैदा गर्दछ । एक्स–एक्स–एक्स : अणुहरूको गतिले ऊर्जा पैदा गर्दछ ।

अध्यक्ष : तर यो पनि जेनेरेटरको रोटर घुमाउने कारण हो । यो यान्त्रिक गति हो जसले अन्ततः बिजुली पैदा गर्दछ जसले गर्दा तामा र सिसाका तारमा प्रवाह हुन्छ ।

संसारको प्रत्येक बस्तु परिवर्तनशील छ, भौतिकशास्त्र परिवर्तनशील छ, न्युटनको भौतिकशास्त्रका नियमहरू परिवर्तनशील छन् । संसार न्युटनीय सिद्धान्त नभएको स्थितिबाट भएको स्थितिसम्म विकास भएर आयो, न्युटनको सिद्धान्तदेखि सापेक्षताको सिद्धान्तसम्म यो स्वयम्मा द्वन्द्ववाद हो ।

घटनाहरू अनपेक्षित तरिकाले भइरहेका हुन्छन् । सन् यात्सेनले खास भन्ने हो भने औषधी विज्ञान पढेका थिए तर पछि उनी राजनीतिमा लागे । को–मो–जो पनि औषधी विज्ञान अध्ययन गर्दै थिए तर पछि इतिहासकार भए । लु सुनले पनि औषधी विज्ञान अध्ययन गरे तर पछि महान् लेखक बने । म पनि कदम–कदम गरेर राजनीतिमा लागेको हुँ । मैले सात वर्ष स्कुलमा भर्ना भएर ६ वर्ष कम्फुसियस शास्त्र पढेँ, पहिले प्राथमिक शिक्षक र पछि माध्यमिक स्कुलमा पढाएँ । त्यसबेला मलाई माक्र्सवाद के हो भन्ने कुरा थाहै थिएन, न त मैले माक्र्स अथवा एङ्गेल्सका बारेमा सुनेको थिएँ । मैले केवल नेपोलियन र वासिङ्टन जानेको थिएँ । यसरी नै म सैनिक मामलामा लागँे । राष्ट्रिय क्रान्तिकारी सेनाका राजनीतिक विभागअन्तर्गत प्रचार विभागको निर्देशकका रूपमा सेवा गरँे र मैले पनि किसान आन्दोलनको संस्थामा लडाइँको महत्वमा जोड दिएँ तर मैले कहिल्यै सोचेको थिइनँ सैन्य मामलामा भाग लिनुपर्ला र मुठभेड गर्नुपर्ला । पछि मैले लडाइँका लागि आफ्नै सेनाको नेतृत्व गरेर चिङ–काङ–सान पुगँें । चिङ–काङ–सानमा रहँदा मैले पहिलोपटक नै सानो विजय हासिल गरेँ । तर यसले गर्दा दुई दुःखद् पराजय बेहोर्नुपर्‍यो ।

त्यसपछि मैले मेरा अनुभवहरूको सारांंश निकालँे र तिनीहरूलाई छापामार युद्धको कार्यनीतिमा संश्लेषण गरेः ‘जब दुस्मन अघि बढ्छ, हामी पछि हट्छौँ; जब दुस्मन बास बस्छ, हामी हैरान पार्छौं; जब दुस्मन थाक्छ, हामी लड्छौँ; जब दुस्मन पछि हट्छ, हामी लखेट्छौँ ।’ महामहिम च्याङ काई–सेकलाई धन्यवाद जसले यो शिक्षा दियो । पार्टीभित्रका केही मानिसलाई पनि धन्यवाद जसले मलाई माक्र्सवादको छेउटुप्पो थाहा नभएको र उनीहरू आफूलाईचाहिँ शतप्रतिशत बोल्सेबिक भन्दथे फेरि पनि यी शतप्रतिशत बोल्सेबिकहरूका कारणले गर्दा श्वेतइलाकामा पार्टीले शतप्रतिशत क्षति बेहोर्नुपर्‍यो भने सोभियत इलाकाहरूमा नब्बे प्रतिशत गुमाउनुपर्‍यो ।

अध्यक्ष : हामीले न खाद्यान्न उत्पादन ग¥यौँ न त यन्त्र, बरु हामीले जे उत्पादन ग¥यौँ ती कार्यदिशा र नीतिहरू हुन् । कार्यदिशा र नीतिहरू शून्यबाट उत्पादन हुँदैनन् । उदाहरणका लागि ‘चार शुद्धीकरण’ र ‘पाँच खराबी’ हाम्रा आविष्कार थिएनन्; बरु सर्वसाधारण जनताले ती कुराबारे हामीलाई भनेका थिए । क्वाङतुङको एउटा प्रतिक्रान्तिकारीलाई पनि ‘चार शुद्धीकरण’ र ‘पाँच खराबी’ ल्याउन मद्दत गरेकोमा हामीले धन्यवाद दिनुपर्छ । उसले एक्स–एक्स–एक्सलाई मैले पाउने गरी राज्यसत्ता त्याग्न र सशस्त्र सेना हस्तान्तरण गर्न चिठी लेखेको थियो । वैज्ञानिकहरू स्वयम् जनसमुदायसँग लामबद्ध हुुनुपर्दछ । यसले गर्दा उनीहरूलाई युवा मजदुर र वरिष्ठ मजदुरसँग घनिष्ठ सम्बन्ध बनाउन फाइदा हुनेछ । हाम्रो दिमाग कारखाना प्रक्रिया हो । कारखानामा औजारहरूको मर्मत हुनुपर्दछ । हाम्रो मस्तिष्कको पनि मर्मत हुनैपर्दछ । हाम्रो शरीरका विभिन्न कोषहरू निरन्तर रूपमा नवीकृत भइरहन्छन् । हामी जन्मँदाका हाम्रोे छालाका कोषहरू लामो समय रहँदैनन्, बरु असङ्ख्य रूपमा परिवर्तन भएका हुन्छन् ।

विभिन्न प्रकारका चिनियाँ बुद्धिजीवीहरू छन् । इन्जिनियरिङ र प्राविधिक कर्मचारीहरूले बढी सन्तोषजनक रूपमा समाजवाद स्वीकार गरेका छन् । त्यसपछि ती आउँछन् जो विज्ञान अध्ययन गर्दछन् र ती जसले उदार मानविकी पढ्दैछन् तिनीहरू सबभन्दा खराब छन् । म बुझ्न सक्छु– तपाईंको फेङ तिङ संशोधनवादी नै हो किनभने उसले आफ्नो किताबमा जे लेखेको छ त्यो सबै ख्रुस्चोभी धातु हो ।

अध्यक्ष : साओ सुए–चीनको ‘लाल कक्षको सपना’ को स्वर्ग सामन्तवादको स्वर्ग भत्काउन लक्षित थियो । फेरि पनि साओ सुए–चीनले जुन सामन्ती परिवारको ह्रासबारे लेखेका थिए र साओको विश्व दृष्टिकोण र उनको सिर्जनाबीच यसलाई लिन सकिन्छ । साओ सुए–चीनको परिवार सम्राट् युङचेङको शासनकालमा क्षयीकृत भएको थियोे । सम्राट् काङ–सीका धेरै बच्चाबच्चीमध्ये युङचेङ एक थिए । युङ–चेङले आफ्ना कठिनाइहरू दबाउन गुप्त सेवा कारबाही प्रयोग गर्दथे र आफ्ना दुई भाइ सम्भवतः नवौँ र दसौँँको उपनाम सँगुर र कुकुर राखेका थिए ।

अध्यक्ष : चिरफार धेरै महत्वपूर्ण छ । यो त गाई काटेर पकाउनुजस्तै हो र (‘चुङ चु’ नीतिकथा, धेरै सीपपूर्वक गरिएको) जब एङ्गेल्सले औषधिको कुरा उल्लेख गरे तब उनले चिरफारमा विशेष ध्यान दिए । औषधि चिरफारका आधारमा बनेको हुन्छ ।

हामीले कोषहरूको उद्गम अध्ययन गर्नैपर्दछ । कोषको आफ्नो नाभी (nucleus), एउटा जीवद्रव्य–पिण्ड (mass of protoplasm) र एउटा झिल्ली (membrane) हुन्छ । कोष जैविक हुन्छ, त्यसैले कोष जन्मनु पहिले गैरकोषीय रूपहरू (कोषिकाहरू cytooes) भएको हुनुपर्दछ । कोष बन्नुपूर्व के थियो । सोभियत सङ्घर्षमा एकजना महिला वैज्ञानिक छन् जसले यो समस्याको सङ्घर्षमा एकजना महिला वैज्ञानिक छन् जसले यो समस्याबारे अध्ययन गर्दैछन् तर कुनै परिणाम आएको प्रतिवेदन दिइएको छैन ।

एक्स–एक्स–एक्स : त्यसपछि चीनले एउटा दृढ हातको पुनर्मिलनबारे रोममा भएको अन्तर्राष्ट्रिय शल्यक्रियासम्बन्धी सम्मेलनमा प्रतिवेदन दिएपछि अमेरिकीहरूले भनेका छन्– चीनको विज्ञान र प्रविधिको क्षमता निर्धारण हुन सकेको छैन र उनीहरू हामीदेखि अलिकति भयभीत छन् ।

अध्यक्ष : उनीहरू भयभीत भएको भए राम्रो भएको छ, नभएको भए खराब हुन्थ्यो । हामी अमेरिकादेखि डराउँछौँ किनभने ऊ हाम्रो दुस्मन हो । अमेरिका हामीदेखि डराउँछ भने यसको अर्थ हुन्छ, हामी उसका दुस्मन हौँ र एउटा खतरनाक दुस्मन । विज्ञान र प्रविधिमा हामीले गोपनीयतामा ध्यान दिनुपर्नेछ जसले गर्दा उनीहरूले हाम्रो गुप्त क्षमताशीलता निर्धारण गर्न नसकून् ।

स्रोत :ज्ञान सिद्धान्त र विज्ञान–प्रविधिबारे (सकाताको आलेखबारे कुराकानी) अनुवाद : हेमन्तप्रकाश वली ‘सुदर्शन’, यो रचना श्रमिकवर्ग प्रचूरानालु हैदराबाद भारतद्वारा सन् १९९४ मा अङ्ग्रेजीमा प्रकाशित माओ चुनिएका रचनाको ग्रन्थ ९, पृ. १४७–१५३ बाट नेपालीमा उल्था गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing