सगरमाथामा हेलिकोप्टर, यि प्रमाणले के भन्छन त?

मैले अस्ति भनेकै थिए कि सगरमाथामा हेलिकोप्टर अड्याएका थप प्रमाणहरु म पेश गर्ने छु भनेर। म अहिले तिनै प्रमाणहरु पेश गर्दै छु। मेरो स्क्यानिङ मेशिनमा भएको खराबीका कारणले गर्दा मैले स्पष्ठसग राख्न सकिन। तर तिनलाई डिजिटल क्यामरा तर्फबाट फोटो खिचेर राख्ने प्रयासगरेको छु। मैले यि प्रमाण र पाइलटसग को अन्तर्वार्ता भिन्न प्रयोजनकालागि लिएकोले सबै बिस्त्रित अहिलेलाई राख्ने पक्षमा म छैन। तर उनले हेलिकोप्टर उडाउन पाएको अनुमति, उडाईसकेपछि उनले सरकारलाई दिएको जानकारी, हाम्रो ग्रिह मत्रालयमा दिएको बोदार्थहरु सलग्न गरेको छु। उनीसगका केहि कुराकानी म भोलि राख्नेछु। एउटा कुरा भने स्पष्ठ पारिहालौ कि उनले यि सबै प्रमाणहरु पासाङ ल्हामु शेर्पाका पति सोनाम शेर्पाको थामशेर्कु ट्रेकिङ एजेन्सीमार्फत लिएका रहेछन। सबै लिखित प्रमाण हेर्न भित्र जानुहोस।

सर्व प्रथम त उनले त्यो उडानका निम्ति पेरिसस्थित नेपाली दुतावास मार्फत सम्पूर्ण प्रक्रिया बुझेछन। त्यसपछि यहाँको दुतावासले दिएको जानकारी र सल्लाह बमोजिम उनले नेपालको नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरे। यो पत्रमा उनले स्पष्ठसित आफुले किन र कहिले सगरमाथामा हेलिकोप्टर अड्याउन खोजेको भनेर लेखेका छन। यि सबै प्रमाणहरु पढ्नकालागि पहिले फोटोमा क्लिक गर्नुहोस। त्यसपछि फोटोमा फेरि क्लिक गरेपछि बढाएर हेर्न सकिन्छ। सकिएन भनेने जिपिजे फोटोमा सेभ गरेर अनि ठुलो पार्दै लगेर हेर्नुहोस।

permission-71.jpg

उनले अनुमति माग्दा कस्तो हेलिकोप्टर हो, कहाँ कहाँ उडाईएको थियो त्यो अन्य मुलुकमा, कति समय कसरि उडाउने हो भनेर पनि स्पष्ठसँग उल्लेख गरेका रहेछन।

permission-4.jpg

त्यसपछि उनले २०६१ वैशाख १५ का दिन अनुमति पाएका रहेछन जुन वास्तबिकता नागरिक उड्डयन मन्त्रालयले उनलाई ग्रिह मन्त्रालयलाईपनि जानकारी दिनु भन्दै लेखेको पत्रमै उल्लेख छ।

permission-71.jpg

मे १४ र १५ गरि दुई पटकसम्म उनले सगरमाथाको टुप्पोमा हेलिकोप्टर अड्याएपछि उनले सारा संसारभरिनै खबर गरे। उनले त्यो अनुमति दिएकामा राजा ज्ञानेन्द्रलाईपनि पछि धन्याबाद पत्र लेखेर पठाएका रहेछन। यो पत्रमा सिधै राजालाई सबोधन गरेर राजालाई धन्याबाद दिइएको छ।

first-permission-5.jpg

  • protocol

    Naya blog suru garnu bhayeko ma dherai dherai dhanyabad, balla harayeko parewa phela parejasto bhachha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • hi every body this is khem

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पाखाली

    ब्लगर जी , पाईलट सित भएको कुराकानी अडियो वा भिडियो पनि राखेमा राम्रो हुन्थ्यो कि अझै ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree