शब्दजाल, भेडातन्त्र र संयन्त्र

-राजभानु-

आजभोलि  कुनै पनि समाचार साईटहरु हेर्यो भने खाली ठूला ठूला शब्द ओकलिएको भाषण बाहेक केहि भेटिन्न ! हाम्रो  स्वघोषित “बरिष्ठ” नेताहरु अनेक लोकप्रिय नाराहरू बडो नाटकीय ढंगले प्रस्तुत गरेर सर्बसाधारणलाई दिग्भ्रमित बनाउन उद्यत छन ! उद्धेश्य ?? पूराना करतूत ढाकछोप, नव आयाम प्रति आफ्नो झूठा लगनको प्रस्तुति र स्वबिबेक प्रयोग नगर्ने, दलको अन्धो चस्मा धारण गरेका र कान नछामी कागको पछि लाग्ने प्रब्रित्तिलाई आफ्नो पक्षमा पार्ने ! कठै हामी नीरीह जनता, नीरीह पनि कसरि भन्ने खै, बिबेकहीन नै हौं खासमा, अझै तीनैको पछि लागिरहेका छौँ ! अझै हामीलाई नै जम्मा पारेर हामिलाईनै बोक्न नसक्ने शब्दको भारी बोकाईरहेका छन र हामी आफ्नो संपूर्ण आस्था, बिबेक बन्धकी राखेर एउटा गधा सरह पछि लागिरहेका छौँ !यस्तो सजिलै भीड़ जम्मा गर्ने, आफुले जे भन्यो त्यहि पत्त्याउने र वाहियात बकम्फुसे भाषणमा ताली बजाउने हामिजस्तो पशुहरुको भीड़ पाउनु त नेपाली नेताहरुको भाग्य नै हो !

नेताहरूले केहि राम्रो गर्न पनि नपर्ने, अरुले गरेको नराम्रो देखाउना सके बस् भैगो ! नत्र पनि ठीकै छ, केहि बिग्रिहाल्दैन ! आफ्नो पालामा ठाउँ-ठाउँमाँ “न्यायामुर्तीहरू” भर्ती गरिहालेको छ ! आफुलाई हीत हुने मुद्दा प्रतिपक्ष बीना एकैदिनमा फैसला, अहीत हुने मुद्दा जीवनभर ! यो भन्दा आनंद के होला त ??  जति भ्रष्टाचार गरे पनि, जति अनियमितता गरे पनि, जति पदको दुरुपयोग गरे पनि, प्रचलित कानूननै तोड़ मरोड़ गरे पनि पुन: निर्बाचित हुन पईरहेका छन नै ! के गर्नु शब्द नै त रैछ नि ठुलो नेपालमा, कर्म को त केहि अस्तित्व नै रहेनछ ! बोल्नेको पीठो साँचैनै बिक्ने रहेछ, नबोल्नेले चामल पनि बेच्न नसकेर कुयाएर फाल्नु पार्ने रैछ ! मारमाँ पर्ने चाहिँ हल्का सोच्न सक्ने, कसैको पक्षको चस्मा नलगाको, आफ्नो काम गर्ने र चापलूसी गर्न नजान्ने हामी जस्ता जनता ! हाम्रो चिन्ताको बिषय चाहिँ यो असुरक्षा, बंद-हड़ताल, नीरीह सरकार, हरुवाहरुको जगजगी, जित्नेहरूको नीरिहता, हाम्रो कार्यकर्ताहरुलाई छुट अरुलाई “दण्डहीनता पक्षेपण” को बिल्ला भिराउने मनस्थिती आदि जस्तो यो माहोलले देशलाई कता डोर्याईरहेको छ ?

राजनीति भनेको चोर, डांका, हत्यारा र दोगला प्रबृत्ति हुनेहरुको एउटा खेल हो भन्ने धारणा सर्बसाधारणको मानसपटलमा छापिसकेको छ | “दण्डहीनताको अन्त्य” गहन सवाल भैकन पनि कति सस्तो भैसक्यो | तर पनि हालको ह्त्या हिंसाको माहोलले गर्दा अझै पनि प्रचलित नारा रहन सफल छ | नेताहरु अझै पनि यही मंत्र जपेर एकातिर पिडीतहरु प्रति गोहीको आंसू पोख्दै छन, आशाका गठरी बेच्दै छन, सान्त्वानका झूठा शब्दहरु ब्यक्त गर्दै छन भने अर्को तर्फ़ धमालाहरुलाई सम्रक्षण पनि गर्दै छन | बलात्कृत चेलिको पक्षमा आवाज उठाउने कोही छैन | सत्तामा बसेका सभासद्को लहलहिमा सुरक्षा संयन्त्र अपराधिको पक्षपोषण बेहिचक गरिरहेको छ, हामी मौन छौँ, मौननै बस्न रुचाउँछौँ | थुक्क हामी जनता! संपूर्ण यथार्थ छर्लङ्ग देखेर पनि तिनैको पछि लागिरहेका छौँ | यो स्थितीले यस्तरि बिकृत र बिकराल रूप लीनुमा यिनै नेताहरुको हात छैनर ? भयावह स्थिति यीनैले सम्रक्षण प्रदान गरेर निम्तिएको होइन र ? धिक्कार छ हामीलाई ! हामी नेताको सम्रक्षण गर्छौँ र नेताहरु अपराधिहरुको | नीचहरुलाई फूलमालाले अभिनन्दन गर्छों र अर्कोतिर सजायको माग पनि हामीनै गर्छौँ | भनिन्छ नेताले जनताको प्रतिनिधित्व गर्छ, नेता जनता भन्दा राम्रो हुन सक्दैन र यो भानाईको पूर्णरूपमा पुष्टि हाम्रो हालको क्रियाकलापले गर्दछ |

दण्डहीनता के कांग्रेसले माओबादिलाई सत्ता हस्तांतरण गरेको रात फलेको फल हो र ? निश्चय पनि होइन ! यो त बिगतको दशक देखिनै हाम्रो मतको पुरस्कार स्वरुप तीनै कांग्रेस, एमाले र अनेक गठबन्धनले रोपेर, स्याहार-सुसार गरेर फलाएको फल हो | आफ्नो फल आफैंलाई खुवाइँदाको पीडा स्वरुप निस्केको ऐया नै हो “दण्डहीनताको अन्त्य” मंत्र | आफ्नो मुखमा घोचो परेपछि र आफ्नो खाल्डोमा आफैँ पर्न थालेपछिको चिच्याहट्को चीत्कार हो यो | यसको पक्षपोषण गरिनु हुदैन र जसले गरे पनि यसको बिरोध गरिनु पर्छ होईनर ? नराम्रो कामको सजाय पाउने पालो सबैको आऊँछ | खबरदार !!

अर्को भारी शब्द भनेको “राष्ट्रिय सहमति” | संपूर्ण साना पार्टीको हूलले सबैभन्दा ठुलो पार्टीलाई राष्ट्रिय सहमतिको ध्वांस दिएर धम्काउनु, त्यों पनि सुध र मेननहरुले फालेको हड्डिको तुक्रमा, भनेको संपूर्ण दक्षिण अमेरीकी राष्ट्रहरु मिलेर अमेरिकालाई थर्काउनु सरह हो ! दन्ते कथामा सुहाउँछ तर यथार्थमा नीरीहनै साबित होला | “नागरिक सर्बोच्चता” अर्को अमूल्य मुद्दा हो खासगरी हरुवाको मंत्रिमण्डलले जनताको चाहना, अभिमत र प्रजातंत्रको परिभाषालाई ठाडै ललकारेपछिको परिस्थिमा | नागरिक सर्बोच्च हुन की होईनन भन्ने ठुलै प्रश्न बनिरहेको छ नयाँ नेपालमा | माओबादीको निर्णय हतार र हठात थियो, पूर्ण सही थिएन र सजाए पनि पाए, भोगे उनीहरूले | राष्ट्रपतिको गल्तिको सजाय कसले दिने ?

अहिलेको परिस्थितीमा राष्ट्रप्रेमि नेपालीहरुमा उब्जिरहेको प्रश्नहरु: के नेपाल सार्बभौम राष्ट्र हो त ? के नेपालले आफ्नो आतंरिक मामलाको निर्णय आफैँ लीन सक्छ त ? की भूटान जस्तै हामीले पनि आतंरिक मामिला हेर्न भारतीय राजदूत र पराराष्ट्र दूतनै बोलाउने नियम बनाको हौं ? बिरुध गर्दैनौँ भने त समर्थन गरेको सरह होइन र ? सुजाता जोष्ट, रामसरण महत आदिको हतार हतारको स्पष्टिकरणले त त्यतै ईंगीत गर्छ त ! बीर गोरखाली रे हामी ! त्यों अभिमान, त्यों गौरव त अब ईतीहसको पानाहरुमा मात्र रहे | बोर्डरमाँ कैले परिचालित नहुने, नेपाली दबाउन मात्र प्रयोग हुने र जैले पायक, सुरक्षित स्थानको ब्यारकमा पाल्तु कुकुर जस्तो सुत्ने भतुवा सेनाको निम्ती कैले सम्म कर तिर्ने हामीले ? के कसैले बिश्वासका साथ भन्न सक्छ नेपाल दोश्रो सिक्किम अथवा दोश्रो भूटान बन्दैछैन भनेर ?

प्रत्यक्ष चुनाब नलडेको गीरिजा प्रसादले अब एउटा राजनीतिक संयंत्र बनाउने रे आफ्नो नेतृत्वमा ! ए बाब्बा के को सम्यंत्र ? कस्तो सम्यंत्र ? के ईरानको जस्तो बनाउने हो ? ईरानमा त बिरोध भैरहेको सम्यंत्र किन बनाउने नेपालमा ? फेरि सम्यंत्र  बनाउने र सम्यन्त्रको प्रमुख हुन्छु भन्ने गिरीजा को हो ? यस्तो अधिकार के सम्बिधानले वा जनताले गीरिजालाई दिएका छन र ? नयाँ नेपालमा गीरिजा सिर्फ र सिर्फ एउटा सभासद मात्र हुन र कुनै सभासादले भन्दा बढ़ी अधिकार उनले पाउनु भनेको अन्य सभासद्को मान हानि गर्नु सरह हो | स्मरण रहोस् धमालाको पक्ष पोषण गर्ने यिनै हुन त्यत्रा प्रमाणहरुका बाबजूद पनि | के यही गीरिजालाई पुन: सरकार प्रमुख हुन जनआन्दोलन २ भएको हो त? के यसैका लागी १९ नेपालीले प्राण आहूति दिएका हुन त ? अब पनि गीरिजले किन एमालेलाई सरकारमाँ नेतृत्व प्रदान गरेको भन्ने बुझ्न सकिन्न ? अब पनि गीरिजाको पक्ष लिने छन भने उपाय डाक्टर होइन परमात्मानै होलान !

माओबादीको नीती ५% पनि ठीक नहोला तर अन्य दल तुलनात्मक रुपमा धेरै खत्तम नभए पनि माओबादी भन्दा थोरै चाहिँ पक्कै छैनन है !! रावणलाई ईंगीत गर्दैमा आफु बिभिसन भैन्छ र ? जनताले चाहिँ यस्ता भ्रष्टहरुले जे जे गरे पनि, जे बनाए पनि हो ठीक हो, ठीक छ भनेर बस्नु पर्ने ? अब के सफल हुने बिद्यार्थिलाई सिकाउने, तह लगाउने, आदेश दिने आधिकारिक बिद्यार्थी फ़ैल भएको नै हुने भयो त? ईतिहासमै हरुवा, भ्रष्ट, असक्षम, कूनिती प्रवर्तक र अधोगत नीतीवान प्रामाणित गिरीजा नै देश चलाउन किन चाहियो ? जनतामाथि शासन लाद्ने अनेक नामका यस्ता संयन्त्र बनाउने नीति ठीक बेठीक भन्ने जनमत सङ्ग्रहबाट निर्क्यौल गरिनु पर्छ ! जसले जे मन लाग्यो त्यहि गर्ने परम्परा हामीलाई मान्य छैन ! गीरीजाले नै हरेक निर्णय गर्ने भय ऐले को रा अस्तिको नेपालमा के फरक भयो ता ? यस्ता प्रमाणित बिचारहीनलाई अनेक नाममा किन पुन: सत्तामा आफ्नो आधिपत्य जमाउन दिने ? होशीयार हुने समय आएको छ ! यदि संयन्त्र बनाउने हो भने पनि त्यसमा सहभागी हुने प्रतिनीधिहरू प्रत्यक्ष निर्बाचन बाट चुनिनु पर्छ, कुनै पतीत गिरीजाले निर्णय लिन सुजाताको “आची गर्ने टालो” फेर्ने कुरा होइन यो ! राजनीतिक संन्यास को अर्थ शायद यही होला !

निश्चय पनि आन्दोलन सकिएको छैन ! संपूर्ण ब्यबस्था अझै पुरानो आचार, पूरानै मनस्थिति र पूरानै चालमै दौडिरहेको छ-किन त ? पूरानै पतीतहरू यसरी टाउको ठड्याएर बेहिचक आफ्नो करतूत निरंतर जारी राखिरहेका छन, नयाँ र स्वच्छ ब्यबस्थाको सपना देख्ने हामी जस्ता नीरीह जनतालाई आफ्नो कूटिल हाँसोले गिज्याउँदै ! “माओबादी भिडियो” काण्डले तिर्मिरिएको नेपाली आंखा सम्हालिने अवसर आएको छ !

  • dibes

    video kanda le prachnda ko uchai ghataayeko chhaina baru badhayeko chha. Indian dutabaas ko HANDI khayera kasri MURDA PATRAKAAR haru salbalaaune rahechhan bhanne janataa le bujhe.

    nepal maa nisedh garnu parne patrika haru.
    1. annapurna post.
    2. the himalayan
    3. HIMAL KHABAR PATRIKA

    facebook abhiyaan chalaau yesta bharatiya dalaal patrika napadhou bhanera.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai Yang pitang chhu Dharan haal-Oxford

    lekhakjee ma tapaiko lekh prati 100% sahamat chhu.mero bichaarma pani deshko yasto behaal hunuma netako bhandaa jantakai thoolo dosh 6 jasto laag6 kinabhane hami aafno dalko netale jastaisukai galat kaam gare pani tyasko samarthan gar6u.hoina ra?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम कृष्ण बर्तौला ( इराक बघ्दाद) )

    S

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hariom

    you are absolutely right bhanu ji
    you hve good skill and good analysis ability
    thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • leo

    kothama bashera lekh lekhna sajhilo chaa.dimag ghumaudai lekhna ta ramailai huncha tara nepal ko karnali ma gayara lekh lekh lekhna dharai gharo huncha.na kothama sangit sundai coffe piudai lekh lekhna sakincha.ti lekh lekhnea hat haru lai karnali ma lagera bajarnus ani taha huncha nepali janata ko pida.tapai kina neta bannu hunna ramro neta bannus ani desh ko sewa garnus.ghar banauna ni time lagcha tastai nepal banauna ni time lagcha ufrako bhar ma kehi houdaina.tapai jastho alikati padhelekhako manish jabasamma afno surtha bhanda mathi uthdainan taba samma nepal ko paribartan sambhav choina…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dibes

    hindi patrika jagran maa yesto dekhiyo

    एडवेंचर के लिए जाइए नेपाल Jun 01, 03:45 pm

    नेपाल में नौ राष्ट्रीय उद्यान और तीन वन्य प्राणी संरक्षित क्षेत्र हैं जिनके अंतर्गत दुनिया के सबसे ऊंचे पर्वत और साथ ही तराई का समतल मैदान भी है। लुप्त होती नस्लों जैसे रॉयल बंगाल टाइगर, एक सींग वाला गैंडा (राइनोसेरस) और भरल इन पार्को में सुरक्षित हैं। दक्षिणी समतल मैदानी इलाका जिसे तराई के नाम से जाना जाता है, घने ट्रापिकल जंगलों से घिरा हुआ है। वहां की सफारी में हाथी की पीठ से लेकर जीप, नाव और पैदल चलकर आकर्षक प्राकृतिक नजारों, जंगली जानवरों और पक्षियों की गतिविधियों का आनंद लिया जा सकता है। यहां के कुछ खास राष्ट्रीय उद्यान हैं –

    ि1चतवन नेशनल पार्क : पचास से अधिक स्तनपायी जातियां, 55 पानी में रहने वाले जानवर और रेपटाइल्स (रेंगने वाले जानवर) व पक्षियों की 532 जातियां यहां उपलब्ध है। एक सींगवाला गैंडा, बंगाल टाइगर, गौर (वोदा), हिरण, स्ट्रिप्ड हायना भी हैं।
    वर्दिया नेशनल पार्क : यह सबसे बडा और बाधारहित वनक्षेत्र है। यह लुप्त होते वन्य जंतुओं की विशिष्ट जातियां जैसे राइनोसेरेज, जंगली हाथियों, बाघ, दुर्लभ स्वांप हिरण (झावर हिरण) और कृष्ण मृग की किस्में सुरक्षित रखी गई हैं।

    कोशी टप्पु वन्य जंतु सुरक्षित क्षेत्र : यह पूर्वी नेपाल में स्थित है। मुख्य रूप से इस क्षेत्र में दलदलयुक्त घास का मैदान है, झाडियों और पटेर का सघन वन है। यहां जंगली अर्ना भैंसों की बहुतायत होने के कारण यह सुरक्षित क्षेत्र अपने आप में अनूठा है। अन्य जानवरों में हाग हरिण (पाढा), वाइल्ड बोर (बनैला सूअर), चीतल, और नील गायें, यहां देखी जा सकती हैं। लुप्त हो रही जाति के घडियाल, मार्श मगरमच्छ (दलदल में रहने वाला) और गैंगेटिक (गंगा में पाई जाने वाली) डाल्फिनों को भी कोशी नदी में देखा गया है। राप्ती नदी से नीचे दक्षिण की ओर जाने पर जल पक्षियों- नीले रंग के यूरेशियन, तेज यूरेशियन कौडिल्ला (पनडुब्बी पक्षी), इग्रेट्स (बगुला), आस्प्रे (मछारंग) और रड्डी शेलड्रक्स (लाल चकवा) को देखा जा सकता हैं। पक्षियों को देखने के लिए एक दूरबीन साथ हो तो मजा ज्यादा रहेगा। जंगल के बीच मे जाएं तो अनेक नए तरह के आनंद लिए जा सकते हैं। तब आप रास्तों को छोडकर जंगल के घने हिस्सों तक जा सकते हैं। जहां सामान्यतया पर्यटक नहीं जा पाते। बस थोडा रोमांच प्रेम चाहिए।

    हॉट एअर बैलूनिंग हाट एअर बैलूनिंग नेपाल में पर्यटकों द्वारा ज्यादा पसंद की गई है। इसमें परिंदे की तरह आसमान में उडान भरकर हिमालयी पर्वतों की पृष्ठभूमि में काठमांडू का हवाई नजारा लिया जा सकता है। मौसम साफ हो तो 1500-2000 मीटर की ऊंचाई से काठमांडू और हिमालय को देखने का यह सबसे रोमांचकारी तरीका है। उडान काफी हल्की और बिना किसी तकलीफ के होती है जिसे महसूस भी नहीं किया जा सकता है। आकाश में इस प्रकार विचरने के लिए सबसे अच्छा मौसम सर्दियों में अक्टूबर-अप्रैल का होता है जिस समय पर्वत की चोटियां बर्फ से ढकी रहती हैं और साफ दिखाई पडती हैं।

    पर्वतीय उडान (माउंटेन फ्लाइट) : एक घंटे की पर्वतीय उडान हिमालय के नजारे और बिना चढाई किए नजदीक से एवरेस्ट और आठ हजार मीटर ऊंचाई वाले अन्य पर्वतों का आसमानी दृश्य अद्भुत आनंद देता है। विश्व के सबसे ऊंचे पर्वत को शांत आकाश से देखने के माउंटेन फ्लाइट के इस अनुभव की तुलना किसी से नहीं की जा सकती। यूं अनेक घरेलू उडानें ऐसे पर्वतीय नजारे सालभर दिखाती हैं।

    जेट स्कूटर त्रिशूली की तीव्र जल धारा में जेट स्कूटर देश के सबसे खूबसूरत नदी-मार्ग को खोजने का वास्तव में बडा नया और रोमांचकारी तरीका है। छह किमी दूरी तक की यह सवारी काठमांडू से करीब 145 किमी दक्षिण में नदी किनारे के रिसोर्ट थिमुरा, रामनगर, चितवन से प्रारंभ होती है। स्कूटरों की गति क्षमता 80 किमी प्रति घंटा तक की है। इस स्थल पर जंगल घूमने और पक्षी निहारने की सुविधा भी उपलब्ध कराई जाती है। यहां का एक अन्य आकर्षक पैकेज सीता गुफा का भ्रमण है। कहा जाता है कि सीता को अपने अंदर वापस समाने के लिए यहीं धरती फटी थी, जहां से उसका जन्म हुआ था।

    राफ्टिंग व कैनोइंग नेपाल में हिमालय से निकलने वाली कुछ बर्फीली नदियों के तेज प्रवाह की तुलना विश्व के कई प्रमुख राफ्टिंग नदियों से की जा सकती है। ज्यादातर नदियां सर्पाकार रास्तों पर चलती हुई शांत घाटियों में शोर करती-मचलती हुई अंतत: दक्षिणी तराई और भारत के मैदानी इलाकों से होकर गंगा में मिल जाती हैं। नदी मार्ग पर सैर देश के आर-पार दोनों ओर के प्राकृतिक दृश्यों और धार्मिक-सांस्कृतिक परंपराओं को जानने का और साफ सुथरे पानी पर से गुजरने का अविस्मरणीय आनंद प्रदान करता है। यूरोप में लोकप्रिय कैनोइंग यानी डोंगी खेना अब नेपाल में भी उपलब्ध है। डोंगी खेते हुए सहज ही कई नई जगहों की अछूती खूबसूरती को आप निहार सकते हैं, बस थोडे रोमांच के साथ।

    केबल कार केबल-कार हाल ही में नेपाल में संचालित होनी शुरू हुई है। स्थानीय लोगों और सैलानियों के बीच यह शुरू से ही काफी लोकप्रिय रही है। केवल दस मिनट का सफर पर्यटकों को देवी मनकामना के मंदिर तक पहुंचा देता है। देवी मनकामना के बारे में कहा जाता है कि वे मांगने वाले की सभी इच्छाएं पूरी कर देती हैं। मनकामना देवी का यह मंदिर काठमांडू से 125 किलोमीटर दूर पश्चिम में है। काठमांडू-पोखरा राजमार्ग पर राजधानी से 104 किलोमीटर दूर एक स्थान से यह केबल कार शुरू होती है।

    मछुवाही (फिशिंग) नेपाल की हिमालयी नदियों के साफ पानी में 118 किस्म की मछलियां मिलती हैं- महासीर से लेकर पहाडी धारा में विचरने वाली ट्राउट मछलियों की भी अनेक किस्में यहां मिलती हैं। सफेद पारदर्शी जल में मछुवाही के लिए जाने का सब से अच्छा समय मानसून शुरू होने के पहले फरवरी से अप्रैल तक और मानसून समाप्ति के बाद अक्टूबर और नवंबर में होता है। इन दिनों में मछलियां अंडे देने के लिए पानी की ऊपरी सतह पर आ जाती हैं और कम से कम आहार ग्रहण करती हैं। कुछ लोकप्रिय फिशिंग ट्रिप कर्णाली नदी, बर्दिया नेशनल पार्क में की जाती है। चितवन की सेती और त्रिशूली में भी फिशिंग की कई जगहें हैं। पोखरा में भाडे पर मछली मारने वाले कांटे और वंशी भी मिल जाते हैं। चूंकि विदेशी सैलानियों की आवक बहुत ज्यादा है, इसलिए इन सबके अलावा काठमांडू में विश्व स्तरीय बालिंग, डिस्को और वीडियो गेम पार्लर और कैसिनो हैं जहां पर्यटक अपना समय बिता सकते हैं। यानी रोमांच के बाद मन हल्का करने को जी चाहे तो उसके लिए भी कई मौके।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Nepalko waastabuikataa nai yahi ho
    Raamro article

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • लेकाली

    नेता बिनाको राजनीति त हुनसक्दैन र राजनीति बिना देश चल्दैन पनि। सही अर्थमा भन्ने हो भने असल राजनीति गर्ने नेताले नै देशका जनतालाई निर्देशन गर्दै देश बनाउने हो। तर नेपालमा अनौठो तरिका छ हरुवाहरु बहादुर र जनताले चुनेका पाहा झै पछारिन वाध्य छन। यस्को अर्थ ति जनताका मतले जितेकाहरु पनि कुशल नेता होइनन। उनिहरुले पनि के महशुस गर्नु पर्छ भने हामी जितेकाले जनमतको सम्मान गर्न सकिएन र जनताले हाम्रो पक्षमा आवाज दिएनन। र, हामी जनता पनि हरेक कोण बाट सुसुचित हुनुपर्छ न कि कुनै पनि पार्टी बिशेषको लहै लहैमा भाग्नु। कुनै पार्टी बिशेषकाले पनि आफ्नो पार्टीले राम्रो गरेको छ कि छैन खबर्दारी पनि गरेकै हुनुपर्छ। फरक फरक बिचारका आ-आफ्नै धारणा हुन्छन तर पनि देश बिकासको लागि तँ मधेशी म पहाडी, ऊ फलानो त्यो धिस्कानो पार्टीको भनेर लफडा गर्नु भन्दा सानो भन्दा सानो समस्याको पनि समाधान खोजिनु पर्द्छ अनि हुन्छ बल्ल राजनीति। बिडम्बना, हामीले २१ शताब्दीमा पनि भेडातन्त्र नै भोगेका छौ। यसमा नेताको मात्रै दोष छैन हामी जनताको पनि दोषको भागबन्डा बराबरी छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Good anlyaasis Bhaanuji
    thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नेपाली नेताको काम अश्वासन बाँढ्ने, भ्रम सिर्जना गर्ने अझ प्रस्ट रुपमा भन्ने हो भने हो भने पानी धमिलो पारी माछा मर्ने पारीपाटी पैले देखी नै चलि आको हो र नेपाली जनता जैले पनि यिनै रजनेताले जसरी परिचालन गर्छन त्यसरी नै चालित भएका छन । चाए तो २००७, २०४७ , माओवादी को १० बर्शे सशास्त्र युद होस्

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree