लोकतन्त्र दिवसकै दिन दुतावासमा झुक्यो नेपाली झण्डा
हिजो दोस्रो लोकतन्त्र दिवस। देशभित्र मात्रै नभएर बिदेशमापनि मनाए नेपालीले आआफ्नै ढंगले। लोकतन्त्र दिवसका दिन सरकारले बिदापनि दियो उल्लास र खुशीयाली मनाउन कर्मचारीहरुलाई। यो दिन भनेको एउटा ठुलो उत्साह, उमंग, गौरब, गाथा, खुशियालीको दिन हो। यो दिनमा देशले भोगेका कठिनाई, दुख र पिँडाको स्मरण मात्रै गरिदैन। देशको भविष्य संझिएर गौरव गरिन्छ। कसरि अगाडि बढ्ने चिन्तन र मनन पनि गरिन्छ। नभएका झण्डा किनेर घर आँगन र कार्यालयहरुमा ठड्याइन्छ। भएकाहरुको सफासुग्घर गरिन्छ। आफ्नो राष्ट्रिय झण्डालाई तनक्क तन्काएर फहराईन्छ। झुक्न दिइँदैन। बिदेशमा त झन त्यस्ता कुरामा अझ बढि ध्यान दिनुपर्ने हो। बिदेशको सानै भएपनि दुतावासले सिंगो देशको प्रतिनिधित्व गर्छ। राष्ट्रिय पर्वका दिन आफ्नो झण्डा झुक्नु भनेको वर्ष भरिकालागि शुभ संकेत अवस्यै होइन पनि। मानिदैन। लोकतन्त्र दिवसका दिन झुत्रो र मुत्रो, कतै बटारिएर बसेको झण्डा बिदेशीले देखे कस्तो प्रभाव पर्ला ? तर हाम्रो राष्ट्रिय झण्डाले भने लोकतन्त्र दिवसका दिनपनि उन्मुक्ति पाएन। नेपाली राष्ट्रिय पर्वकै दिन टाउको उठाउन पाएको देखिएन।
त्यो झण्डा मैलो थियो। झण्डा घोचोमा बटारिएर भित्तामा दोब्रिएर बसेको थियो। राष्ट्रिय महोत्सवका दिन लत्रिएको त्यो झण्डा देख्दा लाग्थ्यो हाम्रो झण्डा खुशि छैन। त्यो झण्डाले हाम्रो लोकतन्त्र, हाम्रो प्रशासन, हाम्रो चिन्तन, हाम्रा दुतावास र बिदेशमा भएका नियोगहरुकोको हविगत दर्शाईरहेको थियो। झण्डा जस्तो अवस्थामा किन नहोस। लोकतान्त्रिक सरकारले एउटा नयाँ झण्डा फेर्न किन नसकोस, त्यसलाई पखालेर सफा राख्न पनि किन नसकोस नेपाली दुतावासले लोकतन्त्र दिवसका उपलक्ष्यमा नेपाली रेस्टुरेन्टमा केही सामान्य खान्कि, वाईन र जुसको जलपान समारोह भने राखेको थियो।
यो भने दुतावास बाहिर राखिएको सानो साईनबोर्ड हो। यसमा कहिले कहिले खुल्छ भनेर फ्रान्सेली भाषामा लेखिएको छ।
यो चाहिँ सानो सूचना हो दुतावासको ढोकामा राखिएको। यसमा लोकतन्त्रको पर्वका अवसरमा दुतावास २३ अप्रीलका दिन बन्द रहनेछ भनेर फ्रान्सेली भाषामा लेखिएको छ।
यो चाहिँ पेरिसको रु आकासिया भन्ने गल्ली हो जहाँ हाम्रो दुतावास छ। हाम्रो दुतावास भएको यो ठाउँपनि पेरिसको एक महँगो क्षेत्रमै गनिन्छ।






Its not good & its blunder but it might be happned unknowingly
मन परो वा परेन:
0
0
[Reply]
it’s not good…………..for us….
मन परो वा परेन:
0
0
[Reply]
kati laamo laamo pristabhumi leknu parne yo blogger lai….lekh bhaneko point bhaye padna ramailo hunchha kya….na na bhati ko guff suna pani ra padhna pani jyau hunchha…saptahik patrika lekha jasto guff chunu bhayena mahasaya le… all the best
मन परो वा परेन:
0
0
[Reply]
I Fill realy sad
my country flag is all neples head.
मन परो वा परेन:
0
0
[Reply]