झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !

- डा बाबुराम भट्टराई-  

 imagesम सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्‍यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।

बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी र खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं । मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो ।

यसक्रममा सवभन्दा दुःखद पक्ष के हो भने गणतन्त्र नेपालको स्थापना भैसकेपछि पनि हामीले ठूला विकास निर्माणका कुरा त गर्‍यौं तर ती विकट गाउँमा वास्तवमै कसैको ध्यान पुगेको छैन । जनता अहिले पनि गरीवी, वेरोजगारी र भोकमरीले मरिरहेको अवस्था छ । प्रत्यक्ष त्यहाँ पुगेर हेर्दा खासगरी मजकोटको पराले गाउँमा जुन खालको कुपोषणबाट मान्छे ग्रसित छन्, दरिद्रता, गरीवीपन आम रुपमा त्यहाँ देखा पर्दछ, त्यहाँ गरीवीको चरम रुप हामीले देख्यौं । त्यसैले हामीहरुलाई यो एक्काइसौं शताव्दीको नेपाल हो भनेर भन्न पनि साह्रै लज्जावोध भयो ।

५० वर्षदेखि विकास निर्माणका कुराहरु गर्ने, शहर-बजारका पाँचतारे होटलमा बसेर गोष्ठीहरु गर्ने र गरीवको नाउँमा खरवौं रुपियाँको ऋण देशलाई बोकाउने काम भएको छ । अहिलेसम्म हाम्रो झण्डै चार खर्वको विदेशी ऋण भैसकेको छ । तर बहुसंख्यक गाउँमा बस्ने जनता भोकले मर्न बाध्य छन् । त्यसले गर्दा हाम्रो राज्यसत्ता कति शोषणमूलक छ भन्ने कुरा प्रत्यक्ष प्रमाणित हुन्छ । त्यसो त हामीले १० वर्ष जनयुद्धको क्रममा यिनै गाउँ-ठाउँका जनताका वीचमा रहेर काम गरेको हुनाले त्यहाँको पछौटेपन, गरीवी, शोषण-उत्पीडनबाट हामी अनभिज्ञ थिएनौं । त्यसैले तिनै गरीव जनताको निम्ति एउटा विद्रोहको अगुवाइ हामीले गरेका थियौं । ती बिपन्न जनताले हामीलाई साथ दिएका थिए । तर अहिले गणतन्त्रको स्थापना भैसकेपछि पनि गाउँमा रहने ती जनताको पक्षमा व्यवहारिक रुपले काम हुन सकेको छैन । अलिकति काम हामीले आठ महिने शासन कालमा गर्न खोज्यौं । गत वर्षको बजेटमा अलि गाउँ केन्दि्रत जनमुखी बजेट जुन बनाउने प्रयास गर्‍यौं, त्यसलाई समेत उल्टाएर अहिले फेरि उनै टाठा-बाठा, उही एन्जी.ओ./आई.एन्.जी.ओ मार्फत् काम गराउने परिपाटि बसालिएको छ र अग्रगमनको प्रक्रियालाई रोकेर पश्चगमनतिर फर्काउने कोशिस गरिएको छ । त्यसले बहुसंख्यक गाउँमा बस्ने गरीव, दलित, जनजाति जनताको मुक्ति हुने हामीले कहीं कतै देख्दैनौं ।

 रुकुम-जाजरकोटको हाम्रो भ्रमणपछि नेपालमा क्रान्ति अझै पूरा नभएको हामीले गम्भीर रुपमा महशुस गर्‍यौं । ती बहुसंख्यक उत्पीडित जनताले अहिले फेरि नयाँ ढंगले आÏनो विद्रोहलाई जारी नराख्ने हो भने राज्यसत्ता फेरि पुरानै युगतिर र्फकने गम्भिर खतरा हामीले देख्यौं । खाशगरी केही समय देखि देशमा गम्भीर खालको सैनिक सर्वोच्चता कायम भइराखेको छ । देशी र विदेशी प्रतिगमनकारी शक्तिहरुद्वारा उही हिजोका दरबारपरस्त तत्वहरु, राजाको माघ १९ पछिको कालमा मन्त्री भएका मान्छेहरु र चुनाव हारेका मान्छेहरुको गठवन्धन र कठपुतली सरकारको निर्माण गरिएको छ । त्यसले चाहिं भोकानांगा जनताको साँच्चै नै उपहास भएको छ भन्ने मलाई वोध भएको छ ।

यो भ्रमणपछि फेरि क्रान्तिकारी आन्दोलनलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने लागेको छ । देशका बहुसंख्यक जनताको साँच्चै मुक्ति हामीले चाहने हो भने अहिलेको जुन अधुरो क्रान्ति र परिवर्तन छ यसलाई पूर्णतातिर लानै पर्दछ । ती जनतालाई सम्झेर फेरि एउटा त्याग र वलिदानीपूर्ण तरिकाले परिवर्तनलाई पूर्णतामा लैजाने ढंगले काम गरेनौं भने देशमा प्रतिगमन हावी हुनेछ । जुन दिशामा अहिले देश गैराखेको छ, त्यसले बहुसंख्यक जनताको हित गर्दैन भन्ने कुराको पूरा दृढ विश्वास वोकेर हामी फर्किएका छौं ।

अहिले तत्कालै ती भोकमरी र झाडापखलाको महामारीबाट पीडित जनताको राहतको निम्ति सरकारले केही गर्नु पर्दछ । त्यसमा हामीले आवाज त उठाउँला । तर त्यतिले मात्र पुग्छ भन्ने हामीलाई लाग्दैन । किनभने यो सरकार कति असंवेदनशील मात्र होइन कि कति पाषाणहृदयी छ भने शहर-बजारका मान्छे सामान्य दुर्घटनामा परेर मर्‍यो भने सडक अवरुद्ध गरेर १० लाखको क्षतिपूर्ति राहत लिने गर्दछन् । तर कठपुतली सरकारका प्रधानमन्त्रीले ती ठाउँहरुमा गएर प्रत्येक मृतक परिवारलाई १० हजार राहत दिने जुन हास्यास्पद घोषणा गरेर आए त्यसले गरीव जनताको घोर अपमान भएको वोध हामीलाई भएको छ । सामान्य दुर्घटनामा मर्नेले १० लाख पाउने तर सरकारको लापरवाही र गलत नीतिको कारणले ज्यान गुमाएका गरीव जनताको निम्ति १० हजार रुपियाँ राहत दिने कुरो सरासर अमानवीय र अन्यायपूर्ण हो । यस्ता खालका असंवेदनशील मानिसहरुबाट यी बहुसंख्यक गरीव जनताको हित हुन्छ भन्ने मलाई पटक्कै लागिराखेको छैन । त्यसैले यो भ्रमण पश्चात् नेपालमा फेरि आमूल परिवर्तनको ऐजेण्डालाई नयाँ ढंगले उठाउन जरुरी छ भन्ने मलाई वोध भएको छ ।

 हाम्रा गरीब नेपाली जनता यति महान् छन्, यति धैर्यशील छन्, अहिले पनि त्यति दुःख-कष्ट सहेर बस्दाबस्दै पनि उनीहरु आशावान छन् । अहिले पनि केही हुन्छ भन्ने उनीहरुको धैर्यता देख्दा मलाई एकापट्टि उनीहरुप्रति असाध्यै सम्मानको भाव जाग्छ भने अर्कोपट्टि ती सोझा निमुखा जनताको जुन एउटा विश्वास र सम्मान छ त्यसलाई धोका दिएर शासनसत्ता चलाउनेहरुप्रति घृणा जागेर आएको छ । उनीहरुले धेरै पनि होइन सामान्य दुई छाक पेटभरि खाना मात्र पाउँदा, शुद्ध पानी मात्रै पीउन पाउँदा, विरामी भएको वेला न्यूनतम औषधी पाउँदा मात्रै पनि उनीहरुलाई चित्त बुझ्छ । तर त्यति पनि हामीले गर्न सकिराखेका छैनौं ।

हामीले देख्यौं त्यहाँका स्वास्थ्य चौकीको यस्तो वेहाल अवस्था छ, छानो पनि छैन, वर्षामास खुला चौरमा चिसो भुईमा सुताएर सलाइन चढाई राखेको छ, कतिपय ठाउँमा सलाइन पानीसम्म पुग्या छैन । हामीले जाजरकोटका सीडिओसंग कुरा गर्ने सन्दर्भमा बुझ्यौं- सेनाले ढुवानीको जिम्मा लिएको रहेछ भने वितरणको जिम्मा सीडिओ कार्यालयको रहेछ । उनीहरुवीचको आपसमा कुनै समन्वय नै छैन । औषधी लिएर चौरजहारीमा फ्याकीदिएको छ तर पीडित जनता अर्कोपट्ट छन् । यसरी सामान्य सरकारका आ-आÏना संयन्त्रमा पनि कुनै समन्वय नभएको त्यहाँ देखियो ।

भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्‍यौं, उनी भन्छन्- ”हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ ।” जनता भोकमरीले मरिरहेका छन्, चामल तुरुन्त वितरण गर्नु पर्‍यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन- ”प्रक्रिया मिलाएर जानुपर्छ, बैठक बोलाउनुपर्छ, सहमति बनाउनु पर्छ, सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ, फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् ।” त्यसकारण मूल समस्या हामीसंग साधन-स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।

विकट गाउँका जनतालाई आÏनो खेती-उव्जनीले तीन महिना सम्मपनि राम्रो संग खान पुग्दैन, नौ महिना उनीहरु वेरोजगार रहन्छन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु सरकारको दायित्व हो । त्यसपछि मात्र उनीहरु खाद्यान्न किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरुसंग किन्नको निम्ति पैसा पनि छैन । त्यसकारण सरकारले राहतस्वरुप आवश्यक खाद्यान्न तत्काल उपलव्ध गराउनु पर्दछ । एउटा सभ्य आधुनिक सरकारले जनताका निम्ति त्यति काम तुरुन्तै गर्न सक्नुपर्दछ । तर प्रक्रियागत कुरा भनेर जुन आल-टाल गरेको अनुभुति गर्‍यौं त्यसले पनि नेपाली राज्यसत्ता कति जर्जर छ, कति जनविरोधी र असंवेदनशील छ भन्ने कुराको पुष्टी गर्दछ ।

त्यसैले त आमरुपमा दश वर्षे जनयुद्धका क्रममा देखेको र म आफै पनि गाउँमा जन्मेको हुनाले गरीब जनताका ती पीडाहरु शुरुदेखि मलाई वोध नभएको होइन । दश वर्षे महान् जनयुद्धमा गाउँका गरीब जनताले हामीलाई जुन ढंगले साथ दिए, वलिदानी गरे, अब त्यसपछि पनि ती जनताको जीवन स्तरमा कुनै परिवर्तन नआउनु साँच्चै एउटा पीडा महशुस हुने गर्छ मलाई । अब अधूरो क्रान्ति र परिवर्तनलाई पूरा गर्नको निम्ति फेरि नयाँ ढंगले क्रान्तिलाई निरन्तरता दिनुपर्दछ भन्ने थप वोध मलाई भएको छ ।

आÏनै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी निमुखा जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको छ । ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ । ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियान र यत्रो ठूलो वलिदानको कुनै सार्थकता रहँदैन । त्यसैले पनि म सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु र विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न र ती जाजरकोट-रुकुम लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न म हार्दिक आग्रह गर्दछु ।  प्रस्तुतिः विश्वदीप पाण्डे

(अहिले नेपालका केहि पहाडी जिल्लामा फैलिएको झाडा पखालाले धेरैको  ज्यान लि इसकेको छ । अहिले यो  राष्ट्रिय चर्चाको विषय बनिरहेको छ । त्यसैले उक्त क्षेत्रमा आफ्ना पार्टीका केहि मित्रहरुसहित पुगेका चर्चित नेता डा बाबुराम भट्टराईले के देखे, के भोगे भन्ने जानकारी उपयोगि हुनसक्छ भन्ने ठानेर उनको यो लेख उनैको निजि साईट बाबुराम भट्टराई डटकम बाट साभार गरेर राखिएको हो । उनको लेखमा ब्यक्त तपाईहरुका सबै प्रतिक्रिया डा बाबुराम भट्टराईकहाँ पुर्‍याइनेछ ।
-नेपालप्लस डट कम)

-संबन्धित ब्लग-

जाजरकोटतिर हेर्ने को ?

के जाजरकोट काठमाडौंको उपनिवेश हो ?

जाजरकोटवासी दुखिका कुरा सुन्न समयपनि छैन प्रधानमन्त्रीसँग ?

  • dibes

    janataa prati gariyeko beimaani ko yo bhanda nango roop kahaa bhetna sakinchha ra? tara baaburam jee tapai haru pani
    paani maathi ko obhano nabannus saknuhunchha bhane aaphno party maa rahekaa swastha karmi ra YCL laai satkarma maa lagaaunus yesh bata tapai haru ko ijjat jadaina baru ti nimukha janataa ko aasirbaad ugou yug paaunasaknuhunchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • thanks baburam jee

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sundar Mani Joshi

    डा. बाबुराम भट्टराईको तर्क निकै गहकिलो त लाग्यो तर तपाईंको अध्यक्ष प्रचन्ड सम्झौताप्रस्त भएको कारण यो सबै भएको हो । कुनै पनि निर्णय स्वतन्त्र रुपमा लिन नसक्ने । गिरिजा जस्तो भ्रस्टको पछी लाग्ने प्रब्रित्तिको कारण यो सबै समस्या आएको हो र माओवादी सरकारबाट हुत्तिनु परेको हो । अबको प्रधानमन्त्री प्रचन्ड नभएर बाबुराम नै हुनु पर्दछ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • madhav dulal

    Jashari maoist le YCL ko through bata gunda gardi lai taha lagayar popular bhako thiyo. tyasai gari tyo YOUTH sakti lai sambandhit areama khataya kasto hola, kinaki yo manabiya sambedanshil awasta ho, janata le chunera pathayaka baburam jasta le nai aafno tarpha bata kehi garnu parchha, MAKUNE haru lai phursad chhaina janatako marka bujne

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • रम प्रसाद घिमिरे क्यालिफोनिया U.S.A.

    त्यसो त सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने र ती सपनाहरुले मानव भविश्य र मनोदशाको संकेत गर्ने बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा र मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको छ।
    कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा Pt.Ram prasad ghimire संकलन हेर्न भने भित्र आउनु होला :
    सपना
    फल

    आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
    आकाशमा उड्नु लाभ हुन्छ ।
    आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
    आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
    आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
    पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
    पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
    बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
    जमीनसम्म देख्नु दौलत मिल्छ ।
    जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ।
    आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
    बिजुली देख्नु मालदार हुइन्छ ।
    जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
    जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
    जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
    माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
    माटोमा हिँड्नु धनी होइन्छ ।
    ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ।
    इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
    इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
    इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
    इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
    इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
    इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
    पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
    खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
    नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
    सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
    नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
    भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
    कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
    कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
    हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
    नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
    नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
    नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
    नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
    जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
    ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
    तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
    तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
    तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
    नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
    पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
    पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
    पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
    पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
    पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
    पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
    पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
    फूल देख्नु प्रेमी/प्रेमिका मिलन
    पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
    पिँजडा देख्नु जेल-नेल पर्ने ।
    हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
    सुख्खा वन देख्नु चिन्ता हुने ।
    चन्द्रमा प्रतिष्ठा मिल्ने ।
    ग्रहण आपत पर्ने ।
    खाना बनाउनु सन्तान बिरामी हुने ।
    सुन पाउनु धन जाने, हानी हुने ।
    र्सप मार्नु कष्टबाट छुटकरा पाउने
    हस्ताक्षर गर्नु धनहानि हुनु ।
    बिरालोले टोक्नु दर्घटना पर्ने तर

    यस्तै चालाले गर्दा नेपाल देशै दुर्घटनामा पार्ने हरुको चहल पहल राम्रो छ​
    thank you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Seems first time he is visiting rural parts of Nepal and just now he realized nothing has changed people’s life.

    Poverty is in its highest pick. I don’t know again why he is talking about revolution. Don’t he realize this is enough and now Nepal has to move towards peace and development.

    Hope from this visit he learn something good for Nepali people.

    Thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    Baburam jee,

    Balla thaha bho why we hate u leaders. Yo aabstha nepal ko jun sukai kuna ma janu same chha ma field ma jada kati din royeko chu yesto abastha dekhda tara k garne aafu le garna sakne k hi bhayena. Unemploment ko ta kura nai nagaram India chha ta ekcha khana paaune, chhina bhane tyo pani bhokai kati lachar chha hamro desh ko sarkar. Aab ta k hi garnu paryo hoina ra. Tapaie sanga ma sahamat chu hamro desh ka janta ekdam soja chhan uniharu le kaam paaye ra dui chak khana paaye pugchha. Tyo ni dina nasakne kasto desh kasto sarkar????? Uff

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पुष्प

    बुख्याँचाहरूबाट के आशा गर्नु ? फेरि एउटा भीषण आन्दोलन हुनु जरुरी भइसकेको छ । तत्कालका लागि माओवादीबाट केही होस् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhim rai

    ‘kamred’ dr baburam bhatta JAjarkot janta harule jhapakhal lagda samaniya jibanjal nepal sarkhar bata paune adhikar chhaina ke jajarkot nepalma pardaina ke bartaman health ministor ko thoraipani daito chhain kina yasto abasthama health ministar bidesiya jantako mrityuma bidisine mantri nepallai abasek chhaina YAMURKHA NETAHO BIRAMILAI TIMRO ASWASANLE THIKHUDAINA TIMIHARU SAYAR HUNE TIMRO BAHANMA OUSADHI PATHAIDEU TI TIMRO BAHAN JANTAKO RAGAT PASINA LE SINCHITCHHA BIRAMILAI TIMRO ASWASANKO HOINA OUSADHIKO ABASEKCHHA.

    BHIM RAI- KHOTANG – MALAYO BATA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sudeep Thapa

    This is the Nepali Man (heart) Mr. Baburam Bhatrai jo hajur le Relize garnu Bhoyo tyo hamro pani Sankalp ho satta ko lagi hoina garibi samadhan ko lagi tholo Kranti garnu banki nai cha. 20,Years lage pani Majdur/ Kishan ko Satta liyra nai chadne chhan Nepali Yuwa/Jawan /Bir Haru.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    मलाई के लाग्यो भने मनानीय बाबुराम जि १० बर्से युद्धकालमा यो बिकट ठाउँ बाट गरीब जनतालाई आशा देखाएर बदुक सँग खेल्न पठाएँ सिकाए अनी लगत्तै आफ्नो सरकार पनि जिती पनि छाडे। माओवादी सरकारले आफ्नो शासनकालमा सायद यो ठाउँ बाट बिकासको सुरुवात गरिदिएको भए, आज सम्म सत्ताबाट हात धुनुपर्ने थिएन होला, कस्ले रोकेको थियो तेतिबेला, मावबादिका अधिकान्स नेता मन्त्रिहरुपनी “कमाउनिस्ट” तिर लागेर अहिले यो गती भएको छ, मलाई के लाग्छ भने फेरी पनि मावबादिले सत्ता जमाएपनी आखिर एस्तै र झन उस्तै हुनेछ, सबै तिनै पुराना नेता हरु त हुन नि, कान चिरेका। सबैलाई “कमाउनिस्ट” स्वार्थको रोग लागेका मात्रै त छन। फेरी पनि उही गरीब गाउलेहरुको आँखामा छरो हान्ने आट गर्दैछन उसैलाई बुइ चढेर, उही सत्ता मा पुग्ने दाउ छ, आखिर मर्ने जनता मरिनै रहन्छन गरीब जनता गरीब नै रहने छ। अलिकता मलाई यो जातिय पर्थाले पनि यहाँ निर खादल बनाएको छ जस्तो लागेको छ, अहिले सम्म देशम हाली मुहाली रहेको यो बाहुन सरकारले वास्तवमै भाषणमा जती कुरिले पनि आफ्नो स्वार्थ सिद्धका लागि मात्रै काम गरेका छन। यो यिनिहरुको जिउदो बेबाहारले पनि देखएको छ, म पनि एस्तै बाहुन समाजमा हुर्केको मगर हुँ, कुनै पनि सामुदयिक र सामाजिक काममा यिनिहरुले कहिले पनि ठीक लाई ठीक त बेठिक लाई बेठिक भन्दैनन। मिल्ने कुरा लाईपनी कतै बाट भाजो हालेर झगडाको बिउ बनाउछन। हाम्रो गाउँ मा जस्तो अरु गाउँमा राजनीति चर्चा हुँदैन,बिकास र सामाजिक कुरा को चर्चा पनि हद सम्म हला हुन्छ, तर काम हुने बेला मा केही नि हुँदैन, तर तेही मेरो गाउ नजिकै रहेको अर्को गाउ बाहुन बाहेक अरु सबै जाती छन जहा कहिले पनि सामाजिक काममा अबरोध देखिदैन, कुनै एस्तै समाजिक काम भाईसके पछी बल्ल मात्र चर्चामा आउछ । यो उदाहरण जिउदो छ। प्रजातन्त्र आएपछी देशको हालत कसरी खस्किदै गएको छ ? त्यो बेला देखी यो बेला सम्म यिनैका हातमा बागडोर छ, आफु आफुमै भाग बन्डा नपुगेर दिनै हारालुछमा छन। हुनै नसक्ने कुरामा पनि माग क् क् राखेर उत्पाद मचाउनेको नेत्त्रिवो यसैले गरेकाछन, जो भारत ईशारामा नचिरहन चाहन्छन। तर मलाई बाबुराम भटटराइ अली फरक ढंगको कान नचिरेको जस्तो लागेको छ आफ्नो शासनकालमा पनि वहाँले धेरै थोरै गर्ने कोशीसमा हुनुथ्यो, तर अरु गद्दार भएर निरन्तर चल्न दिएन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Pidnas Adhikari

    डा. बाबुराम भट्टराईजी कुरा मात्र गरेर हुदैन सकिन्छ भने एकिकृत मावोबादी र YCL मिलेर झाडापखाला नियंत्रणको लागि पहल गर्नुस यो तपाईहरुको पनि दयित्यो हो जस्तो लाग्छ हामी सबै नेपालीहरु लाई, हामी एकिकृत मावोबादी र YCL ले गरेको पहल हेर्न आतुर छौ धन्यबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dr, Naral

    tin karod ko bhawan kinna paisa kaha baat ayo? yasko t srot pai dekahunu parnere laj lagdaina baburaam jj yasta kanun banaun euta rajnitik party darta gare pachhi je gare pani hunchha t tyaso bhaye nepalma? ani tin karod ko medicians pathaunus sab nepali ko rog tik hunchha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • 10 years civil war garda tehi pichhadiyaka basti ka sojha shajha janta lai fakayara yudha ma pathayera aahile sarkar ma pugeka mayobadi haru jaba samma jagarkot ma jhadapakhala ko mahamari phaiyera 200 bhanda dheri manchhe ko jan gayako thiyo teshbela samma kan ma kapash rakhera basheka netabhanaudahru aaba fokat ka mantabya diyera k faida ? timihuralai ta thahai chha holani sabaibhanda thulo kura k ho ? tetaka dherai manchhe marsa aauta sitamol ko capsul samma purauna sakenau aaba birodh garera kehi hunela chhaina shyamyubraj@yahoo.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ed pandey

    very good ,baburamjee ,please lead to maio.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • आफु कुर्सी मा हुँदा पूँजीवादका कुरा गर्ने, आफु कुर्सीबाट झरेपछी सर्बहाराबर्गको भाषाबोल्ने…. आफु सत्तामा हुँदा पजेरो अनी पैसा आउने मन्त्रालयको कुरा गर्ने, अनी आफु सत्ता बाट गिरेपछी रुकुम-जाजरकोटको गरीबी को भाषा भुक्ने ? ???? जनताले माओवादी भन्ने पार्टीलाई पनि चिनिसकेको अवस्थामा अझै आफ्ना लेखलेखेर अरुलाई प्रभाबित पारुला भन्ने दुस्शाहास गर्न लाज लाग्नुपर्ने होइन र भट्टराई कम्रेड ? कि अझै गरिबी अभाब अशिछा को फाईदा उठाएर अर्को जन युद्ध गराएर निमुखा जनतालाई मारेर फेरी नाटक रच्ने मन छ ह? धिक्कार छ साले हो तिमीहरुलाई !!!!!!तिमीहरु कुकुरहरुको कहिले भलो नहोस् !!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rabin chudal

    ma tapai lai samman garchuu aadar garchuu tara………………..tapai ko 8 month ko sarkaar pachee thaaha vayo ki kurcee payapachee jasta pane….!!!malai pahela kastho garva theeyo tapai mathee tara……abaa ma vanchuu tapai ko yo laykh dhukhi nepalai jantaa lai fayri jana udda tira laane baato ho.aafu fayri kurcee pauna janta lai seedi banauna khojayko jastho laagho.malai maaf garnu hola maile laaghayko kura vane ko ho sayaad aahelay sabai nepalai lai yahe laglaa. tara pane ma tapai lai chee samman garchuu aadar garchuu.nepali ko laghe auta gaurab garne baykti ko rup ma chenenu hunchaa.tara aafno naam ejaat sabai kurcee ko laaghe bechnu k yo ramro ho ra ????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • इन्ढ्र पुन रुकुम

    नमस्कार डा. साब,
    जन्ताले जे गर्ने हो त्यो हामी 15 बर्ष देखि गरी रहेकै छौ। आफ्नो ज्यानको प्रबाह नगरी, सारा गरीब जन्ताको हितको लागी भनि
    तपाई हरुलाई जिताएर शत्तामा पनी पुरयायौ। फेरि आज तपाई हरु जन्ताले आन्दोलन गर्ने भन्नु हुन्छ। अबको पालो भनेको तपाई हरुको हो, सहि दिशामा अघि बदनुस निस्वार्थ भएर, जनयुद्द सुरु भएको बेला जुन नारा गाउ-गाउमा धन्किनथे ति नाराहरु नभुल्नुस, शहिद हरुले हासि-हासी छातिमा किन गोली लगाए त्यो नभल्नुस र शहर मात्र नभएर हुम्ला, जुम्ला, रुकुम, रोल्पा लगाएतका दुर्गम गाउ तिर पनी आँखा लगाउदै गर्नुस जन्ता पुस्तौ-पुस्ता जिताउने छन तपाईको पार्ति लाई, यदि एमाले र काग्रेस जस्तै इन्डियाको पछि पछि लाग्यो भने जति मिठो भाषन दिए पनी केही सिन्को भाचिनेवाला छैन। र सर्बहारा बर्गको पार्टि भन्न पनी सर्म लाग्नेछ।अनी शहिदको रगतले सरापनेछ सदा-सदा………………।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bimal babu aryal

    Baburam Dai
    Namaskar
    I heartly feel glad to have found you like leaders in Nepal.Your party has been struggling to eradicate poverty at least for the minimum requirment of food shelter and clothes since last 10-11 years.We Nepali people had expected a lot from Maobadi Party but the political leaders couldnot do anything for the country and her people because the rate of poverty; crime;industrial development; infrastructural dev…ete has been diminishing.Political leaders are getting benefit from their parties.They do not have hand to mouth problems..Most of the employed people and their family also have no difficultiesThoes family whose members are working outside the country also have no problem for minimum requirments. You clearly know that there is a big gap between have’s and have’snot in Nepal.Comparing Europe, America and some of the asian cuuntries and austrila our country is depriving of most of the common things that people need in this post modern era.Being a good well educated and kind hearted leaders of nepal you can feel the basic problem for the people of most rural areas where our people are dying of hunger.Peopl are dying of common illness which is really a deprivation of human right in this 21st century.Please work together with the people and leaders to fight against these obstacles.If you need to do another revolution for the real wellbeing of our people youcan definately get millions of helping hands more than past people’s war.arise awake keep going until you get The Nepal reflecting her happiness from the top of the Everest.All nepali people have the common interest to build up the nation.The only things they need now is a good leadership.People need you like Leaders who can work together with all fulfilling the countries’ need first then global needs.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree