दलित आन्दोलनका सक्कली र नक्कलीहरु
-सरोजदिलु विश्वकर्मा-
वर्षायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरु माघ लागेपछि मधेशका हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरु भनाउँदाहरु त्यसैगरी पिशावको न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन् । अनि जव आन्दोलनको परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि ती दलितको ‘द’ सुन्न नचाहनेहरु, गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरुलाई देख्दा पंखा हम्किनेहरुसमेत दाह्रा-बंगरा तिखारेर, थुतुनो र गुथुनो धोईपखालेर दलित आन्दोलनमा नम्वरी हुन आईपुग्छन् । तर जव यिनको तुनो-फेरो बदलिन थाल्छ, गालामा राता-चिल्ला मसाला लाग्न थाल्छन्, यिनीहरु आन्दोलनलाई भकुण्डो हानेर पश्चिमी क्षितीजतिर ओथारो बस्न भरर्र उड्दै हराउँछन् । र आन्दोलनमा खाइपाएको चारो पचाउँदै तिनले त्यतैतिर पेट्मा मुगा जमाउन थाल्छन् । अनि एकएक वटा ल्यापटपलाई काखमा राखेर आफूले खाएपचाएको स्मृति र विस्मृति लेख्न थाल्छन् । न यिनले यो भूमिलाई केही दिन्छन्, न त आन्दोलनको परिवृतमा केही नै छोडेर जानेवाला नै छन् । हद् भए जोईपोई च्यापेर एक कुनामा निदाउने र खाईपचाउने मात्र हो, तिनका धन्दा ।
दलित आन्दोलनलाई आफ्नै पुरानो विरासत भन्ने अर्कोथरी पनि छ, जो ठूला-ठूला महलमा बसेर आफ्ना वंशहरुलाई भने आन्दोलनभित्र आउनै दिँदैन । अर्थात, उनीहरु आफ्ना सन्तानहरुले शोषक सामन्तका छोराछोरीसरह पींधमुनि कट्टु लगाएर गल्ली चाहरेकै मन पराउँछन् । र, गैरदलितलाई गाली गर्दै आफ्ना सन्ततीलाई विदेश भसाउने बाटो खन्दै छन् । अनि फुइँ लगाउँछन्, मेरो यो, त्यो, फलानो, चिलानो यहाँ-त्यहाँ छ भनेर । हामीलाई राम्ररी थाहा छ, शहरमा एउटा डेरा जमाउनसाथ आफू मात्र नम्वरी ठान्दै दलित आन्दोलनमा अनवरत लाग्ने, बाँकी जतिलाई हरीकङ्गाल भन्नेहरु जहाँ भएपनि ती कुन हालतमा छन् भन्ने कुरा । तिनका इतिहास र वर्तमान ऐनाजस्तै छर्लङ्ग छ । विचराहरु एउटा अब्बल नागरिक हुनसम्म पाईरहेका छैनन् । र एक छाक खानैमा मात्र महागर्व गर्दैछन्, जुन तिनकै घरका पाल्तु जनावरले पनि त खाईरहेकै छन् । यिनका वारेमा यति नै कुरा गरौं ।
तेश्रो तप्काः- जो आज पनि साउनेती र चैतेती उठाएर दलित मुक्ति खोज्दैछ र दुई-चारवटा गोरा छालाहरुले आफूलाई पत्याउनासाथ आफूलाई अजम्वरी ठान्दैछ । तर फरक यति हो, हिजो हाम्रा बाबुवाजेहरु मौखिकरुपमा जदौ ख्वामित् गर्दै अन्न जोहो गरेर जीवन धान्न बाध्य थिए भने यी नयाँ वालीघरेहरु तिनै वावुवाजेको कहानी गाउँदै तिनै स्वदेशी-विदेशी विष्टसंग लिखितरुपमै अंग्रेजीमा जदौ-ख्वामित गर्दैछन् । जो ‘ड्यालिट्’ भनिनसाथै गरुडको छाँयामा सर्प लुट्पुटि्टए झैं लत्याकलुतुक्क परिहाल्छन् । तिनीहरु राज्यलाई, दललाई, नेतालाई गर्नसम्म गाली गर्ने अनि कमाउने र जमाउने, मौका पाउनसाथ विदेशतिरै चौका हान्ने प्रतिष्पर्धामा छन् । जदौ छ- यी महामहिमहरुलाई । अनि, यो परिवृतभित्र एउटा भिन्न समुह पनि छ- डिजीटल महिला । जो, दुःखी-दरिद्र महिला चरित्रको अभिनय गर्दै बढी डिजिट्का लागि सौतैमा चढेर भएपनि विदेशमा हराउने नेपाली हिरोईन् जस्तै डिजिटल पोई (श्रीमान) प्राप्तीकै लागि दलित आन्दोलनमा लागेका छन् । अर्थात चोर-डाका, माफिया, ड्रगिष्ट, राष्ट्रघाती, बलात्कारी वा प्रत्येक मुलुकमा श्रीमती बनाउँदै र छाड्दै हिँडेका भएपनि ५-६ डिजिटको तलव खाने पोई प्राप्ती नै उस्को प्रमुख लक्ष्य हुन्छ । अथवा अरुलाई समानता र सम्मानको पाठ सिकाउँदै ऊ आफू चैं नवसामन्त देखिन चाहन्छे र यसैलाई दलित मुक्ति ठान्दछे । यिनीहरु पनि गरीव, सर्वहारा, उत्पीडित दलितकै मुक्तिमा लागेका छन् । त्यसैले यिनलाई मैले डिजिटलस्तरमा राखेको छु, जसलाई कहिलेकाहीं भन्न मन लाग्छ- ए…! आआफ्ना जोइपोई च्याप, कुनातिर पस, बक्बक् नगर ।
चौथो थरी समुह पनि छ- दलित आन्दोलनमा । तिनीहरु आफूलाई सक्कली दर्जाका राजनीतिक क्रान्तिकारी भन्न मन पराउँछन् । जस्को क्रान्तिकारिता भनेको उही बावुवाजेका ख्वामितज्यूका दरसन्तानकै ज्यू-हजुरी गर्नु हो । तिनको तथास्तुविना यिनका धोतीका जुम्रा पनि झर्नेवाला छैनन् । तिनका निगाहविना यिनका परेली झिम्किनेवाला छैनन् । हो, यो भित्र केही राम्रा पनि छन् । इमान्दार पनि छन् । वास्तवमै क्रान्तिकारी पनि होलान् । तर आजसम्म राजनीतिक रजतपटमा पद ग्रहण गर्ने अधिकांशको दैनिकी भनेको जी-हजुरी गर्नु । कुनै फोरम भेट्याए भने पुच्छर ठाडो पारेर विनाअध्ययन, विनासाधना पदौरो गफ लगाउदै वाहुनवादी सामन्तहरुको खैरो खन्नु । पद पाउनका लागि फेरि तिनै सामन्ती दलाल र जनता हलालहरुको तप गर्नु तथा पद पाएपछि झिंगा मारेर बस्नु नै यिनको कर्तब्य हो । ती सामन्त दलाल तथा वाहुनवादी हैकमवालाहरुलाई राष्ट्रका लागि नयाँ सोच भएका सहयोगीहरु होईन, यस्तै पात्रहरु सजिला छन्, जस्लाई गोजीबाट निकालेर सजिलै राख्न र फ्याँक्न सकिन्छ । फरक यति होः हिजो दरवार र भाई-भारदारको चाकरी गरेर मात्र पद् पाईन्थ्यो भने आज कुनै हैसियत बनाउन यिनै खाईपाई आएका छोटा राजाहरुको घरवारदेखि धाउनेदेखि गर्दनमा यिनका तरवारसम्म बोक्ने गर्नुपर्छ । यस्ता क्रान्तिकारीलाई पनि सलाम छ ।
यस्तै छ हाम्रो दलित आन्दोलन । कोही चैं भने आन्दोलनकै सेरोफेरोमा आफूलाई यसै त्यसै विलाईदिन्छन् । यहींभित्र हराइदिन्छन् । जसले यो आन्दोलनमा धेरै उकाली ओरालीहरु पारगरेका छन् । धेरै रुझेका छन् । भिजेका छन् । धेरै जोर चप्पल फटाएका छन् । तर विचरा उनीहरु, टीआर, रुपलाल, जवाहर रोक्का र लालवहादुर खाती झैं विनामोल मर्दैछन् । यिनलाई उपरोक्त विदेशीभक्त, झण्डाभक्त र डण्डाभक्त मान्छेहरुले पत्याउँदैनन् । अथवा गैह्र सरकारी संस्थाको पैसा नपाएको भनेर उस्लाई कतै बोलाईन्न अथवा कुनै भिन्न पार्टीमा लागेको भनेर दुत्कारिन्छ । कहिलेकाही त तिनै वाहुनहरुका जजमानी धर्म-भिक्षुहरुले थरीथरीका वादी भनेर उस्लाई वञ्चित गर्दछन् । तर पक्का नम्बरी भने यिनै हुन्- जो हुँदापनि नहुँदा पनि, आरोहमा पनि अवरोहमा पनि, असहजता पनि सहजतामा पनि, यही माटोमा थिए । र एकमुठी स्वास रहुन्जेल यही रहेर संर्घषकै मैदानमा आफूलाई खार्दै-तिखार्दै लैजान्छन् । अथवा जहीँ रहेर पनि भावि पीँढिको सम्मान र समृद्धिका खातिर नैतिक र भौतिक सहयोग गर्दै रहन्छन् । यिनलाई चैं सास्टाङ्ग प्रणाम !!!


Dilu jee,
Totally agreee with u. Pls continnue such articles hai.
Thank u once again.
मन परो वा परेन:
0
0
[Reply]
सरोज भाई,
तपाईंका यस अघिका पनि केहि लेखहरु पढेको छु। तीतो सत्य ओकल्ने तपाईंको कलम र लेखन कलाको म प्रशंसा गर्दछु। तपाईंको आसय स्पष्ट छ, नियत सफा छ। तर अलिअलि कूटनीतिक भाषा पनि प्रयोग गर्ने गर्नु होला। सबै लेखक “गाली सम्राट संग्रौला” बन्नु जरुरी छैन।
शुभेच्छुक
मन परो वा परेन:
0
0
[Reply]
मित्र सरोज दिलु जि तपाईं को लेख राम्रो त छ तर कही कतै पूर्वग्राही पनि त छ हामी दलित हरु को स्रम र सिप त समाज मा चल्छ तर नचल्ने भनेको पानी न हो त्यो पनि बाहुन हरु ले गर्दा भन्न त सजिलो छ मित्र जब नेपाल देसै मा इस्कुल पाठशाला थियन त्यतिबेला पनि बाहुन का बच्चा हरु ईन्डिया गयर पनि त पढ्थे सिक्क्षित हुन्थे जाड रक्सी खान हुँदैन भन्थे खाँदैनथे देश बिदेश को जानकारी लिन्थे त्यसैले अघिबढे तर दलित हरु मर्दा जन्मदा वा केही गर्दा घरमा अन्न नहुँदा पनि धर्म वा सस्कार को नाम जाड खाने झगडा गर्ने गरे सम्पत्ति सक्ने दलित तर दोश बाहुन लाई दिने
ल सरोज जि तपाईं ले भनेझै जालझेल गरेर बाहुन ले दलित माथि अन्याय नै गरे के दलित हरु सबै यकनास छन कामी र दमाइ सार्की पोडे बादी हरु ले के यक अर्का को जात मा विवाह गर्न सक्छन बाहुन ले कामी लाई घर भित्र पस्न नदियको मा तपाईं लाई दु:ख लाग्छ के दलित हरु यकापस मा छुवाछुत बार्दैनन् के दमै को छोरी सार्की को छोरा ले विवाह गर्दा तपाईंको समाज मा लफडा भयको छैन अनी दोश चाँही बाहुन लाई दिन कती मुनासिफ छ
हो समाज मा जात भात उचा निचा गर्नु हुँदैन त्यो कुरा मा म पनि सहमत् छु बाहुन हरु ले तपाईं हरु फुट्नु भयको ले फाईदा उठाय होलान तर भाई फुटे मात्र गवार ले पनि त लुट्त्ने कोशीश गर्छ मित्र आफ्नो थैली को मुख राम्ररी बाध्नु साथी लाई चोर नलगाउनु भन्छन होइन र
अनी बाहुन हरु ले नै तपाईंको आन्दोलन गर्न पर्ने कस्तो बिडम्बना अनी आज्काल त दलित हरु ले आफ्नो थर फेर्ने चलन पनि त छ कामी ले गौतम शर्मा घिमिरे पौडल् जस्ता थर् पनि फेरेकै छन त्यो पनि सिक्षित युवा हरु ले नै त्यो गर्दा के दलित को सम्मान भयको छ जातिय समस्या बाहुन मा होइन तपाईं हरु को मानसिकता मा छ आज बाहुन ले कपडा सिलाउदै छन आरन लगाउदै छन जुत्ता सिलाउदै छन अब तपाईं हरु ले नै भनुहुन्छ हाम्रो पेसा पनि बाहुन ले चोउपाट पारीदिय अन्यायमा दलित होइन बाहुन पर्दै छन दलीत कोटा पिछडियका कोटा तपाईंलाई उपलब्ध छ तर काम भन्दा बाहुन कै बिरोध ठुलो कुरा हो भने मेरो भन्नु केही छैन
राम चन्द्र ज्ञवाली
अफ्गानिस्तान बग्राम बाट
मन परो वा परेन:
0
0
[Reply]
Dilu jee,
Thanks for your good article. Actually this article is the Mirror, which is determined the reality of Dalit Aandolen and its leaders.
But Need to suggestion and commencement for your side for release from shown situation and to success the Dalit Aandolen not only comments.
मन परो वा परेन:
0
0
[Reply]
lekh ramro chha Dilu G . tar sabailai autai ankhale hern bhayen ni kunai na kunai ta ramra pani chhan holani
मन परो वा परेन:
0
0
[Reply]