भारतीय हतियार बेच्न पो रैछ एमालेको सरकार ?

insas2भारत पूजिवादी मूलुक । पूजिवादीहरुको मूल ध्येय कम्युनिष्टहरुलाई सिध्याउने । सकेसम्म फकाउने । घुसपैठ र गुप्तचरी गर्ने । कम्युनिष्ट पार्टीमा फूट ल्याइदिने । चिराचिरा बनाएर खत्तम पार्ने । नेताको हत्या र किनबेच गरेर पार्टी तहसनहस पार्ने । त्यति गर्दापनि केहि सिप नलागे आतंककारी भनेर दमन गर्ने । अनि सिध्याउने । तर कांग्रेस जस्तो आफ्नै नीति र सबैभन्दा निकट संबन्ध भएको पार्टी । किन भारतले नेपाली कांग्रेसलाई छोडेर एमालेको सरकार बनाउन ज्यान फाल्यो ? अहिलेसम्म कांग्रेसलाई काखि च्याप्दै आएको भारतले किन एमालेलाई अनेक जोडजुलुम गरेर सरकारमा पुर्‍यायो ? सत्तामा पुग्न र कुर्सीका लागि आफ्नै बहुमतको सरकार ढालेर मध्यावधी निर्वाचन गर्ने नेपाली कांग्रेसले किन एमालेलाई सहजै सरकारको चाबी सुम्पियो ? त्यसको वास्तबिकता त अहिले पो खुल्दै छ ।

 भारतलाई बिभिन्न मूलुकमा असफल भैसकेका हतियार नेपाललाई बेचेर दाम कमाउनु रहेछ । अनि हतियार बेच्नका लागि उसले गतिलो ग्राहक । असक्षम नेत्रित्व । नालायक नेता । कमजोर पार्टी । धमिलो राजनितिक अवस्था । सत्तामा पुग्न नसक्ने कमजोर र गन्हाएका नेताको खोजि गरिरहेको रहेछ । त्यो सबैको खोजि गर्दा उसले नेपाली कांग्रेस भन्दापनि भरपर्दो पार्टी भेट्यो – नेकपा एमाले । त्यहि भएर उसले नेकपा एमालेलाई अनेक तिकडम गरेर सत्तामा पुर्‍याएको रहेछ ।

 उसले सरकारको टाउको पनि गतिलो फेला पार्‍यो । जिवनभर नेत्रित्वमा असफल । जनतालेपनि जहाँसुकैबाट गल्हत्याएका नेता माधवकुमार नेपाल । सभासदमै नपत्याइएका नेतालाई प्रधानमन्त्री बनाएपछि उ प्रति बफादार हुनेनै भए । अनि रक्षामन्त्रीपनि त्यस्तै नालायक छानियो । अनि बने माधव नेपाल सिखण्डी । र तिनले आफुलाई प्रधानमन्त्रीको पदमा पुर्‍याउनेको गुन तिरे हतियार स्विकार गरेर ।

 पूर्व राजा ज्ञानेन्द्रको पालादेखि भारतबाट हतियार बेच्न रोक्का भएको थियो नेपालमा । भारत छट्पटिएको थियो । अहिले भनेजस्तो आफैंले सरकारमा पुर्‍याएको सरकारले आँखा चिम्लेर इन्सास, लाइट मेसिन गन (एसएमजी), सर्टमेसिन गन (एसएमजी) जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायतका हतियार र तिनका गोलीगठ्ठा समेत स्विकार गर्‍यो । यस्ता हतियार पूर्व राजा ज्ञानेन्द्रको १९ माघ को शाही घोषणा अघि नेपाल आउँथे र त्यो बेलादेखि रोकिएको थियो ।

 चाखलाग्दो पक्ष त के छ भने ति हतियारमा ३० प्रतिशत मात्रै मूल्य नेपालले तिर्नुपर्ने । बाँकि मिनाहा । त्यस्तो संभव हुन्छ ? कुनैपनि चिजमा ७० प्रतिशत छुट ? बेच्नेले नाफा खानु पर्दैन ? ७० प्रतिशत छुट दिँदापनि नाफा ? रहस्य अर्कै छ । किनभने यि हतियार असफल भैसकेर थन्किएका हुन् । ति कार्गिल युद्दमा प्रयोग हुँदा असफल भएका थिए ।

ईन्सास राइफल त सय राउण्ड पड्केपछि पड्किनै छाडेको रहेछ । अनि त्यस्ता हतियार कुन मूलुकले किन्छ ? असफल हतियार सहर्ष स्विकार गर्ने मूर्ख नेता नेपाली भन्दा को पाउँछ भारतले ? हाम्रै कालीकोट जिल्लाको पिलीमा माओवादी जनसेना र नेपाली सेनाबिच भिडन्त हुँदा तिनै भारतीय ईन्सास प्रयोग भएका रहेछन् । त्यो बेला गोली नपड्केपछि नेपाली सेनातिर ठूलो क्षती भएको थियो ।

 भारतीय चलाखी र घुर्त्याई न हो, उसले हाम्रा ईन्सास हतियार माओवादी लडाकु दबाउन नेपालमा खुब प्रयोग भएका छन् भन्दै अफ्रिकी मूलुकमा प्रचारप्रसार गरेको रहेछ । यो पटक अब माधव नेपाल भारत गएपछि ति हतियार नेपाल भित्रिने छन् । त्यसपछि भारतले फेरि नेपालमा बेचेको भन्दै कुनकुन देशमा प्रचर गर्ने हो नेपालको नाम जोडेर ।

 यसको अर्को महत्वपूर्ण पाटो के पनि छ भने काम नलाग्ने हतियार भित्रिंदै मात्रै छैनन् नेपालमा, ब्रिहद शान्ती संझौतालाई चुनौती दिने निर्णय पनि हो यो । किनभने माओवादीसित भएको ब्रिहद शान्ति संझौता अनुसार माओवादी जनयुद्दको थान्को पान्को नलागेसम्म कुनैपनि हातहतियार खरिदबिक्रि र ओसार पसार गर्न पाइँदैन । तर किन एमाले नेत्रित्वको सरकार काम नलाग्ने हतियार भित्र्याउँदै छ ? त्यो पनि शान्ति संझौता बिरुद्द ।

-संबन्धित रिपोर्टपनि हेर्नुस

प्रधानमन्त्रीसँगै आउने भए हतियार


  • यो सरकार बनेको किन त भन्दा भारतलाई फाईदा र नेपाली जनतालाई नुकसान गर्नको लागि बनेको हो । सबै भारत परस्त चोरहरु !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dibes

    madhav jee tapai chheparo ho bela bela maa colour change bhairahane. tapai ko mansik santulan gume jasto chha. pahilaa pahilaa ta madhav nepal ko sarkaar ko bhajan gaaunu hunthyo aaja k bhayo?

    dimagi halat ek patak benglore mai jaach garaunu hos.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yo ta sidai santisamjauta biparit bhayo.yo kadam yak dum galat ho yadi yasto bhayo bhane nepali janata chup lagera basdainan.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • s s s s s s | \

    india bari bari nais

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhagawan

    LA LA NAMASKR ABA PHERI RAMRO SANKET CHHAINA NEPAL KO. JABA SAMMA PURANO NETA CHANGE HUNDAIANA TAB BIKASH HUNDAINA.SCHOLARSHIP KO LAGI EMBASSY MA BHANNU JANE NETA RAMRO HOINA.
    INDIA KO AADA MA ABA NEPAL INDIA LE LANE WALA CHHA.NETA KO AIM PANI TYO NAI HO.KUNAI NETA PANI RAMRO CHHAINA.
    YADI NEPAL KO BIKASH GARNE HO BHANI JAN JATI LAI POWER DINU ANI BANCHHA NEPAL. NATRA ….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Dadi Jee,

    Thank you for the news……..yaha k hi sathi le bhaanu bhaye ko chha aab chup lagyera basdainan re khai ahile samma k garera.

    If this is right then something very worst gonna happen.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • jaya ma ku ne
    jaya sud

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai Yang pitang chhu Dharan haal-Oxford

    sahi lekhko lagi lekhakjeelai dhanyabaad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram krishna bartaula

    भारतबाट हतियार ल्याउने कुरा पूर्ण रुपमा झुट भएको प्रधान मन्त्रिले सदनलाइ स्पष्ट पारे

    प्रधानमन्त्री माधवकुमार नेपालले भारतबाट हतियार ल्याउने भनिएको कुरा पूर्ण रुपमा झुट भएको बताएका छन्। व्यवस्थापिका संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री नेपालले रक्षा मन्त्री भण्डारीको भारत भ्रमण हतियार खरिदका लागि नभएको बताए। उनले सरकार शान्ति सम्झौता प्रति पूर्ण प्रतिवद्ध रहेको बताए। रक्षा मन्त्रीको भ्रमणमा हतियार सम्बन्धि सम्झौता हुने कार्यसूचि नभएकाले त्यसमा विश्वास गर्न प्रधानमन्त्रीले सबैलाई अनुरोध गरे। मध्य पश्चिममा फैलिएको झाडा पखाला नियन्त्रणका लागि सरकारले हरसंभव प्रयास जारी राखेको पनि उनले बताए। झाडापखाला नियन्त्रणमा भएका प्रयासको फेहरिस्ते प्रस्तुत गर्दै प्रधानमन्त्री नेपालले झाडापखाला नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको दोहोर्याए। उनले झाडा पखाला प्रभावित ११ जिल्लमा विशेष व्यवस्था सरकारले गर्न लागेको जानकारी पनि दिए।माओवादीको माग समेटेर गरिएको संवोधनमा गत साता रौतहटमा हत्या गरिएका वाइसीएलका केन्द्रीय सदस्य लक्ष्मणराय यादवलाई प्रक्रिया पुर्याएर सहिद घोषणा गरिने प्रधानमन्त्रीले बताए। रौतहटको चन्द्रनिगाहापुरबाट विश्रामपुर घर जाँदै गर्दा बल्लेरी जंगलमा अज्ञात समूहले यादवको हत्या गरेको हो। माओवादीले वन फडानी र काठ तस्करी गर्ने समूहले प्रहरीको मिलेमतोमा यादवको हत्या गरेको बताउँदै आएको छ। प्रधानमन्त्रीले उपराष्ट्रपतिको सपथका सम्बन्धमा देखिएको बिवाद छलफलबाटै समाधान गरिने जानकारी संसदलाई दिए।प्रधानमन्त्रीको संवोधनपछि तीन दिनदेखि अवरुद्ध संसदको बैठक सञ्चालनमा आएको छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • डि. जी र्सवहारा काभ्रे

    यहाँ यस्तै छ यहाँ यस्तै छ
    सबै भारतका दलाल हुन् जनतालाई एक भन्छन् गर्छन् अनेक दासहरु त हुन् विदेशीहरुको यस्ारामा चल्छन् । नदी बेचे, सिमाना घटाए अब हतियार लेराउँछन् आखिर यिनीहरु देश दोह्री नै हन् तर पनि के गर्ने २२ दल पो छ बेठिक तिनीहरु पनि यसैलाई सत्तामा पुत्र्याउन हतारिए अनी प्रचण्ड छ नी जो हरुलाई संविधान सभाको मुल समितिको अध्यक्ष बनाउन राजी हुन्छ सब चोरहरु सब भारतका दलाल खै काहाँ छ देशभक्त नेता ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh

    पहिलो कुरो नेपाल मा हतियार चाहिँदैन । त्यो हतियारले लेरायर नेपालमा शन्ति आउने हो कि फेरि अरु १५ हजार नेपालि मारेर अशन्ति आउने हो । मार्नै परे अब जनतालाई होईन भारतिय दलालि नेता मर्नु पर्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सन्तोश गिरि कयालिफोनिया USA

    चोरै चोर एऊटै सोर,
    दनुवारै दनुवार यौटै अनुहार,
    जुन् जोगि आएपनि
    कानै चिरेका त हुन् नि !
    ॐ शान्ति:

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree