राजा रानीकै ओछ्यान ताक्ने को रैछन ति पत्रकार ?
पत्रकारिता पेशा यस्तो हुन्छ कि जतिखेर जहाँ पुग्दापनि समाचारकै लोभ । नयाँ समाचारकै खोजि। ब्रेकिङ न्यूज कतै फेला पर्छ कि। अरुले ल्याउने आफुले ल्याउन नसके के होला? सम्पादकले के भन्लान ? सहकर्मीहरुका अगाडि कस्तो होला ? के जवाफ दिने ? सधै पिरोलिरहन्छ पत्रकारहरुलाई। कतै कार्यक्रमहरुबाट निम्तो त आउँछ आक्कझुक्कल तर त्यहाँ पनि रमाईलो गर्ने, आनन्द लिने र रमाउने भन्दा कसरि राम्रो समाचार फुत्काउने भन्ने ध्याउन्न हुन्छ। समाचार त फुत्कियो तर कसरि चट्ट पारेर पत्रिकाको उत्क्रिष्ठ ठाउँमा निकाल्ने भन्ने चिन्ता। त्यसैले पत्रकारहरुले मन खुला गरेर घुम्न र रमाईलो गर्ने अवसर खासै पाउँदैनन नेपालको सन्दर्भमा। कार्य क्षेत्रमा खटिएका बेलापनि सधैं गम्भिर हुनुपर्छ।
मानिसहरुमा पत्रकार भनेपछि तिनले रमाइलो गर्नुपर्छ। आनन्द तिनलाईपनि चाहिन्छ। तिनको मनपनि चङ्गा बन्न पाउनुपर्छ कहिलेकाहिँ भन्ने सोच्दैनन । ति सधंै गम्भिर बन्नुपर्छ, ठट्टा, हाँसो र हल्काफुल्का कुरै गर्नुहुन्न भन्ने ठान्छन। सधैं लेखिमात्रै रहनुपर्छ भन्ने सोच्छन। त्यसैले बाध्यतालेपनि मन बाँधेर थुप्रै पत्रकारहरु गम्भिर बनिदिन्छन मन खुम्च्याउँदै। त्यसैले बेलाबखत आफ्नो क्षेत्र, मन, बिषय र चासो मिल्ने साथीहरु भेट हुँदा नै हो तिनले रमाईलो गर्ने। ठट्टा गर्ने। हाँस्ने, हँसाउने र मौका परे दुख र वेदना पोखेर मनलाई हलुका पार्ने।
झण्डै एक वर्ष हुन लागे होला। हाम्रा त्यस्तै साथीहरु निर्मला शर्मा, यसोदा तिम्सिना र प्रशान्त अर्यालसँग भेट भएको। प्रसंग त धेरै नै छन चाख लाग्दा। लेख्नुपर्ने र लेखिनुपर्ने। सुन्नु र सुनाउनुपर्ने। ति मध्ये एउटा प्रसंग भने उल्लेख गरिहालौं।
पहिले त साथी प्रशान्त परे। किनभने निर्मला र यसोदा भन्दा पहिले आएका थिए उनी। घुम्दै जाँदा त्यहाँ देख्न पाईन्छ राजा रानीको ओछ्यान। त्यो ओछ्यानको के ब्याख्यागर्ने खोइ? यति सुन्दर कि। त्यस्तो सुन्दरपनि हुने रहेछ जाबो बेलुका घत्रक्क सुतेर बिताउने ठाउँपनि जस्तो लाग्ने। के को कपडा होला त्यो? भित्तामा पुरै सुन नै सुनका लेपन। ओछ्याउनेमा पुरै सुन पोतिएको छ। झल्लर र झुम्का पुरै सुन। राजारानी सुत्ने यस्तो सुन्दर ओछ्यानमा एक रात आफुले पनि पत्नीसित बिताउन पाए ! मनमा यस्तै लाग्यो। ओछ्यान मात्रै हो र?
राजा र रानीका ओछ्याननै फरक फरक रहेछन। रानीको ओछ्यानमा भन्दा राजाकोमा त झन कहि हो कति धेरै सुन। सुन चम्किदा पुरै पहेलो देखिने कोठानै। सिलिङ देखि बारका डण्डीसम्म पुरै सुन।
राजारानीको ओछ्यान ताक्ने हाम्रा गफ सुनेर हाम्रो फुच्चे छोरो आमोदपनि हाँस्दै थियो। पत्नी अनुराधासँग कुरा गर्दागर्दै निर्मला र यसोदाजीले चासो राखे-के भन्नु भएको ? राजारानीको ओछ्यानमा एक रात सुत्न पाए भनेर मुख मिठ्याएको भन्ने वास्तबिक जवाफ दिनैपर्यो। हामीमात्रै रहेछौं र ? त्यो ओछ्यानमाथि त सबको आँखा गड्ने पो रहेछ। लौ यि दुबै महिला पत्रकारलेपनि भनिहाले-त्यहि त है ? हामीपनि आफ्नो बुढोसँग यो ओछ्यानमा एक रात बिताउन पाए !!!! राजालाई रानी चाहिँदा र रानीलाई राजाको खाँचो पर्दा को कता आउँथ्यो भन्ने चाहिँ थाहा पाउन सकिएन।






good news but i am still wandering about why nobody is able to take even one snap of photo of Gyandra´s bedroom .i think his bed might be emboided by the gold.
मन परो वा परेन:
1
0
[Reply]
हो तनी राजा रानी को बिस्तारा कती राम्रो है,सन्ची मलाई पन एक्पतक सुत्न पये हुन्थ्यो। हाम्रो राजा रानी को कस्तो छ त बिस्तारा किन नेपालका पत्रकार पछी परेको गएर लिनु न अब त फोटो
मन परो वा परेन:
0
0
[Reply]
जती राम्रो र आरमयुक्त बिस्तारा भये पनि अब राजा रानीको निद उडी सकेको छ, अब उनिहरुको यो कोठा संघरालय बन्नु पर्छ
मन परो वा परेन:
0
0
[Reply]
hahahaha………………..के हो ताक्न पनि राजा-रानीकै ओच्छ्यान ताक्नुपर्ने ?? के त्यो सुनको भएकोले सुत्न मनलागेको हो कि,अरुनै कारण छ ???? hehehe…..
मन परो वा परेन:
0
0
[Reply]
gajab chha ba kasto kura testai bhayara ta famous bed bhayo ta pheri ma pani photo linchhu bhanera sriman srimati suteko thau ma gayara disturb chai ……..hai.
मन परो वा परेन:
0
0
[Reply]
Dai Namaskar
It is a traditional matter.
Luxurious bed is not necessary to spend night with biloved. Every bed might be a heaven, if are with your beloved. Am I right ?
(Kishor, you are right but not absolutely. It depends on the person but there are many thing which play a key role in giving the pleasure. For example- the study and the research shows that women who put Leap Stick are more attractive and are paid more attention by the men than the women who don’t have. Beautiful cloths, make up can attract and give more satisfaction. So, it can give a huge deal of satisfaction than our simple bed I mean.—-Dadi SAPKOTA)
मन परो वा परेन:
0
0
[Reply]
खुब चाख, खुब ध्यान-मन दिएर पढ्दै गरें, मैले सोंचे जस्तै कुरा होला त्यो भन्ने उत्सुकताले! हाम्रा निवर्तमान (?) राजा ज्ञानेन्द्रको यस्तो भव्य र शानदार शयन-कक्ष ? अध्योपान्त थाह भयो, त्यो त परेछ – पेरिस को कुरा। जेहोस्, दधिजीले पेरिस र मोफसलको ऐतिहासिक तस्विरहरुको photo-blog ले नियमित मनोरन्जन गराईरहनु भएको मा उहाँलाई धेरै धन्यवाद!
भोज, लण्डन।
मन परो वा परेन:
0
0
[Reply]
ज्ञानेन्द्र बडा को ओछ्यान भनेर खुवै चाख लगाएर पढे तर जेहोस ………
मन परो वा परेन:
0
0
[Reply]
ananda lina ka laggi raja kai ochaaan ko nai jarurat parcha vanee chaina
मन परो वा परेन:
0
0
[Reply]
Very nice photos. thanks for sending so nice picture and comments.
मन परो वा परेन:
0
0
[Reply]
I like this satement and photos . It is very good news for us . thatk you very much
मन परो वा परेन:
0
0
[Reply]
Nepali
मन परो वा परेन:
1
0
[Reply]