धन कमाउन बेल्जियम जानेको चन्दा उठाएर अन्त्यष्टी !

normal_pawan[1]बेल्जियममा तिन वर्ष देखि काम गर्दै आएका पवन सार्कीको ह्रिदयघातबाट म्रित्यु भएछ । पोखरा बाझेपाटन निवासी उनका सपना के के हुँदा हुन् ? पत्नीलाई सुख दिने हुँदो हो केहि रकम कमाएर । सुखले बसौंला । भाई र बहिनीलाई राम्रो ठाउँमा पठाउँला । गतिलो ठाउँमा बिहे गराउँला । चिटिक्क परेको घर बनाउँला । मध्यमखालका आम नेपालीको के हुन्छ र सपना ? तर हेर्नुस त उनको शरिर बेल्जियममै ढल्यो । उनका सपना त के पुरा हुने । तर बिचरा उनको अन्तिम शरिर समेत देख्न नपाउने भए परिवारले । लास समेत नेपाल लैजान नसक्ने अवस्था भएछ । लास नेपाल लैजान १५ हजार यूरो लाग्ने रहेछ । त्यो १५ हजार यूरोपनि त्यहाँ जुट्न सकेनछ । धन कमाउन बिदेश हानिएका उनको लास नेपाल लैजानु त परै, बेल्जियममै अन्त्यष्टि गर्न पनि चन्दा संकलन गर्नुपर्ने अवस्था भएछ । अनि नेपाली दुतावासलेपनि हाईसञ्चो मानेर बसेको रहेछ ।

 बेल्जियमका साथीहरु भन्छन् – त्यहाँ करिब पाँच दर्जन नेपाली संघ संस्था छन् । तिनले बेल्जियम सरकारबाट रकम असुल्छन् नेपालीकालागि बिभिन्न काम गर्ने भनेर । परिपकारि, उपकारी, उद्दमशिल, सामाजिक जागरण, तालिम, गोष्ठी के के हो के के नाममा । जे जे नाममा मिल्छ त्यहि नाममा लिने । त्यसबाहेक हरेकजसो जनजातीका जातिय संगठन छन् । एमाले, कांग्रेस र माओवादी पार्टीको त त्यहाँ राजनितिक प्रतिस्पर्धानै चल्छ । नेपाली नेता यूरोप आए कि त्यहाँ राजनितिक जमघट नगरि फर्किन्नन् । दुख पाएका नेपालीलाई सहयोग गर्न भनेर खुलेका नेपाली संघ संस्थाको पनि हिसाबगरि साध्य छैन ।

 नेपाली दुतावास सानो पिजा हट उद्घाटन गर्नसम्म पुग्छ कामै अरु नपाएझैं । राजनितिक पार्टीका भात्रि संगठनहरुले त्यहाँका दुख पाएका नेपालीलाई खुबै सहयोग गरेको दाबी गर्छन् । भाषण त नेपालीले झन गर्ने नै भए । तर हेर्नुस त जति नेपाली भएपनि परेको बेलामा ? नेपालीको भलाई गर्ने भन्दै खुलेका संघ संस्थाले साँच्चै आवश्यक पर्दा गर्ने रहेछन् त ? आखिर एउटा नेपालीको लासपनि नेपाल पुर्‍याउन सकेनन् त्यहाँका तिन दर्जन नेपाली संघ संस्था, नेपाली दुतावास र राजनितिक पार्टीका भात्री संगठनले । पवन सार्कीको लास बेल्जियममै सड्ने भयो ।

 बेल्जियममा कम्तिमा सात हजार छन् नेपाली । त्यति धेरै संघ संस्था छन् । यस्ता घटनाले देखाउँछ कि जति नेपाली होउन तिनले भविष्य सोच्न सकेका रहेनछन् । साँच्चै नेपालीको हितकालागि काम गर्ने कुनै दल, कुनै संस्था र दुतावास समेत रहेनछ । यस्तो घटनामा कम्तिमा नसकेपनि पहलसम्म गरेकोपनि देखिएन । तुलनात्मक रुपमा अन्य थुप्रै यूरोपेली मूलुकमा भन्दा त्यहाँ काम गर्ने नेपालीको कमाईपनि सन्तोषजनक छ भनिन्छ । त्यति धेरै नेपालीहरु भएको ठाउँमा वा अन्य मूलुकमापनि नेपालीले आपतकालिन कोष, भैपरि आउने कोष आदि यस्तै खडा गर्नुपर्थ्यो । बेल्जियमका नेपालीकालागि त झन सजिलो हुनुपर्ने हो किन भने त्यहाँ नेपालीको संख्या धेरै छ । तरपनि यस्ता कुरामा नेपालीहरु त्यति धेरै सचेत भएको देखिन्न कुनैपनि मुलुकमा । यस्ता घटना जसलाइपनि पर्न सक्छ । कम्सेकम उनको परिवारलाई केहि सहयोग गर्न सकिन्छ कि भनेर ओष्टेन्डे नेपाली समाजले आर्थिक संकलन अभियान शुरु गर्न लागेको रहेछ । तपाईपनि सहयोग चाहनुहुन्छ भने तलको ईमेलमा सम्पर्क गर्नुहोला- kajif4@yahoo.com

  • Sanu Chhantyal

    पवन सार्किको म्रुत आत्माले चिर शान्ती पओस । परिवार जन प्रती हार्दिक सम्बेदना । बेल्जियम मा कार्यरत सबै नेपाली दाजु भाई हरुले आफ्नो नैतीक स्वाभिमानको ख्याल राखी १ युरो चन्दा उठाएर शब नेपाल नपठाये पनि आबश्यक बिधी पुराइ अन्त्यस्टी गर्नु सबै भन्दा उत्तम कदम हो साथै बेल्जियम निवासी नेपालीहरुको कर्त्यब्य हो । थोत्रो आदम्बर को भरमा संघ संस्था खोल्दैमा केही हुँदैन । पार्टी र संघ सस्थाले हुने भए नेपाल नै आधुनिक बनिसक्थ्यो नि कसो ????????????????????? मानवताको नाताले पनि लाज मर्नु कुरा हो । बेल्जिय मा बस्नु हुने र संघ सस्था म लाग्नु भएका नेपाली दाजु भाई हो एक पटक सोच्नुस् त के यो राम्रो भएको छ ????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • SUNIL DHUNGANA

    K VO NEPALE KO MAN ?????????
    THERE ARE NO NEPALE IN BELGIUM…………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramailo gurung

    यस्तै नै रहेछ यहाँको चलन ………… ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • maya jati sansar ma kei pani hudeina ok by.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अन्जाली

    hami nepali bideshma marnu bhaneko nai dukhko kura hunchh tyo mathi pani sahayog napaunda jhan dukhakokai kura bho sad news :(

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • paban sarki ko mrita atmale chirasanti paos ra pariwarlai bhgawanle dharya garne shakti deun ra kaji g le jun kura sahayog ko garnu bhayo to sarai nai thulo kura ho dhanya bad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • st

    यो लेखमा पैसाको कुरा आएकोले गर्दा होला कमेन्ट पनि कम छ नि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bishnu prasad adhikari qatar

    हामी गरीब हरु ! धन आर्जन गर्न ब्यापार खोलेर बसेका ब्यापारी हरु को मुख तक्नु नै हाम्रो मुर्खता हो ,सकिन्छ भने काम्दार हरुनै मिलेर समस्या को समाधान गरौ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • laxman gorkhali

    news herda sarai dukha lagyo malai lagchha dhilai vaya pani beljium ma abasthit sangh sanstha sayog garnai parchha. natra sanstha ko nam ma aadarsha na chatnu nai bes hola.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • som narayan tharu

    यो नेपाल प्लस भन्ने वेब प्राएे गरी बेल्जियम को सन्दर्भ मा खाली नकारात्मक कुरा मात्र लेख्दछ ,लगभग एक महिना अगाडि पनि जन्जाती संगठन को बारेमा पनि यसतै नकारात्मक समाचार छापिएको थियो ,कृपया सकारात्मक कुरा पनि लेख्न म् अनुरोध गर्दछु ।।।।जहा सम्म पवन सार्की जी को कुरा छ् ,।। उहाको अल्पायु मै असाय्मिक निधन भएको छ् ,यस बाट हामी स्तब्ध भएका छौ ।।।।जहा सम्म १५००० युरो को कुरा छ् ,लास मात्र पथाएर केही हुने वाला छैन ,पवन जी को मृत्‍यु त् भयो भयो ,यस बाट वहाँको परिवार र् छोराछोरी हरु को भाबी जीवन अन्धकार हुन सक्छ ,त्यस कारण त्यो कुरा लाई बढी जोड दिनु आव्श्यक छ् ,बरु पत्रकार ज्यु सक्नु हुन्छ भने तपाईं ले पनि सहयोग गरे राम्रो हुन्थ्यो कि
    सोम नारायण थारु
    बेल्जियम

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Meet Rana

    nepali mardako gindagi yestai ho jo su kaile j vanepani baru aaru pardeci daju vai dd baini haru aafno health ko khyal rakhnu pardes ma chahi marnu hunna …

    meet rana japan..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hari

    k garne nepali la nepali lai ulto paya thagchan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree