हामीपनि सुबिधाभोगी- प्रचण्ड

prachanda.jpgपहिलो शान्ति वार्तामा आउँदा माओवादी वार्ता समितीका तिन मध्ये एक थिए क्रिष्ण बहादुर महरा । उनी त्यति बेला भक्कु चप्पल पटक्क पटक्क पड्काउँदै जेल जान्थे आफ्ना बन्दि कार्यकर्ता भेट्न । वार्तास्थलमा त्यहि चप्पल पड्काउँदै पुग्थे । तर अहिले उनको दैनिकी बदलिएको छ । देश त्यो भन्दापनि गरिब भएको छ । जनताका आकांक्षा माओवादी प्रति झन बढेका छन् र त जनताले सबैभन्दा बढि विश्वास गत संबिधान सभाको निर्वाचनमा माओवादीलाई गरे । तर माओवादीका आकांक्षा भने बदलिएका छन् । त्यहि भएर त्यति बेला भक्कु चप्पल पड्काउने महरा अहिले चिल्लो गाडीमा हुइँकिन्छन् ।

 हिजोको आजै माओवादी नेता सुबिधा भोगी भए भन्ने गुनासा जनस्तरबाट सुनिने गरेको हो । प्रत्यक्ष देखिने गरेकोपनि हो । तर माओवादीहरुले त्यसलाई आफ्नो पार्टी र नेताको बदनाम गरेको । माओवादीलाई कमजोर बनाउने षडयन्त्र गरेको यस्तै यस्तै भनेर उल्टो ढाकछोप गर्दै आए । तर अहिले अरुले त के स्वयं माओवादीलेनै आफुहरु सुबिधाभोगि भएको स्विकार गरेका छन् । आर्थिक मामिलामा नेता र कार्यकर्ता लोभी भएको भन्दै एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चिन्तानै ब्यक्त गरेका छन् ।

 राजधानीमा माओवादीको केन्द्रिय समितिको बैठक बसिरहेको छ । बैठकमा केहि केन्द्रिय सदस्यहरुले सरकारमा गएका र शहरमुखि नेताहरु सुबिधा भोगि भएको भएर ब्यापक आलोचना गरेका थिए । दुखि जनता, तल्लो स्तरका पार्टी कार्यकर्ता, शहिद परिवार र आम गरिब जनताको आर्थिक हैसियत यथावत र नाजुक रहँदा रहँदै पार्टीका केहि नेता भने सुबिधाभोगि भएको, आर्थिक मामिलामा लोभी भएको भन्दै नेत्रित्व तहमा रहेकाहरुको खुब आलोचना गरेका थिए ।

 केहि केन्द्रिय सदस्यहरुले जनताले झाडा पखालाको औषधी नपाएका बेला हाम्रा नेता महँगो कारमा हुइँकिन्छन् भन्दै तितो पोखेका थिए । केहि नेताको सुबिधाभोग देखेर ‘जनताको सुख दुखमा साथ दिन्छु भनेको यहि हो ? खोइ त हिजोका बाचा पुरा गरेको ?’ भन्नेहरुपनि थिए बैठकमा । केहिले चाहिँ आफ्नो पार्टी सर्वहाराहरुको मुक्तिका लागि भनेपनि नेताहरुमा सर्वहारा आचरण गुम्दै गएको भनेर चिन्ता ब्यक्त गरे । संगठन र क्रान्तिप्रति सामूहिक चिन्ता नभएर ब्यक्तिगत लाभ, निजि स्वार्थ, पारिवारिक र निजि फाईदाको लागि मरिमेट्ने प्रब्रित्ति बढेको भनेर केहि सदस्यहरुले हाकै बताएका थिए । पार्टीमा हजारौं कार्यकर्ताको अवस्था एक छाकपनि गतिलोसित टार्न नसक्ने रहँदा रहँदै कतिपय नेतामा आर्थिक अराजकता बढेको भन्दै तिब्र बिरोध भएको थियो ।

 नेताहरुले आफ्नै सुख सुबिधा र आर्थिक हैसियत बढाउन अहिलेकै अवस्थामा मरिमेटे जनतामा माओवादीप्रति ब्यापक बित्रिष्णा जाग्ने भन्दै केन्द्रिय सदस्यहरुले कडिकडाउ गरेपछि अध्यक्ष प्रचण्डले मुख खोलेका थिए । प्रचण्डले केन्द्रिय सदस्यहरुलाई सम्बोधन गर्दै नेतादेखि तल्लो स्तरका कार्यकर्ता सम्म कार्यशैली बिग्रिएको र त्यसलाइ सुधारेर जानुपर्ने खाँचो रहेको बताए ।

  • dibes

    maobaadi ho ra ta aaphno kamjori laai swikaryo.
    neta haru subidha bhogi bhaye pani byaktigat sampatti rakhekaa chainan tyo pani ramro pachcha ho. kamjori swaikardai aba galti gardaina bhanchhan bhane uniharu ko mahanta ho.

    ke nepali congress ra UML maa yesto kura kahile utheko chha?
    ke tini haru le kahile haami subidha bhogi bhayou bhanekaa chhan?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nepoleon

    इधम् भ्रष्टम् उधम् भ्रष्टम् खलि खूत्तम् तथैबच । बल्ल आँखा खुलेछ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sundar Mani Joshi

    भक्कु चप्पल पटक्क पटक्क पड्काउदै कृष्ण बहादुर महरा हिंडेको तस्बिर पनि देख्न पाएको भए तपाईंको लेख अली भरोसा योग्य हुन्थ्यो, त्यही छुटेको हुनाले यो लेख पुरापुर पुर्वाग्रही जस्तो देखियो । शायद के पि ओलिको अराजक भक्तज्युले नै यो लेख लेखेको हो कि भन्ने पनि शंका गर्ने ठाउँ हुन्छ । तसर्थ प्रमाणित् हुने गरी लेख लेखिएमा साह्रै राम्रो । माओवादिलाई ठीक ठाउमा लिने झापड्को रुपमा पनि यो चाँही ठीक छ है ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • नेत्र प्रसादअर्याल

    माओवादी पनि खान सिकिसके किन सुबिदा छोड्थेर झन बढी लिन्छ्न इनिहरु झन बढी खान्छ्न खाइदास हरु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • diwas

    hi

    Maoist ,are still doing the same as past so it is not the political party rather then the group of criminal so the criminal leaders can earn more money then others.its easy to collect money by giveing anyone to the death warrent.
    Dibes ji
    tapai lai laaz lagdaina prachanda le sutne gareko bed katti ko thiyo ?prachanda le chadna khojeko gadi kati ko thiyo ?
    jyanmara party lai ajai ramro mannu huncha tapai ? chor ,dakait haru lai ramro bhannu day lai night bhannu ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • सर यो सबै कुर्सिमा पुगेपछिको उपज हो

    http:/www.realityblog.blogsome.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sanatan regmi

    prachanda ji satta kura vanna pachhi naparne manchhe hunuhunchha.yo euta sakaratmak pakchya ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nutan

    २०४६ साल देखी नेपालमा चलेको संसदिय ब्यबस्थाको बिस्लेशन गरीने हो भने नेपालका यि ब्यबस्थाका नेताहरू चोरे चोरे, डाँकाइ डाँकाइ हुन। कुनै राजनाइतिक vision भयका होइनन। यही ब्यबस्था र् यस्का नेताहरूका कारण देश आज नर्कमा पुर्‍यायो। यि नेताहरुले फेरि जाल झेल गरेर पुरानै ब्यबस्थाको ढांचा ल्याइसकेको छ। हीलोमा दुबि राखेको देशलाइ उदार गर्न हीलोबाट निकाल्न खोजदा तं पनित हीलोमै छसनि, हामि मात्र हो र? तं पनि हिलोमै रमाइस न:, हामिलाइ के भन्छौस? भन्ने जस्तो मात्र हो माअोबादिलाइ सुबिधा भोगी भन्नु। जहां सम्म माओबादि आफैले भन्नु यस्मा आफु सतर्क हुनू हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ganga

    comred maobadi sathiharo ajhai pani sudhrine thau haru prasasta chhan pls ramro sits karya niti ra rajniti garnu hola hami lai aasha chha arko chunab ma jasari hunchha maobadi ko nai jit hunchha thanks parbasi dubai u a e

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram chandra gnyawali

    आदरणिय मित्र हरु
    माओवादी को बारे मा केही जनमानस भित्र नै अहम प्रश्न हरु छन त्यस मध्य सुबिधा भोगी पर्मुख र सम्सोधन बाद दोस्श्रो हुन
    तर केही मित्र हरु ले ओ लि को चेला मात्रा देख्नु हुन्छ भने भिर मा जाने गाई लाई राम राम मात्र भन्न सकिन्छ काद थाप्न सकिदैन
    माओवादी नेता हिज कस्ता थिय र आज कस्ता भयका छन सबै जान कार हुनुहुन्छ
    राम चन्द्र ज्ञवाली
    अफ्गानिस्तान बाट आदरणिय मित्र हरु
    माओवादी को बारे मा केही जनमानस भित्र नै अहम प्रश्न हरु छन त्यस मध्य सुबिधा भोगी पर्मुख र सम्सोधन बाद दोस्श्रो हुन
    तर केही मित्र हरु ले ओ लि को चेला मात्रा देख्नु हुन्छ भने भिर मा जाने गाई लाई राम राम मात्र भन्न सकिन्छ काद थाप्न सकिदैन
    माओवादी नेता हिज कस्ता थिय र आज कस्ता भयका छन सबै जान कार हुनुहुन्छ
    राम चन्द्र ज्ञवाली
    अफ्गानिस्तान बाट आदरणिय मित्र हरु
    माओवादी को बारे मा केही जनमानस भित्र नै अहम प्रश्न हरु छन त्यस मध्य सुबिधा भोगी पर्मुख र सम्सोधन बाद दोस्श्रो हुन
    तर केही मित्र हरु ले ओ लि को चेला मात्रा देख्नु हुन्छ भने भिर मा जाने गाई लाई राम राम मात्र भन्न सकिन्छ काद थाप्न सकिदैन
    माओवादी नेता हिज कस्ता थिय र आज कस्ता भयका छन सबै जान कार हुनुहुन्छ
    राम चन्द्र ज्ञवाली
    अफ्गानिस्तान

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagar(jay)mahendranagar.7

    k, parchandji raktim lalsalam motachapal padkayar sahidkcsapana sakarparnatapaiharulai janta le pathayaka pajerochadhnahoin khbardar jantale feri jangal pathulan thank k baburamji remember me mr jaysing

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prabhakaran Srilanka

    Subidhabhogi ta chhadaichhan tyasma pani hiju ko news padhada yiniharu janata ra desh bhanda prati lai thulo manda rahechhan kinki desh ra janata ko paisa lutne ani party lai bujhane? khai sarbhara janata lai afno sampati bhujhayeko. Arkako ghar jagga lutera afna karyakarta lai basaune tar afno sapatti party lai bujhane. Yas bat uniharu ko niyat spasta dekhinchha.

    Yek jana lai lamo samaya samma jhukyanu sakinchha,auta samuha lai kehi samaya samma jhukyanu sakinchha tar sabai sadhai jhukkidain kamarad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • km Bajhang

    सुबिधाको लगी नि मावोबदी १५ हजार मनिष को ज्यान लीयक हुन नि । गरीब को मुकती को लागी भनर १२बर्स सम्म जनता लाई भर्मीत पारयका हुन नी । बस्तमा गरीब र असाह जनताका छोरा छोरी लाइ education बाट बन्चीत गर्दै १ दसक पछी पारय का छन। जब की तयती खर १ कलास पढन सुरु गरयको बाल्बलिक आज आज स्नाटक पास्स गर्दै कम्तीमाआफ्नो इेलम गर्न सकथो ना की गुण्डा गर्दी र चोरी डाँकाती गर्दै समाज लाई आतन्कीत गर्ढथो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gegen chemjong

    jyan mara harulai subidha chahiyo ni maanchhe namari yiniharulai majjanai audaina chor lutera yinai hun daka badmas yinai hun

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree