पोर्चुगलको पार्कमा नेपालीको जमघट
- भीम के सी ‘कमल’
लिस्बन, २८ जुन
म्याग्देली समाज (मोना) पोर्चुगलको आयोजनामा लिस्बनको अल्भलादे स्थित रमणिय पार्कमा बनभोज एवं भेटघाट कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । मोना पोर्चुगलका अध्यक्ष पदम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ई सं २००८ को डिसेम्बरमा स्थापित म्याग्देली समाज (मोना) पोर्चुगलको संस्थाका अध्यक्ष तुलाचनले रिबन काटेर उदघाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले शान्तिको प्रतिक मैनबत्ति प्रज्ज्वलन गर्नुका साथै आफ्नो मन्तब्य दिंदै पोर्चुगलबासी सम्पुर्ण नेपालीहरुको शुख, शान्ति, सम्बृद्धि तथा मोनाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो।
बिभिन्न स्वादिष्ट नेपाली परिकारहरु तथा दोहोरी गीत, नृत्य, लोक गीतको साथमा अत्यन्त मनोरन्जनात्मक रुपमा सम्पन्न उक्त बनभोजमा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार नरेन्द्र हमाल, पोर्तुगल नेपाल मैत्री संघका अध्यक्ष मकर बहादुर हमाल, नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदका अध्यक्ष कुमार श्रेष्ठ, तमु समाजका अध्यक्ष ज्योती गुरुङ्, गणतन्त्रीक मोर्चाका अध्यक्ष राम बहादुर गौचन्, नेपाली समाजका महासचिब राजेन्द्र अधिकारि, शेर्पा समाजका पेम्बा शेर्पा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा लिस्बनमा रहेका ब्यबशायीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
म्याग्देली समाजका सदश्यहरु तथा आमन्त्रीत अतिथीहरु गरी १०० जना भन्दा बढीको सहभागीता रहेको उक्त बनभोज एवं भेटघाट कार्यक्रम सफल पार्न उपाध्यक्ष जीबन शाही, सचिब धन मल्ल, कोषाध्यक्ष सबिन रोका, सह-सचिब अश्बिन शाही, सदश्यहरु धर्म कंडेल, चन्द्र आले, पुर्ण बि क, खेम जुग्जालि, मिन के सी, सोम नेपाली, पार्बती नेपाली, लक्ष्मी नेपाली, मन कुमारी राम्जाली, खेल संयोजक राम प्रसाद पुन, संगीत संयोजक बिर परियार, शक बहादुर नेपाली तथा सल्लाहकारहरु मन बहादुर पुर्जा, टेक बहादुर पुन, पहल बहादुर पुन, नुल बहादुर गर्बुजा र खडग बहादुर सेनको सकृयता बिशेष उल्लेखनिय थियो । रिमझिम झरिको लुकामारि संगसंगै कार्यक्रमको अन्तमा समाजका योगेन्द्र बि क ले धन्यबाद ज्ञापन तथा अध्यक्ष तुलाचनले कार्यक्रमको समापन गर्नु भएको थियो ।


la la bro moj garnu, ramro6 kurakani
मन परो वा परेन:
0
0
[Reply]
harneko lagi yasari moj garuhos tapai harulenai hami khetako dilma ladi rakhnechhou dhanyabat tapai harulai ?
मन परो वा परेन:
0
0
[Reply]
धेरै राम्रो छ
जहाँ गये पनि
जे गरे पनि
आफ्नो
राष्ट्र र राष्ट्रीयता
लाई न भुल्नु होस
सबै नेपालि हरु लाई
मेरो
अग्रिम्
शुभ कामना
मन परो वा परेन:
0
0
[Reply]
kaha bata ho arko kuber feri?
मन परो वा परेन:
0
0
[Reply]