याहूका मित्रलाई पत्रचार
प्रिय मित्र ढाकमायाजी,
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन । बगिरहन्छ । चलिरहन्छ । र उडिरहन्छ आफ्नै नियममा । हामी फगत त्यही नियमको बन्दी हौ । न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने । गतिमान समयको पछि पछि हामी एक यात्री । यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने । तर हिंडेर कहिल्यै नथाकिने ।
हेर्नुस् न हामी समयको पछि दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ । थोरै ठट्टा । थोरै सत्यता । अलिकती बैसालु गफ । धेरै रमाइला क्षण । अनी केही पर्खाइ । कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु । हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल । जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला । र अझै दुबो सरी फैलिन पनि सक्ला । अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले ।
कता कता केही छुटे जस्तो । ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै । समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो । मेरो के लाग्नु ? सर्बशक्तिमान न हो जितिहाल्यो । तैपनी म पनि कहाँ हरुवा हुँ र ? नथाकेरै हिंड्ने यात्री न हुँ । कतै भेटी पो हाल्छु कि ? कोशीश जारी छ ।
हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए । तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप ठोकिसकेछ । म भने सधैं पछि को पछि । यसपाली अलिकती बढी नै ब्यस्त भईयो । याहूमा खटर पटर गर्ने मौका जुरेन । त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्यो । ढिलाराम न परें । तर खुशी साथ स्विकारी दिनु होला है त । आरमको कुरा पनि कती गर्नु ? जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै । प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने । तब न मार खायो यो बदमाशले । लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त ।
जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर । अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन ?आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने ? बस् सकेको लेख्दै राख्नु होला । राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन । तर अरु रमाइला गफ दिन नभुल्नु होला । नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन । ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको । पढाई कहाँ पुग्दै छ ? जारी राख्नु होला है। बिच बाटैमा पुर्णबिराम लाउने होइन नि फेरी । मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर । अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल । ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ । फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ । साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै । र भोलीको सुनौलो बिहानीको स्वागतार्थ….. सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट) ।


खै मैले त केहि पनि बुझेन त!
http://www.realityblog.blogsome.com
मन परो वा परेन:
0
0
[Reply]
जे लेख्नु भएको छ राम्रो छ
मन परो वा परेन:
0
0
[Reply]
चितवन/ देशकै केन्द्रविन्दु मानिएको चितवनलाई केन्द्रीय राजधानी बनाउन पहल गरिने भएको छ । पाँच राजनीतिक दलले सोका लागि प्रतिबद्धतासहित एक समितिसमेत गठन गरेका छन् ।
पहल समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालको राजधानी चितवन बनाउने तयारी भइरहेको जानकारी दिएको हो । सो अवसरमा सहभागी दलका प्रतिनिधिले एक मतबाट केन्द्रीय राजधानी बनाउने प्रतिबद्धता जनाए । उनीहरूले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
समितिका संयोजक एवं माओवादी जिल्ला इन्चार्ज सूर्य सुवेदी पथिकले चितवनलाई केन्द्रीय राजधानी बनाउने प्रशस्त आधार भएकाले यस्तो तयारी सुरु गरिएको बताए । उनले राजधानी बनाउने विषयमा सम्पूर्ण देशवासीलाई चित्त बुझाउन सकिनेमा समेत आफूहरू विश्वस्त भएको दाबी गरे ।
कांग्रेस चितवनका सभापति रामकृष्ण घिमिरेले विना कुनै राजनीतिक स्वार्थ सबै दल एक ठाउँमा उभिएकाले राजधानी बनाउन सम्भव हुने दाबी गरे । उनले भने, ‘नयाँ राजधानीका लागि चितवन सबैभन्दा उपयुक्त जिल्ला भएकाले हामीले यस्तो पहल गरेको हो ।’ एमाले चितवनका सचिव विजय सुवेदीले वैज्ञानिक तवरले पनि चितवन सबैभन्दा उपयुक्त ठहरिएको बताए । पहलका लागि माओवादी इन्चार्ज सूर्य सुवेदी पथिकको संयोजकत्वमा २९ सदस्यीय समिति गठन गरिएको छ ।
मन परो वा परेन:
0
0
[Reply]
Sounds intresting
मन परो वा परेन:
0
0
[Reply]
याहूमा मेसेन्जरमा च्याट गर्न नेपाली रूममा पस्यो भने खाली भद्दा गाली, फोहरी शब्दको खोलो बगेको मात्रै पाईन्छ। भ्वाइस त झन सुनिनसक्नुको हुन्छ तर कुनै कुनै यस्ता असल साथीहरु पनि भेटिन्छन् भन्ने उदाहरणको रुपमा पेस गरेको पत्र राम्रो छ साथै पत्र लेख्ने शैली पनि राम्रो तर केही ठट्टेउलो पारामा। हुन त साथीभाइहरु बिचमा हुने रमाइला गफगाफ यस्तै नै हुन्छन।
मन परो वा परेन:
0
0
[Reply]
चिट्ठी पत्रमा सबैलाई यस्तै जुर्दैन च्याट गर्ने समयमा……. Intresting literature.
मन परो वा परेन:
0
0
[Reply]
can we beb cool fren
मन परो वा परेन:
0
0
[Reply]
thaknx For latter.
nikai ramailo .saral tara sahitik sabda ….lekha paddha khusi lagyo.
मन परो वा परेन:
0
0
[Reply]