आउ न सँगै घुम्न जाउँला मौला कालीका

-बिश्वोराज न्यौपाने

 लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 मन मिले गरौला नि माया साटा-साट,

 डाँडा बाट हेरौला नि चितवनको फाँट ।

 

 काखैमा नारायणी, डाँडा कालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 एअरपोर्ट बाट उत्तर तिर हिमाल हाँसेको,

 दक्षिण तिर निकुन्जमा मयुर नाँचेको ।

 

 सँगै-सँगै रत्त्ननगर नगरपालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका।

 

 हाकिम चोकमा उखु को जुस सँगै बसी पिउँला,

 तिम्ले दिए चोखो जोबन मैले पनि दिउँला ।

 

 कत्ती राम्री दाई कि साली, फुल डालीका,

 आउ न सँगै घुम्न जाउँला मौला कालीका ।

 

 लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका,

 आउ न संगै घुम्न जाउँला मौला कालीका ।

 हेटौंडा-३, देवीपथ

मकवानपुर

  • Man Bahadur k c ( Muskan )

    Vishwaraj Sir, Ramro 6.

    Thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Man Bahadur k c ( Muskan )

    Vishwaraj Sir, Ramro 6.

    Thanks.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anukul Prakash

    ……………………
    गीत राम्रो छ , नेपालीपनको ………….
    झन चितवनको वर्णन ……………..
    लेख्दै गर्नु , हामी पढ्दै गर्छौ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ramro chaa dai
    thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harka PUN

    बोली चाँही साह्रै राम्रो भिनाजुको भाईको
    सौराहामा घुम्न जादा बल्ल थाहा पा’को

    एउटी होइन दुइटी होइन दशटी केटी छन रे
    जुन केटीलाई भेटे पनि घुम्न जाऔ भन्छन रे

    अस्ती भर्खर अस्पातलमा रगत जाचेका रे
    डाक्टरले निकै नहुने भाईरस भेटेका रे

    बाल बाल बचेँ प्रभु उनको जालबाट
    अब कस्ले बच्चाउने उनलाई कालबाट

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajan Phuyal Uncle

    very nice do well ok

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bishworaj Neupane

    Thank You Harka Pun jee,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kemu kumar (danger)

    पराइको मुलुकमा प्रबासी जीबन बिताउदा हुने दु:ख पिडाहरु आफ्नै ठाउमा छन तर पनि बिभिन्न बिद्युतिय संचार माध्यम बाट देशको कथा ब्यथा, रमाइला नरमाइला समाचार बाट कोही पनि अछुतो छैनन नै। संचारको यिनै सुबिधाले प्रबाशी जीबन नै सही देशलाई नजिकै बाट हेर्न पाईन्छ। बिदेशिनु कसैको रहर होला त कसैको बाध्यता तर पनि मातृभूमीको माया कोही कुनै देखी अलग हुँदैन। बिकट ठाउमा पुगेर आफ्नो अनुभब हामी सामु बाडिदिदा मुलुकप्रतिको माया अझै अघाढ प्यारो हुन्छ। आफुले दु:ख भोगेरै भए पनि हामी माझ बिकट ठाउको सचित्र अनुभब बाड्नु भएकोमा अनिल जी तपाईंलाई धेरै धेरै धन्यवाद। शायद फोटोलाई थोरै मोडरेट गरेको भए अझै सुन्दर देखिने थियो क्यारे।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bidhya Sapkota

    Sali………maula Kali …Haha…

    Nice……Keep writing On !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • satya narayan

    हामि दुइको स्वार्थी माया दिगो भएन,
    संगै बच्ने संगै मर्ने ईच्छाइ रहेन//

    एकै ठाउँ धेरै बस्दा लहसियेका हामी,
    क्षणिक मोजा लुटने दुवै नाडी छामी छामी//

    भित्रि मनले मैले कहिले माया गरिन,
    तिम्रो सुन्दर सपनाको जालमा परिन//

    थाहा थियो तिम्लाई प्रस्टै मेरो घरवार,
    लुकाएनी बुझे तिम्रो अर्को ब्यबहार//

    मौकापर्दा लुकी छिपी डुल्ने घुम्ने गर्दा,
    साचै जस्तो भान हुने छेउ छाउ पर्दा//

    कुरा काट्ने यता ऊता हाम्लाई के को वास्ता,
    साचो भए डर हुन्थ्यो तिमि मनमा बस्दा//

    रमाउने हामी हरु डाहा गर्ने अरु,
    मौका पाउदा चौका हाना जलन भन्दा बरु//

    विछोडमा खोज्छन आँखा उनलाई हिजो आज,
    पत्तै नपाई बसेउ तिमि हृदयको माझ//

    थाहै नपाई काम्छ मुटु भक्कानो फुटछ,
    खेलाचीमा नलाऊ माया सिसा झैँ फुटछ //

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ramro lagyo bijhyo man ma prayas jari rahnus

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Romak Gautam

    Nice !!!! We r also from chitwan so this is gr8………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree