सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण (विशेष भिडियो ब्लग)

first-helicopter-landing-on-everest-nepalplus.jpg

तपाईहरुले बिर्सिनु भएको छैन होला-विश्वको सर्बोच्च अग्लो हिमाल हाम्रो सगरमाथाको टुप्पोमा एउटा हेलीकोप्टर अड्याएको घटना। त्यतिबेला अर्थात मे २००५ मा त्यो घटनाले ठुलो चर्चा पाएको थियो । फ्रान्सेली एक हेलिकोप्टर चालकले सगरमाथाको टुप्पोमा लगेर एकुरोई/ए-स्टार एस ३५० बी ३ चपर भनिने हेलिकोप्टर अड्याएपछि नेपालमा निकै गर्मा गरम चल्यो सरकारी अधिकारीहरुबिच। फ्रान्सेली भाषामा एकुरोई भनेको लोखर्के हो। त्यो यूरोकोप्टर भन्ने कम्पनीको हेलिकोप्टर थियो। त्यतिबेला गैह्र कानुनीरुपमा हेलिकोप्टर लगिएको भने पर्यटन मन्त्रालयका अधिकारीहरुले। अनुमति नलिइकनै अवतरण गरेको भनेर दाबी गर्‍यो मन्त्रालयले। कार्वाही गर्नुपर्छ त्यो फ्रान्सेली टोलीलाई पनि भनियो। पश्चिमाहरु न हुन, त्यत्रो काम गर्दै नगरि किन हो भन्थे। तिनले दाबी गरे हो भनेर।  अनी त नेपालको नागरिक उड्डयन मन्त्रालय (CAAN) ले कुनैपनि हेलिकोप्टर सगरमाथाको टुप्पोमा अडिएकै छैन। त्यो भ्रम र कपोल्कल्पित हो पो भनिदियो झन। क्यानले फ्रान्सेली पाईलट डिडिय दालसेललाई सगरमाथा क्षेत्रमा परिक्षण प्रशारण मात्रै गर्न दिएको भनेर दाबी गर्‍यो। अझ एउटा जाँचबुझ समितिनै गठन गरेको दाबीसमेत थियो क्यानको त । त्यतिखेर मलाई संझना छ् कि नेपालका अधिकांश संचार माध्यमहरुलेपनि बिदेशीकै अलोचना गरे। वास्तविकता के रहेछ भनेर बुझ्नतिर लागेको देखिएन । क्यानले गरेको अस्विकार संबन्धि त्यो समाचारलाई नेपाल न्युजले प्रकाशित गरेको थियो त्यतिबेलै। त्यो समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। हिमाल बारे र खासगरि सगरमाथाका बारेमा समाचारहरु दिने एभरेष्ट न्यूजलेपनि सगरमाथाको टुप्पोमा हेलिकोप्टर अड्याएको समाचार होइन भन्ने दाबी गरेको रहेछ। त्यो समाचार यहाँ गएर हेर्नुहोस।
 

तर वास्तबिकता पश्चिमाहरुले जे दाबी गरे त्यहि रहेछ। हेलिकोप्टरले मे १५ र १६ मा गरेर दुई पटक सगरमाथाको टुप्पो चुमेको रहेछ। त्यो हेलीकोप्टर अवतरणको योजना नेपाली अधिकारीहरुले सजिलै होइन भन्न सक्ने गरि गरिएकोपनि रहेनछ। त्यो त लामो तयारि,धेरै सुझबुझ, अक्किल र सबै खाले सरकारि ऐन र कानुन मिलाएर, सबै खाले अनुमति लिएरै गरिएको रहेछ। र हेलिकोप्टर सानदारले अड्याईएको रहेछ। हुँदै नभएको घटना भए किन नेशनल ज्योग्राफिक जस्तो संस्थालेपनि त्यसलाई समाचार बनाउनेथियो होला र ! वास्तबिकता भएरै त्यतिबेला ज्योग्राफिकलेपनि त्यो समाचार बनाएको रहेछ। उसले फस्ट हेलिकोप्टर ल्याण्डिङ अन एभरेष्ट समिट भनेर सगरमाथामा चुम्नैलागेको हेलिकोप्टरको तस्बिर सहित दिएको छ । नेशनल ज्योग्राफिकको समाचार यहाँ क्लिक गरेर हेर्नुहोस।
 

मैले धेरै लामो समयसम्म प्रयास गरेपछि ति हेलिकोप्टर पाइलटसित भेट्ने अवसर पाएँ। उनीसित छलफल गरें झण्डै ३ घण्टा। र अन्तत त्यो हेलिकोप्टर सगरमाथामा अड्याउन लिएको सबै अनुमतिपत्रहरु फेला पार्नपनि सफल भएको छु म। ति प्रमाण र उनीसितको गफगाफ बारे म पछिल्ला ब्लगमा राख्ने छु तपाईहरुलाई चाख लागेमा। तपाईहरुलाई चाख छ भने कि कमेन्टमा लेख्नुहोला कि त ईमेल गर्नुहोला। पाठकहरुलाई चासोनै नभए त किन दुख गरिराखौं। हुनत मैले उनीसित भिन्नै प्रयोजनकालागि भेटेको हुँ। तैपनि उनीसितका केहि कुरा भने राख्न नसकिने होइन।

 सगरमाथामा त्यतिबेला हेलिकोप्टर अडिएको थियो कि थिएन भन्ने कुराको प्रमाण यो भिडियो ब्लग हेर्नुहोस। पहिले यो लिंकमा क्लिक गरेर Vidéo ICI भनेको ठाउँमा क्लिक गर्नुहोस। त्यहाँ नखुले यहाँ गएरपनि हेर्न सक्नुहुन्छ ति भिडियोहरु। यो संबन्धि फोटो ब्लग राख्दै छु प्रतिक्षा गर्नुहोस केहिबेर) (मुल तस्बिर यूरोकोप्टर कम्पनीको आधिकारिक साईटबाट लिइएको हो-नेपालप्लस)।


  • Thank you very much for the interesting news. Please let us know as as much as details possible. May we know why did Nepalese officials denied about the landing even after giving them permission to land helicopter on the summit. But in my opinion it should not be allowed.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Rabin

    Dadhijee,
    Lekhnus na yaar aru pani , kasto majja aauchha padhna lai mind nai fresh hunchha really socheko bhanda different chha tapai ko lekhai …………
    We are really so happy to have a Blog like NEPALPLUS
    BRAVOOO!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    Rabin

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhupen pilmang

    tapasag vaeko proof ra rochak jankari hami pathak maj paskanunai thik hunechha.hope chha pilot sagko kurakani padhanpaene chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kishor Sapkota

    Dear Dai
    I read your story. Its interesting yar.I want to read your more story. Bye

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • deepak singh thakuri

    ho ra
    tyetro thulo kura bhako rahe6 hamro sakari adhikari haru dkhera tith po lagyo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • protocol

    Thank you very much for this interesting news.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • G. Khanal

    Dear Dadhijee,
    It’s really interesting and incredible. But I wonder why didn’t the pilot, who has scaled Mt. Everest through helicopter, present his credentials to Nepal government? After all, this was the history he was going to build up. Though Nepal government and media denied him, he could prove himself by showing all these documents and videos. May be, he just wanted to scale Everest as his sole hobby.

    Please, write more… it sounds really marvellous….

    Dear Gopalji
    Namaskar
    Thank you for your comment. I agree with you.
    He has followed all the procedures and have the written permission too.
    But when he completed the landing the news spread everwhere and the royal Palace was unhappy about it.
    They were forcing him to say he didn’t land.
    He didn’t do it for personnel hobby.
    There was a representative also from the International Aeronautic Agency.
    I will load all that proofs sooner or later in few days.
    Wishing you the best,
    Dadi SAPKOTA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jeevan shrestha

    hi
    I read your news . It is a interesting and amaging . I really praud of you. and waiting to plus about this matter.
    ani nepal govt ka staff and khas gari nagarik uddayan pradhikaran bata bhayeko testo jhut ko information sampurna nepali and world le pauna sakne yo oppertunity dinu hunecha.
    yours jeevan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bal Bahadur Pun

    Thanks for new news……BAllu

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dhan Bahadur Thapa

    I am very much impressed by very interesting news that is being circulated by you. Thank you Nepalplus.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Binod

    It is really a interesting story.
    It should be given more and more follow up.
    Binod

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Sunil Shrestha

    Before just i listened this news and its contraction,
    and right now i saw all the scens and read these matters.

    but one thing is in my mind that why our goverments authorities in not agreeing to his matter, if they followed all these formal procedures. it should be valied, and one more thing if they(the urocopter unit) done these courageous and brave job, why they staying silent still? they should push to nepali goverment authorities to give the validity for the record and should create the believable environment for the media.

    Sunil Shrestha
    sunil_shrestha55@yahoo.com

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • Great site and great story. Keep doing good!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Yéti Sange

    मेरो बिचारमा यो कार्य हामी नेपलीहरुको गौरब र प्रतिस्ठाको उपहास हो । यस्तो कार्यको निन्दा गर्नु सम्पूर्ण नेपालीहरुको कर्तब्य हो । यस्को लागि अनुमती दिने नेपालीको गिदिमा लिदी मिसिएको हुन सक्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • stupid

    congrats and thanks to डिडिय दालसेल. euta beglai kirtiman rakhye ko ma.. plz nepalplus blog can post that proof that pilot hav……

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • I M PROUDOF YOU

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajan Subedi

    khulena yaar video bro

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • that is very brave.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree