भालेका निम्ति यत्रो बबाल ?

भनिन्छ-बैंश चढेका बेला कुकुरको पुच्छर बांगो देख्दापनि हाँसो उठ्छ। रिसपनि त्यत्तीकै उठ्छ। मानिसका अनेकानेक चर्तिकला त छँदैछन । बंैशले छोएका बेला मानिसमात्रै किन पोथी पाउँदा कुनै कुनै जनावर त झन फुरुंग भएर भोकै पनि बस्छन। उदाहरण कति हो कति दिन सकिन्छ। बाघ, सिंह, साँढे, भाले हात्ती, जरायो, भाले चित्तल साराका सारा भालेहरु पोथी पाएको बेला पेट डाम्रै पारेर पोथीको पछिपछि लाग्छन। पोथीहरु चर्न खोज्छन तर भालेहरुले दखल पुर्‍याइरहेका हुन्छन। कति दिन सम्म त  भालेहरु भोकै बस्छन्। पाउनेहरुलाई पोथी कसरि जोगाउने भन्ने चिन्ता। अनि नपाउनेहरु ? वाफ रे वाफ कम्ति मुर्मुरिदैनन।  
बाघले त झन पोथी नपाएको झोकमा भुईमा हिँडिरहेका बेला शरिरमा ठोक्किएको झारमाथिपनि जाई लाग्छ। यि त भए पोथी खोज्ने भालेका क्रियाकलाप। बैंश चढेकाबेला भाले नपाउँदा पोथीहरुले चाहिँ के गर्ने
नी ? सकभर वरिपरिका थोरै भालेलाई आफुतिर आकर्षित गर्ने। भालेको संख्यानै थोरै भएपछि चाहिँ शुरु हुन्छ हानथाप। सबैले पाउने भएनन। अनी त आकर्षित गर्न जति कोसिस गर्दापनि नसकेपछि के लाग्छ ? एउटिले अर्किलाई चिथोर्ने, चिमोट्ने, लघार्ने, तर्साउने, धम्क्याएर भालेसँग आफु टाँसिने।  
वस्तिमा पाईने भँगेराहरु त्यसै गर्छन। आफ्नै घर वरिपरि  भार्र र भुर्र चाँचाँ र चुँचुँ गर्ने भँगेराको यो चर्तिकला हेर्नु भएको छ कहिल्यै
? हो, हाउस स्पेरो भनिने हाम्रै घर वरिपरि पाइने भँगेरा र ग्रेट रिड वाब्लर भनिने फिस्टे चराहरु यसै गर्छन। यो जातका चराको भालेले अक्सर दुइवटा पोथी लिन्छन। एउटा लोग्नेका दुइवटी श्रीमती भएपछि हुन्छ के ? थाह नै छ-दिन्दिनैको झैझगडा। लोग्नेको बढि प्यारो को बन्ने? कसले आफ्नो बनाउने? हो, यि भँगेरामापनि ठ्याक्कै त्यस्तै हुन्छ। यिनका पोथीलेपनि भालेलाई आफ्नो बनाउन जोडतोडका साथ प्रतिष्पर्धा गर्छन। फुल पारेको भए रिसले एकले अर्काको फुल फुटाइदिने गर्छन। युद्दक विमानले झैं पखेँटा तयारी अवस्थामा पार्छन लखेट्न र पखेँटालेनै हिर्काउन उसको भालेमाथि आँखा गाड्न आउनेलाई। अनि ठोंड फट्ट्याउँदै उदाएर बस्छन।  भाले जता गयो उतै पछिपछि लाग्छन। कहिलेकाहिँ त बलियोले घाइतेनै पार्छ कमजोरलाई। (तस्बिर ईन्टरनेटबाट लिइएको हो-नेपालप्लस) ।

  • nawa raj poudel

    yup,its very truth that one gets attracted to opposite sex,but should conrol. otherwise leads to bad result

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree